3rd April 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

गुटबन्दी अन्त्य गर्ने चार सूत्र

गुटबन्दी अन्त्य गर्ने चार सूत्र

कम्युनिस्ट पार्टी सिद्धान्त, विचार, कार्यशैलीका मामलामा अन्य ब‘ुर्जुवा पुंजीबादी पार्टीभन्दा फरक पहिचान र चरित्रयुक्त पार्टी हो । कम्युनिस्ट पार्टी निर्माण र सञ्चालनमा माक्र्स र लेनिनले प्रतिपादन गरेको माक्र्सवादी संगठनात्मक सिद्धान्तलाई कम्युनिस्ट पार्टीहरूले अनुशरण गर्दै आएका छन् । पार्टीभित्र विधि, अनुशासन र एकताका लागि पार्टीको नीति र विधानको अक्षरशः पालना गर्ने र पार्टीको कार्यशैली र जीवनशैलीकै रूपमा आत्मसात् गर्ने गरिएका कारण कम्युनिस्ट पार्टीमा अन्य पार्टीमा भन्दा अनुशासन र एकताको मामिलामा विशिष्ट पहिचान कायम भएको मान्यता राखिन्छ । फलामजस्तै कडा अनुशासनको पालना गर्ने र जस्तै परिस्थितिमा पनि पार्टीभित्र एकमना एकता कायम गर्ने दृढता र व्यवहारले एकतामा हलचल आउदैन । यसै भएर कम्युनिस्टहरू फलामे अनुशासन र चट्टानी एकतामा विश्वास गर्दछन् । यही फलामे अनुशासन र चट्टानी एकताले नै सिंगो पार्टीलाई एकताबद्ध र अनुशासित पार्टीको रूपमा खडा गरि राखेको हुन्छ । कम्युनिस्ट पार्टी सर्वहारा श्रमजीवीवर्गको अग्रदूत पार्टी भएको हुँदा पार्टीका लागि सर्वहाराकृत दृष्टिकोण, कार्यशैली र जीवनशैली अपरिहार्य विषय हुन् ।
कम्युनिस्ट पार्टीमा अनुशासन र एकता कायम गर्ने, गराउने कार्य नेतृत्वको व्यवहारमा भरपर्दछ । तसर्थ, नेतृत्वले हरहमेसा पार्टीभित्र फलामे अनुशासन, चट्टानी र एकता कायम गर्न गराउन ध्यान दिनुपर्दछ । भनिन्छ, पानीको मुहान स्वच्छ भए सफा, निर्मल पानी बगेर तलसम्म जान्छ । त्यसैगरी, पार्टी सञ्चालनका क्रममा नेतृत्वले विधि र विधानको अक्षरशः पालना गरेर नेतृत्व गर्नेबित्तिकै कमिटीभित्र सबैले विधि र विधानको अनिवार्य पालना गर्ने स्थिति हुन्छ र मातहत कमिटीहरू पनि यसरी नै सञ्चालन हुने स्थिति हुन्छ । जब पार्टी विधि र विधानबाट सञ्चालन हुँदैन, तब निर्णय प्रक्रियामा संस्थागत परिपाटीको अनुकरण हुँदैन । जिम्मेवारी र अवसर प्रदान गर्दा विधि र पद्धतिको अनुशरण हुँदैन । पार्टीको कमिटीको बैठकभित्र विगतमा आफ्नो सिंहवालोकन, आलोचना, आत्मालोचना गर्ने परिपाटी हँुदैन । जब व्यक्तिहरूले गरेको कामको उचित र वस्तुनिष्ठ ढंगले मूल्यांकन गर्ने, प्रशंसा गर्ने, राम्रो काम गरेकालाई उचित जिम्मेवारी दिने र अनुशासनहीन काम गर्नेहरूलाई आलोचना र कारबाही हुँदैन, तब कम्युनिस्ट पार्टीभित्र समस्या उत्पन्न हुन थाल्छ । नेतृत्वप्रति आलोचना, टिप्पणी सुरु हुने काम सुरु हन्छ । कमिटीको बैठक नियमित नबस्दा कमिटीभन्दा बाहिरसम्म गएर विचार व्यक्त गर्ने खालको गतिविधि बढ्दै जान्छ र यसैले पार्टीभित्र समूहवाद वा गुटवादको जन्म हुन थाल्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा दोस्रो महाधिवेशनदेखि नै समस्या उत्पन्न हुन थाल्यो । खासगरी केशरजंंग रायमाझीले राजावादी रुझान राखेर गुट (समूह) बन्दी गर्न थाले । तेस्रंो महाधिवेशनसम्म आइपुग्दा पार्टी विभिन्न गुटसमूहमा विभाजित भयो । त्यसपछि कम्युनिस्ट आन्दोलनमा ३० को दशकदेखि गठन, पुनर्गठन प्रक्रिया अगाडि बढ्दै आउने क्रममा अहिलेसम्म आइपुग्दा नेपालमा एक दर्जनजति पार्टी कम्युनिस्ट पार्टीका नाममा अस्तित्वमा छन । सिद्धान्त, नीति एउटैएउटै भएर पनि भिन्नाभिन्नै पार्टीका रूपमा क्रियाशील रहनु नेपालको कम्युनिस्ट आन्दोलनको विशेषता बनेको छ । कम्युनिस्ट आन्दोलनभित्र संघर्षको लाइन सशस्त्र कि शान्तिपूर्ण भन्ने कार्यनीतिक भिन्नताले पनि कम्युनिस्ट पार्टीहरू विभाजन भएका छन् । तर, बढी चाहिँ गुटबन्दीकै कारण विभाजित भएको पाइन्छ ।
कम्युनिस्ट पार्टीभित्र जनवादी केन्द्रीयता तथा अनुशासन र स्वतन्त्रताको सन्तुलित अभ्यासले अनुशासन र एकता कायम हुन्छ । कमिटीभित्र सबैले विषय केन्द्रित विषयमा आफूलाई लागेको कुरा राख्न पाउने, दोहोरो छलफल हुने अभ्यासले नै कम्युनिस्ट पार्टीभित्र जनवादी अभ्यासको थालनी हुन्छ । बैठकभित्र छलफल गरेर निर्णय गरिएका विषयहरू बिनासर्त सामूहिक तवरले कार्यान्वयन गर्ने विषय केन्द्रीयता हो । जनवादको माग गर्ने तर केन्द्रीयता नमान्ने अर्को अराजकतावादी गतिविधि हो र कमिटीभित्र छलफलमा भाग लिएपछि आफूले भनेजस्तो निर्णय भए ठीक, आफूले भनेजस्तो निर्णय भएन भने बेठीक भन्ने सोचपद्धति गलत हुन्छ । यस्तै कम्युनिस्ट पार्टीभित्र अनुशासन र स्वतन्त्रता अर्को महŒवपूर्ण विषय हो । कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउने भनेको अनुशासनका विधि र पद्धतिले नै हो । पार्टी सदस्यहरूले कमिटीभित्र आफूलाई लागेको विषय अभिव्यक्ति गर्न पाउने विषय नै स्वतन्त्रताको विषय हो । कमिटीभित्र मत राख्नेबित्तिकै अभिव्यक्ति हुनै नदिने, नेतृत्वको कमीकमजोरीबारे आलोचना गर्न नै नदिने, उल्टै रिसाउने, प्रतिशोध साँध्ने खालका प्रवृत्तिले सदस्यहरूले स्वतन्त्रताको पूर्ण उपयोग गर्न पाउँदैनन् । यसैले, कम्युनिस्ट पार्टीभित्र अनुशासन र स्वतन्त्रताको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । अनुशासनको डन्डाचाहिँ लगाउने तर अभिव्यक्तिको स्वतन्त्रता नदिने हो भने अनुशासन र स्वतन्त्रताका विचमा सन्तुलित अभ्यास हुँदैन । यस्तो असन्तुलित अभ्यासले पार्टीभित्र निरंकुशता, स्वेच्छाचारिता बढेर जान्छ र यसको प्रत्युत्पादकका रूपमा अन्यायको महसुस गर्नेहरूले नेतृत्वको आलोचना, टिप्पणी गर्न थाल्छन् र यस्तै अन्यायमा परेकाहरूको, मन मिल्नेहरूको छुट्टाछुट्टै समूह बन्न थाल्छन् र गुटहरू जन्मन थाल्छन् ।
कम्युनिस्ट आन्दोलनमा लोकतान्त्रीकरणको प्रक्रियासँगै कम्युनिस्ट पार्टीमा गुटबन्दी पनि सँगसँगै हुर्कन थालेको पाइन्छ । खासगरी कम्युनिस्ट पार्टीका महाधिवेशनहरूमा छुट्टाछुट्टै समूहमा विभाजित भएर निर्वाचन लड्ने अभ्यास हुन थालेपछि, महाधिवेशनपश्चात् विजयी समूहले पराजित समूहलाई गर्ने भिन्न व्यवहारका कारण पनि गुटबन्दी झन् बढ्दै गएको छ । विजयी समूह जसलाई संस्थापन पक्षको हिसाबले चिनिन्छ । संस्थापन पक्षले आफूभन्दा भिन्न मत राख्ने, निर्वाचनमा आफूलाई मत नदिने व्यक्तिलाई गर्ने भिन्न र पक्षपात पूर्ण व्यवहार र निर्णयले पनि कम्युनिस्ट पार्टीमा गुटबन्दी बढ्ने गरेको पाइन्छ । पार्टीको जिम्मेवारी प्रदान गर्दा, राजकीय पदमा अवसर प्रदान गर्दा आफूलाई समर्थन गर्नेलाई प्राथमिकता दिने, भिन्न मतावलम्बीलाई जिम्मेवारी र अवसरबाट वञ्चित गर्ने, एउटै व्यक्तिलाई पटक–पटक अवसर दिने, आफ्नो विचार समूहका व्यक्तिले गल्ती, कमीकमजोरी गरे आँखा चिम्लिदिने खालका गतिविधिले कम्युनिस्ट पार्टीभित्र अनुशासन विधि र पद्धति स्थापित गर्न चुनौती खडा हुँदै जान्छ ।
पार्टीभित्र गुटबन्दी बढ्दै जादा एकअर्काबीच बोलचाल नगर्ने, हार्दिकता नदेखाउन,े अप्ठ्यारो, सारोगाह्रोमा साथ नदिने, सामाजिक संस्कारअन्तर्गत विवाह, व्रतबन्ध, मृत्युजस्ता संस्कारमा पनि भेटघाट नगर्ने, सम्मका घटना हुने गर्दछन् । यति मात्रै होइन, निर्वाचनका बखत घात, अन्तरघात गर्ने, पराजित गराइदिने, प्रतिस्पर्धी पार्टीका उम्मेदारलाई जिताउन भित्रभित्रै लाग्ने खालका घटना पनि हुने गरेका छन् । कम्युनिस्ट पार्टीभित्र गुटबन्दी जन्मने अनेक कारण छन् । खासगरी समाजको प्रतिविम्ब कम्युनिस्ट पार्टीभित्र पर्नु स्वाभाविक हुन्छ । नेपाली समाजको विकास जसरी भएको छ, त्यसको प्रभाव कम्युनिस्ट आन्दोलनमा पर्दै आएको छ । नेपाली समाजमा एक सय चार वर्षसम्मको सामन्ती जहानियाँ राणा शासन र २००७ सालदेखि सामन्ती राजतन्त्रले २०६३ सम्म शासनसम्म सञ्चालन ग¥यो शासनसत्तामा सामन्तवादको नेतृत्व भएपछि समाजमा पनि सामन्ती परिपाटी नै रह्यो । २०६२÷६३ सम्म आउँदा सामन्तवादको प्रतिनिधित्व गर्ने राजतन्त्रको अन्त्य भयो । समाज अव पुँजीवादी चरणमा प्रवेश गरेको छ । समाजमा विकसित भएको पुँजीवादले अहिले दलाली चरित्र लिएको छ । रातारात धनी बन्ने, धनसम्पत्तिको हैसियत देखाएर पार्टीहरूभित्र व्यक्तिहरू प्रवेश गर्ने ढंगले दलाल पुँजीवादले टाउको उडाउँदैछ । अर्कोतिर सामन्ती शासन व्यवस्थाको अन्त्य भए पनि व्यक्तिहरूका आनीबानी व्यवहार र संस्कृतिमा सामन्ती संस्कार, संस्कृति हट्न सकेको छैन । कम्युनिस्ट पार्टी खुला छ, पार्टीहरूबीच प्रतिस्पर्धा पनि चलिरहेको छ । ठूलो पार्टी बनाउने नाममा धमाधम मानिसहरू पार्टीमा प्रवेश गरेका छन । यसक्रममा कम्युनिस्ट पार्टीभित्र पनि ठूलो संख्यामा मानिसहरू प्रवेश गरिरहेका छन् । विचार, दृष्टिकोण, बानीबेहोरा माक्र्सवादी, सर्वहारावादी दृष्टिकोण राख्ने मानिसहरूभन्दा पनि समाजमा जस्तो आनीबानी र संस्कारमा हुर्किएका छन्, तिनै मानिसहरू पार्टीमा प्रवेश गर्ने गर्दछन् । तर, उनीहरूलाई रूपान्तरण गर्ने, सर्वहारावादी दृष्टिकोण र चेतको विकास गर्ने गराउने पार्टीमा ठोस, योजना, नहुँदा स्वाभाविक रूपमा अस्वस्थ्य गतिविधि हुने र यसबाट नै गुट समूहहरू निर्माण हुने गर्दछन् ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्यसत्ता सञ्चालन हुन थालेपछि राजकीय सुविधा पाउने र नपाउनेबीचको खाडल बढ्न थालेपछि त्यसले पनि पार्टी भित्र दुई खालको वर्ग उत्पादन गर्दैछ । राज्यबाट सुविधा पाउनेहरू नयाँ अभिजात वर्गको र नपाउनेहरूचाहिँ निम्न वर्गको जस्तो देखिने स्थितिले पनि पार्टीभित्र नयाँ वर्गको निर्माण हुँदैछ । यसले पनि गुटसमूह निर्माण गर्न मलजल पु¥याएको छ । कम्युनिस्ट पार्टी राज्य सत्तामा गएपछि लाभ, अवसर र सुविधाहरूको वैज्ञानिक ढंगले समन्याय ढंगले वितरण गर्ने । र राज्यबाट लाभ अवसर सुविधा प्राप्त नगर्नेहरूको जीविकाबारे पार्टीले ध्यान दिने हो भने नयाँ वर्ग र गुटको विकास हुने स्थिति अन्त्य हुन्छ ।
कम्युनिस्ट पार्टीभित्र गुटबन्दी अन्त्य गर्न प्रथमतः पार्टीलाई विधि र विधानबाट सञ्चालन गर्न ध्यान दिनुपर्दछ । विधानअनुसार नियमित बैठकको आयोजना गर्ने, बैठकमा पूर्वनिर्धारित विषयमा विशद् छलफल गर्ने, बैठकमा सबैका विचार र भावनाहरूलाई मुखरित गर्नेगराउने, पार्टीको हित नेतृत्वका कमीकमजोरीहरूका सुझाव र आलोचनाहरूलाई सम्मानका साथ आत्मसात् गर्ने परिपाटीको थालनी हुँदा स्वाभाविक रूपमा पार्टीभित्र हार्दिकता, मित्रता, एकता र कमरेडली भावनाको विकास हुन्छ, यसैको जगमा विचार र व्यवहारमा एकता कायम भएर जान्छ र सिंगो पार्टीमा एकमना एकता कायम हुन्छ, यस्तो स्थितिमा छुट्टै खालका समूह, गुटहरू क्रमशः समाप्त भएर जान्छन् ।
दोस्रो, पार्टीभित्र जिम्मेवारी, अवसर प्रदान गर्दा व्यक्तिको योग्यता, क्षमता, वरिष्ठता, अवसर पाए÷नपाएको आदिजस्ता विधि र नीति बनाएर जिम्मेवारी प्रदान गर्ने नीति अवलम्बन गर्दा व्यक्तिहरूले जिम्मेवारी र अवसरमा न्याय प्राप्त गर्दछन् । यस ढंगको निर्णय प्रक्रियाले पार्टीभित्र एकमना एकता कायम गर्न मद्दत पुग्दछ । तेस्रो, पार्टीभित्र राष्ट्रिय अन्तर्राष्ट्रिय महŒवका सवालमा अनेक धारणा र विचार हुन सक्छन् । सबै विचारहरूलाई प्रकट गर्ने अवसर दिनुपर्छ । माओत्से तुुुङले सयौं फूलहरूलाई फुल्न देऊ भने भनेझैं पार्टीभित्र व्यवस्थित ढंगले छलफल, बहस र संघर्ष हुने दिने व्यवस्था गर्नुपर्छ । तर, बैठकबाट निर्माण भएका विषय वा दृष्टिकोणलाई शिरमा राखेर व्याख्या, विश्लेषण गर्ने, प्रचारप्रसार गर्ने कार्यको सुनिश्चित गरिनुपर्दछ । चौथो, खुला परिवेशमा पार्टीका नेता तथा कार्यकर्ताहरू पेसाव्यवसायमा लाग्नु स्वाभाविक हुन्छ । तर, पार्टीको समानान्तर हुने ढंगले गैरसरकारी संस्थाहरू पार्टी संयन्त्रभन्दा बाहिर रहेर बनाउने, यस्तो संस्थाहरूमा आफ्नो नजिकका मानिसहरूलाई संलग्न गराउने, तर पार्टी कमिटी र जनसंगठनहरूको कामलाई चाहिँ ओमmेल पार्ने खालका गतिविधि बढेका छन् । नेतृत्वले यस्तै काम गरेपछि कार्यकर्ताले पनि यस्तै ढंगले काम गर्दा पार्टी काम ओझेलमा पर्ने गरेको छ । पार्टीले निर्माण गरेका संस्थामा मात्र संलग्न हुने कार्यलाई नियन्त्रण गर्ने बित्तिकै पार्टीभित्र समानान्तर गतिविधि पनि नियन्त्रण भई सिंगो पार्टी पंक्ति पार्टी निर्माण, विस्तार र जनकेन्द्रित काममा लाग्ने स्थितिको विकास हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...