28th March 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

१४ रोपनी जग्गा अझै कन्टिनेन्टलकै कब्जामा

१४ रोपनी जग्गा अझै कन्टिनेन्टलकै कब्जामा

काठमाडौं । भूमाफियाहरूले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी बेचे पनि सरकारले त्यो जग्गा फिर्ता लिएको छ । तर, कानुनी प्रावधानविपरीत एउटा व्यापारिक समूहले कब्जामा लिएको बालाजु औद्योगिक क्षेत्रको जग्गाको विषय भने अझै अन्योलमा रहेको छ ।
कानुनतः सरकारी जग्गा कुनै कम्पनी वा व्यक्तिलाई बेच्न पाइँदैन । तर, कन्टिनेन्टल समूहले भने विभिन्न जालझेल र षड्यन्त्र गरी तत्कालीन नेपाल ब्याट्री कम्पनी लिमिटेडले औद्योगिक क्षेत्रसँग लिजमा लिएको १४ रोपनी जग्गा र सो जग्गामा निर्मित भवन आफ्नो बनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र ब्याट्री कम्पनीबीच २०३९ सालमै २० वर्षका लागि लिज सम्झौता भएर सो कम्पनी सञ्चालनमा आए पनि २०५७ सालदेखि भने मजदुरहरूको आन्दोलनका कारण बन्द थियो । उद्योग बन्द भएपछि सोही कम्पनीमा कार्यरत कर्मचारी तथा मजदुरहरूले स्वास्थ्य, शिक्षा सेवासँग सम्बन्धित संस्था सञ्चालन गर्न एभरेस्ट एकेडेमी फर मेडिकल साइन्सेज प्रालिका नाममा जग्गा लिजपट्टा गरीदिन उद्योग मन्त्रालयलाई पत्राचार गरेपछि सोहीअनुरूप काम हुँदै आएको थियो । मन्त्रालयले २०६६ सालमा नै उक्त एकेडेमीलाई जग्गा लिजपट्टामा दिने सहमति दिएको थियो । तर, एकेडेमीले विविध कारण देखाई सञ्चालन गर्न नसकेको व्यहोरा दिएपछि सो प्रक्रिया अड्किन पुगेको थियो ।
एकेडेमी सञ्चालनमा नहुने भएपछि २०६७ सालमा बिना सम्झौता नै कन्टिनेन्टल सर्भिसेज प्रालिले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा सो जग्गाको जग्गा बहाल र प्रवेश शुल्क ति¥यो । सोही वर्ष औद्योगिक क्षेत्रले सो जग्गा कन्टिनेन्टललाई २० वर्ष सम्झौतामा दिने निर्णय ग¥यो । तर, जग्गाको सम्झौता गर्दा उक्त जग्गामा निर्मित भवन र सामानहरूबारे भने केही उल्लेख गरिएको थिएन । त्यसपछि औद्योगिक क्षेत्रले ब्याट्री कम्पनीको सम्पूर्ण जायजेथा कब्जामा लिएर बिक्री गर्ने प्रक्रिया अघि बढायो । त्यही क्रममा कन्टिनेन्टलले ८० लाख रुपियाँ कर्मचारीहरूले पाउनुपर्ने तलबबापत बुझाएको कुरा करार सम्झौतामै उल्लेख गरिएको थियो । औद्योगिक क्षेत्रले ब्याट्री कम्पनीको भवन र जग्गा आफ्नो अधिनमा ल्याए पनि सो जग्गा अन्य उद्योगलाई भाडा तथा लिजमा दिनेबारे कुनै सार्वजनिक सूचना भने जारी गरेको थिएन ।
२०६७ सालमा नै औद्योगिक क्षेत्रले कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेजलाई १०.४६ रोपनी र कन्टिनेन्टल सर्भिसेजलाई २.८७ रोपनी जग्गा पट्टा सम्झौता ग¥यो । त्यसपछि कन्टिनेन्टल समूहका सुहृदराज घिमिरे र मनोहरराज घिमिरेले ब्याट्री कम्पनीको जग्गा कब्जामा लिने चाल चाल्न पुगे । उनीहरूले सो कम्पनीको भौतिक संरचनालगायत भवनलगायतको सम्पत्ति आफूले पाउनुपर्ने निवेदन औद्योगिक क्षेत्रलाई सोही वर्ष नै दिए । घिमिरेद्वयको निवेदन परेपछि २०७० सालको असारमा एकपटक र साउनमा दुईपटक गरी तीनपटकसम्म नयाँ बानेश्वरस्थित इन्द्रेनी कम्प्लेक्समा व्यवस्थापन लिमिटेडको बैठक बस्यो । सो बैठकमा लिमिटेडका अध्यक्ष रामेश्वर यादव र उद्योग मन्त्रालयका उपसचिव सुशील ढकालले असहमति जनाउँदाजनाउँदै अरू तीन सञ्चालकको जोडमा बहुमत भन्दै ब्याट्री कम्पनीको भवनलगायत सम्पत्ति दुवै कन्टिनेन्टल प्रालिलाई बिक्री गर्ने निर्णय भएको थियो ।
तर, बहुमतका आधारमा ब्याट्री कम्पनीले लिजमा लिएको जग्गा र सोही जग्गामा निर्मित भौतिक संरचना कन्टिनेन्टललाई बेच्ने निर्णय भए पनि सो कार्य कानुनी प्रावधानविपरीत थियो । सार्वजनिक संस्थानको सम्पत्ति बिक्री वितरण वा लिजमा दिने सम्बन्धमा अर्थ मन्त्रालयले प्रस्ट रूपमा ‘सार्वजनिक संस्थान विघटन भए मात्र दायित्व चुक्ता गर्ने प्रयोजनका लागि लिक्विडेटरले घरजग्गा बिक्री गरी दायित्व फरफारक गर्न सक्ने’ कुरा उल्लेख गरेको छ । सो जग्गा बिक्री सार्वजनिक खरिद ऐन, आर्थिक कार्यविधि नियमावली, २०६४ विपरीत रहेको देखिन्छ । साथै, व्यवस्थापन लिमिटेडमा पनि प्रस्ट शब्दमा ‘कम्पनीको अचल सम्पत्ति बिक्री गर्दा वा कुनै प्रकारले हक हस्तान्तरण गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्ने’ भन्ने उल्लेख छ ।
तर, कन्टिनेन्टल समूहले ब्याट्री कम्पनीको जग्गा एवं भवन कब्जा गर्ने हेतुले सुरुदेखि नै योजना बनाउँदै आएको प्रस्टै देखिएको छ । २०७० सालमा तीनपटकसम्म बसेको सञ्चालक समितिको बैठकमा अध्यक्ष यादव र उद्योग मन्त्रालयका उपसचिव ढकालले जग्गा बिक्रीको विषय विशेष साधारणसभा बोलाएर गराउने कुरा उठाउँदा पनि बहुमतका आधारमा कानुनतः बिक्री गर्न नपाउने र सरकारको पूर्ण स्वामित्वमा रहेको अचल सम्पत्ति व्यक्तिलाई हस्तान्तरण गर्न नपाइने जग्गा कन्टिनेन्टल समूहलाई दिने कार्यमा चलखेल भएको प्रस्टै देखिन्छ ।
कन्टिनेन्टल प्रालिलाई ब्याट्री कम्पनीको जग्गा दिने निर्णय प्रतिस्पर्धाका आधारमा नभई बहुमतका आधारमा गरिएको हुँदा यसमा ठूलै समूहको चलखेल रहेको बुझिएको छ । बालुवाटारको सरकारी जग्गा सरकारले फिर्ता लिए पनि कन्टिनेन्टल समूहले कब्जामा लिएको जग्गा सरकारले फिर्ता लिनेतिर पहल गर्ला वा नगर्ला, यो प्रतिक्षाकै विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...