3rd April 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

हार चखाउने समृद्धि नरोजौं

हार चखाउने समृद्धि नरोजौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टीभित्र गुट झाँगिँदै गएको विषयमा गम्भीर छलफल भएको विषय सामाजिक सञ्जालमा आए । पार्टी अध्यक्षहरूबाटै यस्तो विषयमा गम्भीर चिन्तनमा फुर्सद भएपछि लाग्यो– आशाका किरणहरू जीवितै छन् । अब अवसर दिनुपर्ने ‘निकटतम’हरू सकिएका छन् । पार्टीको बाँकी राजनीतिक आयु क्षमता, विद्वता, योग्यताका आधारमा समानुपातिक वितरणमा केन्द्रित हुनेछ । यो पार्टीमा लागेर लामो कालखण्ड बिताएकाहरूको जीवनका उत्तराद्र्ध देवघाटमा बास हुनेछैन । उसै पनि नेताहरू बेलाबखत भनिरहनुभएको छ, ‘जोगी हुन राजनीति गरिएको होइन ।’
पार्टी केन्द्रीय समिति बैठक नबसेको लामो समय भएको छ । लामो समय के भन्ने एकीकृत पार्टी बन्दा नागरिकता बोकेर उपस्थितिमा हस्ताक्षर गर्ने अवसरभन्दा थप केन्द्रीय नेताहरूले पाउने मौका भनेको फेसबुकमा आएपछि हो । मिडियामा प्रवक्ता र महासचिवले बोलेपछि हो । सरकारी नियुक्तिहरू सरकारी सञ्चार माध्यमले भनेपछि थाहा पाउने नियति नेताहरूमा बसाइएको लामो समय भएको छ । युद्धकालीन समयमा उर्वर जिन्दगीहरू भीर, कुइनेटो, गडतिरमा हिँडेर, बन्दुक बोकेर, छर्रा पचाएकाहरू यतिखेर ऋण काढेर कि त गाउँमै उद्यममा छन् । कि त विदेश भासिएका छन् । कि पार्टी सम्पर्कमै छैनन् । उनीहरूको नियती नेतृत्वलाई सत्तामा पु¥याउनु मात्र थिएन । तर, एकीकृत पार्टी बनेपछि प्रवेश गरेकाहरू अष्ट्रेलियाको राजदूत बन्ने मौका पाउँदा उनीहरू पाखा पारिएको विषय उठाइँदा फेरि पनि नेतृत्व सानोतिनो ‘जन्डिस’को सिकार हुन सक्छ । त्यसैले, उनीहरू गुमनाम गणतन्त्र अंगीकार गरिरहेका छन् । यसै हप्ता पाल्पामा स्वैच्छिक अवकाश रोजेकी पवित्रा गैरेको गाई फार्म र तरकारी खेती हेरेर आयौं । पवित्राको सगर्व वाणी थियो, ‘घरमा चारजना डिग्री पढ्नेछौं तर पढेकाले गोबर सोहोर्नहुन्न भन्नेहरूलाई जवाफ दिँदै गाई पालेका छौं, तरकारी रोपेका छौँ । पिएलएबाट स्वैच्छिक अवकाश रोजेर गरिएको यो उद्यममा सन्तुष्ट छौं ।’ १५ रोपनी जग्गा भाडामा लिएर गाईपालन र १३ रोपनी जग्गामा तरकारी खेती छ पवित्राको ।
साबिकका एमाले र माओवादीतिरका साथीहरूले विभिन्न प्लेटफर्महरू बनाएर बोल्ने बानीको सदुपयोग गरिरहनुभएको छ । जस्तो, कार्ल माक्र्स द्विशतवार्षिकी समारोह एउटा बलियो डबली हो । अर्को बनेको छ, पुष्पलाल मित्रता केन्द्र । जो सातै प्रदेशमा कमिटी बनाइरहेको छ । जिल्ला समितिहरू बनाइरहेको छ । सरकारी नुनपानी नचाखेका र पाखा पारिएका तर जीवनभर जनतासँग पार्टी काममा खारिएका नेताहरू वैचारिक बहसमा क्रियाशील हुनुहुन्छ आफ्नै खर्चमा । यस्तै, रोजा लक्जेम्बर फाउन्डेसनअन्तर्गत केही युवाको पनि प्लेटफर्म छ । त्यहाँ पार्टीका नेताहरू मनोदशा पस्किरहेका छन् । पार्टी कस्तो हुनुपर्ने, कस्तो भयो भनेर विमर्श गरिरहेका छन् । सरकारमै बस्नेहरूलाई पनि चिन्ता छ, अबको कार्यदिशा जनताको बहुदलीय जनवाद कि २१औं शताब्दीको जनवाद ? उपप्रधानमन्त्रीदेखि मन्त्रीहरू मदन भण्डारी फाउन्डेसनमा बोलिरहनुभएको छ । सुधारिएको जनवादका बहसहरू जारी छन् । स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वयको प्रतिवेदन अरू अब्बल र क्रान्तिकारी बनेर प्रस्तुत भएका छन् । व्यवहारमा चाहिँ कुनै एउटा नेतालाई टपक्क टिपेर माथि लैजान केन्द्रीय समिति बैठकसमेत नबसी विधान फेर्न चटारो हो, जुन नेताहरूले लुकाउनै सकेका छैनन् । यही हो समाजवाद भन्दै बुर्कुसी मार्न पो खोज्छन् । तब कृषिमन्त्री हुनुभएका घनश्याम भुसालको टिप्पणी याद आउँछ, ‘साना दुःखले हामीले यो पार्टी बिगारेका छैनौं ।’ अर्का नेता युवराज ज्ञवालीको अन्तर्वार्ताको एक अंश काफी छन्, ‘हिजो गिटी कुट्ने मजदुरको पार्टी थियो, आज गिटी र क्रसर उद्योग चलाउनेहरूको पार्टी भयो ।’ समृद्धि चाहिन्छ तर यति बिघ्न थेग्नै नसक्ने र भर्खर उपनिर्वाचनमा अकल्पनीय हारसम्म चखाउने समृद्धि हामीले खोजेका पनि होइनौं र चाहिँदैन पनि ।
डाँडाकाँडा डोजरमय देखिन्छन् । सिंगो पहाडमा अब गन्न सकिने केही बांगा रूखहरू छन् । सीधा र सग्ला काटिएका छन् विकासका नाममा । मौसम यस्तो परिवर्तन भइरहेको छ कि जाडो र गर्मीको आँकडा डरलाग्दो बनिरहेको छ । पानीका मूलहरू सुकेका छन् । भएका पानीमा स्रोतमा पनि हुनेखानेले कब्जा जमाएका छन् । प्रदेश सरकारका अधिकार कति भनेर रणभुल्ल छन् नेताहरू । स्थानीय तहमा पाका र खारिएका छन्, प्रदेशका मन्त्रीहरू केही युवावयका पनि छन् । कृषिमा दिइएको अनुदानको हरेक हप्ताजस्तो गुनासोको पुलिन्दा आउँछ कि, तत्तत् ठाउँमा तत्तत् नेताकै निर्देशनमा बदमासी भयो । ५ नम्बर प्रदेशमा पनि यस्तो गुनासो चर्कै छ । यसै हप्ता भेटिएका रूपन्देहीका नेता तथा १ सय ५० करोड रुपैयाँको गाई फार्म चलाइरहेका शशी पौडेलको गुनासो अर्कै छ, ‘सात प्रदेशमै यस्तै उद्यम गर्न चाहन्थें, राज्यको नीतिले रोक्यो ।’ अहिलेका कृषिमन्त्री उनै पौडेलका साथीजस्तै छन् । पार्टी महासचिव उनकै जिल्लाका शक्तिशाली नेता छन् । सरकार उनकै पार्टीको छ । मन्त्री र नेताहरू उनकै गाउँका छन् । फेरि पनि सरकार ‘नुन खाएको कुखुरा’ भयो भन्दा कहाँनिर छेउटुप्पा मिलेन ? नेता र नीति कहाँनिरको सिद्धबाबा पहिरोले किनारा लगाइरहेको छ र घाइते बनाइरहेको छ ?
दुई वर्षमा सरकारले के–के ग¥यो ? गर्नुपर्ने के थियो ? घोषणापत्रमा के भनेका थियौँ ? घोषणापत्र र सरकारको करणी मिलिरहेको छ÷छैन भने खबरदारी गर्नुपर्ने नेताहरूमा बिछट्टै डरलाग्दो मौनता के हो ? अचेल धेरै साथी सोध्नुहुन्छ, किन लेख्न छाडेको ? सरकारको आलोचनात्मक टिप्पणी चेतबाट पनि हामी च्यूत भइरहेका छौं । २१ महिनामा आठपटक मन्त्रिमण्डल फेरिए । नेकपा सरकारका मन्त्री हट्दा उनकै भूगोलमा जनताले दीपावली गरे । तर यस्ता विषयहरू नेकपाको केन्द्रीय समिति र स्थायी समितिमा बहस हुँदैनन् । आमजनताले भोगिरहेको सास्ती र सकसले हरेक ६ जनामा एकजनामा मानसिक रोग छिरिरहेको प्रदेश सरकारकै डरलाग्दो तथ्यांक छ । दैनिक १६ जनाले आत्महत्या गरिरहेका छन् । दैनिक सातजनाले सवारी दुर्घटनामा ज्यान गुमाइरहेका छन् । जनप्रतिनिधिहरू भन्छन्, ‘जनतामा गरिएका कामको प्रवद्र्धन गरिदिने स्थानीय तहमा बलियो पार्टी छैन ।’ पार्टी नेताहरू भन्छन्, ‘मनलाग्दी गरेका छन्, जनप्रतिनिधिहरू पार्टी सम्पर्कमा छैनन् ।’ सरकारकै मन्त्री र केन्द्रीय सदस्यहरूको परिचय कार्यक्रम बाँकी छ जस्तो देखिन्छ । केही मन्त्रीहरू मन्त्री भएपछि केन्द्रीय सदस्य भएकाले पार्टीका वरिष्ठ केन्द्रीय सदस्यहरूको मनितोसम्म राख्दैनन् । बरु एउटा–एउटा अनलाइन चलाएर आफूलाई ‘पालिस’ गरिरहेका छन् । अग्रज नेताहरूको ‘स्खलन’ गरिरहेका छन् । यावत् ऐंजेरुहरूबाट पार्टी मुक्त गराउँदै समाजवादको बाटोमा हिँडाउनु नै अहिलेको कार्यभार र कार्यदिशा हो । तर स्थायी समस्या उही छ, नेताहरूलाई भूमिकाविहीन बनाएर अवसर वरपरकालाई बाँडफाँड । असन्तुष्टहरूले बोले आरोप– गुट झांगियो । जनताका मुद्दामा हिँड्दा नेता जो परून्, कार्यकर्ताले गर्व गर्ने दिन आओस् । बोल्नुपर्ने नेताहरूमा झन् डरलाग्दो मौनता, समर्थन नगर्ने, विरोध त झन् गर्दै नगर्ने । शंकै छ, कतै अब मेरै पालो आउन लागेका बेला किन गरिरहने ‘अभागीलाई खानेबेला रिस उठ्छ ?’ कतै हामी यही नियतिले बोल्नै, लेख्नै छाडिरहेका त होइनौं ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...