27th May 2020, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

बैठक औपचाकिरता मात्र नहोस्

सत्तारूढ पार्टी नेकपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको पाचौं बैठक अहिले पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ । चौथो बैठक बसेको ठीक एक वर्षपछि बसेको बसेको हुनाले पार्टीका आमनेता कार्यकर्ताको ध्यान त्यसतर्फ तानिनु स्वाभाविक हो तर यो बैठकले प्रमुख प्रतिपक्षी राजनीतिक दल, आम सर्वसाधारण मात्र नभएर विदेशी शक्ति केन्द्रहरूको ध्यान पनि खिचेको छ । पार्टी एकीकरणपछि पार्टी संगठन अस्तव्यस्त भएको अवस्थामा नेकपाकै कार्यकर्ताले यो बैठकबाट संगठन सुदृढीकरणका पक्षमा ठोस निर्णय होला भन्ने अपेक्षा लिएका छन् भने सरकारको कामकारबाही र विदेश नीतिबारे बैठकले के–कस्तो निर्णय लिने हो भन्नेमा अरू राजनीतक दल र विदेशी शक्तिको चासो देखिन्छ ।
विगतदेखि नै नेकपाकै नेताहरूको बैठकका सन्दर्भमा दुई खालका चिन्ता प्रकट हुने गरेको देखिन्थ्यो । एउटा चिन्ता नियमित बस्तुपर्ने बैठक वर्ष दिनसम्म पनि नडाकेर नेतृत्वले हुकुमी शैली देखायो भन्ने थियो भने दोस्रो चिन्ता, बैठक बसे पनि त्यहाँ आफूहरूलाई किनाराको साक्षी मात्र बनाउने तर निर्णय नेतृत्वले जे चाह्यो, त्यही मात्र हुने प्रवृत्तिबारे थियो । यो चिन्ता यसपटक पनि देखिएको छ । बल्लतल्ल एक वर्षपछि बसेको बैठकमा पनि मन खुलाएर एजेन्डामा जमेर छलफल गर्न पाइने हो कि होइन र पाए पनि छलफलकै स्प्रिटमा बैठकको निर्णय आउने हो कि होइन भन्ने चिन्ता देखिन्छ । नेकपाको यो बैठकले सबैभन्दा पहिले आफ्नै पार्टीका नेताहरूको यो चिन्तालाई सम्बोधन गर्ने फराकिलो छाती प्रदर्शन गर्न जरुरी छ । आमकार्यकर्ताको आस पार्टी संगठानात्मक रूपमा बलियो होस्, एकता नटुटोस् र पार्टीभित्रका गुट–उपगुट धेरै झाँगिन नपाऊन् भन्ने छ । तर, बैठकमा अध्यक्षद्धयका तर्फबाट प्रस्तुत प्रतिवेदनले कार्यकर्ताको आसलाई अझ निरास बनाउने काम गरेको छ । प्रतिवेदनले पार्टीभित्र गुट झाँगिएको बारे बोलेको छ तर गुटको नेतृत्वकर्ता र गुट निराकरणको उपायबारे केही बोलेको छैन ।
नेकपाको यो बैठकसँग आमजनताको सरोकार सरकारको कामको विषयलाई लिएर जोडिएको छ । चरम मूल्यवृद्धि, हत्या, हिंसा, अपहरण, बलात्कारजस्ता जनताको सरोकारका विषयमा उपलब्धिमूलक काम नभएको अवस्थामा पार्टीले सरकारले त्यस दिशामा काम गर्न निर्देशन दिन्छ कि भन्ने अपेक्षा जनताको छ, जुन जायज छ । तर, बैठकको अहिले तीन दिनसम्मको सञ्चालन प्रक्रिया हेर्दा न त प्रतिवेदनमा ती विषयबारे बोलिएको छ न त बैठकमा बोल्ने नेताहरूले यसतर्फ बैठकको गम्भीर ध्यानाकर्षण गराउन सकेका छन् । सरकारलाई पार्टीको नीति र निर्देशनमा चलाउन सक्ने दिशा यो बैठकले निर्दिष्ट गर्न सक्नुपर्छ ।
दुई तिहाइ बहुमतसहितको सरकार हुनाले यो सरकारसँग जनताको अपेक्षा धेरै छ । दुई वर्ष कार्यकाल सरकारले पूरा गरिसकेको छ । अब यो सरकारसँग तीन वर्षको अवधि बाँकी छ । दुई वर्ष बितिसक्दा पनि बैठक नडाकिएको हुनाले पार्टी तहमा सरकारको समीक्षा हुन सकेको थिएन । अब यो बैठकमा सरकारको कठोर समीक्षा हुनुपर्छ । जनताको मन जित्ने, आकांक्षा सम्बोधन गर्ने र सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक तुल्याउन पार्टीले सरकारलाई आवश्यक लगाम लगाउन सक्ने वातावरण यो बैठकले बनाउनैपर्छ ।
बैठक औपचारिकता मात्र बनाउने विगतको जस्तो धृष्टता यो पटक नेतृत्वले पुन दोहो¥यायो भने त्यो न त पार्टीको हितमा हुन्छ न त देश र जनताको हितमा नै । नेताको गोजीबाट पार्टी संगठन चल्ने कुरा आजको २१औं शताब्दीको कम्युनिस्ट पार्टीमा हुनै सक्दैन । विचारमा बहस र बहसमा सबै नेताको समान सहभागिताले नै पार्टीलाई स्पातिलो बनाउँछ । तर नेतृत्वले बैठक बसाएजस्तो गर्ने तर नेताहरूई फड्के किनाराको साक्षी मात्र बनाउने काम ग¥यो भने त्यसले दुर्घटना निम्त्याउँछ । अबको यो समयमा यो पार्टी बलियो र चुस्त हुनाका साथै सही कार्यदिशा बोकेर अघि बढ्यो भने यसले मात्र नेपालको सुन्दर भविष्यको चित्र कोर्न सक्छ । त्यसैले, यो संवेदनशीलतालाई बुझेर नेकपा, यसको नेतृत्वले कदम चाल्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...