1st June 2020, Monday

E-budhabar
Header Right Side NTC Advertisement

दलाली गर्दै, पुरस्कार दिँदै

काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ ।
नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था परिवर्तन हुँदा गठन हुने सरकारबाट फाइदा उठाउँदै आयो । त्रिमूर्ति निकेतन स्थापना गरेर पूर्वराजा ज्ञानेन्द्रबाट फाइदा लिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग पनि निकट सम्बन्ध राखेर फाइदा उठाउन नइ सक्रिय रह्यो । लोकमानका बाबु भूपालमानसिंह कार्कीको जीवनीसमेत प्रकाशित गरेका छन् उनीहरूले ।
शक्तिकेन्द्रहरूसँग निकट रहेका उनीहरूको चकचकी माधवकुमार नेपालदेखि प्रचण्ड प्रधानमन्त्री भएको बेलामा पनि देखियो । तर, अहिले भने नइको सम्बन्ध प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिग्रिएको बताइन्छ । त्यही कारण हरेक सरकारलाई प्रभावमा पारेर कुनै व्यक्ति ८५ वर्ष पुग्नै लाग्दा शतवार्षिकी कार्यक्रम बनाएर तिनका नाममा पुरस्कारको धन्दा चलाउने कार्य रोकिएको छ ।
नईले विभिन्न विधामा बर्सेनि लाखौंको पुरस्कार वितरण गर्दै आएको छ । यसको स्रोत के हो ? भन्ने प्रश्न उठ्न थालेको छ । उनीहरूले पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा उपाध्यक्ष कीर्तिनिधि विष्टले ३० लाख रुपैयाँ उछिट्याएका थिए । त्यस रकमबाट विष्टका बुबा चन्द्रनिधि र आमा धनकुमारी विष्टका नाउँमा हरेक वर्ष एक लाख रुपैयाँ राशिको ‘नइ चन्द्रधन पुरस्कार’ स्थापना गरे । यस्तो धन्दा प्रचण्डको प्रधानमन्त्री कालमा पनि देखिएको थियो । त्यो बेला प्रचण्ड सरकारले त्रिमूर्ति निकेतनलाई १० लाख सहयोग गरेको थियो । बदलामा प्रचण्डलाई देवकोटा सम्मान दिने निर्णय गरेको थियो तर चर्काे विरोध भएपछि प्रचण्डले सो पुरस्कार नलिने निर्णय गरेका थिए ।
नईले नेपाली भाषा साहित्यमा जोडिएकाहरूलाई त्रिमूर्ति पुरस्कार र त्रिमूर्ति सम्मानका अलावा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । आउँदो २०७६ वैशाख ३० गते नइले १० जनालाई पुरस्कार दिँदैछ । नइ भावी पुरस्कार’ चिकित्सा क्षेत्रका सुविख्यात डा. गौरीशंकरलाल दासलाई, ‘नइ कीर्तिनिधि पुरस्कार’ राष्ट्रिय झन्डाका निर्माता इन्जिनियर शंकरनाथ रिमाललाई, ‘नइ ईश्वर बराल पुरस्कार’ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई दिइँदैछ । लोकमान सिंह कार्कीको पिता भूपालमानका नाममा स्थापित ‘नइ भूपालदुर्गा पुरस्कार’ नायिका मनीषा कोइरालालाई दिइँदै छ । यस्तै ‘नइ देरुनिख सुकीर्ति पुरस्कार’ मह जोडीलाई दिइने भएको छ । ‘नइ भाजप पुरस्कार’ आधुनिक मोतीराम भट्टका रूपमा परिचित चूडामणि रेग्मीलाई, हिन्दूधर्म र संस्कृतिका अभियन्ता, लेखक तथा चिन्तक प्रा.डा. सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’, सुप्रसिद्ध संगीतकार, गायक तथा गीतकार दीपक जंगमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ दिँइदै छ । यी सबै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेका छन् । यी पुरस्कारहरू सत्यमोहन जोशीको १०१औं शुभजन्मोत्सवका अवसरमा उनकै हातबाट वितरण हुनेछन् । तर, यी पुरस्कारहरूको स्रोत के हो भन्ने कुरा अज्ञात नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...