11th July 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

अस्पताल भर्ना हुनुअघि ओली–नेपालबीच गहिरो संवाद

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सांसदमा सिफारिस गर्न दिएको सुझाव कार्यान्वयन नहुने संकेतपछि वरिष्ठ नेता माधवकुमार नेपाल एक हप्तादेखि निर्णय कार्यान्वयन गराउन सक्रिय बने । पार्टीको संस्थागत निर्णयको कार्यान्वयन पक्षमा दृढतापूर्वक उभिएका नेपालले प्रधानमन्त्री केपी ओलीलाई धेरैपटक भेटेर कार्यान्वयनका उपायहरू पनि सुझाए । खासगरी उच्च घरानियाँ व्यापारी र ठेकेदारसँग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साँठगाँठ गरेको र उनीहरूसँग मिलेर सरकारविरुद्ध गम्भीर षड्यन्त्र गरिएको प्रधानमन्त्री केपी ओलीको आशंका गौतमलाई राष्ट्रियसभा सांसद बनाउने पार्टीको निर्णय कार्यान्वयनमा देखाएको अनिच्छाबाट प्रकट भएको छ । तर, ओलीको आशंकाका कारण निर्णय कार्यान्वयन नहुँदा पार्टीमा दुर्घटना निम्तिने खतराका कारण दुई अध्यक्षबीच देखिएको अविश्वास हटाएर पार्टी निर्णय कार्यान्वयन गराउन तथा सम्भावित असहज परिस्थितिबाट पार्टीलाई जोगाउन नेपाल सक्रिय भएका हुन् । यस सन्दर्भमा वरिष्ठ नेता नेपालले दुवै अध्यक्षका साथै उपाध्यक्ष गौतमसँग पनि निरन्तर संवाद गर्दै आएका छन् ।
पछिल्लोपटक प्रधानमन्त्री तथा अध्यक्ष ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने मिति तय भइसकेको र आफू अस्पताल भर्ना हुने जानकारी गराएलगत्तै बालुवाटारमा बोलाएर वरिष्ठ नेता नेपालसँग दुई घन्टा लामो छलफल गरेका छन् । उनीहरूबीच गौतमकै विषयमा केन्द्रित रहेर कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री ओलीले गौतमको नाम अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई रोक्ने तुरुपका रूपमा प्रयोग गरिएको भन्दै असन्तुष्टि राख्दै आएका छन् । नेपालसँगको पछिल्लो भेटमा पनि त्यस्तै गुनासो राख्दै ओलीले एक महिनाअघिसम्म आफूले प्रस्ताव गर्दा संविधान संशोधन नभएसम्म सांसद नबन्ने अडानमा रहेका गौतम कसरी बिनासर्त तयार भए ? भन्ने जिज्ञासा राखेको बुझिएको छ । भेटमा आफूमाथि नियोजित रूपमै घेराबन्दी भएको गुनासो पनि ओलीले गरेका थिए । तर, नेपालले भने निर्णय कार्यान्वयन नहुँदा बहुमत र अल्पमतको अंकगणितका कारण पार्टीमा गहिरो संकट उत्पन्न हुन सक्ने भन्दै मध्यमार्गी उपायबाट भए पनि समस्या सुल्झाउनुपर्ने सुझाव दिएका थिए ।
नौ सदस्यीय सचिवालयमा गौतमलाई पठाउने बारेमा ७÷२ को अवस्था छ । निर्णयका क्रममा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल गौतमलाई पठाउन नहुने पक्षमा र बाँकी पठाउनुपर्ने पक्षमा उभिएका थिए । प्रधानमन्त्रीले गौतमको नाम सिफारिस नगरेको खण्डमा निर्णयको पक्षपोषणमा लाग्नुपर्ने अवस्था आउने भन्दै नेपालले गौतमको सिफारिसबाट सरकारको नेतृत्व वा मन्त्रिपरिषद् हेरफेरका सन्दर्भमा कुनै नयाँ निर्णय नहुने कुरामा समेत आश्वस्त तुल्याउने प्रयास गरेका थिए । त्यति मात्र होइन, नेपालले अहिलेलाई अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिएर गौतमलाई सांसद मनोनयन गर्न सकिने मध्यमार्गी सुझावसमेत राखेका छन् । ओली अस्पताल जानुअघि दुई नेताबीचको लामो तथा गहिरो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओली अस्पतालबाट डिस्चार्ज भएर आएपछि दुई नेताबीच भएको कुराकानीकै स्प्रिटमा निर्णय आउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • डाटा सेवाको अवधी थप

    चैत २७, काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी...
  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...