28th March 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

‘गीता’ को राजनीति

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व एउटै बन्न पुगेको छ । तीन समूहको एकता हुँदाखेरि एउटा रमाइलो दृश्य जन्मिन पुग्यो । पटकपटक विभाजनको मार खेपेको हुँदा राप्रपाका नेताहरूले यस पटक भने हिन्दू धर्मावलम्बीहरूको ‘पवित्र’ ग्रन्थ गीतालाई छोएर शपथ खाए र भने, ‘अब हामी पार्टी फुटाउँदैनौं ।’
साँच्चै, के गीता त्यस्तै ग्रन्थ हो, जसलाई छोएर शपथ खाँदा कुनै पनि बिघ्न, बाधाहरू हठात् रूपमा टर्छ ? कसैको संकल्पबोधले सार्थकता पाउँछ ? नेपाली समाजमा गीताको अध्ययन गर्ने, त्यसका सूत्र–वाक्यहरूलाई पछ्याउने सीमित तप्का मात्रै छन् । खासगरी उच्च जातीय एवं आध्यात्मिक चिन्तन बोकेका र संस्कृत साहित्यमा भिजेकाहरूले मात्र गीतालाई आदर्श, पवित्र ग्रन्थका रूपमा स्विकारेका पाइन्छन्, त्यसका श्लोकहरूलाई घोकेका पाइन्छन् । जनजनसम्म गीताको पहुँच अझै पुग्न सकेको छैन । जनजनसम्म त स्वस्थानी व्रतकथाहरूकै पहुँच छ अझै ।
‘गीता’ छोएर पार्टी नफुटाउने संकल्प गर्नु राप्रपाका नेताहरूमा जन्मिएको लहड थियो वा केवल देखावटीपन मात्र ? तर, ‘गीता’ छोएर शपथ खाँदा उनीहरूको राजनीतिक चिन्तन र धरातलबारे प्रस्टै बुझ्न सघाएको छ । उनीहरूको त्यस्तो कार्यले २०६२÷६३ पछिको आमूल परिवर्तनलाई सीधै अस्वीकार गरेको प्रस्टै बुझिन्छ । देशमा गणतन्त्र स्थापना भएपछिका अनेक उपलब्धिमध्ये एउटा थियो– धर्मनिरपेक्षता । मुलुक धर्मनिरपेक्ष भइसकेपछि सबै धर्मका ‘पवित्र’ ग्रन्थहरूले एउटै मान्यता पाइसकेका छन् । हिन्दूहरूको ‘पवित्र’ ग्रन्थ गीता होस् वा मुस्लिमहरूको कुरान वा क्रिस्चियनहरूको बाइबल । सबै धर्मका ग्रन्थहरूलाई राज्यले समान रूपमा स्वीकार गरिसकेको छ । तर, हिन्दू धर्मावलम्बीहरूको ग्रन्थ ‘गीता’लाई मात्र प्राथमिकता दिनुको अर्थ धर्मनिरपेक्षतालाई अस्वीकार गर्नु हो र आफूलाई हिन्दू धर्मको पक्षमा अडिग तुल्याउनु हो ।
शंका त के लाग्दैछ भने अब बिस्तारै राप्रपाले ‘गीता’लाई राष्ट्रिय ग्रन्थको मान्यता दिन आवाज उठाउन पनि सक्नेछन् । करिब दशकपूर्व यस्तो प्रयास भारतमै भएको थियो । तत्कालीन समयमा भारतीय जनता पार्टीकी नेतृ सुष्मा स्वराजले संसदमै ‘गीता’लाई राष्ट्रिय ग्रन्थको मान्यता दिनुपर्ने कुरा उठाएकी थिइन् । धार्मिक कट्टरताको उत्कृष्ट नमुना थियो त्यो । धार्मिक कट्टरपनालाई प्रश्रय दिन ‘गीता’ले सदियौंदेखि भूमिका खेल्दै आइरहेको त छ नै, यसले जातीय कट्टरताको पनि वकालत गर्दै आएको छ । ‘गीता’को श्लोकमा लेखिएको छ, ‘चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः ।’ अर्थात्, ब्राह्मण, क्षत्री, वैश्य र शुद्रजस्ता चार वर्णको समूह गुण र कर्मको विभागपूर्वक मद्वारा रचिएको हो । जाति व्यवस्थालाई यथावत् राख्नुपर्ने पक्षमा ‘गीता’का श्लोकका पंक्तिहरू प्रतिबद्ध रूपले उभिएका छन् ।
जातीय कट्टरताको वकालत गर्न ‘गीता’ले देखाएको अग्रसरता आफ्नो ठाउँमा छँदैछ । यो एउटा घोर नारी विरोधी ग्रन्थ पनि हो । ‘गीता’मै लेखिएको छ, ‘स्त्रियो वैश्यास्तथा शूद्रास्तेपि यान्ती परां गतिम ।’ अर्थात्, स्त्री, वैश्य, शूद्र, चण्डाल पापयोनि हुन् । समाजमा धेरै श्रम गर्ने महिला, वैश्य र शूद्रलाई तल्लो तहका मानिसका रूपमा उभ्याएर कथित माथिल्लो वर्ण र वर्गका मानिसहरूले समाजमा शोषण, अन्याय, उत्पीडन गर्न सदियौंदेखि ‘गीता’लाई हतियार बनाउँदै आए ।
प्रश्न उब्जिन्छ, के आजको एक्काइसौं शताब्दीको आधुनिक र सभ्य समाजमा ‘गीता’को सार्थकता यथावत् नै छ त ? गीता पाठ गरेर, गीताका श्लोकहरू जपेर र गीतालाई शपथ खाने ग्रन्थका रूपमा स्विकारेर कहाँ पुग्न सकिएला, आजको समयमा ? महिला, दलितहरूलाई उही पुरातन दृष्टिकोणबाटै हेर्ने समय छ त आज ? धार्मिक कट्टरतामा जोडबल गर्ने, जातीय घृणा फैलाउने र लैंगिक भेदभावलाई प्रश्रय दिने ‘गीता’ छोएर शपथ खाने सद्बुद्धि राप्रपाका नेताहरूलाई कसले दिएका होलान् ? यस्ता अनगिन्ति प्रश्नहरू उठेका छन् ।
राप्रपा त पुरातन चिन्तन र मानसिकता बोक्ने मानिसहरूको पार्टी हो र उनीहरूका निम्ति ‘गीता’ पवित्र ग्रन्थ होला र ‘गीता’लाई पछ्याउनु स्वाभाविकै ठानिएला । तर, आफूलाई आधुनिक, बौद्धिक र कताकता वामपन्थी भन्नेहरूले पनि मन पर्ने पुस्तकको नाम लिँदा ‘गीता’लाई छुटाउँदैनन् । कतिपयले ‘गीता’को प्रख्यात श्लोक ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’लाई उद्धरण गर्दै ‘गीता’ले आफूलाई ऊर्जा दिएको कुरा बताउँछन् । तर, सिंगो ‘गीता’ मानवद्वेषी अनेक श्लोकहरूले भरिएको छ भन्ने कुरा उनीहरू किन बुझ्दैनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...