15th August 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

विवादास्पद अभिव्यक्तिपछि देउवा सबैको तारो

काठमाडौं । सरकारले नेपाली भूमिको रक्षाका लागि भारतीय सरकारलाई औपचारिक रूपमा लिखित असहमतिसहितको नोट पठाएर अतिक्रमित भूमि फिर्ताका लागि पहल अघि बढाइरहेको छ । भारतले अतिक्रमण गरेको ५७ वर्षपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताका लागि पहिलोपटक यसरी औपचारिक पहल अघि बताइरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा त्यही प्रकरणमा आफ्नै अभिव्यक्तिका कारण रक्षात्मक बन्न पुगेका छन् । राष्ट्रियताका मामिलामा एकढिक्का भएर भारतसँग वार्ता गर्ने सहमति भएको डेढ सातासमेत नबित्दै देउवाले गत ७ गते पोखरामा विवादास्पद अभिव्यक्ति दिएका हुन् ।
‘प्रधानमन्त्री ओलीकै स्वीकृतिमा भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा छापेको हो, त्यसै कहाँ छाप्छ, ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भइसकेको छ ।’ देउवाको यस्तो अभिव्यक्तिप्रति स्वयं कांग्रेसकै नेताहरूले पार्टीको आधिकारिक धारणा होइन भन्दै दैनिक खण्डन गरिरहेका छन् । यति लज्जास्पद र गैरजिम्मेवार अभिव्यक्ति देउवाबाट फुत्किनुको कारण उनको अस्पष्ट अभिव्यक्तिसँग जोडिएर पनि हेरिएको छ । किनभने, जिब्रोका समस्याका कारण देउवाले बोलेको प्रस्टसँग बुझिदैंन । यद्यपि, कास्की–२ मा आगामी १४ गते हुन गइरहेको उपनिर्वाचनमा कांग्रेस पराजित हुने करिब निश्चित भएकाले चुनावी स्टन्टका रूपमा पनि देउवाले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्ने विश्लेषण गरिएको छ । तर, राष्ट्रियताको मामिलामा बिनाप्रमाण देउवा किन यति हलुका ढंगले प्रस्तुत भए ? गम्भीर विचारणीय प्रश्न खडा भएको छ । उनको त्यो अभिव्यक्तिका कारण भारतसँग सरकारले सुरु गरेको वार्ताको पहल नै फितलो बन्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ । देउवाको यस्तो कच्चा अभिव्यक्तिको चौतर्फी विरोध मात्र होइन, खेद व्यक्त गर्ने क्रम जारी छ । उनीमाथि माफी मागेर अभिव्यक्ति सच्याउन दबाब बढिरहेको छ । पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले जुन स्तरको देशभक्तिको अडान राखेका छन्, त्यसलाई कसैले चुनौति दिन सक्ने अवस्था छैन । किनभने, पछिल्लो नाकाबन्दीको सामना गर्दै फिर्ता गराउन बाध्य तुल्याउने काममा मात्र होइन, भारतसँग शिर ठाडो पारेर, आँखा जुधाएर ओलीले सीमा अतिक्रमणको विषयलाई उच्च प्राथमिकताका साथ उठाइरहेका छन् । देउवाको अभिव्यक्तिको नेता डा. शेखर कोइराला, नेतृ सुजाता कोइरालासहित दर्जन बढि नेताहरूले खण्डन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...