तामाङ संगीत तथा खाना महोत्सव हुने
काठमाडौं । नेपाल तामाङ कलाकार संघले ‘तामाङ सेलो संगीत तथा तामाङ खाना महोत्सव’ आयोजना गर्ने भएको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएका हुन् । महोत्सवमा तामाङ मौलिक गीत फापारे ह्वाई, खान्दोके भाका, ताम्बा गीत तथा नाच, म्हेन्दोमायाका साथमा तामाङ सेलोका विभिन्न भाकाहरू प्रस्तुत हुनेछन् । दुई दिनसम्म चल्ने महोत्सवमा सेलो गीतसंगीतका विभिन्न पक्षहरूबारे बहस तथा छलफल हुने आयोजकले जानकारी दिएका छन् ।
‘तामाङको मौलिक बाजा डम्फुलाई विश्वव्यापी रूपमा चिनाउनु र सयको सांगीतिक पक्षको उजागर गर्नु सेलो संगीत महोत्सव आयोजनाको मुख्य उद्देश्य हो,’ अध्यक्ष सञ्जीव वाइबाले भने, ‘तामाङ खानाको प्रचारप्रासारका साथै तामाङ खाद्य संस्कृतिमाथि विमर्शको थालनी तामाङ खाना महोत्सवको उद्देश्य हो ।’ उनले सेलो संगीतबिना तामाङ भाषा र संस्कृतिका साथै तामाङ पहिचान बाँच्न नसक्ने जनाउँदै डम्फुको महŒव नयाँ पुस्ताले बिर्संदै गएकाले यसबारे तामाङ युवा पुस्तालाई प्रस्ट्याउनुपर्ने आवश्यक रहेको पनि पत्रकार सम्मेलनलाई जानकारी दिए ।
महोत्सवमा दुई दिनसम्म तामाङ खानाको स्टलहरूको साथमा तामाङ वेशभूषा, आदि प्रदर्शन हुने जनाइएको छ । महोत्सव यही मंसिर २७ र २८ गते काठमाडौंको चुच्चेपाटीस्थित हायत ग्राउन्डमा हुनेछ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply