11th July 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

नेकपा विवादको बाछिटा संसद्मा

काठमाडौं । सत्तारूढ दल नेकपाभित्रको आन्तरिक विवादको रूप पछिल्लो समयमा संघीय संसद सचिवालयमा समेत प्रकट भएको छ । पाँचवर्षे दास्रो कार्यकालका लागि २०७१ चैत ३ गते संसद्को महासचिव नियुक्त मनोहरप्रसाद भट्टराईको पदावधि सकिएपछि रिक्त सो पदमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई कार्यवाहक दिइएको छ । योगीलाई कार्यवाहक दिइएपछि नेकपाभित्रको विवाद यहाँ प्रकट भएको हो ।
लामो समय संविधानसभाको अध्यक्ष तथा संसद्को सभामुख चलाएका नेकपा नेता सुवास नेम्वाङले संसद् हेर्ने पत्रकारहरूसँग सार्वजनिक रूपमै उक्त निर्णयको विरोध गरे । सो निर्णय कानुनविपरीत भएको उनको तर्क छ । संसद्को महासचिव हुन उसको उमेर कम्तीमा ४५ वर्षको हुनुपर्ने प्रावधान छ । सो प्रावधान कार्यवाहक महासचिवमा पनि लागू हुने भन्दै नेम्वाङले ४५ वर्ष नै नपुगेका योगीको नियुक्ति गैरकानुनी भएको जिकिर गरेका छन् ।
तर, नेता नेम्वाङको यो भनाइ नै पार्टीभित्र एउटा विवादका रूपमा प्रकट भएको जानकारहरू बताउँछन् । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौनकाण्ड लागेपछि रिक्त सभामुख छान्न नेकपाभित्र जुन सकस देखिएको थियो, त्यसैको छिटा अहिले कार्यवाहक महासचिव नियुक्तिमा देखिएको बताइन्छ । पार्टी एकता भए पनि नेकपाभित्र पूर्वएमाले र पूर्व माओवादीका रूपमा हेर्ने दृष्टिकोणमा अझै पनि परिर्वतन आएको छैन । नवनियुक्त कावा महासचिव योगी पूर्वमाओवादीनिकट भएकाले मात्र उनको नियुक्तिमा विरोध भएको बताइन्छ । महासचिव पछि मर्यादाक्रममा जो सिनियर छ उसैलाई कार्यवाह दिइन्छ । संसद्मा पनि वरिष्ठताको मर्यादाक्रममा भट्टराई पछि योगी, त्यसपछि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँल, त्यसपछि संसद्का सचिव भरतराज गौतम पर्छन् । यसर्थ, अर्को महासचिव नियुक्त नहुन्जेल योगीलाई कार्यवाहक दिनु स्वाभाविक मानिन्छ । तर, कार्यवाहक तोकिएको व्यक्तिको योग्यता पनि महासचिवसरहकै हुनुपर्ने तर्क फितलो रहेको बताइन्छ । प्रधानमन्त्री देशबाहिर जहाँ मन्त्रिपरिषद्को वरिष्ठ सदस्यलाई कार्यवाहक दिने प्रचलन छ । तर कार्यवाहक प्रधानमन्त्रीको योग्यता र प्रधानमन्त्रीको योग्यता एउटै हँुदैन । किनभने, प्रधानमन्त्री हुन दलको नेता हुनुपर्छ तर कार्यवाहक प्रधानमन्त्री दलको नेता हँुदैन । कार्यवाहक भनेको ऊभन्दा मुनिको योेग्यता भएकाले नै पाउने पद हो । तर यो कुरालाई नेम्वाङजत्तिको संसद पनि र कानुनको पनि ज्ञाता व्यक्तिले विरोध गर्नुलाई नेकपाभित्रको विवादका रूपमा लिइएको छ । महरा प्रकरणपछि रिक्त सभामुखका प्रमुख आकांक्षी नेम्वाङले प्रधानमन्त्रीको जोडबलबीच पनि सो पद नपाएको रिस यहाँ प्रकट गरेको रूपमा धेरैले लिएका छन् ।
योगी नै महासचिव हुन नियमतः अझै करिव १४ महिना कुर्नुपर्छ । ४५ वर्ष पुग्न अझै करिब १४ महिना बाँकी रहेको बताइन्छ । स्रोतका अनुसार पूर्वमाओवादी समूह १४–१५ महिना नै योगीलाई कार्यवाहक बनाएर त्यसपछि उनैलाई महासचिव बनाउने योजनामा छ । तर, लामो समय कार्यवाहक तोक्नुभन्दा बाहिरबाटै योग्य व्यक्तिलाई महासचिव बनाउनुपर्ने आवाज पनि उठेको छ । झन्डै १२ वर्ष महासचिव चलाउँदा पनि विज्ञतामा भन्दा मोजमस्तीमा रमाएका भट्टराईजस्ता नभएर सूृर्यकिरण गुरुङजस्ता त्यहाँ महासचिव भएर निस्कँदा राज्यको एउटा विज्ञका रूपमा आफूलाई निखारेर निस्कने ल्याकत राख्ने मान्छे महासचिवका लागि खोजी गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • डाटा सेवाको अवधी थप

    चैत २७, काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी...
  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...