29th March 2020, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

कोरोना, गत्यावरोध र गति

कोरोना, गत्यावरोध र गति

पार्टी व्यवस्थाको सबभन्दा पुरानो थलो बेलायतमा आफ्नो जीवनको अधिकांश समय बिताएका कार्ल माक्र्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेपछि सुरु भएको कम्युनिस्ट आन्दोलन विभिन्न आरोहअवरोहका साथ अगाडि बढिरहेको छ । कम्युनिस्ट सिद्धान्तका प्रणेता कार्ल माक्र्सले आफ्नो जीवनमा पेरिसका कम्युनिस्ट क्रान्तिकारीहरूले पहिले कब्जा र लगत्तै चुनावमार्फत पेरिस कम्युनको निर्माण गरेको देख्न पाए । २६ मार्च १८७१ मा भएको निर्वाचनमा जेलमा रहेका लुइस अगस्ट ब्लाङ्क्वीसहित कम्युनिस्टहरूले पेरिसको सत्ता छोटो समयका लागि कब्जा गर्न सफल भएका थिए । तर, प्राप्त उपलब्धि टिकाइराख्न आवश्यक मजबुत पार्टी निर्माण गर्ने प्रश्नको उत्तर खोज्न कार्ल माक्र्सले भ्याएनन् ।
सबैलाई थाहा छ– माक्र्सका विचारलाई बोक्ने शक्तिशाली पार्टीको निर्माण लेनिनको नेतृत्वमा भयो । पार्टी निर्माणको विषय, पार्टी सदस्यताको विषय, पार्टी प्रकाशनको महŒव, अन्तरपार्टी जनवादको अभ्याससम्बन्धी विषय, पुँजीवादी संसद् र यसको उपयोग, पार्टी लेबीजस्ता विषयको ठोस विश्लेषण र समाधान उनकै पालामा भएको मानिन्छ । त्यही भएर आजसम्म विश्वभरि नै कम्युनिस्ट पार्टीको संगठन निर्माण र संगठनभित्र अभ्यास गरिने जनवादको प्रश्न आउनेबित्तिकै लेनिनलाई सम्झने र उनका भनाइ उद्धरणको उच्चारण गर्ने गरिन्छ । रसियन कम्युनिस्ट पार्टी सात दशकपछि छिन्नभिन्न र कमजोर भए पनि पार्टी संगठन सञ्चालनमा ग्लासनोस्त अर्थात् पार्टीका सबै पद्धति र प्रक्रियामा खुलापन अपनाउने लेनिनलाई कार्यकर्ता पार्टी निर्माण र सर्वहारा श्रमजीवी वर्गको विद्रोहका लागि विश्वभरका कम्युनिस्टले आदर्श मान्दै आएका छन् ।
रसियन अक्टोबर क्रान्तिको सफलताको लगत्तै सन १९२० मा गठन भएको चिनियाँ कम्युनिस्ट पार्टीको पार्टी सञ्चालन, चिनियाँ क्रान्तिको सफलता, गल्ती कमजोरीबाट पाठ सिक्ने तरिका, अन्तरपार्टी जनवादको प्रयोगको सवालमा संसारमै अद्वितीय स्थान रहेको छ । माओको नेतृत्वमा जापानी साम्राज्यवाद र घरेलु सामन्तवादसँग दीर्घकालीन जनयुद्धको बाटो हुदै नौलो जनवादी क्रान्ति सम्पन्न गरेको चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना ठूल्ठूला कमजोरीबाट पाठ सिक्दै निरन्तर सफलता हासिल गरेको छ । कमजोरी देखिनेबित्तिकै चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना पार्टी सदस्य र जनताबाट सिक्ने सुन्दर शैली अपनाउदै आएको छ । माओले चीनलाई कृषिमा आधारित अर्थव्यवस्थाबाट केही वर्षभित्रै समाजवादी अर्थ व्यवस्थामा पु¥याउने महŒवाकांक्षी लक्ष्य राखेर सन १९५८ मा सुरु गरेको महान् अग्रगामी छलाङ (ग्रेट लिप फरवार्ड) र सन् १९६६ मा पुराना चार कुरा (पुराना विचार, पुराना रीतिरिवाज, पुरानो संस्कृति र पुरानो बानी) लाई बढार्ने लक्ष्य राखेर माओले सुरु गरेको ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’जस्ता कमजोरीहरूबाट आफूलाई जोगाएर अगाडि बढ्न सक्यो । यो प्रक्रियामा सो पार्टी उसका लाखौं सदस्यको आवाज निरन्तर सुनिरह्यो । अन्तरपार्टी जनवादको अभ्यास गरिरह्यो । यसरी आफ्ना सदस्यहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले मास्टर मान्दै आएको छ । यहाँनेर ‘ठूला नेता पनि ईश्वर नभई मान्छे नै भएको हुनाले माओले पनि गल्ती गर्नुभयो’ भन्ने वर्तमान चिनियाँ राष्ट्रपति सी चिन फिङको भनाइ स्मरण गर्नुपर्ने हुन्छ । माओको नेतृत्वमा चलेको र १० वर्षसम्म चीनमा चलेको सांस्कृतिक क्रान्तिको ५० वर्षपछि सन २०१६ मा चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीमा छापिएको मूल्यांकन यस्तो छ, ‘इतिहासले सांस्कृतिक क्रान्ति पूर्णरूपेण कमजोरी थियो भन्ने प्रमाणित भएको छ । यो कुनै अर्थमा क्रान्ति वा सामाजिक प्रगति होइन र हुन सक्दैन । हामी सांस्कृतिक क्रान्तिजस्तो कमजोरी कहिल्यै हुन दिनेछैनौं ।’
१९औं महाधिवेशनसम्म आइपुग्दा चिनियाँ कम्युनिस्ट पार्टीका ८ करोड ९० लाख पार्टी सदस्य छन् र यसका ४५ लाख पार्टी कमिटीहरू तृणमूल तहमा कार्यरत छन् । १९ महाधिवेशनमा नीति र नेतृत्वको निर्वाचनमा ९९.२ प्रतिशत पार्टी सदस्यले मतदान गरेको बताइएको छ । पार्टीको दैनन्दिन काममा खट्न नसक्ने ज्येष्ठ सदस्यको घरमा समेत राय, सल्लाह र उम्मेदवार सिफारिसका लागि सम्बन्धित तहको पार्टी कमिटी र नेता जाने परम्परा बसालिएको छ ।
युरोपका पुँजीवादी एवं सामाजिक जनवादी देशमा पार्टीको अन्तरपार्टी लोकतन्त्र नियमनका लागि पार्टी कानुन नै निर्माण गरेको पाइन्छ । जर्मनीको पार्टी कानुनमा यस्तो उल्लेख गरिएको छ, ‘राजनीतिक पार्टीहरू सार्वजनिक जीवनका सबै क्षेत्रमा प्रभाव बढाएर जनअभिमतको निरूपण गर्न, जनतालाई राजनीतिक शिक्षा दिलाउन अभिप्रेरित गर्न, राजनीतिक रूपले सक्रिय रूपमा जनताको सार्वजनिक सहभागिता बढाउन, सक्षम व्यक्तिलाई सार्वजनिक जिम्मेवारी लिन योग्य बनाउन तालिम प्रदान गर्न, संघीय, प्रान्तीय र स्थानीय तहमा उम्मेदवारी दिएर संसद् र सरकारमा राजनीतिक विकासमा सहयोग पु¥याउन, पार्टीको लक्ष्य र उद्देश्य राष्ट्रको निर्णय प्रक्रियामा समावेश गराउन र राज्यका विभिन्न अंगसँग जनताको निरन्तर र महŒवपूर्ण सम्बन्ध बनाइराख्न राजनीतिक पार्टीले भूमिका खेल्नेछन् ।’
लिथुयानियामा सन् २००४ मा बनेको पार्टी कानुनमा पार्टी विधानमा नेतृत्व छनोटको प्रक्रिया मात्र होइन, नेतृत्वको प्रत्याह्वानको प्रक्रियासमेत उल्लेख गर्नुपर्ने भन्ने उल्लेख गरिएको छ । लात्भियामा स्थानीय तहका पार्टी उम्मेदवारको छनोट सो तहका पार्टी सदस्यको प्रत्यक्ष मतदानबाट गरिने व्यवस्था गरिएको छ ।
नेपालको संसदीय राजनीतिमा सामेल राजनीतिक पार्टीहरू नेपालको संविधान–२०७२ ले निर्देशित गरेबमोजिम नै आफूलाई लोकतान्त्रीकरण गर्दै अघि बढिरहेका छन् । बहुमतसहित नेपाली कांग्रेस सत्तामा हुँदा तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले उसलाई सर्वसत्तावादी भने पनि दुई तिहाइ बहुमतसहितको नेकपाको सरकारलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अधिनायकवादी भने पनि यी दुई पार्टी न ‘अधिनायकवादी’ न ‘सर्वसत्तावादी’ बन्न सक्छन् । बरु, बढी लोकतन्त्रवादी बन्ने होडबाजी गरेर मात्र जनताको मन जित्न निरन्तर कोसिस गर्नेछन् ।
मदन भण्डारीको अगुवाइमा सुरु भएको नेपालको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणलाई तत्कालीन नेकपा (एमाले) र तत्कालीन माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निरन्तरता दिएको छ । नेकपाको अन्तरिम विधानको प्रस्तावनामा लेखिएको छ, ‘यो जनआधारित कार्यकर्ता पार्टी हो । पार्टीका सबै सदस्य समान हुनेछन् । पार्टीको सार्वभौम अधिकार सदस्यहरूमा निहित रहनेछ । पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिहरूको निर्माण तथा सबै तहका कमिटी र सदस्यहरूको सञ्चालन जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तका आधारमा गरिनेछ ।’ यसको प्रस्ट अर्थ हो, एकतापछि नेकपाका १० लाखभन्दा बढी सदस्यलाई पार्टीको सिद्धान्त, नीति र नेतृत्व निर्माणमा अविछिन्न सहभागिताको ग्यारेन्टी गरिएको छ । पार्टीको सिद्धान्त र नीति जडसूत्रका रूपमा नरही पार्टीका सदस्यहरूको भावना र चाहनाबमोजिम निरन्तर गतिशील र परिवर्तनशील भइरहनेछ । साथै तत्तत् कमिटीको नेतृत्व पनि अनिर्वाचित न्यायाधीशका रूपमा नभई निर्वाचित नेताहरूको समूह हुनेछ ।
पार्टी एकताको काम सहमतिमा टुंग्याउनु पर्ने अवस्थालाई देखेर होला, नेकपाका कतिपय नेता कार्यकर्ताको तहमा ‘यो पार्टी अबको कैयौं वर्षसम्म सम्बन्धित कमिटीका केही नेताको सहमतिका आधारमा चल्दछ, त्यसकारण पार्टी सदस्यको अबको काम भनेको पार्टीले तोकेको लेबी तिर्ने र बेलाबेला ताली बजाउन उपस्थित हुने मात्र हो’ भन्ने बहस सुनिन्छ । तर, नेकपाको समग्र लोकतान्त्रिक परम्परा र गरिएका वैधानिक व्यवस्थाले यस्तो बहसको औचित्यलाई समाप्त गरिदिएको छ ।
अनुभवले पनि के देखाएको छ भने आधारभूत तहका पार्टीको आन्तरिक छनोट र निर्णय प्रक्रियामा जति बढी आफ्ना पार्टी सदस्यको सहभागिताको सुनिश्चित गर्न सकिन्छ, त्यति नै पार्टी मजबुत हुन्छ भन्ने सत्तारूढ नेकपालगायतका मूलधारका राजनीतिक पार्टीलाई हेक्का नहुने विषय रहेन । हरेक पार्टीको राष्ट्रिय, प्रादेशिक र तृणमूल तहमा हुने लोकतान्त्रिक (जनवादी) अभ्यासले पार्टीमा सर्वसाधारण जनता भर्ती हुने सम्भावना बढ्छ, आधारभूत तहसम्म पार्टीको वैधानिकताको भावना विस्तार हुन्छ र जनतामा पार्टीको खुला र अनुकूल छविको निर्माण हुन्छ ।
पार्टीको शक्ति भनेकै पार्टी सदस्यहरूको संगठित शक्ति हो । त्यसकारण उनीहरूलाई लामो समयसम्म असंगठित ‘थपडीवादक’का रूपमा रहन दिनुहँुदैन । उनीहरूको सबलीकरण र पार्टी विधानले दिएको अधिकारको सही अभ्यास गरेर मात्र समाजवाद निर्माणको यात्रा सहज र सम्भव हुन्छ । पार्र्टी एकताको विशिष्ट अवस्थामा भागबन्डा बाध्यकारी थियो तर यो जति लामो समय रह्यो त्यति पार्टीलाई घाटा हुन्छ, । त्यसकारण सबै तहको नेतृत्व स्वस्थ्य प्रतिस्पर्धाबाट चयन हुने परम्पराको अविलम्ब सुरुआत गर्नुको विकल्प छैन ।
नेपाल कम्युनिस्ट पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय अभियान सञ्चालन गरी पार्टी एकतालाई तृणमूल तहसम्म पूर्णता दिने र जनतासँग पार्टीलाई जोड्ने कार्यक्रम तय गरेको थियो । तर, कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण पार्टीले सञ्चालन गर्न लागेको अभियानमा पनि स्वाभाविक रूपमा ब्रेक लागेको छ । कोरोना कहर र पार्टी सचिवालयमा हाल देखापरेको गत्यावरोधको समाप्तिपछि पार्टीको समग्र लोकतान्त्रीकरणका लागि भेला, बैठक, महाधिवेशन लक्षित कार्यक्रम पुनः सुरु हुनेछन् । र, उच्चतम जनवादी अभ्यासद्वारा पार्टीका सबै कमिटी र निकायहरू व्यवस्थित हुने एवं पार्टीले गति लिने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...