27th May 2020, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

नबेरोस् ऐंजेरुले

कम्युनिस्ट पार्टीको शीर्षदेखि सामान्य तहसम्मका नेता वा कार्यकर्ताले आफ्नो जन्मदिन कसरी मनाउने ? सामान्य तरिकाले वा भव्य रूपले ? केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा देखिएको भव्यताले यस्ता प्रश्नहरू उब्जाएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो ६९औं जन्मदिन आफ्नै जन्मथलो तेह्रथुमको आठराईमा मनाउँदा देखिएको भव्यतालाई लिएर अहिले अनेक टीका–टिप्पणी उठिरहेका छन् । प्रधानमन्त्रीको जन्मदिनका लागि तयार पारिएको नेपालको नक्सांकित केकलाई लिएर पनि अनेक प्रश्न उठाइएका छन् । प्रश्न सोध्नेहरू सोधिरहेका छन्– नेपालको नक्सांकित केक बनाउनु हुन्थ्यो वा हुँदैनथ्यो ? साथै, एउटा कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीले भव्य रूपमा जन्मदिन मनाउनु हुन्थ्यो वा हुँदैनथ्यो ? निश्चय नै यो प्रकरणले तातो बहस निम्त्याएको छ र आलोचनाको पात्रका रूपमा प्रधानमन्त्रीलाई उभ्याउने कार्य भएको छ ।
आफ्नो जन्मदिन मनाउने वा नमनाउने व्यक्तिको स्वतन्त्रताको प्रश्न हो । कुनै व्यक्तिले भव्य रूपमा निकै खर्चिलो तरिकाले आफ्नो जन्मदिन मनाउने गर्छन् भने कुनैले सामान्य तरिकाले । कुनै–कुनैले त जन्मदिन मनाउन आवश्यकसमेत ठान्दैनन् पनि । यी सबै व्यक्ति–व्यक्तिपिच्छेका रुचिका कुरा हुन् । तर, कम्युनिस्ट पार्टीका प्रधानमन्त्रीले भव्य तरिकाले जन्मदिन मनाउँदा भने त्यो चर्चा÷परिचर्चाको विषय बन्न पुगेको छ । यो स्वाभाविकै हो । अझ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले जन्मदिन, वैवाहिक समारोहलगायत सांस्कृतिक पर्व र उत्सवहरु भड्किलो तरिकाले नभई सामान्य तरिकाले मनाउनुपर्ने उर्दी (आचारसंहिता) केही समयपूर्व सार्वजनिक गरेको हुँदा पनि अहिले प्रधानमन्त्रीको भव्य जन्मोत्सवलाई लिएर टिप्पणी भएकोमा दुईमत देखिँदैन । आचारसंहिता सामान्य तहका नेता÷कार्यकर्ताका निम्ति मात्र हो कि शीर्ष नेतृत्वलाई समेत लागु हुने हो ? यो प्रश्न पनि उब्जिएको छ । अझ, सार्वजनिक चिनारी भएका व्यक्तिले भव्य रूपमा जन्मदिन मनाउँदा त्यसले सामाजिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने पक्ष पनि आफ्नो ठाउँमा रहेको विदितै छ ।
प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन पाउनु उनको व्यक्तिगत स्वतन्त्रता र इच्छाको विषय हो । उनले आफ्नो निवासमा सीमित आफन्त र शुभेच्छुकहरुलाई निम्त्याएर जन्मदिन मनाउन पाउँछन् । नपाउने भन्ने सवालै रहेन । तर, प्रधानमन्त्रीजस्तो जिम्मेवार र गरिमामय पदमा रहेका व्यक्तिले सार्वजनिक थलोमा भव्य रूपमा जन्मदिन मनाउँदा भने अहिले त्यो टिप्पणीको विषय बन्न पुग्यो । फेरि प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन यस्तो राजनीतिक परिस्थितिमा मनाएका छन्, सरकार र कतिपय मन्त्रीहरूका आचरण र कार्यशैलीलाई लिएर चौतर्फी प्रहार भइरहेका छन्, व्यापक प्रश्नचिह्न उठिरहेका छन् । मूलतः निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन प्रकरणले सरकारलाई केही हदसम्म गलाएको अवस्था छ । यस्ता सवालहरूले सरकारमाथि प्रश्नचिह्न ठडिएका हुँदा पनि प्रधानमन्त्रीको तामझाममय जन्मदिन मनाइनुले कुरा काट्नेहरुलाई थप मसला बन्न पुगेको विदितै छ ।
पछिल्लो समय कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरूमा देखिँदै गएको नैतिक विचलन र संकट, गलत आचरण र कार्यशैलीलाई लिएर सर्वत्र टिप्पणी हुन थालेका छन् । यो अत्यन्तै चिन्ताको विषय हो । अझ ‘कम्युनिस्टहरु सत्तामा पुगेपछि बिग्रिन्छन्’ भन्ने प्रतिक्रियावादी शक्तिहरूको प्रचारबाजीलाई पछिल्ला प्रकरणहरूले अझै मलजल गर्न सघाउ पु¥याउँदै आएको देखिन्छ । कमिसन प्रकरणमा बहालवाला मन्त्री मुछिनु, प्रधानमन्त्रीले भड्किलो तरिकाले जन्मदिन मनाउनु र सुशासनका सवालमा सरकार दिनप्रतिदिन चुक्दै जानुले विरोधी खेमाका हल्ला र अनावश्यक प्रचारबाजीले सार्थकता पाउन थालेको आभास हुँदै गइरहेको छ । यस्ता अनावश्यक प्रचारबाजीलाई चिर्नतिर सत्तारूढ नेकपा र सरकारको प्रयत्न झिनो साबित हुँदै गएको देखिन्छ ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा कम्युनिस्ट पार्टीको सरकार गठन भएको दुई वर्ष बितेको छ । तर, दुई वर्षसम्म पनि सरकार चुकेको विषय हो– सुशासन कायम गर्न नसक्नु । सरकारले अरू विषयहरुजस्तै सुशासनलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आए पनि यो विषयमा सर्वथा चुक्दै गएको देखिन्छ । सुशासन कायम राख्न नसक्दा नै भ्रष्टाचार, आर्थिक बेथिति र विसंगति, नैतिक संकटजस्ता विषयहरू मौलाउँदै गएका छन् । र, दिनप्रतिदिन भ्रष्टाचाररूपी ऐंजेरुहरू झाँगिदै गएका छन् । अतः कामना गरौं, भ्रष्टाचाररूपी ऐंजेरुले ओली नेतृत्वको सरकारलाई नबेरोस्, आगामी दिनमा सुशासन कायम गर्नेतिर अथाह सफलता मिलोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...