29th March 2020, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

चौरजहारीमा दुई सल्लाहकारबीच झन्डै…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलबीच एक सार्वजानिक कार्यक्रममै झन्डै हात हालाहालको परिस्थिति सिर्जना भएको छ । नेकपानिकट पत्रकारहरूको संगठन नेपाल प्रेस संगठनको कर्णाली प्रदेशले रुकुमको चौरजहारीमा गत आइतबार राखेको शपथग्रहण समारोहमा झन्डै हात हालहालको सम्भाव्य परिस्थिति तत्काललाई टरे पनि त्यो घटनाले दुई पार्टीबीचको एकताभित्रको चिसोपनालाई भने छरपस्ट बनाइदिएको छ ।
उक्त शपथ ग्रहण समारोहको प्रमुख अतिथि नेकपाका प्रदेश इन्चार्ज जनार्दन शर्मा थिए । कार्यक्रम बिहान ९ बजेका लागि बोलाइएको थियो । निर्धारित समयमै कार्यक्रमस्थल पुगेका शर्मा कार्यक्रम ढिला सुरु हुने भएपछि पछि आउने भन्दै राफ्टिङको अर्को कार्यक्रमतिर लागे । करिब ११ बजे कार्यक्रम सुरु भयो । जब प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा बोल्न थालेपछि कार्यक्रमले अर्कै रूप लियो । कारण थियो, ‘महान् जनयुद्ध’ लेखिएको स्वागत द्वार । कार्यक्रमस्थल जाने बाटोमा ‘महान् जनयुद्ध’ लेखिएको स्वागत गेट थियो । यद्यपि, त्यो गेट कार्यक्रम आयोजकले बनाएको थिएन । त्यो देख्नासाथ असहज महसुस गरेका थापाले कार्यक्रमलाई सम्बोधन नै त्यही विषयबाट सुरु गरे । पार्टीको नीतिविपरीत यस्तो गेट किन बनाइयो भन्दै उनले जनयुद्धप्रति कटाक्ष गरे । मञ्चमै बसिरहेका प्रचण्डका प्रेस सल्लाहकार सापकोटाले थापाले गरेको कटाक्ष पचाउन सकेनन् । उनी थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै जुरुक्कै उठे र थापा बोलिरहेको पोडियमतर्फ लम्कन खोजे । उनीसँगै बसेका प्रेस संगठनकै नेता मनोज घर्तीमगरले सापकोटालाई तानेर सिटमा बसाले ।
घटना यत्तिमै सेलाएन । त्यतिन्जेल प्रमुख अतिथि शर्मा आइपुगेका थिएनन् । तर, उनलाई घटनाको सबै जानकारी भइसकेको थियो । पछि आएका शर्मा जब बोल्न थाले, उनले कसैको नाम नलिई थापाप्रति इंगित गर्दै रिसको भावमा २६ मिनेट खर्चिए । दुई पार्टीबीचको महान् एकताको सूत्रधार आफू भएको दाबी गर्दै उनले गोजीबाट पार्टीको विधान झिक्दै जनयुद्धको प्रसंग उल्लेख भएको सम्झाए । शर्मा बोलिसकेपछि थापाले आफूसँगै लगेको सरकारको दुई वर्षका उपलब्धि समेटिएको पुस्तिका शर्मालाई दिए । तर, त्यो पुस्तिका लिँदा पनि शर्माको रिस शान्त भएको थिएन । उनले पुस्तिका रिसाएर टेबुलमा राख्दा भुइँमा खस्यो । कार्यक्रमबाट बिदा हँुदा पनि उनी थापासँग हात नमिलाई हिँडे ।
त्यसो त त्यसको दुई दिनअघि सामाजिक सञ्जालमा प्रचण्डकै पहिलेका प्रेस संयोजक मनहरि तिमिल्सिना र थापाबीच चलेको दोहोरी सेलाएकै थिएन । प्रधानमन्त्रीको फेक आईडीमा आएका कतिपय प्रसंगलाई लिएर तिमिल्सिनाले प्रधानमन्त्रीको आइडीबाट यस्ता अश्लील सामग्री आउँदा उनका सल्लाहकार के हेरेर बसेका छन् भन्दै लेखेका थिए । यसमा तिमिल्सिनाको त्रुटि थियो, किनभने त्यो फेक आईडी थियो । जवाफमा थापाले यसमा प्रचण्डलाई पनि जोडेर दुष्टता र दुष्प्रचारको पनि हद हुन्छ भन्दै लेखे, ‘…यति साह्रै रुवाबासी नगर्ने कि खुमलटारको दानापानी र संरक्षणमा । पहिले लाजिम्पाटबाट आफ्नै हर्कतका कारण निष्काशित भएको सम्झने कि !’ पहिले पनि उच्छृंखलता देखाएपछि तिमिल्सिनालाई ओलीकै आग्रहमा प्रचण्डले सचिवालयबाट हटाएको बताइन्छ ।
यो त पुरानो कुरा भयो । तर, पार्टी एकतापछि मातहतका जनवर्गीय संगठनको समेत एकता भएर राखिएको पहिलो कार्यक्रम अर्थात् शपथग्रहण कार्यक्रममै नेताहरूले देखाएको यो रमिताले एकता प्रक्रिया नै कतै दुर्घटनामा पर्ने त होइन भन्ने आशंकालाई चाहिँ बलियो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...