18th February 2020, Tuesday

E-budhabar
Header Right Side NTC Advertisement

कम्पनी रजिस्ट्रारलाई डिएसपीले टेरेनन्

काठमाडौं । यसअघि विभिन्न अभियोग र मुद्दाबाट पराजित मात्र होइन, नेपालको नागरिकतासमेत बदर भइसकेको व्यक्तिको पक्षमा महानगरीय प्रहरी परिसर कमलपोखरीका डिएसपी भरतबहादुर विक उभिएका छन् । लामो समयदेखि सेयरमा विवादास्पद रहेको र मुद्दा चलिरहेको कन्सल्टेन्सी कम्पनी एइसिसी ग्लोबलको ५० प्रतिशतभन्दा बढी सेयरकर्ताको हैसियतमा रहेका राजेन्द्र वैद्य कार्यालयमा प्रवेश गर्न त्यस कम्पनीका कर्मचारीहरूले अवरोध गरेपछि प्रहरी कार्यालयका डिएसपी विक समेत कर्मचारीहरूको पक्षमा उभिएका छन् ।
वैद्यले कम्पनी रजिस्ट्रारको कार्यालयबाट आफ्नो पक्षमा सेयर अधिकारसहितको पत्र कार्यालय गएर काम गर्न दिने वातावरण प्रदान गर्न प्रहरीलाई गरिएको अनुरोधपत्रको समेत अटेर गरेर कार्यालयमा रोक लगाउने उच्छृंखल कर्मचारीको पक्ष लिएका छन् । कम्पनी रजिस्ट्रार कार्यालयका सहायक रजिस्ट्रार राजनकुमार बस्नेतले यही मंसिर २९ गते दिएको पत्रको आधारमा वैद्यलाई कार्यालय प्रवेश गरेर कामकाज गर्न दिनुपर्नेमा त्यहाका कर्मचारी शैलेश झा र महेश सुब्बाले अवरोध गरिरहेको बताइन्छ । सो अवरोधका विरुद्ध प्रहरीको सहयोग माग्न पुगेका वैद्यलाई असहयोग गरेर विपक्षीबाट आर्थिक लाभ लिएको हुन सक्ने एक पक्षको बुझाइ छ ।
त्यसो त आफ्नो अनुरोध स्वीकार नगरेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीको तोक आदेशसमेत लिएर वैद्य प्रहरीकोमा पुगेका थिए । सो आदेशसमेत अटेर गरेको बताइएको छ । चिनी माफिया शशीकान्त खेतानको अप्रत्यक्ष संलग्नता रहेकाले ती कर्मचारीहरूले उफ्रीपाफ्री गरी कार्यालयको काममा अवरोध गरेको बताइन्छ । दोहोरो नागरिकता लिएको प्रमाणित भएपछि कम्पनी सञ्चालकहरू अहिले फरार छन् भने उनीहरूलाई बैंकिङ ठगी मुद्दामा समेत वारेन्ट काटिएको छ । नेपालमा गलत विवरण पेस गरेर नागरिकता लिएका भारतीय व्यक्तिहरूले भारतमै पनि गलत विवरण पेस गरेर नागरिकता लिएको फेला परेको थियो । उक्त कम्पनीका ५० प्रतिशतको साझेदार तथा कम्पनीमा अध्यक्षको हैसियतमा रहेकी श्रीमती लोचनकुमारी हरलालका, निजका श्रीमान् जयप्रकाश अग्रवाल र दुई छोरा रञ्जित र छोरी रुबीको जन्मका आधारमा लिएको नेपाली नागरिकता नै नक्कली रहेको तथ्यसहित पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्माले शंकास्पद नेपाली नागरिकता रद्द गर्न र उनीहरूको सम्पत्ति जफत गर्नुपर्ने व्यहोराको सिफारिसपत्र गृहलाई पठाएका थिए । कम्पनीका कर्मचारीहरूले उक्त कम्पनी एकलौटी हत्याउन खोजेकाले वैद्यलाई अवरोध गरे पनि कानुनी रूपमा उनी माथि रहेकाले कुनै हालतमा नछोड्ने उनले बताए । यस विषयमा डिएसपी विकको प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • सामान्यमा आफ्नै हात जगन्नाथ

    काठमाडौं । रोजेको आकर्षक ठाउँमा जाने इच्छा प्रायः सबै कर्मचारीको हुन्छ । कतिपय कर्मचारी त पहुँच नपुगेकै कारण वर्षौंदेखि दुर्गम र अनाकर्षक ठाउँमा बस्दै आएका छन् । वर्षौंदेखि घरपरिवारसँग टाढिएर बस्नुपरेको धेरै दर्दनाक पीडा छन् । तर, सामान्य प्रशासन मन्त्रालयमा बसेका केहीले भने आफ्नो सरुवा पनि भनेको ठाउँमा आफैंले गरेर...
  • हिमालयन बैंकमा होडबाजी

    काठमाडौं । हिमालयन बैंकमा राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहबीचको विवाद उत्कर्षमा पुगेको छ । आज बुधबार हुने साधारणसभाबाट राणा र श्रेष्ठ समूहको एकाधिकार तोड्न खेतान समूह सक्रिय भएको छ । एन ट्रेडिड्र कम्पनी प्रालि झम्सिखेलका तर्फबाट अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ र आभा इन्टरनेसनलन प्रालि थापाथलीका तर्फबाट बैंकका प्रमुख कार्यकारी...
  • खरिपाटीमा ‘कोरोना’को त्रास

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित मुलुक चीनबाट फर्काइने नागरिकलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र छनोट गरिएसँगै कर्मचारीहरूमा आतंक मच्चिएको छ । चीनबाट फर्काइने नागरिकलाई राख्न तीनचार ठाउँबारे छलफल चले पनि अन्ततः खरिपाटीमा नै राख्ने टुंगोमा सरकार पुगेको हो । सो स्थान सुरक्षित रहेको हुँदा सरकारले क्वारेन्टाइन राख्ने...

चक्रपथ

फागुनबाट नेकपाको विशेष अभियान

पार्टी प्रवेश, ¥यालीदेखि जनसभभासम्मको योजना काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ बाट पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान सञ्चालन गर्ने भएको छ । खासगरी पाँचमहिने कार्ययोजनासहित बनेको विशेष अभियान मूल रूपमा तीन महिना विशेष रूपले सञ्चालन गर्ने नेकपाको तयारी छ । गत १९ माघमा सम्पन्न...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

ढुंगे युगतिर डोर्याउने धृष्टता

केही दिनपूर्व, प्रदर्शनीमार्गको एउटा पुस्तक पसलको दराजमा सजाइएको एउटा पुस्तकमा आँखा प¥यो, जुन पुस्तक एकजना विदेशी लेखकले लेखेका थिए र जसमा उनले नेपालका हिमालीदेखि अरु भूभाग घुम्दाका अनुभवलाई उतारेका थिए । हरेक पुस्तक किन्दा छुट लिने बानी नै परिसकेको हुँदा पुस्तक बिक्रेतालाई सोधें, ‘यो पुस्तक किन्दा कति छुट पाइन्छ ?’...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • फोटोमा हारजितको फैसला

    काठमाडौं । ‘तपाईंहरू यही हुनुहुन्छ तर तपाईंहरूकै फोटो राजारानीको जस्तो गरी राखिएको छ । यो फोटो राख्ने सामान्तवादी प्रवृत्ति हो । राजावादी प्रवृत्ति भयो । यो फोटो निकाल्नुहोस्, यसपटक सक्नुहुन्न भने अर्कोपटक नराख्नुहोला ।’ नेकपा केन्द्रीय कमिटी बैठक चलिरह“दा केन्द्रीय सदस्य राजेन्द्र राईले उठेर यसरी कडा स्वरमा प्रतिवाद गरेपछि १५...
  • कुन पार्टीमा जालिन् शिवमाया ?

    काठमाडौं । कुनै हालतमा राजीनामा नदिने अडानमा रहेकी तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले पार्टी केन्द्रीय सदस्यको हैसियतमा क्रियाशील हुने इच्छा व्यक्त गरेकी छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई दिन लागिएको भन्दै तुम्बाहाम्फेले आफूले गल्ती गरेको लिखित कारण पार्टीले दिनुपर्ने सर्त राखेकी थिइन् । सभामुखमा उम्मेद्वारी दिने...
  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...