3rd April 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

उपनिर्वाचनको परिणामले सिकाएको पाठ

उपनिर्वाचनको परिणामले सिकाएको पाठ

संघीय संसद सदस्यको एक, प्रदेशसभा सदस्यका तीन, उपमहानगरपालिका मेयरको एक, गाउँपालिका अध्यक्षका तीन र उपाध्यक्षको एक तथा नगरपालिका वडाध्यक्षको ४३ गरी जम्मा ५२ सिटमा भएको उपनिर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको छ । यसमा संघीय संसद् सदस्य एक, प्रदेशसभा सदस्य दुई (जनमोर्चासमेत), गाउँपालिका अध्यक्ष तीन र उपाध्यक्ष एक तथा नगरपालिकाका वडाध्यक्ष २४ गरी ३१ सिट (५९.६ प्रतिशत) मा नेकपाले जित हात पारेको छ । यसमा एक स्वतन्त्रसमेत जोड्ने हो भने नेकपाले जितेको संख्या ३२ (६१.५ प्रतिशत) हुन्छ । नेपाली कांग्रेसले प्रदेशसभा सदस्य एक, उपमहानगरको मेयर एक र नगरपालिकाको वडध्यक्ष ११ गरी जम्मा १३ सिट (२५ प्रतिशत) मा जित हात पारेको छ । बाँकी सात वडाध्यक्षमा समाजवादी पार्टीले चार र राजपाले तीन सिट जितेका छन् । राप्रपा, रवीन्द्र मिश्र र सिके राउतको पार्टीले एक सिट पनि जित्न सकेनन् । यसरी चुनावअघि करिब दुई महिनासम्म चलेको चुनावी सरगर्मी अहिले सेलाई सकेको छ । अहिले त्यो चुनावको परिणामबारे दलहरू समीक्षा गर्दैछन् । यो चुनावको परिणामबाट संघीय र प्रदेश सरकारमा कुनै असर नपर्ने र केही स्थानीय सरकारमा सीमित मात्र असर पर्ने भएकोले चुुनावले कुनै पनितहको सत्ता धरापमा परेन । गाउँपालिका र नगरपालिका प्रमुख परिवर्तन भएका ठाउँमा केही नयाँ पन आउला नै ।
तर यो चुनावबाट गत आमचुनावपछिका दुई÷तीन वर्षमा भएका दलका कामबाट उनीहरूप्रतिको जनमतमा कस्तो परिवर्तन आयो भन्ने कुराचाहिँ राम्रैसँग झल्कियो । यो चुनावले दिएको सबैभन्दा ठूलो र महŒवपूर्ण सन्देश के हो भने अब नेपालमा दुई पार्टीको मात्र सत्ता र राजनीति चल्ने भयो । यो चुनावले राप्रपा नामधारी पार्टी, रवीन्द्र मिश्रको साझा पार्टी, सी के राउतको पार्टी र अन्य केही चर्चामा आउनै नसकेका पार्टीको सक्कली हैसियत देखाइदियो । उनिहरूलाई अब पार्टी चलाउने कि छोडिदिने भन्ने ठाउँमा पु¥याइदियो । उनीहरूले आफ्नो पार्टीलाई यो उपचुनाव भएकाले अब हुने आमचुनावसम्म हेर्नुपर्दछ भनेर निरन्तरता दिन सक्छन् । तर, अझ ठूलो नोक्सानीबाट बच्ने हो भने यो उपचुनावको परिणाम नै पार्टी बन्द गर्न पर्याप्त छ । नेकपा र कांग्रेसको उपस्थितिमा अब कसैले नयाँ पार्टी गठन गरी सञ्चालन गर्ने भन्ने कुरा केही दशक नसोच्दा हुन्छ ।
जहाँसम्म नेकपा र कांग्रेसको प्रश्न छ, यी दुवै पार्टीलाई चित्त दुखाउने र खुसी हुने परिणाम यो चुनावबाट आयो । नेकपाले एउटा संसदीय र दुई प्रदेशसभा (जनमोर्चा समेत) सिट जितेको र समग्र जितको संख्या कायम राख्न सकेकोमा सन्तोष लिन मिल्छ । तर पहिलेदेखि आफ्नो गढ रहिआएका धरानको मेयर र भक्तपुर–१ (क) प्रदेशसभा सिट गुमाउनुपरेकोमा बिस्मात मान्नुपर्ने भएको छ । भरतपुर–५ र १६ तथा घोराही–१६ गुमेकोमा पनि उसलाई पक्कै नमीठो लागिरहेको हुनुपर्दछ । कांग्रेसलाई धरान, भक्तपुर–१ (क), भरतपुर–५ र १६ तथा घोराही–१६ हात लागेकोमा हर्षित हुने ठाउँ छ र केही लोकप्रिय मत बढाएकोमा पनि उसले खुसी मनाउन मिल्छ । तर आफ्नो पार्टीको सम्पूर्ण केन्द्रीय शक्ति खन्याउँदा पनि कास्की–२ मा २०७४ को परिणाममा सुधार ल्याउन नसकेकोमा उसलाई पर्नु पिर परेको हुन सक्छ । साथै विगत दुई वर्षदेखि सरकारले केही गर्न नसकेकाले उसको लोकप्रियता घटेको छ भनेर कोकोहोलो मच्चाउँदै आएको कांग्रेसले भनेबमोजिमको नतिजा ल्याउन नसक्दा उसको कोकोहोलोमा कुनै दमन भएको कुरा पुष्टि भएकाले ऊ खिस्रिक्क परेको हुनुपर्दछ । त्यसैले निष्कर्षमा दुवै पार्टीको जनमतको अवस्था २०७४ भन्दा खासै फरक नभएको देखिन्छ । तर, यो उपनिर्वाचनले दुवै पार्टीलाई गम्भीर र महŒवपूर्ण पाठ भने सिकाएको छ ।
नेकपाका लागि धरानको परिणामले सबैभन्दा ठूलो शिक्षा दिएको छ । सुरुदेखि पराजयको मुख देख्न नपरेको ठाउँ गुमाउनुपर्दा मनमा पिर त पर्ने नै भयो । जनतालाई बोक्न गाह्रो हुने करभार थोपर्दा जनता भड्किन सक्छन् भन्ने कुराको यो ज्वलन्त उदाहरण हो । यसरी पार्टीको रेटिङमा स्थानीय सरकारका कामकारबाही निर्णायक हुन सक्ने कुरा यसले देखाएकाले अब नेकपाले स्थानीय सरकारका कामकारबाहीतर्फ पनि नजर लगाउनुपर्ने भयो । तत्कालको पीडाबाट मुक्ति पाउन धराने मतदाताले नेका रोजेका हुन सक्छन् । आगामी दिनमा नेकपाले जनताको पीडा बुझेर सोहीबमोजिम काम गर्न सके ती मतदाता नेकपातर्फ फर्कन सक्छन् भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।
भक्तपुर–१ (क) प्रदेशसभा सिट पनि गुमाउन नहुने सिट थियोे । त्यहाँ जनताले नरुचाएका व्यक्तिलाई उमेदवारका रूपमा केन्द्रबाट थोपरिएकाले सुरुमै त्यहाँका अगुवा कार्यकर्ताले कडा विरोध गर्दै पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । त्यसबाट मत परिणाममा पर्न सक्ने असरको बेवास्ता गर्दा यस्तो नतिजा आएको हो । जुन किसिमले उमेदवार छानियो त्यो हिसाबले यस्तो परिणाम आउनु स्वाभाविक थियो । लगभग यही कुरा नेकपाले गुमाएका भरतपुर–५ र १६ तथा घोराही–१६ मा पनि लागू हुन्छ । त्यसैले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने हो भने स्थानीय कार्यकर्ता र मतदाताबीच लोकप्रिय रहेका व्यक्तिलाई नै उमेदवार छनोट गर्नुपर्दछ । अन्यथा पछि पछुताउनुको विकल्प हँुदैन ।
भरतपुर–१६ को स्थिति अलि फरक छ । त्यो पार्टी अध्यक्ष प्रचण्डको क्षेत्रमा पर्ने भएकाले त्यहाँ उनको र भरतपुर महानगरको पनि विशेष जोडबल थियो । त्यस्तो ठाउँ गुमाउनुपर्दा पार्टी अध्यक्षलाई विशेष गम्भीर बनाएको अनुमान गर्न सकिन्छ । त्यसैले, अध्यक्ष प्रचण्डप्रति त्यहाँका मतदाताको गुनासो के हो भन्ने कुरा गहिरोसँग बुझी आगामी दिनमा त्यसको निराकरण गर्न जरुरी छ ।
पोखरा महानगरपालिकाले आउँदा दिनमा धरानको जस्तै गल्ती नगर्ने हो भने कास्की–२ मा अब नेकाले आँखा लगाउन छोडिदिए हुन्छ । त्यहाँ २०७४ को चुनावमा नेकपाका रवीन्द्र अधिकारी र नेकाका देवराज चालिसेबीच अहिलेसम्मकै जबर्जस्त चुनावी प्रतिस्पर्धा भएको थियो । किनभने त्यहाँ २०७४ मा नेकाले रवीन्द्र अधिकारीविरुद्ध नेपाली कांग्रेसका अहिलेसम्मकै सबैभन्दा योग्य उमेदवार दिएको थियो । त्यतिखेर त्रिवि विद्यार्थी युनियन र नेविसंघको केन्द्रीय अध्यक्ष रहिसकेका देवराज चालिसेलाई कांग्रेसले रवीन्द्रविरुद्ध उठाएको थियो । तर पनि रवीन्द्रले साढे ८ हजारभन्दा बढीको मतान्तरले जितेका थिए । देवराजको तुलनामा अहिलेका खेमराज पुराना र त्यागी स्थानीय नेता पक्कै हुन् तर उमेदवारका रूपमा देवराजभन्दा बलिया नेता होइनन् । त्यसैले, कांग्रेसको सम्पूर्ण केन्द्रीय नेतृत्व पोखरामै शिविर खडा गरेर उनको पक्षमा प्रचार गरे पनि पोखरेली मतदाताले तिनको कुरा पटक्कै सुनेनन् र विद्यालाई भोट दिए । विद्या विधवा भएको र खेमराज कमजोर उमेदवार भएकाले यो मतान्तर भएको होइन । जसले जे भने पनि नेकपाको पक्षमा हलचल नहुने मतदाता भएकाले विद्याले जितेकी हुन् । अझ पोखरामा त कांग्रेसका परम्परागत मतदाता पनि यसपटकको चुनावमा नेकपाको पक्षमा गए । अहिलेसम्म कांग्रेसले जित्दै आएको पोखर महानगरको ९ नम्बर वडा (मेहन्द्रपुल–नयाँबजार–बसस्टप) क्षेत्रमा यसपटक नेकपाले कांग्रेसले भन्दा बढी मत पायो । नेकपाको नेतृत्वमा रहेको पोखरा महानगरले जनभावनाको ख्याल गर्दै काम गरेकाले पनि कांग्रेसका मतदाता नेकपातर्फ सरेका हुन् ।
कांग्रेस हुनेखाने र ठूलाठालुहरूको पार्टी भएको, भ्रष्टाचारप्रति नरम दृष्टिकोण राख्ने, राष्ट्रियताप्रति कमजोर र कुशासन दिने पार्टी भएकाले यस्तो पार्टीले विपन्न र न्युनवर्गीय न्यायप्रेमी जनताको बाहुल्य भएको मुलुकमा चुनाव जित्दैन र जित्नु पनि हँुदैन । उसले जनतालाई दिने भ्रम र धाँधली तथा नेकपाका केही कमजोरीका कारण मात्र उसले मत पाइरहेको हो । नीति र व्यवहारका हिसाबमा ऊ राप्रपाकै हैसियतमा पुग्नुपर्ने पार्टी हो ।

घनश्यामको सक्रियता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...