11th July 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

फोटोमा हारजितको फैसला

काठमाडौं । ‘तपाईंहरू यही हुनुहुन्छ तर तपाईंहरूकै फोटो राजारानीको जस्तो गरी राखिएको छ । यो फोटो राख्ने सामान्तवादी प्रवृत्ति हो । राजावादी प्रवृत्ति भयो । यो फोटो निकाल्नुहोस्, यसपटक सक्नुहुन्न भने अर्कोपटक नराख्नुहोला ।’
नेकपा केन्द्रीय कमिटी बैठक चलिरह“दा केन्द्रीय सदस्य राजेन्द्र राईले उठेर यसरी कडा स्वरमा प्रतिवाद गरेपछि १५ माघमा राष्ट्रियसभा गृहमा हंगामा मच्चियो । बैठक उद्घाटनको ब्यानरमा माक्र्स, एंगेल्सको सट्टा दाया“बाया“ केपी ओली र प्रचण्डको फोटो टा“गिएको थियो । त्यो दृश्य देखेर राईले मात्र होइन, अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि त्यस्तै शैलीमा प्रतिवाद गरे । युवा नेताहरू ठाकुर गैरे, लेखनाथ न्यौपानेलगायत दर्जनौं केन्द्रीय सदस्य नेतृत्वको त्यस्तो शैली देखेर रुष्ट थिए । बैठकको माहोल नै बिग्रिने देखेपछि आवाज सम्बोधन हुने भन्दै राईसहितका नेताहरूलाई थामथुम पार्ने प्रयास गरियो ।
नेता राईले फोटो टा“स्ने निर्णय कसले गरेको भन्दै थप प्रश्न पनि गरेका थिए । उनको थप प्रश्न थियो, ‘फोटो टा“ग्ने निर्णय कसले गरेको हो ? आज हटाउन लाज हुन्छ भने अर्को बैठकमा हटाउनुस् राजाहरूको जस्तो भयो यो त ।’ यसअघि कम्युनिस्ट पार्टीका हरेक कार्यक्रममा माक्र्स लेनिनहरूको फोटो राख्ने गरिएको थियो । बैठकमा पुष्पलाल र मदन भण्डारीको तस्बिर राखिए पनि पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री तथा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीको तस्बिर पनि राखिएको थिएन । जसले गर्दा धेरै केन्द्रीय सदस्य रुष्ट थिए ।
कार्यकर्ताका लागि तडकभडक नगर्ने, मितव्ययी बन्ने, जीवनशैली बनाउने, भोजभतेर नगर्नेजस्ता आचारसंहिता जारी गर्ने तर नेतृत्वचाहिँ फोटो टा“सेर महाराजाको शैलीमा प्रचार गर्ने आफैंमा विरोधाभास थियो । तर, केन्द्रीय सदस्यहरूले उठाएको त्यो आवाजलाई अन्ततः बैठकमा सम्बोधन गर्न अध्यक्ष प्रचण्ड बाध्य भए । बैठक समापनमा गल्ती स्वीकार गर्दै प्रचण्डले आफूले हारेको र केन्द्रीय सदस्यहरूले जितेको भन्दै आइन्दा त्यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएका छन् । त्यसो त प्रधानमन्त्री केपी ओलीको फोटो पोलपोलमा झुन्ड्याइएपछि जनमत नकारात्मक बनेको थियो । प्रचण्ड पनि फोटो प्रचार, भड्किलो जीवनशैलीका प्याराजस्ता देखिन्छन् । त्यसैले केन्द्रीय सदस्यहरूले बैठकमार्फत उठाएको खबरदारीअनुसार नेतृत्व नसच्चिए निकै महँगो पर्न सक्ने विश्लेषण गर्न थालिएको छ ।
त्यसो त पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपाल त्यस्तो तामझाम र भड्किलो जीवनशैलीको सधैं विरोधी रह“दै आएका छन् । उनले आचारसंहितालाई नेतादेखि सबै कार्यकर्ताले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दि“दै गएका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा गत ९ वैशाखमा प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा नेतृत्वले सामन्तवादी शैली देखाएपछि नेपाल हल छाडेर बाहिरिएका थिए । हलको मञ्चमा नेताहरूलाई छुट्टाछुट्टै कुर्चीको प्रयोग गरिएको थियो । त्यसमा पनि अध्यक्षद्वयलाई महँगो सोफा र अरूलाई सामान्य कुर्चीको प्रयोग गरिएको र विभेद देखाइएपछि नेपालले कार्यक्रम बहिष्कार गरेको चर्चा चलेको थियो । खासमा त्यतिबेला नेपाल असन्तुष्ट बनेरै कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले फोटो नराख्ने निर्णय सुनाए । केन्द्रीय कमिटी बैठक हलमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको फोटो टाँगेर माक्र्स, लेनिन र मनमोहन अधिकारीको फोटो नराखिएको भन्दै केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका थिए । समूहगत छलफलमा समेत यो विषय उठेपछि प्रचण्डले जवाफ दिएका हुन् ।
प्रचण्डले सदस्यहरूले जितेको र आफूहरूले हारेको बताएका थिए । उनले भने, ‘तपाईंहरूले जित्नुएको छ । अबदेखि पार्टीका नेताहरूको फोटो यसरी राखिँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • डाटा सेवाको अवधी थप

    चैत २७, काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी...
  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...