30th May 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

उधारो आश्वासनले जोगाउला साख ?

उधारो आश्वासनले जोगाउला साख ?

पार्टी एकताको २० महिनापछि पहिलोपटक भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले खुलेर आफ्ना विचार राखेका छन् । यी विचारहरू मुख्यतः पार्टी, सरकार र नेतृत्वबारे जनस्तरमा देखिएका आलोचना, असन्तुष्टि र विरोध, पार्टीको सुदृढीकरण र सरकारको प्रभावकारितामा केन्द्रित देखिएका छन् ।
सत्तारूढ पार्टी भएका कारण नेकपाभित्रका जीवन्त छलफल र निष्कर्षले मुलुक नै प्रभावित हुन्छ । सम्भवतः यही कुरा ध्यानमा राखेरै हुनुपर्छ, अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णुप्रसाद पौडेलले आफ्ना प्रतिवेदनहरूमा विगतका कमजोरी खुला हृदयका साथ स्वीकारेका छन् र भविष्यमा कमजोरी नदोहो¥याउने प्रतिबद्धता गरेका छन् ।
प्राविधिक रूपमा ३ जेठ २०७५ मा पार्टी एकता घोषणा गर्न पहिलो बैठक आयोजना गरिए पनि केन्द्रीय कमिटीले पूर्णता पाएपछिको पहिलो बैठक भएका कारण यसले पार्टी जीवनमा स्वतः महŒव राखेको छ । सत्तारूढ पार्टीलाई संस्थागत गर्न पनि नियमित आयोजना गर्नुपर्ने यस्ता बैठक विलम्ब हुँदा कति आलोचना खेप्नु र रक्षात्मक हुनुपर्दोरहेछ भन्ने पक्कै पनि नेतृत्वले बुझेकाले आगामी दिनमा यस्ता कमजोरी हुन नदिनेमा आशावादी हुन सकिन्छ ।
आलोचनाको अर्थ
पार्टीले सरकार चलाइरहेका कारण पनि स्वाभाविक रूपमा सरकारका कामकारबाही बैठकमा छलफल र सरोकारका विषय बनेका छन् । केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय तहमा समेत जसरी सरकारहरू चलिरहेका छन्, त्यसले अबको तीन वर्षपछि हुने निर्वाचनमा उठ्न सक्ने प्रतिबद्धताको अहं प्रश्न यतिबेला नेकपासामु छ । किनभने, निर्वाचनका बेलाका वाचा पूरा गर्ने गरी जनताले स्थानीयदेखि केन्द्रीय तहसम्म नेकपालाई अभिमत दिएका छन् । त्यसकारण, यो वा त्यो बहाना देखाएर यसबाट फुत्किने सुविधा नेकपा र यसको नेतृत्वलाई छैन ।
हुन सक्छ, जसले राजकीय जिम्मेवारी पाएका छन्, तिनलाई फेरि जिम्मेवारी नचाहिएला वा पालो पनि पुगिसक्ला तर पार्टी अविच्छिन्न संस्था हो, जसलाई वर्तमानसँगै भविष्यको पनि महŒव र चिन्ता हुन्छ । त्यसैले पनि चुनावी प्रतिबद्धता पूरा गर्न र विवादास्पद कामहरूबाट बच्न केन्द्रीय कमिटीको खबरदारी अर्थपूर्ण छ ।
सरकारले निकै जोड दिँदै कार्यक्रम घोषणा गर्ने, जनताले पनि ठूलो अपेक्षाका साथ समर्थन गर्ने तर कालान्तरमा तिनै कार्यक्रम बेवारिसे बन्ने, यस्ता कामले पार्टीलाई किमार्थ फाइदा गर्दैन । उदाहरणका लागि, यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य, ३३ किलो सुन प्रकरण छानबिन, वाइडबडी काण्ड छानबिनजस्ता विषयहरू अलपत्र छाडिँदा सरकारले गरेका राम्रा काम पनि ओझेलमा परेका छन् ।
राजनीतिक दल र कार्यकर्ताका लागि राजनीतिक नियुक्तिले महŒवपूर्ण स्थान राख्छ । कुनै विषयको विज्ञ वा अपरिहार्य व्यक्तिको हकमा राज्यले उसको राजनीतिक विचारधारा हेर्नु हुन्न । निश्चित व्यापारिक घराना यती समूहलाई फाइदा हुने गरी समयअगावै सम्झौता गरिनु, कूटनीतिमा बिल्कुलै असंलग्न त्यही घरानाकै सन्तानलाई राजदूत बनाएर पुरस्कृत गरिनुजस्ता कुरा जतिसुकै ढाकछोप गरे पनि पार्टी पंक्तिले स्विकार्न सक्दैन । व्यापारीका नातेदार भएकाले पार्टीसँग सम्बन्धित नभए पनि योजना आयोगमा सुशील भट्टको नियुक्ति, यती समूहकी दावा फुटी शेर्पालाई स्पेनको राजदूत नियुक्ति, शाहीकालका महान्यायाधिवक्ता लक्ष्मीबहादुर निरालालाई न्यायपरिषद् सदस्य चयन पछिल्ला यस्ता प्रतिनिधि घटना हुन्, जसले कार्यकर्ताको चित्त दुखाएको छ ।
कार्यकर्ताको पसिनाको हकदाबी लाग्ने यस्ता राजनीतिक पदहरूमा असम्बन्धित व्यक्ति, समूहको हालीमुहालीले सरकार मात्र होइन, पार्टीसमेत आलोचनाको सिकार भएको छ । यस्ता नियुक्तिमा समावेशिता र समानुपातिक सिद्धान्तसमेत बेवास्ता गरिँदा सरकारलाई अपजस थपिएको छ ।
झन्डै दुई तिहाइ मतसहित बलियो नेकपा नेतृत्वको सरकारबाट जनता र कार्यकर्ताका बलिया अपेक्षा थिए र छन् । सरकारले थालेका राम्रा कामको परिणाम देखिन समय लाग्न सक्छ, तर तत्कालै गर्नुपर्ने काममा समेत तदारुकता नदेखिंदा आशंका र आक्रोश उब्जनु अस्वाभाविक होइन । संवैधानिक निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगमा लामो समयदेखि सदस्यहरू रिक्त छन् । अध्यक्ष नियुक्त गरेर पनि मधेसी आयोग, मुस्लिम आयोग, जनजाति आयोग, वित्तीय आयोगमा सदस्य नियुक्त गरिएको छैन । महिला र दलित आयोगमा पदाधिकारी, सदस्य रिक्त छन् । कतिपय मुलुकहरूमा महिनौंदेखि राजदूत रिक्त राखिएको छ । यसबाट सरकारको कामप्रतिको प्राथमिकता र संवेदनशीलता प्रतिबिम्बित हुन्छ । सरकारको कामको प्रभावकारिताका लागि प्रधानमन्त्रीले मन्त्रीसँग, मन्त्रीले सचिवसँग, सचिवले विभागीय प्रमुखसँग, विभागीय प्रमुखले कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरे पनि त्यसले ठोस परिणाम निकाल्न सकेको छैन । यी सबै सम्झौताभन्दा माथि नेकपा र जनताबीच पाँच वर्षको भरोसाको करार छ भन्ने कुरा नेतृत्वले ध्यानमा राख्नुपर्छ । दिनदिनैका भाषण र दाबीहरूले समृद्धि आउने भए हाम्रो देशले यो दुर्गति देख्नुपर्ने थिएन । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले आफ्ना राम्रा कामहरूको प्रचार भएन भनेर गुनासो गरिरहनुभन्दा योचाहिं फरक र प्रभावकारी काम भयो भनी देखाउन सक्नुपर्छ ।
उधारो आश्वासन
वास्तविकता के हो भने, अहिले सकिन लागेका भैरहवा विमानस्थल, पोखरा अन्तर्र्रािष्ट्रय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् परियोजना, तराई जोड्ने द्रुतमार्गजस्ता आयोजना यो सरकारले नभई यसअघिकै सरकारहरूले सुरु गरेका हुन् । समयअगावै सम्पन्न बबई सिँचाइ आयोजनाको टनेल र नेपाल–भारतबीचको पेट्रोलियम पाइपलाइन सम्पन्न गर्दाको श्रेय मात्रै यो सरकारलाई आउँछ । जनता हाताहाती नगद चाहन्छन् । अर्थात्, यो सरकारले नै शिलान्यास गरेर सम्पन्न गरेका आयोजनाका सूची नसोधीकनै थाहा पाउने परिस्थिति निर्माण गर्ने हो भने ‘बुर्जुवा’ सञ्चारमाध्यमले पनि प्रचार नगरी सुख पाउँदैनन् ।
संघीयताको प्रभावकारी कार्यान्वयनका लागि महŒवपूर्ण कानुन बनाउन सकिएको छैन, जसका कारण मुख्यमन्त्री तथा मन्त्रीहरूको काम झन्डावाल गाडीमा चढेर भाषण गर्नमै खुम्चिएको छ । केन्द्रबाट कानुन नबनाइदिने अनि प्रदेश सरकारले काम गर्न सकेनन् भन्ने कुतर्कले संघीयता बलियो हुँदैन । संघीय संसद्बाट निजामती कर्मचारीसम्बन्धी ऐन बन्न नसक्दा बजेटको अत्यन्त न्यून भाग मात्रै प्रदेशहरूले खर्च गरिरहेका छन् । यता, संघीयताको मर्मबमोजिम समाधान गर्नुको साटो प्रदेशको राजधानी र नामसमेत केन्द्रबाटै टुंग्याउने गलत अभ्यास थालिएको छ । कम्युनिस्ट पार्टीले जनमत पाएकैमा उकुसमुकुस कतिपयले सुरुदेखि नै सरकारलाई अनुदार र अधिनायकवादको अभ्यास गरिरहेको आरोप लगाइरहेकै छन् । यस्तो आरोप चिर्न लोकतन्त्रको कसीमा अझ खरोसँग उत्रिनुपर्नेमा सरकार आलोचकहरूलाई बेलाबेला ‘मसला’ दिइरहेको छ ।
गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, सूचनाप्रविधि विधेयक, मानवअधिकार आयोगसम्बन्धी विधेयक, विश्वविद्यालय विधेयक, गैरसरकारी संस्थासम्बन्धी विधेयक यस्ता केही ‘मसला’ हुन् । विधेयक तयार पार्दा नै सरोकारवाला र पार्टीमा पर्याप्त छलफल नगर्ने अनि उत्पन्न विरोधपछि पछि हट्नुपर्ने अवस्थाले सरकार र पार्टी दुवैको साख गिराएको छ । सरकार चलाउन कुनै नेताले जिम्मा पाउनुको अर्थ मनपरीतन्त्रको ‘लाइसेन्स’ होइन । फेरि नेकपाभित्र त कुनै नेताविशेष बहुमतमा पनि छैनन् । त्रिपक्षीय शक्ति सन्तुलन रहेको अवस्थामा कुनै दुई मिल्दा तेस्रो स्वतः एक तिहाइमा झर्छ भन्ने धरातलीय यथार्थ पनि बुझ्न आवश्यक छ ।
प्रधानमन्त्रीले बारम्बार ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनिरहेको सुनिन्छ । यो सरकारको एउटा उपलब्धि भनेको हालसम्म कुनै पनि भ्रष्टाचारका काण्डहरूमा नमुछिनु हो । तर, सरकारी अड्डाहरूमा खुलेआम र निर्बाध रूपमा भ्रष्टाचार काण्ड भइरहेको दिनदिनै कर्मचारी रंगेहात पक्राउ परेका घटनाहरूले देखाइरहेका छन् । वितेको आठ महिनामा चारपटक सार्वजनिक खरिद ऐन संशोधन गर्नुको अन्तर्य के हो ? जवाफ अस्पष्ट छ । सुशासनका प्रश्नमा सरकारमाथि उठेको प्रश्नप्रति राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री स्वयंले स्विकारेपछि यसबारेका आशंका गलत थिएनन् भन्ने प्रस्ट हुन्छ ।
पार्टीसँग अनिवार्य परामर्श
बहुदलीय लोकतन्त्रमा पार्टीले सरकार बनाउने भएकाले जनताप्रति सरकारभन्दा बढी पार्टी उत्तरदायी हुन्छ । त्यसकारण पार्टीको शीर्ष तहका नेताहरूबीच कम्तीमा सरकार हामी सबैको हो भन्ने अनुभूति भएन भने त्यसको प्रभाव तलसम्म पर्छ । त्यसका लागि नीतिगत विषयहरूका माथिल्लो कमिटीमा छलफल हुनुपर्छ र त्यसमा सबैले स्वामित्वबोध गर्न पाउनुपर्छ ।
दैनन्दिनका कामहरू सरकारको कार्यक्षेत्रभित्र पर्दछन् । तर, नीति तथा कार्यक्रम र बजेटजस्ता विषय सरकारका निजी होइनन्, पार्टीको रणनीतिक महŒवका विषय हुन् । पार्टीमा छलफल नहुँदा विवाद उत्पन्न र सरकार कमजोर हुन्छ । यही भएर पार्टीले सरकार चलाउने कुरालाई कम्युनिस्ट पार्टीमा विशेष महŒव दिइन्छ । बहुदलीय व्यवस्थामा भिन्नभिन्न मतमा विभाजित मुलुकलाई मान्य हुने गरी शासन चलाउनु आफैंमा चुनौतीपूर्ण हुन्छ । त्यसका लागि पार्टीभित्रका भिन्न मतहरूको सम्मान र प्रतिनिधित्व पूर्वसर्त हुन्छ । सरकार चलाउन कुनै नेताले जिम्मा पाउनुको अर्थ पार्टीमा बहुमत भएकाले उसलाई हरेक कुरा आफूखुसी गर्न ‘लाइसेन्स’ मिलेको छ भन्ने होइन । फेरि नेकपाभित्र त कुनै नेताविशेष बहुमतमा पनि छैनन् । त्रिपक्षीय शक्ति सन्तुलन रहेको अवस्थामा कुनै दुई मिल्दा तेस्रो स्वतः एक तिहाइमा झर्छ भन्ने धरातलीय यथार्थ पनि बुझ्न आवश्यक छ । केन्द्रीय कमिटीको यो बैठकले मूलतः पार्टी एकताको काम अविलम्ब पूरा गर्न जोड दिंदै सरकारको प्रभावकारितामा ध्यान केन्द्रित गरेको छ । सरकारका कामको जवाफ पार्टीले समेत दिनुपर्ने भएकाले सरकार–पार्टी समन्वय अनिवार्य हुनुपर्छ । नेताहरूबीचको हार्दिकता, एकता र सहकार्यले प्राप्त उपलब्धिहरूलाई त्यसैका माध्यमबाट जोगाउँदै पार्टी बलियो बनाउनुको विकल्प छैन ।
शीर्ष नेताहरूको तहमा हेर्दा व्यक्तित्व व्यवस्थापन र संवेदनशीलतामा पनि ध्यान दिन उत्तिकै आवश्यक छ । किनकि, शीर्ष तहमा कोही कसैको नेता छैनन्, सबैसबैका नेता भइसकेका छन् । यस विशेष अवस्थामा पार्टी एकतालाई छिटो पूर्णता दिएर प्रतिवेदनमा प्रस्ताव गरिएझैं २५–३० चैत २०७७ मा महाधिवेशन गर्न सके मुलुकको कम्युनिस्ट आन्दोलनमा अहिलेको नेतृत्वको योगदान अमिट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...