14th August 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

नो अतिवाद प्लिज

नो अतिवाद प्लिज

बितेका वर्षहरुझैँ हिन्दु धर्मलाई पछ्याउने नारीहरुको पर्व तीज नजिकिँदै छ । हिन्दु संस्कृतिको परम्परागत ढाँचालाई अँगाल्दै आएको तीजका अनेक आयाम छन् । व्रत बस्ने, मन्दिरमा पूजा–आराधना गर्नेजस्ता धार्मिक एवं आस्थागत पक्षहरु त छन् नै, सोही क्रममा मनोरञ्जनका पक्ष पनि गाँसिएर आउँछन् । तीजको सांस्कृतिक आयामलाई पछ्याउँदै गीत–संगीतको माध्यमद्वारा आफ्ना भावना र सिर्जनात्मक शिल्प र कौशल पस्किने कार्य पनि हुँदै आएका छन् ।
पछिल्लो समय तीज गीतको विषयवस्तु फराकिला बन्दै गएका छन् । पूर्ववर्ती दिनहरुमा अधिकांश तीज गीतमा धार्मिक लेबल टाँसिएका हुन्थे । प्रायजसो धर्मप्रति अत्यन्तै आस्थावान र कट्टर नारीहरुले शिव–वन्दनामा आधारित गीत–संगीतलाई रुचाउँथे । बिस्तारै पारिवारिक वा सामाजिक उत्पीडनलाई पनि तीज गीतमा स्थान दिइन थालियो । मूलतः सामन्ती समाजमा नारी वर्गले झेल्नुपरेका पारिवारिक उत्पीडन, बोझ र कथा व्यथालाई तीज गीतको विषयवस्तु बनाइन थालियो । पछिल्ला केही दशकयता भने तीज गीतका विषयवस्तु सीमित घेरामा मात्र रहेनन्, समाजका हरेक क्षेत्रमा व्याप्त विसंगत र विकृत पक्षहरुका ऐना देखाउने कार्यमा तीज गीत केन्द्रित हुन थालेका छन् ।
तीज गीतका विषयवस्तु चौडा हुने क्रममा यो वर्ष तीजको पूर्वसन्ध्यामा गायिका सोफिया थापाले गाएकी ‘अबको तीज, नो व्रत प्लिज’ सार्वजनिक भएसँगै त्यसले एक किसिमको तरंग ल्यायो । तीजको विकृत पक्षमा इंगित उक्त गीत सार्वजनिक भएपश्चात् केही हिन्दुवादी संगठन र हिन्दु अतिवादीहरुको समूहले कोकोहोला मच्चाउने काम गरे । उक्त गीतले हिन्दु धर्मको मूल आस्था र मर्ममाथि प्रहार गरेको कुतर्क गर्दै सो गीतलाई युट्युवबाट हटाउन बाध्य पारियो र गायिका थापामाथि दबाब सिर्जना गर्ने कार्य पनि गरियो ।
कुनै पनि सिर्जनाले समाजको प्रतिविम्ब खिच्ने काम गर्दछ । समाजभित्र भइरहेका परिवर्तन वा हलचललाई समेट्ने कार्य हरेक सिर्जनाले गर्छन् । गीत संगीतले पनि गर्ने त्यस्तै नै हो । विगत केही वर्षयता तीजका विकृत पक्षहरुलाई सच्याउनुपर्ने आवाज समाजका शिक्षित, सचेत र अग्रगामी सोच बोकेको पंक्तिले उठाइरहेका छन् । तीजका सांस्कृतिक पक्षहरु सकारात्मक रहे पनि हिन्दु धर्म–संस्कारका कतिपय पक्षहरु आधुनिक समाज र परिवेशअनुरुप नभएका हुँदा त्यसलाई त्याग्नुपर्ने आवाज उठिरहेका छन् । कतिपय शिक्षिक तप्काले त तीजका विकृत पक्षहरुलाई पछ्याउन छाडिसके । भोकभोकै व्रत बस्ने, आफ्ना पतिको खुट्टा धोएर पानी पिउनेजस्ता पक्षले ‘नारीहरु दासी हुन्’ भन्ने परम्परागत गलत एवं घृणित सोच तथा परिपाटीलाई निरन्तरता दिँदै आएको हुँदा त्यस्ता पक्षहरुविरुद्ध आवाज उठ्न थालेका हुन् । सो गीतले पनि केही दशकयता समाजभित्र चल्दै आएको यस्ता बहसलाई अगाडि बढाउने उद्देश्य सँगालेको स्पष्ट देखिन्छ ।
तर, हिन्दु अतिवादीहरुलाई, योगी आदित्यनाथका चेलाचेलीहरुलाई यो कुरा किन स्वीकार्य हुन्थ्यो र ? उनीहरुले आफ्नो धार्मिक असहिष्णुताको प्रदर्शन गर्न अग्रसरता देखाइ छाडे । स्वस्थ आलोचना, सुझाव, तर्क वा बहसको धरातलबाट भाग्न चाहने र हिन्दु धर्मका कतिपय रुढिग्रस्त मान्यता र विश्वासहरुको अकाट्यतामा विश्वास गर्ने अतिवादीहरु एउटै गीतदेखि तर्सिँँदा अचम्म मान्नुपर्ने ठाउँ त छन् तर उनीहरुका अतिवादी सोच, हर्कत र क्रियाकलापले समाजमा स्वच्छ बहसलाई स्थान नदिने र मुढे बल र तर्कले प्रश्रय पाउने सम्भावना उत्तिकै बढ्दै गएको छ ।
हिन्दु धर्मका अनुयायीहरु आफ्नो धर्मलाई उदार र सहनशील धर्मको रुपमा चिनाउन चाहन्छन् । तर यो नितान्त भ्रम मात्र हो । अरु धर्ममा कट्टरता, असहिष्णुताका जति पनि बिजहरु छन्, ती सबै अझ त्योभन्दा बढी हिन्दु धर्ममा छन् । अझै पनि हिन्दु धर्म नारी र दलित वर्गका निम्ति उत्तिकै असहिष्णु छ, बर्वर र कट्टर छ, जति पूर्ववर्ती समय र समाजमा थियो । विडम्बना त, पछिल्ला समयावधिमा हिन्दु धर्मले नारी र दलित वर्गलाई दोस्रो दर्जाका मानिसका रुपमा उभ्याउने कार्य झन्झन् तीव्र बन्दै गइरहेको छ ।
तीजको विकृत, असान्दर्भिक र अशोभनीय पक्षहरुलाई वर्तमान समयमा पनि यथावत राखिराख्ने चाहनाको पृष्ठभूमिमा केवल नारीलाई दोस्रो दर्जाको मानिसमा उभ्याइराख्ने कुत्सित, रुढिग्रस्त र सामन्ती मानसिकताको उपज अन्तरनिहीत छन् । नभए, नारीलाई सामाजिक, पारिवारिक र मनोवैज्ञानिक रुपले बाँधिराखेका संस्कारजन्य साङ्लाहरुलाई फुकाउनुपर्छ भनेर आवाज उठ्दा किन यति धेरै कोकोहोलो ? किन यत्रो वितण्डा ?
पछिल्लो समय, सामन्तवादी जीवन–दृष्टि जर्जर बन्दै गएका छन् । तर, हिजोका दिनदेखि त्यही सामन्तवादले टेको दिँदै आएको हिन्दु धर्मको जग भने अझै मजबुत छन्, आधुनिकता र सभ्यताका जस्तासुकै भलबाढीहरु उर्लिए पनि त्यो जगलाई खोतल्न सकेका छैनन्, ढाल्न सकेका छैनन् । हिन्दु धर्म अझै अमानवीय, असहिष्णु र अवैज्ञानिकताको वृहत्तर प्रक्रियामा सामेल हुँदै गएको प्रष्टै देखिन्छ । र, हिन्दु धर्मका कट्टर अनुयायीहरु, धर्मको नाममा राजनीति गर्न र आफ्ना दानापानी जुटाउन पल्केकाहरु, धर्मका गलत र अवैज्ञानिक तथ्यहरुमाथि सिर्जनात्मक बहस गर्न खोज्नेहरुप्रति संवेदनहीनताको कवच पहिरेर आक्रमक रवैया देखाउँदै छन् ।
अतः हिन्दु धर्मका असहिष्णु जुकाहरुलाई गायिका थापाले यति शब्द थपेर भन्नैपर्छ अब, ‘नो अतिवाद प्लिज’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...