4th July 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

आफ्नै कमजोरीप्रति पनि निर्मम हुने कि ?

आफ्नै कमजोरीप्रति पनि निर्मम हुने कि ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । पुस २३ देखि केन्द्रीय कमिटीको बैठक डाकिएको छ । स्थायी कमिटीको बैठक एक वर्षपछि बस्यो भने डेढ वर्षपछि केन्द्रीय कमिटीको बैठक बस्दैछ । लामो समयदेखि बैठक बस्न नसकेका कारण मुुख्य नेतृत्वको आलोचना हुुँदै आएको थियो । विधानअनुुसार बैठक बसाल्न नसक्दा आलोचना हुनु अस्वाभाविक पनि थिएन । स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकहरू नियमित नहुनुु भनेको सरकार र पार्टीका कामहरू प्रभावित हुनुु हो । यी पार्टी र राज्यका कामहरूको व्यापक समीक्षाका साथसाथै नीति निर्माण गर्ने ठाउँहरू हुन् । यस्ता अंगहरू निष्क्रिय रहँदा पार्टी कामकाज र समाजको परिवर्तनको प्रक्रियामा गम्भीर अवरोध खडा हुन्छ । हामी त झन् अझै अप्ठ्यारो परिस्थितिकै बीचमा छौं । एक प्रकारको संक्रमण सकिए पनि अर्काे प्रकारको संक्रमण हाम्रा अगाडि छ । मुलुकलाई नयाँ दिशा दिन त्यति सजिलो छैन । सामान्य बुुर्जुुवा सुधार त सजिलो हुन्न भने त्योभन्दा अघि बढ्न त सजिलो हुने कुरै भएन । जीवन्त पार्टीले मात्र अगाडिका चुनौतीहरूको सामना गर्न सक्छ । वैचारिक स्पष्टता र उपयुक्त कार्यक्रमसहित एकताबद्ध रूपमा गतिशील पार्टी नै जीवन्त पार्टी हो । यसका निम्ति पार्टी कमिटीका बैठकहरू पनि नियमित हुनु आवश्यक हुुन्छ । अध्यक्षद्वयको प्रतिवेदनले सयममै बैठक बसाल्न नसकिएको स्वीकार पनि गरेको छ ।
प्रतिवेदनमा स्थायी कमिटीमा गम्भीर छलफल भएको छ । सदस्यहरूले आफूलाई लागेका कुरा हाकाहाकी राखेका छन् । बैठक निर्धारित दिनभन्दा धेरै चल्यो । मौखिक र लिखित दुवै रूपमा प्रतिवेदनमाथि विचारहरू प्रस्तुुत भए । पार्टी र सरकारको कामलाई व्यापक रूपमा समीक्षा गरियो । गम्भीर समीक्षाका दृष्टिले बैठक महŒवपूर्ण रह्यो । तर, यसको सार्थकताको मापन व्यवहार हो । व्यवहारमा कार्यान्वयन भएन भने यसको अर्थ रहन्न । हाम्रो समस्या व्यवहारमा कार्यान्वयन नहुुनुु पनि हो । छलफल गर्ने, निर्णय हुुने तर व्यवहारमा कार्यान्वयन नहुुने । स्थायी कमिटी सदस्यहरूले पार्टी र सरकारबारे गम्भीर समीक्षा मात्र गरेका छैनन्, के गर्ने, के नगर्ने भनेर गम्भीर सुुझाव पनि दिएका छन् । पार्टी आन्दोलनलाई बलियो बनाउन र सरकारलाई सफल तुुल्याउन ती सुुझावहरू अत्यन्त महŒवपूर्ण छन् ।
प्रतिवेदनमा सरकारको कामको समीक्षा मात्र गरिएको छैन, समीक्षाका निम्ति आग्रह पनि गरिएको छ । पार्टीको ठूलो पंक्ति सरकारको कार्यप्रति असन्तुुष्ट रहँदै आएको छ । स्थायी कमिटी सदस्यहरूले मात्र होइन सचिवालयका कतिपय सदस्यहरूले समेत सरकारको सोझो घुुमाउरो आलोचना गर्दै आएका छन् । प्रतिवेदनले सामान्य रूपमा सरकारका कमीकमजोरीलाई औंल्याएको छ । समीक्षात्मक दृष्टिसहित प्रतिवेदन प्रस्तुुत गरिनु यस बैठकको एक महŒवपूर्ण पक्ष हो । सरकारले गरेका राम्रा–नराम्रा कामहरू सिधै पार्टी आन्दोलनको वर्तमान र भविष्यसँग जोडिन्छन् । त्यसैले, यसप्रति पार्टी नेता, कार्यकर्ता, समर्थक एवं शुुभेच्छुुकहरूको ध्यान जान्छ र जानुु पनि पर्छ । आलोचना यसकै परिणाम हो । सरकारले कतिपय मोर्चामा काम गर्न नसकेको साँचो हो । कमीकमजोरी भएकै छन् । आममानिसमा सरकारलाई लिएर व्यापक असन्तुुष्टि पाइन्छ । विपक्षीहरूले त आफ्नो भूमिका निर्वाह गर्ने नै भए । कमिटी प्रणाली व्यवस्थित र नियमित नहुुँदा पार्टी पंक्तिको आलोचना बाहिर प्रकट हुन सुुरु गरेको हो । होइन भने आलोचना कमिटीमै हुुन्थ्यो, विचार त्यहीँ प्रस्तुत गरिन्थ्यो । त्यो सिस्टमबाट बाहिर जान्नथ्यो । यस्तो स्थितिकोे निर्माण मूूलतः माथिबाटै भयो । स्थिति अराजक जस्तो लाग्न थाल्यो । कमिटी प्रणाली व्यवस्थित नहुुँदा हुुने यस्तै हो ।
सरकारले यस अवधिमा राम्रा काम पनि गरेको छ । यसको उल्लेख पनि गरिदै आइएको छ । पार्टी पंक्तिबाट सरकारको आलोचना मात्र भएको छैन, बाहिरबाट उसमाथि हुने प्रहारको प्रतिवाद पनि भएको छ । राम्रा कामहरूको चर्चा पनि गरिएको छ । तर, कमजोरीहरूप्रति आलोचनात्मक दृष्टि राख्ने कार्य पनि भएको छ । आलोचना मात्रै पार्टी पंक्तिबाट भयो भन्नुु गलत हुुन्छ । प्रतिवेदन आफंैले सरकारका कमजोरीबारे बोलिसकेपछि यस विषयमा धेरे भन्नै परेन । भ्रष्टाचार नियन्त्रण गर्ने र सुुशासन दिने कुुरामा कमजोरीहरू रहेकै छन् । कतिपय नियुक्तिहरू सन्तुुलित र पारदर्शी हुुन सकेका छैनन्, ऐन कानुुनहरूको निर्माणमा पनि ढिलाइ भएकै छ । यस्ता धेरै कुुरा उल्लेख गर्न सकिन्छ । अबको दायित्व भनेको सरकारलाई कसरी प्रभावकारी र सफल बनाउने भन्ने हो, कमीकमजोरी कसरी हुुन नदिने भन्ने हो । सरकार असफल हुुँदा पार्टी मात्र असफल हुन्न, परिवर्तनको प्रक्रिया नै अवरुद्ध हुुन सक्छ । प्राप्त उपलब्धिहरू नै गुुम्न सक्छन् ।
सरकारको सफलता अनुुशासित पार्टी, बलियो एकता र सामूहिक भावनासँग जोडिएको छ । मूलतः दुुईवटा कुराले यसलाई प्रभावित गरेको छ । पहिलो, अहिलेसम्म पार्टी एकीकरण प्रक्रिया नै पूूरा हुुन सकेको छैन । भावनात्मक एकताको विकास पनि भनेजस्तो गरी हुन सकेको पाइन्न । पृथक् अस्तित्वगत सोचाइहरू अहिले पनि जीवित छन् । यो सबैले अनुुभव गरेको सत्य हो । केन्द्रीय आयोग, पोलिटब्युरोदेखि पार्टीका कतिपय अंगहरूको निर्माण हुुन बाँकी नै छ । बनेका कमिटीहरू पनि राम्रोसँग परिचालित छैनन् । दोस्रो, गुटगत प्रवृत्ति र क्रियाकलाप हो । गुट मानसिकताले अझ बढी समस्या उत्पन्न गरेको छ । प्रतिवेदनमा यी विषयहरूलाई उठाइएको छ । एकीकरणका बाँकी कामलाई पूूरा गर्दै र गुट मानसिकताको अन्त्य गर्दै सुदृढ एकताको प्रस्ताव पनि प्रतिवेदनमा गरिएको छ । स्थायी कमिटीको बैठकमा यी विषयहरूमा गम्भीरतापूर्वक छलफल भएको छ । एकीकरण प्रक्रिया त भोलि पूरा होला तर गुट मानसिकताको अन्त्य त्यति सजिलो छैन । गुुटको अन्त्य नभई पार्टीलाई भनेजस्तो गरी एकताबद्ध गर्न सजिलो छैन । पार्टीमा विद्यमान गुटउपगुटहरूकै कारण पार्टी र सरकार सञ्चालनमा समस्याहरू देखिएका छन् । सबैभन्दा माथि आ–आफ्ना गुुट र तिनका स्वार्थहरू छन् ।
यस समस्याबाट आज सिंगो नेपाली राजनीति प्रभावित छ । यो स्थितिलाई अन्त्य गर्न सकिएन भने यसले अघिल्तिरको यात्रामा गम्भीर अवरोध खडा गर्नेछ । यस स्थितिले राजनीतिलाई कति प्रभावित गर्छ भन्ने कुुराको दृष्टान्तका रूपमा विगतका तिता अनुुभवहरू पनि छन् । परिवर्तित सन्दर्भमा नेकपाले गुटहरूको अन्त्यका निम्ति विशेष ढंगले सोच्नैपर्छ । यसका निम्ति विशेष पहल गर्नैपर्छ । आज जस्तो स्थिति छ, त्यस्तो रहिरह्यो भने यो प्रत्युुत्पादक हुनेछ । पार्टी र सरकार दुवै असफल हुनेछन् । पार्टीमा जिम्मेवारीको उचित बाँडफाँट पनि त्यतिकै जरुरी छ । बैठकमा यो विषय पनि गम्भीर रूपमा उठेको छ । एक व्यक्ति एक प्रमुुख जिम्मेवारी नै यस सन्दर्भमा सबैभन्दा उपयुक्त नीति हो । योग्यताअनुुसार कामको जिम्मेवारी पनि पार्टीलाई बलियो बनाउने सन्दर्भमा ध्यान दिनुुपर्ने महŒवपूर्ण विषय हो । यस्ता अरू पनि विषयहरू बैठकमा उठेका छन्, जसका बारेमा पार्टी गम्भीर बन्नु आवश्यक छ ।
स्थायी कमिटीको बैठकमा जे–जस्तो रूपमा छलफल भयो, केन्द्रीय कमिटीको बैठकमा त्यही रूपमा छलफल गर्न समय उपलब्ध हुुन्छ कि हुँदैन भन्न सकिन्न तर केन्द्रीय कमिटी बैठकको आफ्नै गरिमा र महŒव छ । संख्याका दृष्टिले मात्र यो ठूलो छैन, प्रतिनिधित्वका दृष्टिले पनि यो महŒवपूर्ण रहेको छ । पार्टी एकतालाई सुदृढ बनाउने, गुटबन्दीलाई अन्त्य गर्ने, अनुशासित पार्टीको निर्माण गर्ने, पार्टी र सरकार, दुुवै मोर्चामा सफल बन्ने दृष्टिले यो बैठकलाई पार्टीले ऐतिहासिक बनाउन सक्नुुपर्छ । पार्टी र सरकारबीच बढेको दूरी, मौलाउँदो अराजकता र अनुुशासनहीनता, बढ्दो गुटगत प्रवृत्ति र यसले पार्टीलाई पुु¥याएको क्षति, पार्टीले गर्नुपर्ने विचारधारात्मक कार्य, संगठनात्मक एकतालाई भावनात्मक एकतामा बदल्नुुपर्ने दायित्व, सरकारका उपलब्धि र कमजोरीहरू, हिँड्नुुपर्ने बाटो र उद्देश्यबारे कमिटीमा गम्भीर छलफल हुुनु आवश्यक छ । बैठकले पार्टी र सरकारलाई दिशानिर्देश गर्ने गरी महŒवपूर्ण निर्णय गर्न सक्नुुपर्छ । लामो समयपछि हुन थालेको बैठकबाट यही अपेक्षा गरिएको छ । गम्भीर समीक्षा आजको खाँचो हो । यसका निम्ति आफैंप्रति निर्मम हुुन पनि सक्नुुपर्छ ।
पार्टीहरू प्रायः आफ्ना कमजोरीहरूप्रति गम्भीर र निर्मम हुुन सकेको देखिन्न । यस्तो कमजोरी कमबेसी हाम्रो आन्दोलनमा पनि छ । अन्य दलहरूप्रति बढी आलोचनात्मक बन्ने र आफ्ना कमजोरीहरूप्रति आँखा चिम्लने कमजोरी नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा सुरुदेखि रहँदै आएको छ । यस्तो कमजोरी अन्य मुुलुकका आन्दोलनहरूमा पनि पाइन्छ । आफ्ना कमजोरीहरूका कारण खाइने धक्कालाई पनि अर्काका कारण भनेर प्रचार गर्ने प्रवृत्ति यसकै परिणाम हो । यसले आन्दोलनको अहितसिवाय अरू केही गर्दैन । अरूको प्रहारको प्रतिवादका साथसाथै आफ्ना कमजोरीहरूप्रति निर्मम हुुन सक्ने पार्टीले मात्र आफ्नो युुगको नेतृत्व गर्न र मुलुकलाई नयाँ दिशा दिन सक्छ । मुुख्य नेतृत्वका दृष्टिले अध्यक्षद्वयले यस विषयमा अझ बढी ध्यान दिन सक्नुुपर्छ । केन्द्रीय कमिटीको बैठकपछि सिंगो पार्टी पंक्ति र मुलुुकले अझ नयाँ अनुुभूति गर्न पाउनुुुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...