14th August 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

दुई महानिर्देशक मध्ये एकलाई मात्र दोष

काठमाडौं । उस्तै प्रकारको अपराधमा संलग्न दुई महानिर्देशक मध्ये एकलाई दोष थोपरेर अर्कोलाई चोख्याउने खेलेमेलो भएको छ । अखाद्य चिनीलाई खानयोग्य प्रमाणित गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यलाई कारबाहीको तयारी भएको छ । तर, त्यही सामग्री आर्थिक चलखेलका आधारमा भन्सार पास गराउने भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भने चोख्याउने खेल भएको छ । चार महिनाअघि भित्रिएको गुणस्तरहीन चिनीलाई खान योग्य भन्दै भित्रयाइएको थियो ।
अखाद्य चिनी खान योग्य प्रमाणित गरेको भन्दै जोशीलाई कारबाही गर्ने तयारी गरिरहँदा भन्सारका महानिर्देशक दाहाललाई भने उम्काउने योजना भएको बताइन्छ । स्रोतका अनुसार खाद्यका महानिर्देशक जोशीलाई भने कारबाहीको तयारी गरिएको हो । पहिलोपल्ट सोधिएको स्पष्टीकरणमा खाद्य विभागकी महानिर्देशक जोशी वैद्यले १२ दिनसम्म जवाफ नदिएपछि दोस्रोपल्ट २४ घन्टे स्पष्टीकरण सोधिएको थियो  ।
स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि कृषि मन्त्रालयले उनीसहितका कर्मचारीलाई मन्त्रालय तानेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ । विभागले गुणस्तरीयताको प्रमाणपत्र दिएको समाचार सार्वजनिक भएको थियो । यस विषयमा छानबिन गर्न गठित समितिले विभागकी महानिर्देशक जोशीसहित संलग्न कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको कृषि मन्त्रालय स्रोतले जनाएको छ ।
गत फागुनमा भारतको उत्तर प्रदेशबाट ७२ टन चिनी धनुषाको जलेश्वर नाका हुँदै आयात भएको थियो । भारतको सम्भावली सुगर लिमिटेडबाट काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिकास्थित अनुष्का मल्टिप्रपोज प्रालिले आयात गरेको थियो । जलेश्वर नाकामा रहेको खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले सामान्य परीक्षण गरी चिनी खानयोग्य नभएको प्रतिवेदन भन्सार कार्यालयलाई दिएको थियो । त्यसपछि तीन ट्रक चिनी राजस्व अनुसन्धान कार्यालय, पथलैयाको नियन्त्रणमा राखिएको थियो । त्यही चिनीलाई विभागले १४ जेठमा ‘खानयोग्य’ भएको रिपोर्ट दिएको थियो । यस विषयमा विवाद भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सहसचिव डा. नारायणप्रसाद रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले मिति सकिएको, लेबलमा प्रस्ट कुरा उल्लेख नभएको बोराबाट गैरकानुनी रूपले नमुना परीक्षण गरेको ठहर्दै विभागको नेतृत्व र संलग्न कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा विभागकी महानिर्देशक वैद्य, प्रयोगशाला प्रमुख राकेशकुमार त्रिपाठी, खाद्य दाना स्वच्छता एवं गुणस्तर नियमन महाशाखामा कार्यरत वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर केसी, गुणस्तरहीन चिनी आयातका लागि अनुमति प्रदान गर्ने निरीक्षण अधिकृत भीम पुलामीलगायतलाई कारबाही गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको हो । तर, यही मुद्दामा अखाद्य चिनी भिœयाउने भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भने चोख्याउने खेल भएको छ । गुणस्तरहीन चिनीलाई भन्सारबाट छिराइए पनि भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भने छानबिनको घेराबाट रहस्यमय ढंगले बाहिर राखिएको छ । राजस्व अनुसन्धान विभागको पथलैया टोलीले नियन्त्रणमा लिई ७२ टन चिनी परीक्षणका लागि खाद्य विभागमा पठाएको थियो । कृषि मन्त्रालयले सहसचिवको नेतृत्वमा छानवीन समिति गठन गरेर मन्त्रालय मातहत पर्ने निकायका कर्मचारीलाई दोषी करार गरे पनि उक्त समितिले फरक मन्त्रालयको महानिर्देशक दाहालका विषयमा भने क्षेत्राधिकारका कारण कारबाहीबारे केही उल्लेख नगरेको बताइएको छ । समितिले चिनी आयातका लागि अनुमतिपत्र दिँदा नै लापरबाही भएको र भन्सार बिन्दुमा आएपछि प्रक्रिया पूरा नगरी परीक्षण गरेको पनि उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...