15th August 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

नेपाल टेलिकमको बिलिङ प्रणालीबारे बुझ्नै पर्ने कुरा

८, बैशाख । नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलको बिलिङ प्रणाली सम्बन्धमा ग्राहकहरुमा केही भ्रम रहेको पाइएको छ । यस बारेमा स्पष्ट हुनु आवश्यक देखिएको छ ।
पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ । उदाहरणको लागि मार्च २२ मा ९८५१०००००० को अनपेड बिल रु. १४२५ छ भन्नाले यस ग्राहकले मार्च १४ सम्म (फागुन महिना वा सो भन्दा अघि) को बिलमध्ये रु. १४२५ भुक्तानी गर्न बाँकी छ भन्ने बुझाउँछ ।
अनबिल्ड अमाउन्ट
पोस्टपेड नम्बरको महिनाभरको प्रयोगको आधारमा महिनाको अन्त्यमा बिल तयार गरिने भए तापनि सिस्टमले हरेक कलपश्चात् उक्त कलवापत लाग्ने रकमको हिसाब गरिरहेको हुन्छ । यसरी बिल तयार गर्न बाँकी रहेको तर ग्राहकले चालु महिनामा गरेको सेवा उपभोग गरेवापतको रकमलाई अनबिल्ड अमाउन्ट भनिन्छ । उदाहरणका लागि मार्च २२ सम्ममा ९८५१०००००० नम्बरको अनबिल्ड अमाउन्ट रु. २४८ छ भन्नाले मार्च १५ (मार्च १४ सम्मको बिल तयार भए पश्चात्) भन्दा पछि मार्च २२ सम्म उपभोग गरेको सेवावापत तिर्नुपर्ने रकम रु. २४८ छ भन्ने बुझाउँछ । यस्तो महिनाभरको अनबिल्ड अमाउन्टका आधारमा चैत महिनाको अन्त्यमा (अप्रिल महिनाको १५ तारिख) प्रोसेसिङ गरी बिल तयार गरिन्छ ।
के हो ड्यू अमाउन्ट ?
सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट ९म्गभ ब्mयगलत० भनिन्छ । ड्यू अमाउन्ट भनेको अनपेड बिल र अनबिल्ड अमाउन्टको योगफल हो । उदाहरणको लागि माथिको ९८५१०००००० नम्बरको ग्राहकको मार्च २२ का दिनमा ड्यू अमाउन्ट रु. १६७३ (रु.१४२५ंरु.२४८) हुन्छ । आफ्नो यो सबै बिलिङ रकमको बारेमा जानकारी लिनका लागि *400# डायल गर्न सकिन्छ । यसरी कल गर्दा आउने एसएमएसमा देखिने अभाइलेबल क्रेडिट चाहिं अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो ।
क्रेडिट लिमिट के हो ?
हाल नयाँ पोस्टपेड नम्बर लिंदा स्वामित्व करवापतको रकम रु. ५००, भ्याटवापत रु. ६५ र क्रेडिट लिमिट ९ऋचभमष्त ीष्mष्त० वापत रु. ३८० गरी जम्मा रु. ९४५ लाग्दछ । स्वामित्व कर र भ्याटवापतको रकम सरकारी कोषमा जम्मा हुन्छ भने रु. ३८० रकम ग्राहकले सेवा प्रयोग गर्न पाउने गरी कायम रहन्छ । यो रु. ३८० नै ग्राहकको क्रेडिट लिमिट हो । नयाँ पोस्टपेड मोबाइल लिंदा लाग्ने शुल्कमा समयसापेक्ष परिमार्जन हुँदै आएकोले विभिन्न ग्राहकको क्रेडिट लिमिट पनि फरक फरक हुने गर्दछ ।
रेन्टल चार्ज
पोष्टपेड मोबाइलका लागि मासिक रुपमा न्यूनतम रु. ३८३.०७ रेन्टल चार्ज तय गरिएको छ । यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि रु. ३८३.०७ तिर्नै पर्छ । यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिले देखि नै गरिएको हो । मासिक रुपमा यो भन्दा धेरै रकम प्रयोग गर्नेहरुले क्रेडिट लिमिट बढाउँदा राम्रो हुन्छ ।
यही रेन्टल रकमबाटै सामान्य रुपमा फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ । तर पोष्टपेड प्याक बाहेक अन्य छुट्टै प्याक किन्दा थप पैसा तिर्नुपर्छ । पोस्टपेड प्याक लिनका लागि *1415*2# डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ ।
साथै संचित रकम सकिएर कल गर्न रोकिएको पोस्टपेड नम्बरमा रिचार्ज गर्दा जम्मा भएको नेगेटिभ व्यालेन्स कट्टा गरी बाँकी रकम मात्र व्यालेन्समा देखिन्छ । सेवा एकतर्फी भएको मोबाइलमा पहिल्यै किनेको प्याक बाँकी रहेछ भने त्यो प्याक चलाउन सकिंदैन र रिचार्ज गरी दुईतर्फी सेवा सुचारु भएपछि बाँकी रहेको प्याक पुनस् प्रयोग गर्न सकिन्छ ।
सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा बिल हिसाब गर्दा धेरै ग्राहक झुक्किने गरेको पाइन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु. ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौ कुनै ग्राहकले महिनामा रु. १०० मात्र प्रयोग गरेको भएपनि रु. ३८३.०७ नै काटिन्छ र आफ्नो रु. २८३.०७ कता हरायो भनी झुक्किएको पाइन्छ ।
बिल थाहा पाउने तरिका
पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि *400# डायल गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत https://gsmbl.ntc.net.np/ बाट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ । कम्पनीको एपबाट पनि आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड समेत हेर्न सकिन्छ ।
नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै अन्य विभिन्न सुविधा समेत यसबाट प्रयोग गर्न सकिन्छ । यसबाट प्रयोग गरिने पोस्टपेड प्याकेज र अन्य विभिन्न सुविधाका साथै प्रयोग गर्ने व्यक्तिको व्यक्तित्व बढाउनमा समेत यसले महत्वपूर्ण भूमिका निभाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...