बल्ल वरिष्ठ नेता, समापनको भोलिपल्टै संशोधन माग
काठमाडौं । एकीकृत पार्टी गठनको २० महिनापछि बल्ल नेकपामा दुई वरिष्ठ नेताको वैधानिक व्यवस्था गरिएको छ । पूर्वपार्टी प्रमुखद्वय झलनाथ खनाल र माधव नेपाललाई सम्बोधन गर्नेगरी दोस्रो केन्द्रीय कमिटी बैठकले दुई वरिष्ठ नेताको व्यवस्था गरेको हो । केन्द्रीय कमिटीले विधान संशोधन प्रस्ताव पारित गरेसँगै दुवै नेता वैधानिक रूपमा वरिष्ठ नेता बनेका छन् । पार्टी एकतापछि अध्यक्षपछिको मर्यादाक्रममा क्रमशः नेपाल र खनाल थिए । तर, गत भदौमा नेपालको स्थानमा खनाल रहनेगरी मर्यादाक्रम हेरफेर भएको थियो । यद्यपि, खनाल र नेपाल दुवैलाई वरिष्ठ नेताकै हैसियतमा सम्बोधन हु“दै आएको थियो ।
त्यस्तै, बैठकले तीनवटा अधिकार प्रयोग गर्नेगरी सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष मनोनीत गरेको छ । अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने, अध्यक्षलाई सहयोग गर्ने र केन्द्रीय कमिटीले तोकेको अन्य काम गर्ने व्यवस्थासहित गौतमलाई उपाध्यक्ष बनाइएको छ । यद्यपि, गौतमको मर्यादाक्रम दुई वरिष्ठ नेतापछि रहनेगरी कायम गरिएको छ । विधानमा पार्टीको रणनीतिक लक्ष्य र तात्कालिक कार्यक्रमलाई पनि थप स्पष्ट पारिएको छ । ‘यस पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो । तात्कालिक कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो । यो पार्टी तात्कालिक रूपमा समाजवाद उन्मुख जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न, समाजवाद स्थापना गर्न र मानव जातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादको दिशामा अघि बढ्न प्रतिबद्ध छ भन्ने उल्लेख गर्ने,’ विधानको प्रस्तावना फेर्ने प्रस्तावमा भनिएको छ ।
त्यस्तै, समाजवादको आधार निर्माण गर्नु पार्टीको तात्कालिक लक्ष्य हो भन्ने वाक्यांशको सट्टा ‘समाजवादको आधार निर्माण गर्नु जनताको जनवादको मुख्य उद्देश्य हो’ भन्ने वाक्यांश राखेर थप स्पष्ट पारिएको छ ।
त्यस्तै, प्रदेश कमिटी सोसरहको उपत्यका विशेष कमिटी रहने त्यसमातहत जिल्ला, इलाका, शाखा र सेल कमिटीहरू रहने व्यवस्था पनि विधान संशोधन प्रस्तावबाट पारित गरिएको छ । उता, केन्द्रीय कमिटीबाट विधान संशोधन पारित भएको भोलिपल्टै पुनः अर्कोपटक संशोधन गर्नुपर्ने आवश्यकता देखिएको भन्दै केन्द्रीय संगठन विभागले पुनः सचिवालयलाई सुझाव दिने निर्णय गरेको छ । सोमबार बसेको विभागको बैठकले त्यस्तो निर्णय गरेको नेतृ अष्टलक्ष्मी शाक्यले बताइन् । महानगर कमिटीलाई जिल्ला कमिटी सोसरह बनाइएपछि उक्त कमिटी कसको मातहत रहने स्पष्ट व्यवस्था विधानमा अझै गरिएको छैन । जिल्ला र महानगर दुवैमा केन्द्रीय सदस्यलाई इन्चार्ज तोकिएको छ । तर, महानगर कमिटीहरू जिल्लाभित्र पर्ने र जिल्लामातहतकै सदस्यहरू संगठित हुने भएकाले कसरी व्यवस्थापन गर्ने समस्या आएको नेताहरूको भनाइ छ । त्यसैले महानगर कमिटी सिधै प्रदेश कमिटीमातहत सञ्चालित हुने र जिल्लासँग सम्बन्धित नहुनेगरी विधानमै प्रस्ट व्यवस्था हुनुपर्ने आवश्यकता संगठन विभागले औंल्याएको हो । त्यसअनुसार अर्कोपटक विधान संशोधन हुनुपर्ने विभागको ठहर छ ।
एकीकरणपछिको सदस्यता व्यवस्थापनको कामलाई तत्काल अघि बढाउन केन्द्रीय सचिवालयले पाँच सदस्यीय संगठन विभाग विस्तार गर्दै १५ सदस्यीय पु¥याएको छ । विभागमा भीम आचार्य, भीम रावल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, खगराज भट्ट, सत्यनारायण मण्डल, मातृकाप्रसाद यादव, सुदन राई, रेखा शर्मा र जगप्रसाद शर्मा मनोनीत भएका छन् । वामदेव गौतम प्रमुख र जनाद्र्धन शर्मा उपप्रमुख रहेको विभागमा यसअघि अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी सदस्य थिए ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply