28th March 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

कान्ति लोकपथ ः ट्र्याक खेलेको ६० वर्षपछि काममा तीव्रता

कान्ति लोकपथ ः ट्र्याक खेलेको ६० वर्षपछि काममा तीव्रता

मकवानपुर । स्वदेशी लगानीमा निर्माण भइरहेको नेपालको पहिलो सडक आयोजना कान्ति लोकपथ निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । २०१२ सालमा सुरु भएको आयोजनाको ट्र्याक २०१६ मा खोलिएको थियो । मुलुकमा विभिन्न व्यवस्था परिवर्तन भए पनि निर्माण कार्यमा भने ढिलासुस्ती भइरहेका बेला संघीय संरचना बनेपछि निर्माण कार्यले तीव्रता लिएको छ ।
८४ किलोमिटर सडकमध्ये मकवानपुरतर्फ ४८ र ललितपुरतर्फ ३६ किलोमिटर पर्छ । काठमाडौंबाट हेडांैटाको बुद्धचोकसम्म पुग्ने उक्त सडकमा आगामी असार मसान्ताभित्र बस र माहलवाहक ट्रक सञ्चालनमा आउनेगरी युद्धस्तरमा काम भइरहेको आयोजनाले बताएको छ । नौ मिटर चौडाइ रहेको सडक विस्तार कार्यमा स्थानीय तह, प्रदेश र केन्द्रीय सरकार लागिपरेको ललितपुरस्थित बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । यसैबीच बाग्मती प्रदेशका नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले पनि सडकको पछिल्लो अवस्थाबारे निरीक्षण गरेका छन् । शुक्रबार बस्नेतसहित एक पत्रकारको टोलीले सडक निर्माणले लिएको गतिबारे स्थलगत रूपमा जानकारी लिएको हो ।
बुद्धचोक–टीकाभैरव ७९ किलोमिटर सडकमध्ये ४० किलोमिटर कालोपत्रे भएको र ठाउँ–ठाउँमा ग्याभिङ तार राख्ने कार्य भइरहेको छ । यसैबीच बाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले पनि यस सडकबारे गम्भीर चासो प्रकट गरेका छन् । पटक–पटक बहसको विषय बनेको सो आयोजना राष्ट्रिय राजमार्गसँग जोड्ने बहुवर्षीय योजनाअन्तर्गत पहिलो संविधानसभाको चुनावपछि निकै चर्चामा रहेको थियो ।
विभिन्न व्यवस्था परिवर्तनसँगै पछिल्लो समयमा संघीय संरचनापश्चात् तिनै तहकाले समन्वयात्मक भूमिका खेल्दै काम अगाडि सारेपछि यस सडकमा अब भने निर्धक्क सवारीसाधन नियमित रूपमा चल्ने आशा गरिएको छ । प्रदेशको राजधानी हेटौँडासँग सहज रूपमा जोडिने भएकाले उक्त कामलाई प्राथमिकता दिन वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाँलले सक्रियताका साथ चासो दिएका छन् ।
केन्द्रीय आयोजना भए पनि तीन तहबाटै कामलाई छिटो र छरितो बनाई आमप्रदेशवासीलाई सहजता प्रदान गर्न सम्बन्धित पक्षहरूसँग बहस सुरु गरिरहेको र पहिरोको दिगो समाधानसहित निर्माण कार्यलाई अगाडि बढाउन प्रदेश सरकारले चासो लिएको मन्त्री फुयाँलले बताए ।
केन्द्रीय सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वसन्त कुमार नेम्वाङसँग लोकपथकै विषयमा आगामी चैत १ गते सबै सरोकावाला राखेर छलफल गर्ने योजना रहेको उनले जानकारी दिए । नारायणगढ–मुग्लिन–नागढुंगा सडकको दूरी दुई सय २२ किलोमिटर छ । कान्ति लोकपथ निर्माणपछि दूरी एक सय ३२ किलोमिटर छोटिनेछ । त्यसकारण समय र इन्धन दुवैको बचत हुने भएकाले बाग्मती प्रदेश सरकारले कान्ति लोकपथ निर्माण कार्यलाई गम्भीरतापूर्वक लिइएको बताएको छ ।
६० वर्षमा ६० प्रतिशत काम
सरकारले विशेष प्राथमिकतामा राखेर काठमाडौं–हेटौंडा पुग्ने वैकल्पिक मार्गका रूपमा निर्माण कार्य सुरु गरेको कान्ति लोकपथ निर्माणको कार्य अत्यन्त सुस्त गतिमा अगाडि बढ्यो । करिव ६० वर्षअघि ट्र्याक खोलिएको थियो । ७९ किलोमिटर सडकखण्ड रहेको यस लोकपथमा ललितपुरको टीकाभैरव पुलदेखि मकवानपुरको बुद्धचोकसम्म जोडिएको छ । हालसम्म प्रायः सडकखण्ड कालोपत्रे भइसकेको योजनाले जनाएको छ । आयोजनाले कान्ति लोकपथको सबै सडकखण्डमा कालोपत्रे गर्न ठेक्कासमेत लगाइवरी धमाधम काम भइरहेकाले यसै आर्थिक वर्षबाट काम सकेर धमाधम गाडी चल्ने अपेक्षा गरिएको छ ।
अहिले सडक कालोपत्रे गर्ने, केही ठाउँमा चौडा गर्ने, सडकको संरचना तयार पार्ने, ग्राभेलिङ गर्नेलगायत काम आयोजनाले एकसाथ गर्दै आइरहेको छ । निश्चित समयमै काम सम्पन्न गर्न सडकमा एकसाथ काम भइरहेको हो । निर्माण पक्षले पनि निश्चित समयभित्र काम सक्ने गरी अहोरात्र खटिरहेको जनाएको छ ।
यही फागुनभित्र सडक चौडाको काम सम्पन्न गरेर ग्राभेलिङ गर्ने लक्ष्य आयोजनाको छ । यस सडकखण्डको ललितपुर खण्डमा रानीबास, काल्चे, मौरीभीरलगायत स्थानमा ट्र्याक मात्रै रहेको छ ।
आयोजना कार्यालयले सडकको चौडाइ ३–५ मिटर रहेको र त्यसलाई साढे ८ मिटर चौडा गर्ने लक्ष्यअनुरूप योजनाले सडक चौडा गरिरहेको छ ।
यस कार्यका लागि योजनाले बहुवर्षीय ठेक्का प्रणालीमार्फत कन्टेक प्रालि, एससीसी मोतीदान जेभी, महालक्ष्मी एन्ड ब्रदर्स जेभी, कञ्चनजंघा गोल्डेन ग्रुप, हनुमान कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो तर निर्माण कम्पनीले पर्याप्त काम गर्न सकेको छैन ।
लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो (चापागाउँ दोबाटो) हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तीनपाने भन्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभन्ज्याङ, बुद्धचोकसम्म (९० किमी) तीन घण्टामा पुग्ने दाबी छ ।
कान्ति लोकपथ बनिसकेपछि ललितपुरका दुर्गम दक्षिणी–पूर्वी भेग र मकवानपुरका उत्तरी भेगका स्थानीयवासीको जीवनशैली परिवर्तन गर्ने विश्वास गरिएको छ । कृषि र पर्यटकीय क्षेत्रको विकास भई आर्थिक गतिविधिमा पनि यसले योगदान पुग्ने अनुमान छ ।
कालोपत्रेमा तीव्रता
संघीय राजधानी काठमाडौं र प्रदेश ३ को राजधानी हेटौंडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ । अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको कान्ति लोकपथ सडक योजनाले जनाएको छ । सो सडक योजनाअनुसार बाँकी रहेको पाँच किलोमिटरको कालोपत्रे तथा ‘रिटेनिङ वाल’ निर्माणलगायत काम अर्को आर्थिक वर्षमा गरिने छ ।
आगामी आर्थिक वर्षमा कालोपत्रे गर्ने भनिएका पाँच किलोमिटरमध्ये अधिकांश ठाउँ भूगर्भिक दृष्टिकोणले अति नै कमजोर र पहिरोग्रस्त क्षेत्र रहेको हुनाले कालोपत्रे गर्न त्यति सहज नरहेको बताइन्छ । यस वर्षको वर्षायाममा यस सडकको ३० ठाउँमा पहिरो गएको थियो ।
सो सडक योजनाका अनुसार ललितपुरको तीनपाने, नयाँ गाउँ, झाँक्रीडाँडा, हुपेली काल्चेभीर, तामाखानीमा र मकवानपुरको प्रतापडाँडा, ढिंगान, मकवानपुरगढीमा प्रत्येक दुई÷तीन सय मिटरमा पहिरो गएको थियो । काठमाडौँतिर यस सडकको जिरो किलोमिटर टीकाभैरव र हेटौँडातिर यसको जिरो किलोमिटर हेटौंडाको बुद्धचोक रहेको छ । ललितपुरको टीकाभैरवदेखि हेटौंडाको बुद्धचोकसम्म यस सडकको कुल लम्बाइ ७९ किलोमिटर छ । सामान्य अवस्थामा यस सडकको चौडाइ दुई लेनको रहे पनि भौगोलिक रूपले साँघुरो भएको ठाउँमा यसको चौडाइ ‘इन्टरमिडियट साइज’को अर्थात् ‘डबल लेन’ र ‘सिंगल लेन’को बीचमा रहने जानकारी कान्ति लोकपथ सडक योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले दिए । ललितपुरतर्फ विभिन्न खण्डमा १५ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको र चालू आर्थिक वर्षमा ललितपुरमा बाँकी रहेका दुई किलोमिटर सडकको चौडा गर्ने कामसमेत सम्पन्न गर्ने जानकारीसमेत उनले दिए । अबको तीन महिनाभित्र सो सडकको चौडा गर्ने कार्य सम्पन्न हुने योजनाको दाबी छ ।
हेटौंडाको बुद्धचोकदेखि मकवानपुरगढीसम्मको दूरी १५ किलोमिटर, मकवानपुरगढीदेखि बगुवासम्मको दूरी ३६ किलोमिटर र बगुवादेखि टीकाभैरवसम्मको दूरी २८ किलोमिटर रहेको छ । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टीकाभैरवसम्मको सडक कान्ति लोकपथ सडक योजनाले हेर्ने गर्दछ भने टीका भैरवदेखि सातदोबाटोसम्मको १० किलोमिटर सडक उपत्यका सडक विस्तार आयोजनाले हेर्ने गर्छ ।
गत आर्थिक वर्षदेखि यस सडकको ‘एलाइन्मेन्ट’ परिवर्तन गरी टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म गरिएको छ । यस सडकमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ५१ किलोमिटर पर्छ । यो सडक निर्माणको कुल लागत तीन अर्ब ३५ करोड रुपैयाँ रहेकोमा अहिलेसम्म दुई अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको सो आयोजनाले जनाएको छ ।
नयाँ संविधानअनुसार राष्ट्रिय राजमार्गहरू संघीय सरकारको र सहायक राजमार्गहरू प्रदेश सरकारमातहत रहने व्यवस्था गरिएबमोजिम अहिले मुलुकभरि राष्ट्रिय राजमार्ग ८० वटा छन् । कान्ति लोकपथ सडक पनि राष्ट्रिय राजमार्गअन्तर्गत नै रहेको छ ।
२०१३ सालमा सुरु भएको आयोजनाको ट्र्याक २०१६ सालमा खोलिएको थियो । आगामी असोजबाट बस र मालवाहक ट्रक सञ्चालनमा आउने आयोजनाका सूचना अधिकारी अमिन्द्र खड्काले बताए । उनले भने, ‘आगामी असोजबाट ठूला सवारीसाधन सहज रूपमा सञ्चालन गर्नयोग्य सडक हुनेछ । कालोपत्रे भने आगामी आर्थिक वर्षको अन्त्यसम्म सकिनेछ ।’
हेटौंडाको अन्य पनि विकल्प छन्
त्यसो त काठमाडौं–हेटौंडा जोड्ने सडकको यो मात्र विकल्प होइन । काठमाडौं–हेटौंडा आवतजावत गर्न अहिले फरक–फरक चारवटा सडक चल्तीमा छन् । एउटा त्रिभुवन राजपथअन्तर्गत कलंकी–थानकोट–नौबिसे हुँदै पालुङ–सिमभन्ज्याङ भएर हेटौंडा पुग्न सकिन्छ । यो सडकको दूरी १ सय २१ किलोमिटर छ । यस्तै २ सय १७ किलोमिटरको यात्रा तय गर्दै पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौं, नौबिसे, मुग्लिन, नारायणगढ, भरतपुर हुँदै हेटौंडा पुग्न सकिन्छ । काठमाडौं–हेटौंडा जोड्ने अरू दुई छोटा सडक पनि छन् । एउटा ललितपुरको सातदोबाटोबाट चापागाउँ, बाग्मती, चौघडा बजार हुँदै ९१ किलोमिटरको दूरी पार गरेर हेटौंडा बजार पुग्ने कान्ति लोकपथ । अर्को, बल्खु दक्षिणकाली सिस्नेरी वा फाखेल, कुलेखानी हुँदै ८४ किलोमिटरको यात्रा तय गर्दै हेटौंडा पुग्ने सडक अर्थात् मदन भण्डारी राजमार्ग । अरू तीनवटा सडकको तुलनामा यो छोटो मार्ग भएकाले यात्रुको आवतजावत यसैमा बढी हुन्छ । पछिल्लो समय नियमित रूपमा यात्रुबाहक टाटासुमोहरूको चाप पनि यसै सडकमा छ । त्रिभुवन राजपथ पनि २०१३ सालदेखि सुरु भएको हो । त्यतिबेला भारत सरकारले अनुदानमा वीरगन्जदेखि काठमाडौंसम्म पक्की सडक बनाइदियोे । वीरगन्जको सीमा रक्सौलबाट हेटौंडा हुँदै काठमाडौंं जोड्ने यो सडक अर्थात् त्रिभुवन राजपथले पहिलोपटक काठमाडौं र हेटौंडालाई मात्र नभएर काठमाडौंलाई भारतसँग पनि जोड्यो । अर्को सडकको रूपमा पृथ्वी राजमार्ग छ । २०२४ सालमा पोखरालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पृथ्वी राजमार्ग निर्माण थालियो । त्यसको सात वर्षपछि २०३१ सालमा यो राजमार्ग निर्माण गर्ने काम सम्पन्न भयो । तर यो सडक त्रिभुवन राजमार्ग भन्दा १ सय १६ किलोमिटर बढी लामो दूरीको भएकाले काठमाडौं–हेटौंडा मात्र ओहोरदोहोर गर्नेका लागि त्यति पायक चाहिँ भएन । तर वीरगन्ज नाकाबाट सामान बोकेका ट्रक र देशका विभिन्न ठाउँबाट चल्ने अरू गाडी यही बाटो भएर काठमाडौं भित्रिन्छन् । त्यसैले यो मार्गमा सवारी चाप एकदमै बढी हुन्छ । त्यसैले, नौबिसेबाट त्रिभुवन राजपथको विकल्पमा काठमाडौं–हेटौंडा ओहोरदोहोर गर्नेलाई यो मार्ग पनि सहज हुन सकेको छैन । त्यही सन्दर्भमा त्रिभुवन राजपथ र कान्ति लोकपथ निर्माणको काम लगभग सँगसँगै सुरु भएको हो । कान्ति लोकपथ २०१४ सालमै बन्न थालको थियो । त्रिभुवन राजपथको निर्माण कार्य एक वर्षअघि नै सम्पन्न भइसकेको थियो । जसोतसो गाडी चल्न मिल्नेगरी त्यतिबेला कान्ति लोकपथको ट्र्याक खुलाइयो । ट्रयाक खुलेपछि २०१६ सालमा राजा महेन्द्र यही मार्गमा आफैं गाडी हाँकेर हेटौंडा पुगेको बताइन्छ । २०१६ सालमै एकसरो निर्माण कार्य सकिए पनि बाग्मती नदीमा पक्की पुल नभएका कारण यो सडक नियमित चल्न सकेन । त्यसपछि कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत योजना बनाउने प्रस्ताव अघि सार्यो । २०५९ सालमा सडक निर्माणको विस्तृत योजना तयार हुँदा पनि बाग्मती नदीमा पुल थिएन । १० वर्षपछि २०६९ सालमा बाग्मती नदीमा कामचलाउ पुल बनाइयो । त्यसपछि सरकारले २०७१ सालमा यो सडकलाई उच्च प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाउन निर्णय ग¥यो ।
बर्खामा अझै कठिन
कान्ति लोकपथ निर्माण भइसकेको छैन । ट्र्याक खुलेकाले हिउँदमा केही गाडी यो बाटोबाट चल्छन् । तर वर्षायाममा भने ठाउँ–ठाउँमा खस्ने पहिरोका कारण बाटो ठप्प नै हुन्छ । त्रिभुवन राजपथबाट यात्रा गर्दा कलंकी, थानकोट, नौबिसेलगायत ठाउँमा हुने जामका कारण धेरै समय लाग्छ । नौबिसे, मुग्लिन हुँदै जाँदा पनि यिनै ठाउँको जाम झेल्नुपर्छ । त्यसमाथि बेलाबेला मुग्लिन–नारायणघाटको जाम पनि थपिन्छ । त्यसैले साँघुरो र जोखिमपूर्ण घुम्ती भए पनि बल्खु–दक्षिणकाली–हेटौंडा सडक अहिले धेरै चल्तीमा छ । यो सडकले पनि निर्माणको लामो इतिहास बोकेको छ । तर, गाडीको चापअनुसार सडक विस्तार हुन नसक्दा यात्रा कठिन बन्दै गएको छ । सडक विस्तारको काम पनि कछुवाको गतिमा भइरहेको छ । यो सडक मध्यम लेनको भएकोले ठूला बस र मालवाहक गाडी चल्न सक्दैनन् । सडक दुई लेनको बनाउन पहल पनि थालियो । यसअनुसार तीन खण्ड छुट्ट्याएर काम सुरु भयो । कालीमाटीदेखि दक्षिणकालीसम्मको सडक विस्तारको जिम्मा सडक विभागको आफ्नै कार्यालयले लियो । दक्षिणकाली–सिस्नेरी सडक विस्तारको जिम्मा डिभिजन सडक कार्यालय काठमाडौंको भागमा पर्यो । यो सडकखण्ड निर्माणको लागि सरकारले आव २०७१÷२०७२ बाट काम गर्नेगरी २४ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसपछि लगत्तै बहुवर्षीय योजनाअन्तर्गत टेन्डर गर्दै काम अगाडि बढाइयो । दक्षिणकालीदेखि उता १५ किलोमिटर भाग अनक कन्स्ट्रक्सनले र त्यहाँबाट छैमलेसम्मको पाँच किलोमिटर भाग आशिष ब्रदर्स जेभीले बनाउने गरी ठेक्का लगाइयो । आव २०७३–७४ को अन्त्यसम्म सडक विस्तार गरी त्यसको एक वर्षपछि पिच गर्ने भनिए पनि अझैसम्म सडक विस्तारको काम भएको छैन । अहिलेसम्म कुल खर्च २३ करोड नाघिसक्दा पनि सडक विस्तारको काम ८० प्रतिशत मात्र भएको बताइन्छ । बजेटको अभाव, ठेकेदारको लापरबाही र मुआब्जा नदिईकनै सडक विस्तार गर्न लाग्दा समस्या भएको हो ।
कुनै पनि भरपर्दा छैनन्
केन्द्र र प्रदेश ३ को राजधानी जोड्ने चारवटा सडकमध्ये कुनै पनि भरपर्दा छैनन् । न भनेको बेला गन्तव्यमा पुगिन्छ, न यात्रा नै सहज छ । तीन घण्टाको दूरी कहिलेकाहीँ दिन भरमा पनि छिचोलिदैन । अस्पताल हिँडेको एम्बुलेन्स जाममा परेर बीच बाटोमै बिरामीको मृत्यु भएका घटना पनि अनगिन्ती भइसके । राणाकालमा मोटर बाटो नहुँदा पनि काठमाडौंबाट मानिस थानकोट, चित्लाङ हुँदै हेटौंडा पुग्थे । तराईका जिल्लाहरूबाट हेटौंडा हुँदै भीमफेदीको उकालो चढेर काठमाडौं आउने गर्थे । तर अहिले हेटौंडा र काठमाडौंलाई जोड्ने कम्तीमा ८४ देखि बढीमा दुई सय १७ किलोमिटर लामा चारवटा कालोपत्रे नामका सडक छन् । तर यी दुई सहरलाई जोड्ने चारवटै सडक अप्ठ्यारा र असहज छन् । कुनै सडकबाट आउजाउ गर्दा पनि भनेको समयमा एक सहरबाट अर्को सहरमा पुगिँदैन । त्यसैले सरकारका मन्त्री र प्रधानमन्त्रीले हरेक दिन समृद्धिको कुरा गर्नुको साटो सडकको अवस्था सुधार्नतिर लाग्नु उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...