अर्थतन्त्रमा कालो बादल
काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा कालो बादल मडारिन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा देखिएको सुस्तता र घट्दो रेमिट्यान्सका कारण पछिल्लो समय आर्थिक गतिविधि घट्दै गएको मात्रै छैन, त्यसले दीर्घकालीन असर पु¥याउन सक्ने देखिन्छ । आर्थिक गतिविधि घट्दै जाँदा त्यसले सिंगो अर्थतन्त्रमा नै नकारात्मक असर पु¥याउने अनुमान गर्न थालिएको छ ।
केही समयपूर्व सरकारले नयाँ वित्तीय नीति ल्याएसँगै कर्जा प्रवाहमा सुस्तता देखिन थालेको हो । नेपाल राष्ट्र बैंकले ल्याएको वित्तीय नीतिमा किस्ता भुक्तानीमा आधारित कर्जा दिँदा भुक्तानी आम्दानी अनुपातको सीमा ५० प्रतिशत कायम गरेको थियो । घर, हायर पर्चेज, व्यक्तिगत कर्जामा किस्ता भुक्तानीका आधारमा गरिने गरिएको छ । राष्ट्र बैंकले कर्जामा नयाँ नीति ल्याएसँगै व्यक्तिगत र गाडी कर्जामा प्रवाहित हुने ऋणको अनुपात पछिल्लो समय घट्न पुगेको बताइन्छ ।
कर्जा प्रवाहमा सुस्तता त आएको छ नै, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलनमा पनि दिनहुँ समस्या देखिँदै गएको बताइन्छ । गएको वर्षको पहिलो पाँच महिनामा निक्षेप संकलन करिब १ खर्ब ३० अर्ब रहेकोमा यो वर्ष भने गएको वर्षको तुलनामा ३९ अर्ब कम देखिएपछि निक्षेप संकलन पनि अपेक्षाकृत रूपमा कम भएको बताइन्छ । निक्षेप संकलनमा समस्या देखिनेबित्तिकै त्यसले आर्थिक वृद्धिदरलगायतमा असर पु¥याउने बताइन थालिएको छ ।
रेमिट्यान्स पनि घट्दो अवस्थामा रहेको छ । गएको आर्थिक वर्षको तुलनामा रेमिट्यान्स २.३ प्रतिशतको दरले घटेको बताइन्छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढे पनि रेमिट्यान्स भने घट्न पुगेको छ । एकाध वर्षयता भूकम्पको पुनर्निमाणको कामले गति लिएको हुँदा देशमै रोजगारी सिर्जना भएको कारण वैदेशिक रोजगारीमा जाने घटेका थिए । तर, पुनर्निर्माणको काम लगभग सकिएको हुँदा गएको वर्षदेखि वैदेशिक रोजगारीमा जानेको संख्यामा पुनः वृद्धि हुन थालेको छ । तर, वैदेशिक रोजगारीमा जानेको संख्या ५.६ प्रतिशतको दरले वृद्धि भए पनि रेमिट्यान्स भने अपेक्षाकृत रूपमा कम भित्रिइरहेको छ । रेमिट्यान्स घट्दा त्यसले देशमा विदेशी मुद्रा सञ्चितिमा असर पर्ने देखिन्छ । पछिल्लो समय सरकारले विदेशी मुद्रा सटहीमा निगरानी र कडाइ गर्न थालेपछि रेमिट्यान्स भित्रिनुमा प्रभाव परेको बताइन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply