14th August 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

सुवासको नाम सुन्दा किन रन्किए प्रधानमन्त्री ?

सुवासको नाम सुन्दा किन रन्किए प्रधानमन्त्री ?

काठमाडौं । सुवास नेम्वाङ नेकपाभित्र दोस्रो तहका भद्र, शालीन, सन्तुलित र प्रभावशाली व्यक्तित्वका नेता हुन् । उनको त्यस्तो व्यक्तित्वका अगाडि संसद्मा विपक्षी दलहरूसमेत नतमस्तक हुँदै आएका छन् । त्यही व्यक्तित्वका कारण उनले २०६४ सालपछि लगातार तेस्रोपटकसम्म अर्थात् एक दशकभन्दा बढी सभामुख मात्रै होइन, ऐतिहासिक संविधानसभाको जिम्मेवारी निर्वाह गर्ने अवसर पाए । राजनीतिमा यस्तो दुर्लभ अवसर सायद कसैलाई जुर्न सक्छ । तर, नेकपामा संसदीय दलको उपनेताको जिम्मेवारी सम्हालेयता भने उनको त्यति राम्रो व्यक्तित्वमाथि दाग लागिरहेको मात्र छैन, गम्भीर प्रश्न उठ्नेगरी धुमिल हुँदै गएको छ ।
करिब चार वर्षअघि विद्या भण्डारीको स्थानमा आफैं राष्ट्रपति बन्ने उनको चाहनाको साक्षी स्थायी समितिमा तत्कालीन अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनालदेखि स्थायी समितिका सबै नेता बनेका थिए । त्यसो त निरन्तर लाभको पदमा रहन मात्र रुचाउने नेम्वाङको गहिरो चाहनालाई बुझेरै प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले उनलाई कानुनमन्त्री बन्न ‘अफर’ गरेकै हुन् । काकाको छोरा भाइ वसन्त नेम्बाङ २०४८ सालमै चुनाव जितेर राजनीतिमा लागिरहेकाले मन्त्री बन्न सक्षम भएको भन्दै प्रस्ताव गर्दा ओलीले उल्टै तपाईंजति कानुन बुझेको मान्छे अरू को छ भन्दै कानुनमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, त्यो प्रस्तावलाई अनकनाउँदै उनले तत्काल अस्वीकार गरेको संकेत गरेका थिए । भलै ढिलै भए पनि नेम्वाङले भाइलाई मन्त्री बनाउने योजना पूरा गरेका छन् र अन्य मन्त्रीको तुलनामा वसन्तको ‘पर्फमेन्स’ राम्रो पनि देखिएको छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महारालाई बलात्कारको अभियोग लागेपछि उनले पुनः सभामुख बन्ने कोसिस नगरेका पनि होइनन् । तर, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको गठबन्धन बनेपछि एकीकरणको भागबन्डाअनुसार पूर्वमाओवादी समूहले सभामुख जोगाउन सफल हुँदा सकभर आफैं नत्र नाताले सानिमा पर्ने डा. शिवमाया तुम्बाहम्फेलाई नै सभामुख बनाउने उनको सपना चकनाचुर भयो ।
भद्र, शालीन, तार्किक व्यक्तित्वका धनी नेम्वाङ केही महिनायता भने अध्यक्षद्वय ओली, प्रचण्ड र नेपालबीच सहमति गराएर पार्टी एकता बलियो बनाउनेतर्फ होइन, अनेक जुक्ति लगाएर तिनै नेतालाई जुधाउने, आपसमा भिडाउने, वार्ता र छलफल भाँड्ने, वार्ता र छलफलमा पनि ‘रिजिक्ट’ भएर प्रस्तुत हुन ओलीलाई उकास्ने नेताका रूपमा परिचित हुँदै गएका छन् ।
उनको यस्तो भूमिकाप्रति उपाध्यक्ष वामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलदेखि ओली निकट थुप्रै नेताहरू सशंकित बन्दै गएका छन् । ओली स्वयं पनि बाध्य भएर उनलाई शंकाको नजरले हेर्ने स्थितिमा पुगेका छन् । यहाँसम्म कि उनले यसबीचमा आफूलाई जबर्जस्त प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रचार गराउन कतिपय पत्रकारलाई संसदीय दलमा बोलाएर बिनाप्रसंग अन्तर्वार्ता दिनसमेत भ्याए ।
त्यसो त प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रचार गराएर व्यक्तित्व उकास्न उनले कतिपय महिला सांसदलाई समेत प्रयोग गरेको प्रमाणसमेत भेटिएको छ । गत ३१ असारमा उनले नियोजित रूपमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रचार गराएको खुलासा १ साउनमा प्रधानमन्त्री केपी ओलीबाटै खुलासा भएपछि उपप्रधानमन्त्री पोखरेल, महासचिव पौडेलसहितका नेताहरू नै सशंकित बनेका छन् ।
नेम्वाङले खेलेको खेलको पटाक्षेप यस्तो छ– असार अन्तिम साता केही महिला सांसदहरूले वरिष्ठ नेता नेपाललाई तारन्तर फोन गरेर भेटका लागि समय माग गरिरहेका थिए । सांसदहरू बिन्दा पाण्डे, बिना श्रेष्ठ, विद्या भट्टराई, विमला राई पौडेलगायतको समूहले निरन्तर फोनबाट समय मागेपछि नेपालले पनि ३१ असारमा संसदीय दलको कार्यालय सिंहदरबारमा भेटका लागि समय दिए । त्यस दिन उनीहरूले नेता नेपालसँग झन्डै एक घन्टा कुराकानी गरे ।
कुराकानीकै मेसोमा पाण्डेले प्रस्ताव राखिन्– यदि एक व्यक्ति ः एक जिम्मेवारी लागू गरेरै जाने हो भने पूर्वमाओवादी समूहबाट प्रचण्डलाई प्रधानमन्त्री किन
दिने ? तपाईं पनि नबन्ने हो भने सुवास कमरेडलाई प्रधानमन्त्री बनाउँदा के
हुन्छ ? नेपालसँग महिला सांसदहरूको कुराकानी चलिरहँदा नेम्वाङ भने आफ्नै कार्यकक्षमा उता राखिएको प्रस्तावबारे नेपालको कस्तो प्रतिक्रिया आउन भन्ने प्रतीक्षामा थिए । जतिबेला संसदीय दलको नेता केपी ओलीकै कार्यकक्षमा नेपाल र पाण्डेसहितका सांसदहरूबीच सवाल–जवाफ चल्दै थियो । नेपालले जवाफ फर्काए, ‘तपाईंहरूले यो प्रस्ताव केपीजीसँगै सल्लाह गरेर ल्याउनुभएको हो त ?’ पाण्डेले जवाफ फर्काएकी थिइन्, ‘होइन होइन त्यस्तो भएको छैन, पहिले कमरेडसँगै सल्लाह गरेपछि मात्रै उहाँलाई पनि प्रस्ताव गरौं भनेर हो ।’
भोलिपल्ट अर्थात् साउन १ मा बालुवाटारमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच त्रिपक्षीय छलफलमा जुटे । नेपालले ओलीलाई बेग्लै सोधे–के तपाईंले सुवासजीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न खोज्नुभएको हो ? मकहाँ त त्यसैगरी प्रस्ताव आयो । तीनछक पर्दै ओलीले मुर्मुरिँदै (दाँत चपाएर) जवाफ फर्काए, ‘होइन, के भन्नुहुन्छ तपाईं ? मैले कहाँ त्यस्तो कुरा गरेको छु ? सुवासजीले यस्ता नचाहिने कुरा गर्न लगाउने ?’
ओलीको जवाफ सुनेपछि बल्ल नेपालले चाल पाए– पार्टी मिलाउनतिर होइन, यस्तो बेला सुवासको खेलोफड्को त अर्कै पो रहेछ । त्यसो त भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने र साउन २ को स्थायी समिति बैठक नरोक्ने समझदारीसहित ओलीसँग प्रचण्ड–नेपाल छुटे पनि साउन १ को त्यही साँझ बैठक राख्नैहुन्न भन्दै प्रधानमन्त्रीलाई उनै सुवासले बेलुकी बेग्लै कन्भिन्स गराएका थिए । पार्टीमा सबैतिर प्रचण्ड–नेपालको बहुमत रहेको र बैठकमा जाँदा संकट आउने भन्दै पोखरेल र पौडेललगायतले होइन, नेम्वाङले नै प्रधानमन्त्रीलाई कन्भिन्स गराएका थिए । उता, असार अन्तिम साता साँझ ६ बजेदेखि राति १ बजेसम्म उपाध्यक्ष वामदेव गौतमकै निवासमा पुगेर अबको महाधिवेशनमा जबज बोकेर अध्यक्षको उम्मेदवार बन्नुप¥यो भन्दै उनै नेम्वाङसहितका नेताले प्रस्ताव राखेका थिए । तर, ओलीले सधैं दाउपेच गरिराखेको भन्दै आफूलाई केही नचाहिएको तर पार्टी फुट्ने स्थितिमा भने आफू कतै नलागेर स्वतन्त्र वाम नेता बन्ने घोषणा गरेका थिए । पार्टी एकतामा चिन्ता छाइरहेका बेला संसदीय दलको कार्यालय सिंहदरबारदेखि मन्त्रीहरूको कार्यकक्ष, प्रधानमन्त्री निवास बालुवाटारदेखि धुम्बाराही कार्यालय हुँदै दोस्रो तहका नेताहरूबीच अचेल सुवासकै खेलोफड्कोको चर्चामा पनि समय बित्न थालेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...