14th August 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

चिरायुको कर्जा फाइल किन गायब ?

काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन ।
डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह हुँदाको फाइल लुकाउन भूमिका खेलेको प्रस्टै देखिएको छ । तत्कालीन ग्रान्ड बैंक नेपाललाई प्रभु बैंक लिमिटेडले प्राप्त गर्नुअघि २०७१ सालमा केपीएमजी पोर्चुगल तथा सोको स्थानीय साझेदार टीआर उपाध्याय एन्ड को र राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेर प्रतिवेदन बुझाउँदा कर्जा प्रवाहमा गम्भीर घोटाला भएको उल्लेख गरिएको थियो । ग्रान्ड बैंकका तत्कालीन अध्यक्ष स्वरूप गुरुङले आफ्नो वित्तीय स्वार्थ रहेको चिरायु अस्पताललाई कर्जा प्रदान गर्दा सो बैंकले आर्थिक घोटाला गरेको प्रतिवेदनमा उल्लेख थियो । सो कर्जा प्रवाहमा अनियमितता देखिएको र बदनियतपूर्ण तरिकाले कर्जा प्रवाह गरेको देखिएको जनाउँदै संलग्न सबै पदाधिकारीलाई बैंकिङ कसुर सजाय ऐन, २०६४ अनुसार कारबाही अगाडि बढाउने निर्णय २०७२ असोज १२ गते बसेको राष्ट्र बैंकको नीति निर्देशन समितिको ३७९औं बैठकले गरेको थियो ।
तत्कालीन समयमा नीति निर्देशन समितिको अध्यक्षता तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए । अधिकारीले सोसम्बन्धी कारबाहीको फाइल अगाडिसमेत बढाएका थिए । अधिकारी डेपुटी गभर्नरबाट हटेपछि डेपुटी भएका सिवाकोटीले नीति निर्देशन समितिको अध्यक्षको जिम्मेवारी पाए । तर, उनी सो समितिको अध्यक्ष भएपछि चिरायु अस्पताललाई कर्जा प्रवाह गरेको विषयमा कारबाही गर्नुपर्नेमा सिवाकोटीले कर्जा फाइल नै लुकाएको बताइन्छ । सिवाकोटीको कार्यकालभरि चिरायु अस्पतालको कर्जा फाइल किन गायब भयो ? यो रहस्यकै विषय बन्न पुगेको छ ।
तर, सिवाकोटी डेपुटी गभर्नर भएदेखि लुकाइएको चिरायु अस्पतालको कर्जा फाइल र कारबाहीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायमा २०७४ सालमा उजुरी परेको थियो । सो उजुरीका सम्बन्धमा छलफल अगाडि बढे पनि कारबाही भने हुन सकेको छैन ।
निलम्बनमा परेर अहिले सफाइ पाएका राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठको जिम्मेवारीमा रहेको सामान्य सेवा विभाग पनि पछिल्लो समय सिवाकोटीले नै लिएका थिए । सो विभागअन्तर्गत थुप्रै काम हुने भएका हुँदा उनले श्रेष्ठबाट खोसेर आफूले लिएका थिए । सो विभागले २०७२ सालको भूकम्पपछि भत्किएको राष्ट्र बैंकको बालुवाटार र थापाथलीस्थित राणाकालीन दरबारमा नयाँ भवन बनाउन ७ अर्ब ५० करोडभन्दा माथिको बजेट विनियोजन गरेको थियो । बालुवाटारको केन्द्रीय कार्यालयको भवन निर्माणको ठेक्काको जिम्मा २ अर्ब १० करोडमा बनाउने गरी समानान्तर जेभीलाई प¥यो । ठेक्का सम्झौताबमोजिम सो निर्माण कम्पनीले पुरानो चर्चेको क्षेत्रफलमा रहनेगरी सोही नापनक्साबमोजिम आधुनिक भवन निर्माण गर्ने र बाँकी रहेका कार्यालय भवनहरू यथास्थानमा राख्नुपर्नेमा कार्यालय सञ्चालनको रहेको विभिन्न नौवटा भवनहरू बिना टेन्डर प्रतिस्पर्धा नै नगराई सम्पूर्ण रूपमा भत्काएर लैजान सोही निर्माण कम्पनीलाई मात्र १ लाख रुपियाँमा जिम्मा दिइएको थियो । तर, बालुवाटारमा रहेको पुरानो राणाकालीन भवन भने आठ करोड रुपैयाँमा भत्काएर लैजान टेन्डर आह्वान गरिएको थियो । तर, कार्यालय सञ्चालनमा रहेका अरू भवनहरू भत्काउनैपर्ने अवस्थामा टेन्डर प्रक्रिया पूरा गरी प्रतिस्पर्धाका आधारमा किन भत्काउन दिइएन ? भन्ने प्रश्न उठेको छ । ती भवनहरू भत्काउन दिएको भए करिब १० करोडमा ठेक्का लाग्ने अनुमान गरिएको छ । तर, समानान्तर जेभीलाई एक लाखमा मात्र भत्काउन दिँदा डेपुटी गभर्नर सिवाकोटीले त्यसबाट आर्थिक लाभ लिएको हुन सक्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...