3rd April 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

गुटबन्दीले गिरेको गरिमा

गुटबन्दीले गिरेको गरिमा

पार्टीहरूमा गुटबन्दीले बलियो घर बनाएको देखिन थालेको छ । यतिबेला नेपाली कांग्रेस र नेकपा (नेकपा) भित्रको गुटबन्दीले बढी चर्चा पाएको छ । नेपाली कांग्रेसभित्र गुटबन्दीले वैधानिकता पाएको महसुस भएको छ । निकै पहिलादेखि त्यहाँ ‘यो पक्ष र ऊ पक्ष’ भनेर खुला सम्बोधन गरेको सुनिने गथ्र्याे । अहिलेसम्म पनि त्यो जारी छ । यसरी हेर्दा कांग्रेस पार्टी गुटहरूको मोर्चाजस्तो लागेको छ । नेकपामा भने गुटबन्दी वैधानिक छैन । यसभित्र खुला रूपमा नेताको नाम जोडेर ‘यो पक्ष र ऊ पक्ष’ भन्ने कुरालाई कारबाहीको विषय बनाइने गरेको छ । नेकपामा सधैं ‘गुटबन्दीले पार्टीलाई बिगार्न लाग्यो, त्यसलाई समाप्त गर्नुप¥यो’ भनेर गिडगिडाउन छाडिएको छैन । ‘विपक्ष’ र आफ्ना विरोधमा टिप्पणी गर्ने नेता र कार्यकर्तालाई तह लगाउन यो हतकण्डा प्रयोग गर्न खोजिएको पनि देखिएको छ । भर्खर सम्पन्न पार्टी स्थायी कमिटीको बैठकमा पनि पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ‘पार्टीमा गुटबन्दी बढिरहेको र त्यसको अन्त्य गर्नुपर्ने’ आग्रहसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भन्ने सुनिएको छ ।
गुटबन्दी अयोग्यताको परिचायक हो भन्न सकिन्छ । योग्य र सक्षम नेताले गुटबन्दी गर्न आवश्यक ठानेको देखिँदैन । उसले योग्यता र क्षमताद्वारा नै देशको सफल नेतृत्व गरेको, आपूmलाई स्थापित गरेको र सम्मानित भएको भेटिएको छ । बढी महŒवाकांक्षा भएको नेताले योग्यता र क्षमताद्वारा वाञ्छित लक्ष्यमा पुग्ने आँट गर्न सकेन भने दबाब सिर्जना गर्न गुटबन्दीको शरणमा जाने प्रयत्न गरेको भेटिएको छ । असक्षम र अयोग्य कार्यकर्तालाई पनि आफ्नो स्थान बनाउन गुटबाज नेताको पुच्छर समाउन परेको देखिएको छ । योग्य कार्यकर्तालाई नेताको पुच्छर समाउन पनि पर्दैन र नेताको मन बहलाउन ‘एकान्त बास’को प्रतीक्षा गर्न पनि आवश्यक पर्दैन ।
नेकपामा अहिले मुख्य गरी दुईवटा महागुटहरू देखिन्छन् । ती गुटको नेतृत्व अध्यक्षद्वय केपी शर्मा वली र पुष्पकमल दाहालले गरिरहेको कुरा सबैलाई थाहा छ । यी गुटका भट्टी सञ्चालन गर्ने नेताकार्यकर्तामध्ये हर्ताकर्ताका रूपमा अधिकांश असक्षम र अयोग्य छन् भने योग्य र सक्षम नेता–कार्यकर्ताहरू पिल्सिन र झिल्सिन परिरहेको सुनिएको छ । अध्यक्षहरूले पार्टी होइन, आ–आफ्ना गुटहरू सञ्चालन गर्नमा नै बुद्घि, विवेक र समय खर्च गरिरहेको कुरा सर्वत्र चर्चाको विषय भएको छ । पार्टी एकीकरण भइसकेपछि पनि पुरै पार्टीको नेता हुने आँट गर्न नसक्नुलाई अयोग्यता र असक्षमता नभनेर के भन्नु ? अझै पनिपूर्व एमाले र पूर्वमाओवादी भन्ने कुरा खुला रूपमा चलिरहेको देखिन्छ । कतै ६०÷४० प्रतिशत भन्ने र कतै जसले जति सक्यो उति पेल्ने घटना घटिरहेका भेटिएका छन् । यी भीमकाय गुटभित्र ठूलो संख्यामा छन् भाइगुटहरू । ठूला गुटका नेताहरूले गुटभित्रका भाइगुटहरूलाई पेलेर तहमा ल्याउने मौका यही हो भनेर पनि काम गरिरहेको देखिएको छ यतिबेला ।
गुटबन्दी हुँने संस्थामा नेता–कार्यकर्ताको मूल्यांकनको नापो ‘आफ्नो गुटको हो कि होइन’ भन्ने मात्र बनाइएको महसुस भएको छ । नेता र कार्यकर्ताको पार्टी, जनता र क्रान्तिप्रति भएको त्याग, बलिदान, समयावधि, राजनीतिक–सैद्घान्तिक–सांगठनिक क्षमता, वर्ग, लिंग, पछाडि परेको समुदायजस्ता आधारहरूलाई लत्याइएको छ । यतिबेला दुई गुटका नेताहरूको चलखेलमा ‘बचरा’ गुटका नेता–कार्यकर्ताहरूभित्रका योग्यता, क्षमता र समर्पणले किनारामा ढुकेर टुलुटुलु दृश्यावलोकनको स्वाद लिइरहनुपरेको छ । प्रतिनिधिसभाको सभामुख छनोट र उपसभामुखको राजीनामाभित्र यसका नमुनाहरू छताछुल्ल भएर प्रस्तुत भएका छन् ।
पार्टी एकीकरण भइसकेपछि नेतृत्वले एक अर्काेलाई घुलमिल गराउने योजना बनाउनुपर्ने हो । यसो गरेको भए एकता सुदृढ र खँदिलो हुने वातावरण सिर्जना हुन सम्भव थियो । यहाँ त एक अध्यक्षले अर्का अध्यक्षको अस्तित्व समाप्त गरिदिन्छ कि भनेर पूर्वपार्टीलाई गुटमा संगठित गरेजस्तो पो देखिएको छ । हुन पनि मैले देखेभेटेको ठाउँमा पूर्वएमालेका नेता–कार्यकर्ताको मनस्थिति ‘एकीकरणलाई माओवादीको आत्मसमर्पण’ हो भन्ने भेटियो । यस्तो मनस्थितिलाई बदल्नु समयको माग भएको कुरा बुझ्न आवश्यक छ । समयको यो मागलाई बुझ्न नसक्ने हो भने एकता ‘ए ! कता ?’ मा परिणत हुन सक्तैन भनेर विश्वास गर्ने ठाउँ पाइनेछैन । त्यसकारण समयमै ‘दैलो देखौं र उपयुक्त स्थानमा लगेर फोहोर मैला फ्याँकौं ।’
गुटबन्दी सैद्घान्तिक र वैचारिक विषयमा केन्द्रित भएको देखिँदैन । एकपटक विचारलाई केन्द्रमा राखेर पनि छलफल चलेको थियो । जनताको जनवाद र जनताको बहुदलीय जनवादका बारेमा चलेको थियो विवाद । त्यतिबेला ‘पूर्व’का नाममा छलफल भएको देखिएन । त्यो पार्टी एकीकरण गर्दाको सहमतिप्रतिको इमानदारी र बेइमानीमाथि केन्द्रित थियो । अहिलेको गुटबन्दी भागबन्डामाथि आधारित छ । यस्तो गुटबन्दीले एकीकरणको महŒवलाई गिराइदिएको छ । यसले एकीकरणजस्तो महान् र पवित्र कामलाई बालुवाको मुठीमा पतीत गराउन असम्भव छ जस्तो लाग्दैन ।
गुटबन्दीमाथि आधारित भएर काम गर्न खोज्नु आफैंमाथिको अविश्वास हो । आफ्नै योग्यता र क्षमतामाथिको प्रश्न हो यो । योग्यता र क्षमताले नेतृत्व गर्न सक्छु भन्ने आँट नहुनु पनि हो यो । यस्तो नेतृत्वलाई नयाँ सिर्जनाले कहिल्यै माया गर्दैन । जननेता मदन भण्डारी यस्तो गुटबाज भएको भए जनताको बहुदलीय जनवाद न जन्मन सम्भव थियो न यति लोकप्रिय हुन । उहाँले यसलाई गुटको मात्र सम्पत्ति बनाउन खोजेको भए त्यो पार्टीको बन्न सक्ने थिएन । परिणाम के हुन्थ्यो भने यसले कम्युनिस्ट आन्दोलनको सफल नेतृत्व गर्न सक्दैनथ्यो । मदन भण्डारीले त्यसलाई गुटको पेवा बनाउन चाहनुभएन । पार्टी सदस्यका बीचमा प्रस्तुत गर्नुभयो । पार्टी सदस्यले स्वतन्त्रतापूर्वक छलफल गरे र पाँचांै महाधिवेशनमार्पmत कार्यान्वनमा ल्याएको सबैलाई थाहा छ । मदन भण्डारीले गुटबन्दी गर्नुभएको भए त्यस्तो सम्भव थिएन । हुन त सुरुमा उहाँका नजिक रहेर काम गरिरहेका नेता–कार्यकर्ताले बोके होलान् । त्यस्तो हुनु अस्वाभाविक पनि होइन जस्तो लाग्छ । मुख्य कुरा के हो भने उहाँले आफ्नो विरोध गर्ने नेता–कार्यकर्तालाई पनि सम्झाइबुझाइ गरेर परिवर्तन गर्नुभयो । गुटबन्दी गर्नेले आफ्नो विरोध गर्नेलाई कहिल्यै परिवर्तन गराउन सक्दैन । गुटबन्दी गर्नेलाई अर्काे पक्षको योग्य र इमानदार व्यक्ति र शक्तिसँग डर लाग्छ र नजिक जान हिचकिचाउँछ । अनि कसरी ल्याउन सक्छ उसमा परिवर्तन ?
देशबाट सामन्तवाद ढलेको छ भनेर भनिरहनु आवश्यक छैन । नेताहरूको सोचमा भने सामन्तवाद जस्ताको तस्तै बसिरहेको छ । नेतृत्वले आपूmलाई सामन्ती सरदारभन्दा फरक रूपमा प्रस्तुत गर्ने प्रयत्न गर्नुपथ्र्याे । त्यसको सट्टा उहाँहरू ‘यो मेरो र त्यो उसको पक्ष’ भनेर कार्यकर्ताका बीचमा विभाजन रेखा खिच्न तल्लीन हुनुहुन्छ । कार्यकर्ताको भलाइका निम्ति होइन, उनीहरूकै काँधमा चढेर आफ्नो अस्तित्व रक्षाको प्रयत्नस्वरूप नेताहरू गुटबन्दी गरिरहेका छन् ।
देशबाट पञ्चायत ढल्यो । शाहवंशीय राजतन्त्रको उन्मूलन भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । सामन्तवाद तिरस्कृत भयो र त्यो गद्दीमा समाजवाद उन्मुख पुँजीवादको स्थापना गरियो । नेताहरूको सोच भने बदलिएन । निर्दलीय पञ्चायती हाकिमभन्दा फरक रूपले प्रस्तुत हुन सकेको देखिएन नेतृत्व । गुटबन्दी नगरी नहुने कारण पनि यहीँनेर छ भनेर खोज्नु जरुरी छ ।
कार्यकर्ताकाको आचरण सुधार्न भनेर आचारसंहिता जारी गरिएको छ । यसले भने सर्वाेच्च नेताहरूबाटै कार्यान्वयनको चाहना गर्छ । के केपी ओली र पुष्पकमल दाहालका व्यवहारबाट यसको कार्यान्वयनको उद्घाटन हुन सम्भव छ ? उहाँहरू नमुना अग्रणी हुनुभयो भने मात्र यो पार्टीको व्यवहारमा स्थापित हुन सम्भव छ । आपूmहरूले ठेकेदार, मेनपावरवाला, तस्कर र भूमाफियाको झोला देख्दा ¥यालचुहाइ रहने हो भने कार्यकर्ताले के सिक्ने ? त्यस्तो समयमा आचारसंहिताका बुँदाहरू धुरुधुरु रोएरै ओइलाउँदै जानेछन् र मृत्युवरण गर्नेछन् भनेर पूर्वानुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...