1st June 2020, Monday

E-budhabar
Header Right Side NTC Advertisement

सरकारको उच्च सतर्कता

काठमाडौं । अन्तर्राष्ट्रिय रूपमा महामारीको रूप लिँदै १ सय ५० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रणका लागि सरकारले उच्च सतर्कर्ता अपनाइरहेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दिनहुँ बसिरहेको बैठकले दर्जनौं निर्णय गर्नुका साथै वडा तहसम्म जनचेतना फैलाउनेलगायत दर्जनौं कामलाई तीव्रता दिइरहेको छ । सरकारको उच्च सतर्कतालाई नागरिकहरूले पनि प्रशंसा गरिरहेका छन् ।
यसैक्रममा सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री पोखरेलको संयोजकत्वमा बसेको पछिल्लो उच्चस्तरीय समितिको बैठकले उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई पनि ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ ।
संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आईसीयू बेड अविलम्ब थप्ने निर्णय समितिले गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर, पाटन, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेद अस्पताल कीर्तिपुरमा २०–२० आईसीयू बेड थपिने समितिले जनाएको छ । त्यस्तै, प्रदेशहरूमा आवश्यकताअनुसार कम्तीमा एक सय १५ वटा आईसीयू बेडको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।
कोरोना संक्रमितको उपचारका लागि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायत उपत्यकामा रहेका स्वास्थ्य मन्त्रालयले तोकेका विभिन्न अस्पताल तथा भवनमा एक हजार बेडको व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ । उपचारका लागि सरकारले उपत्यकाका ६ अस्पताललाई तोकेको छ । हरेक अस्पतालमा एक सय ५६ स्वास्थ्यकर्मी खटाउने सरकारको तयारी छ । ४० बेड आईसीयू सञ्चालन हुने अस्पतालमा ३ सय १२ स्वास्थ्यकर्मी खटिनेछन् । आईसीयू व्यवस्थापनका लागि आवश्यक पर्ने ५१ प्रकारका उपकरण खरिदका लागि सूचीसहितको प्रस्ताव कार्यदलले मन्त्रालयमा पेस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...