11th July 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

चिन्तामणिमाथि सीआईबीकोे नजर

चिन्तामणिमाथि सीआईबीकोे नजर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएकोलगायत आरोपमा निलम्बित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाइ पाए पनि अर्का डेपुटी गभर्नरमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यापक रूपमा अनुसन्धान थालेको छ । डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीमाथि केही दिनयता सीआईबीले अनुसन्धानलाई तीव्र बनाएको छ ।
करिब दुई हप्ताअघि सीआईबीको टोली डेपुटी गभर्नर सिवाकोटीमाथि अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकमा पुगेको थियो । सीआईबीको टोलीले डेपुटी गभर्नर सिवाकोटीको कार्यकक्षमा खानतलासी गर्नुका साथै उनीसँग बयानसमेत लिएको थियो । बयानका क्रममा चित्त नबुझेपछि सीआईबी टोलीले सिवाकोटीसँग लिखित स्पष्टीकरणसमेत मागेको थियो ।
सीआईबी टोलीले राष्ट्र बैंकमै पुगेर डेपुटी गभर्नर सिवाकोटीमाथि बयान लिँदा उनले कायममुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहेका थिए । यही चैतमा पदावधि सकिन लागेका गभर्नर डा. चिरञ्जीवी नेपाल विदेशमा रहेका बेला सिवाकोटीमाथि सीआईबीले छानबिन थालेको हो । सीआईबीले लिखित स्पष्टीकरण सोधेपछि डेपुटी गभर्नर सिवाकोटीले गएको बिहीबार बैंकका सबै विभागसँग स्पष्टीकरणका लागि लिखित जवाफ माग गरेका थिए । सबै विभागीय प्रमुखले अत्यन्तै गोप्य रूपमा लिखित जवाफ डेपुटी गभर्नर सिवाकोटीलाई गएको आइतबार नै बुझाएका थिए । सोही आधारमा सिवाकोटीले सीआईबीसमक्ष लिखित स्पष्टीकरण दिइसकेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागु गर्न असहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएकोलगायत विषयमा केही महिनापूर्व अर्का डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेपछि सिवाकोटीमाथि पनि प्रश्नचिह्न उठ्दै आएको थियो । तर, सफाइ पाएका डेपुटी गभर्नर श्रेष्ठ मुछिएको विषयमा सिवाकोटीको पनि संलग्नता रहेको हुँदा एउटा डेपुटीमाथि मात्रै किन छानबिन र निलम्बन ? भन्ने प्रश्न पनि तत्कालीन समयमा उठेको थियो । डेपुटी गभर्नर सिवाकोटी पनि कतिपय सवालमा चुकेका हुँदा अहिले सीआईबीले उनीमाथि छानबिनको प्रक्रियालाई अघि बढाएको बुझिएको छ ।
डेपुटी गभर्नर सिवाकोटीमाथि सीआईबीले छानबिन तीव्र बनाएपछि राष्ट्र बैंकको गभर्नरको सिफारिस पनि अन्योलमा पर्ने देखिएको छ । नयाँ गभर्नरका लागि अर्थ मन्त्रीको अध्यक्षतामा बन्ने समितिले तीन जनाको नाम सिफारिस गर्ने चलन रहेको छ । तीनजनामध्ये एकजना डेपुटी गभर्नरको नाम सिफारिस गर्नुपर्ने हुन्छ । तर, सिवाकोटीमाथि छानबिन सुरु भएको र अर्का डेपुटी गभर्नर श्रेष्ठले निलम्बनमा परेर केही समयअघि मात्रै सफाइ पाएको हुँदा कसको नाम सिफारिस हुने हो भन्नेमा अन्योल देखा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • डाटा सेवाको अवधी थप

    चैत २७, काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी...
  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...