8th December 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

कति दुख्छ कालापानी ?



कति दुख्छ कालापानी ?

यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय रूपमा आफ्नो देशको नक्सामा समेटेपछि भारतप्रति नेपालीको रोष झन् तीव्र बन्दैछ । सीमा मिच्ने, सीमामा बाँध निर्माण गरेर नेपाली भूभाग डुबानमा पार्ने, सीमा स्तम्भ सार्नेजस्ता अनेक हर्कत गर्दै आएको छिमेकीको व्यवहारले नेपालीहरूलाई दुख्न थालेको धेरै भइसक्यो । कहिले सुस्ता दुख्यो, कहिले मानेभन्ज्याङ दुख्यो । कालापानी दुख्न थालेको त भयो कतिकति । यसपटक फेरि कालापानीको घाउ बल्झिन पुगेको छ, छिमेकीको विस्तारवादी थिचाइले कालापानी नराम्ररी दुख्न पुगेको छ, नेपाली जनलाई ।
जुन दिनदेखि कालापानीले नेपालीहरूका हृदयलाई चिमोट्न थाल्यो, त्यो समयदेखि नै स्रष्टा÷सर्जकहरूले कालापानीको दुखाइलाई अनुभूत गर्दै आएका छन् । आफ्नो देशको भूभागमाथि अर्कै देशका सैनिकहरूले परेड खेल्दा, उनीहरूकै बुट बजारिँदा, उनीहरूकै झन्डा फहराउँदा कसको मन दुख्दैन र ? दुख्छ नै अवश्य । त्यो दुखाइलाई राष्ट्रवादी स्वर उराल्ने सर्जकहरूले आफ्ना सिर्जनामार्फत पोख्दै आएका छन्, विगतदेखि नै । पछिल्लो समय, भारतले नयाँ नक्सा निकाल्दा लिपु लेकलाई आफ्नो भूमि बनाउँदा स्रष्टाहरू झनै आन्दोलित भएका छन्, भारतीय हस्तक्षेपलाई लल्कार्न उद्वेलित बनेका छन् ।
कालापानीले नछोएको कसलाई पो छ र ? कालापानीको दुखाइलाई गीत, कविताजस्ता सिर्जनाका सम्प्रेषणीय विधामार्फत आमजनतामा पु¥याउने र विस्तारवादी सोच र चिन्तनविरुद्ध उभ्याउने कार्यमा अनेक सर्जकहरूले तत्परता देखाउँदै आएका छन् । तीनतिर फैलिएको सीमाका कतै नेपाली भूभाग मिच्ने, कतै हडप्ने हर्कत वर्षौंदेखि चल्दै आए पनि सिर्जनामा भने कालापानी नै उभिएका छन्, कालापानी नै बिम्बात्मक रूपमा छाएका छन् । तर, राष्ट्रवादी स्वरले भरिपूर्ण सिर्जनाहरू भने मूलधारका मिडियाहरूमा सदैव ओझेलमा पर्दै आए, आमजनताबीच पुग्नबाट वञ्चित रहँदै आए । स्थिति यतिसम्म भयो कि, कालापानीको गीत प्रसारण नगर्न कतिपय मिडियाहरूलाई छिमेकीको चर्को दबाबसमेत रह्यो र दबाबका सामु राष्ट्रवादी आवाजहरू गुन्जिनबाट वञ्चित रहे ।
गायक विधान श्रेष्ठ, जे. पापीले दशकपूर्व नै गाएका थिए, ‘माछी मार्न जाऊ न दाजै कालापानीमा, छेकी बाढी दुवाली नालापानीमा…।’ प्रतीकात्मक थियो, यो गीत । अंग्रेजसँगको युद्धमा नेपालीले वीरतापूर्वक लडेको कथन पनि छ, सो गीतमा । अर्थात्, इतिहासका कुनै पलमा नेपालीजन पराइसँग नझुकेको बयान छ । ‘कालापानी मिच्न पाइँदैन’ भन्ने आशय र भावका गीतहरूमा अरु स्रष्टाहरू जम्जमाइरहेका बेला यो गीत भने घुमाउरो ढंगले भारतीय हस्तक्षेप र विस्तारवादको विपक्षमा उभिएको थियो । तर, अधिकांश मिडियाहरूले यो गीतलाई प्रसारण गर्न रुचि नै देखाएनन् । कारण थियो, उही छिमेकीको दबाब । ‘कालापानी’ शब्दांकित सिर्जनाले नेपालीहरूमा राष्ट्रवादी भावना जागृत हुने भयले, नेपालीहरूमा रोष जन्मिने त्रासले यस्ता सिर्जनाहरूलाई निमोठ्ने तत्परता ‘लैनचौर’बाट भएन होला भन्न सकिँदैन ।
कवि÷गीतिसर्जक विजय सुब्बाले लेखेका गीतले त झनै राष्ट्रवादी स्वर–तरंग फैलाउन भूमिका खेलेको छ । पचासको दशकमा कालापानीको मुद्दा चर्को रूपमा मुखरित भएको बेलामा हुनुपर्छ, उनले त्यो बेजोड सिर्जना गरेका थिए । लेखेका थिए, त्यतिबेलै–
‘मेरै त हो महाकाली, मेरै कालापानी
कसले भन्छ अर्काको आफ्नो जानीजानी
पुर्खाको रगत हो, मेची–महाकाली
सीमा ढल्दा उठाउने अब मेरा पाली
देश कतै ढल्नु हुन्न ढल्ने छाती ढल्छ
देश जल्नुभन्दा निको जले छाती जल्छ ।’
अधिकांश प्रगतिशील र राष्ट्रवादी सर्जकहरूले कालापानीलाई आफ्नो सिर्जनाको धरातलमा उभ्याएका छन् नै । तर, श्याम तमोटले भने केही वर्षपूर्व नै लिपु लेक र लिम्पियाधुराको मुद्दा क्रमशः ओझेलमा पर्दै गएकोमा चिन्ता प्रकट गर्दै लेखेका थिए । उनले लेखेका थिए–
‘पहाडका कुरा भए, मधेसका कुरा
बिर्सिसके हाम्रो लिपुलेक र लिम्पियाधुरा ।’
सर्जक तमोटले लिपु लेक र लिम्पियाधुराको कुरा राष्ट्रवादी आवाज उराल्नेहरूले बिर्सिसकेको गीति–गुनासो गरे पनि अहिले फेरि यो मुद्दाले राष्ट्रव्यापी रूप लिएको छ । अर्का स्रष्टा रायन त राष्ट्रवादी गीत सिर्जना गर्न र त्यसलाई आवाज दिन किन चुक्थे र ? उनले लेखेका थिए–
‘लिम्पियाधुरा हो, लिम्पियाधुरा
महाकालीको मूल शिर हो लिम्पियाधुरा’
प्रायजसो समसामयिक विषयवस्तुलाई टिपेर लोकलयमा ढाल्ने लोकगायक पशुपति शर्मा छिमेकीद्वारा सीमा मिचिँदा किन चुप बस्थे र ? देशमा व्याप्त भ्रष्टाचार, कुशासन, विसंगति, विकृतिमाथि तिखो प्रहार गर्ने शर्माले केही वर्षपूर्व नै राष्ट्रिय भावबोधले भरिपूर्ण यस्तो सिर्जना कथेका थिए–
‘जोगाउनु छ कालापानी, बचाउनु छ सुस्ता
जागरुक बनाउनु छ हाम्ले नयाँ पुस्ता
वारि फेरियो हाम्रो पारी फेरियो
एकै रातमा घरगोठ अनि बारी फेरियो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

श्री लालीगुँरास सहकारीको २०औं साधारणसभा सम्पन्न

ShareTweet ललितपुर । ललिलतपुर महानगरपालिका–३ पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

रहेनन् यथार्थका अन्वेषक

ShareTweet मितभाषी, मृदुभाषी । थाहा भएन, गते र बार । न त महिना नै । पहिलोपटक विनयकुमार कसजू सरलाई भेट्दा उहाँका बानी, बेहोरा र अरूसँग प्रस्तुत हुने शैलीले आकर्षित तुल्याएको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संवेदनाको उच्चता

ShareTweet कवि गोकुल अधिकारीको कविताका स्वर बहुआयामिक छन् । देश, समाज र पारिवारिक जीवनभित्रका विभिन्न निर्मम यथार्थलाई सहज रूपमा चित्रित गर्न उनी माहिर देखिन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा