18th February 2020, Tuesday

E-budhabar
Header Right Side NTC Advertisement

अप्टिकल फाइवरका लागि टेलकम र प्राधिकरणवीच सम्झौता

अप्टिकल फाइवरका लागि टेलकम र प्राधिकरणवीच सम्झौता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम बीच ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरु अन्तर्गत मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
गत पुस १८ गते आयोजित एक कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालका लागि सरकारले पहिचान गरेको आधार स्तम्भ निर्माण गर्ने र विभिन्न पूर्वाधारको सह–प्रयोगका लागि यस आयोजनाले सहयोग गर्ने बताउदै यस्तो महत्वपूर्ण जिम्मेवारीलाई कम्पनीले समयमै पुरा गर्ने अपेक्षा ब्यक्त गरे ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो आयोजनाले सुदूरपश्चिम र कर्णाली जस्ता विकट र चुनौतीपूर्ण क्षेत्रमा सञ्चार सुविधा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने र तोकिएको समयमा गुणस्तरीय र मापदण्ड अनुरुपको नेटवर्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । सम्झौतामार्फत कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्य राखिएको छ । रुकुमको मुसिकोट देखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला सहित बाँके र बर्दिया जिल्ला समेत गरी २० जिल्लामा फाइबर नेटवर्क विस्तार हुनेछ ।

यस आयोजना अन्तर्गत करिब २ हजार ४ सय किलोमिटरमा अन्डरग्राउन्ड, एडीएसएस फाइबर तथा डाइरेक्ट बुराइड केवल विस्तार गरिने छ । साथै विभिन्न साइटहरुमा डीडब्ल्युडीएम, राउटर तथा माइक्रोवेभ सञ्चालन गरी नेटवर्क विस्तार गरिने छ । मध्य पहाडी लोक मार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइबर नेटवर्क न्यूनतम ९६ कोरको हुनुको साथै जिल्ला सदरमुकाम र नगरपालिका सम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिने टेलकमले जनाएको छ ।

हाल र भविष्यमा भ्वाइस तथा डाटा अपरेटरबाट हुन सक्ने मागलाई मध्यनजर गरी आवश्यकता अनुसार ४०० जि क्षमतासम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी मल्टिपल १०० जि तथा १०० जि वा सो भन्दा बढी क्षमता हुने गरी मल्टिपल १० जि क्षमताका राउटर प्रयोग गरिने छ । यो अप्टिकल फाइबर पूर्वाधारमार्फत निर्माण हुने सूचना महामार्ग डिजिटल नेपालको अवधारणा साकार पार्न महत्वपूर्ण मेरुदण्ड सावित हुनेछ । साथै उक्त पूर्वाधारको सह–प्रयोगमार्फत ठूला सञ्चार पूर्वाधारमा हुने दोहोरो लगानी समेत न्यूनीकरण हुनेछ । यस्तो राष्ट्रब्यापी पूर्वाधारबाट देशमा दूरसञ्चार सेवा तथा सूचना प्रविधिमा आधारित ई–गभर्नेन्स लगायतका सेवालाई सस्तो, सर्वसुलभ र भरपर्दो बनाउन महत्वपूर्ण सहयोग पुग्ने जनाइएको छ ।

यस कार्यको लागि नेपाल टेलिकमले बोलपत्रबाट प्रतिस्पर्धा गराई प्राप्त हुने रकममा अधिकतम ३ अर्ब ८१ लाखमा नबढ्ने गरी प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट रकम प्रदान गर्नेछ । यस कार्यको लागि आह्वान गरिने सम्पूर्ण बोलपत्रहरु तीन महिना भित्र प्रकाशन हुनेछ भने नेपाल टेलिकमले ठेक्का सम्झौता गरेको २ वर्ष भित्र आवश्यक हुने पूर्वाधार निर्माण गर्नेछ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम बीच एक महिना भित्र यस सम्बन्धी सम्झौता गर्ने गरी गत मंसिर १९ गते समझदारी भएको थियो । कम्पनीले हाल मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश नम्बर १, २ र ३ मा समेत नेटवर्क विस्तार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • सामान्यमा आफ्नै हात जगन्नाथ

    काठमाडौं । रोजेको आकर्षक ठाउँमा जाने इच्छा प्रायः सबै कर्मचारीको हुन्छ । कतिपय कर्मचारी त पहुँच नपुगेकै कारण वर्षौंदेखि दुर्गम र अनाकर्षक ठाउँमा बस्दै आएका छन् । वर्षौंदेखि घरपरिवारसँग टाढिएर बस्नुपरेको धेरै दर्दनाक पीडा छन् । तर, सामान्य प्रशासन मन्त्रालयमा बसेका केहीले भने आफ्नो सरुवा पनि भनेको ठाउँमा आफैंले गरेर...
  • हिमालयन बैंकमा होडबाजी

    काठमाडौं । हिमालयन बैंकमा राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहबीचको विवाद उत्कर्षमा पुगेको छ । आज बुधबार हुने साधारणसभाबाट राणा र श्रेष्ठ समूहको एकाधिकार तोड्न खेतान समूह सक्रिय भएको छ । एन ट्रेडिड्र कम्पनी प्रालि झम्सिखेलका तर्फबाट अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ र आभा इन्टरनेसनलन प्रालि थापाथलीका तर्फबाट बैंकका प्रमुख कार्यकारी...
  • खरिपाटीमा ‘कोरोना’को त्रास

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित मुलुक चीनबाट फर्काइने नागरिकलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र छनोट गरिएसँगै कर्मचारीहरूमा आतंक मच्चिएको छ । चीनबाट फर्काइने नागरिकलाई राख्न तीनचार ठाउँबारे छलफल चले पनि अन्ततः खरिपाटीमा नै राख्ने टुंगोमा सरकार पुगेको हो । सो स्थान सुरक्षित रहेको हुँदा सरकारले क्वारेन्टाइन राख्ने...

चक्रपथ

फागुनबाट नेकपाको विशेष अभियान

पार्टी प्रवेश, ¥यालीदेखि जनसभभासम्मको योजना काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ बाट पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान सञ्चालन गर्ने भएको छ । खासगरी पाँचमहिने कार्ययोजनासहित बनेको विशेष अभियान मूल रूपमा तीन महिना विशेष रूपले सञ्चालन गर्ने नेकपाको तयारी छ । गत १९ माघमा सम्पन्न...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

ढुंगे युगतिर डोर्याउने धृष्टता

केही दिनपूर्व, प्रदर्शनीमार्गको एउटा पुस्तक पसलको दराजमा सजाइएको एउटा पुस्तकमा आँखा प¥यो, जुन पुस्तक एकजना विदेशी लेखकले लेखेका थिए र जसमा उनले नेपालका हिमालीदेखि अरु भूभाग घुम्दाका अनुभवलाई उतारेका थिए । हरेक पुस्तक किन्दा छुट लिने बानी नै परिसकेको हुँदा पुस्तक बिक्रेतालाई सोधें, ‘यो पुस्तक किन्दा कति छुट पाइन्छ ?’...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • फोटोमा हारजितको फैसला

    काठमाडौं । ‘तपाईंहरू यही हुनुहुन्छ तर तपाईंहरूकै फोटो राजारानीको जस्तो गरी राखिएको छ । यो फोटो राख्ने सामान्तवादी प्रवृत्ति हो । राजावादी प्रवृत्ति भयो । यो फोटो निकाल्नुहोस्, यसपटक सक्नुहुन्न भने अर्कोपटक नराख्नुहोला ।’ नेकपा केन्द्रीय कमिटी बैठक चलिरह“दा केन्द्रीय सदस्य राजेन्द्र राईले उठेर यसरी कडा स्वरमा प्रतिवाद गरेपछि १५...
  • कुन पार्टीमा जालिन् शिवमाया ?

    काठमाडौं । कुनै हालतमा राजीनामा नदिने अडानमा रहेकी तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले पार्टी केन्द्रीय सदस्यको हैसियतमा क्रियाशील हुने इच्छा व्यक्त गरेकी छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई दिन लागिएको भन्दै तुम्बाहाम्फेले आफूले गल्ती गरेको लिखित कारण पार्टीले दिनुपर्ने सर्त राखेकी थिइन् । सभामुखमा उम्मेद्वारी दिने...
  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...