11th July 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

प्रधानाध्यापक फसाउन महिला प्रयोग

काठमाडौं । एउटा विद्यालयको प्रधानाध्यापकलाई फसाउन कांग्रेसका उच्च तहका नेतासमेत लाग्छन् भन्ने कुरा धेरैले पत्याउँदैनन् तर असनको त्यौड माध्यमिक विद्यालय पुग्ने हो भने यो कुरा सही लाग्छ ।
कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, पूर्वरक्षामन्त्री तथा सांसद भीमसेनदास प्रधानलगायतको जोडबल र दबाबमा प्रधानाध्यापक सुरेन्द्र केसी अहिले कोपभाजनमा परेका छन् । नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य विष्णु पन्थीको श्रीमतीसमेत रहेकी सोही विद्यालयकी शिक्षिका लक्ष्मी अर्याललाई पात्र बनाएर अहिले प्रधानअध्यापक केसीविरुद्ध कांग्रेस नेताहरूले बदला लिन खोजेका हुन् । शिक्षिका अर्याललाई बिदा नदिएका कारण गर्भावस्थामै शिशुको मृत्यु भएको आरोप लगाएर लिखित उजुरी मात्र होइन, विभिन्न मिडियाबाजीमा उत्रिँदा आफ्नो सार्वजनिक बदनाम गरिएको र गलत आरोप लगाइएको प्रधानाध्यापक केसीले बताएका छन् । केसीले शिक्षिकाले आफ्नो प्रतिष्ठामा आँच पु¥याउने नियतले फसाउन खोजेको आरोप लगाएका छन् । शिक्षिका अर्यालले एकचोटि लिइसकेको र स्वीकृत भइसकेको बिरामी बिदालाई फेरि दुई महिनापछि सुत्केरी बिदामा परिणत गरी सो अवधिको हुन जाने करिब २५ हजार रुपैयाँ सहुलियत मिलाउन प्रशासनिक सहयोग नगरेबापत प्रधानाध्यापक केसीविरुद्ध विभिन्न उजुरी गर्दै हिँडेको बताइएको छ । ‘उनी (शिक्षिका) ले पहिलोपटकको निवेदनमा सुत्केरी बिदा भनेर उल्लेख गरेकी थिइनन्, बिदा सकिएपछिको अर्को निवेदनमा उक्त बिदालाई सुत्केरी बिदामा परिणत गर्नुपर्ने माग गरेकी थिइन्,’ प्रधानाध्यापक केसीले भने, ‘बिरामी भनेर लिएको बिदालाई सुत्केरी बिदामा परिणत गर्नु कानुनविपरीत भएकाले स्वीकृत गर्न नसकिएको हो ।
बिदा अस्वीकृत भएकै कारण गर्भको बच्चा मरेको भन्ने आरोप गलत छ ।’ ती शिक्षिकाले २०७५ माघ २६ गते पहिलोपटक दिएको निवेदनमा ‘बिरामी परेकाले माघ २६ देखि फागुन ९ गतेसम्म सञ्चित बिदाबाट कट्टी हुनेगरी’ बिदा माग गरेकी छिन् । उनको मागअनुसार विद्यालयले बिदा स्वीकृत गरेको देखिन्छ । त्यसपछि करिब १ महिना बिदामा बसेकी ती शिक्षिकाले २०७५ चैत २४ मा अर्को निवेदन दिएकी थिइन् । उक्त निवेदनमा ‘प्रजननसम्बन्धी समस्याका कारण अस्वस्थ भई माघ र फागुन महिनाका केही दिन लगभग २८ दिन विद्यालयमा उपस्थित हुन नसकेकाले सुत्केरी बिदाबापत पाइने बिदा सुविधाबाट कटौती हुनेगरी अग्रिम रूपमा पाउने बिदा सुविधाबाट व्यवस्था मिलाइदिन’ अनुरोध गरेकी छन् । उक्त निवेदनमा ‘नियमानुसार बिदा स्वीकृत गर्न नमिल्ने’ भनी प्रधानाध्यापक केसीले तोक लगाएको देखिन्छ । माघ र फागुनमा बिदा बसे पनि ती शिक्षिका २०७६ भदौमा सुत्केरी भएकी हुन् । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले उपलब्ध गराएको मृत्यु रजिस्ट्रार पत्रमा शिक्षिकाबाट २०७६ भदौ ३ गते बच्चा जन्मिएको र भदौ ११ गते मृत्यु भएको उल्लेख गरिएको छ । त्यसमा माघ–फागुनको बिदाले कुनै सरोकार नराख्ने प्रधानाध्यापक केसी बताउँछन् । शिक्षिकाले प्रधानाध्यापक केसीले सुत्केरी बिदा स्वीकृति नगरेका कारण शिशुको गर्भावस्थामै मृत्यु भएको भन्दै उनीविरुद्ध राष्ट्रिय महिला आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिएकी छन् ।
‘बिदा मिलान नगरेकै कारण आफ्नो बच्चा गर्भमै मरेको उल्लेख गर्दै मविरुद्ध विभिन्न निकायमा उजुरी दर्ता गराएकी छिन्,’ प्रधानाध्यापक केसीले भने, ‘एक त बच्चा भदौमा जन्मिएको, फेरि जन्मेको नौ दिनपछि शिशुको मृत्यु भएको प्रस्ट देखिन्छ । यी प्रमाणहरूले मलाई फसाउन खोजिएको भन्ने प्रस्ट देखाउँछ ।’ शिक्षिकाले राष्ट्रिय महिला आयोगलगायत निकायलाई सुत्केरी बिदा नदिएको भनी भ्रममा पारेको केसीको भनाइ छ । बरु आफूले विद्यालय सुधार र शिक्षकहरूको मनोमानी कदमविरुद्ध कठोर ढंगले अघि बढेको बदला त्यस्ता कर्मचारी र शिक्षक एकजुट भएर बदला लिन महिलालाई हतियार बनाइएको प्रधानाध्यापकको आरोप छ ।
प्रधानाध्यापकले बिरामी बिदालाई अग्रिम सुत्केरी बिदामा परिणत गर्न नसक्नुका कारणहरूका रूपमा निवेदकको मागबमोजिमको बिरामी बिदा स्वीकृत भई हाजिरी कापीमा जनाइसकेको अवस्था, उपभोग गरिसकेको बिरामी बिदा सुत्केरी बिदामा परिणत गर्न सकिने भन्ने कुनै प्रस्ट कानुनी व्यवस्था नभएको, विद्यालयले आफ्नो तालुक निकायमा सोधपुछ गर्दा समेत यससम्बन्धी कुनै लिखित वा मौखिक निर्देशन नआएको, बिरामी बिदा सञ्चित गर्दा आर्थिक लाभसँग जोडिएका विषय पैसा आउने भएकाले बिरामी बिदालाई बिदा प्रयोगकर्ताको अनुकूलताअनुसार भैपरि बिदा, पर्व बिदा, सुत्केरी बिदा, किरिया बिदा आदि बिदामा परिणत गर्ने अख्तियारी कुनै पनि कार्यालय प्रमुखसँग नभएको सन्दर्भमा अख्तियारको दुरुपयोग हुनेलगायत कारणहरू दर्साएका छन् । तर पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको को मिति २०७६÷०४÷२९ को च.नं. ५४ को पत्र, शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंको मिति २०७६÷०४÷३० को च.नं. २९३ को पत्र र महिला आयोगका सचिवको फोनका आधारमा २०७५ माघ २७ देखि २०७५ फागुन २३ सम्म निवेदकको मागअनुसार नै स्वीकृत भइसकेको बिरामी बिदालाई अग्रिम सुत्केरी बिदामा परिणत गरी २०७६ भदौ १ गते सम्बन्धित लक्ष्मी अर्याललाई पत्रमार्फत विद्यालयले जानकारी गराएको बताए । आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्ने हतियारका रूपमा यो प्रकरण बाहिर ल्याए पनि सबै ढंगले मुकाबिला गर्न तयार रहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • डाटा सेवाको अवधी थप

    चैत २७, काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी...
  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...