14th August 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

कोभिडको अवधीमा के गर्यो पर्यटनले

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड–१९ को सम्भावित क्षति न्ूनिकरण गर्नका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि साउनको ७ गतेसम्म लकडाउन गर्यो । सबै बन्दाबन्दीको यो अवधीमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य सवाधानीमा उपायहरु अपनाउँदै विकास परियोजना र नितीगत सुधारका कामहरु जारी राख्यो । लकडाउनकै अवधीमा देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा भइरहेको कामको स्थलगत अनुगमनका लागि मन्त्री योगेश भट्टराईले नौं पटक त विमानस्थल नै पुगे । मन्त्री भट्टराईको तागरुकता, निर्देशन, समन्वय र ठेकेदार कम्पनीको समेत सक्रियताका कारण लकडाउनकै अवधीका ३ सय मीटर लामो नयाँ रन वे निर्माण, आवागमन कक्ष निर्माण लगायतका काम सम्पन्न भए ।
मुख्य काम के के भए ?
(क) पर्यटन क्षेत्र
१. पदमार्ग निर्माण (४१ कि.मि.)
पर्यटन पूर्वाधारतर्फ खारे —सोतली— च्छो— रोल्पो— १२ कि.मि.,कचनजङ्का वेश क्याम्प—११ कि.मि., मकालु हिमाल वेश क्याम्प– ७ कि.मि.,ढोरपाटन—रुकुम—डोल्पा बोर्डर (यार्सा ट्रेल) —५ कि.मि. ,विश्रामस्थल सहित माईपोखरी देखि सन्दकपुर सम्म जाने पदमार्ग — ३ कि.मि., विश्रामस्थल सहित गण्डकी प्रदेशको पञ्चासे क्षेत्रमा पदमार्ग — ३ कि.मि ।
२. अन्य निर्माण (पर्यटन उपजको सौन्दर्यीकरण, फुटपाथ निर्माण, भ्यूटावर निर्माण, पुल पुलेसा)
प्रदेश २ को धनुषाधाम क्षेत्रको धनुष पोखरीको सौन्दर्यकरण कार्य सम्पन्न, बागमती प्रदेशको ईन्द्रसरोवर क्षेत्रमा भ्यू टावर निर्माण कार्य सम्पन्न, प्रदेश ५ को जगदिशपुर ताल वरपरको क्षेत्रमा १ कि.मि. फुटपाथ निर्माण सम्पन्न, कर्णाली प्रदेशको रारा ताल क्षेत्रमा १०० मिटर काठे पुल तथा दुईवटा भ्यू डेक निर्माण सम्पन्न, सुदुर पश्चिम प्रदेशको कैलाली भादास्थित जोगिनिया ताल वरपरको क्षेत्रमा थप १ कि.मि. फुटपाथ र एक स्थानमा भ्यू डेक निर्माण कार्य सम्पन्न ।
३. एकीकृत विद्युतीय सञ्जाल सम्बन्धी एप्लिकेसन निर्माण कार्य सम्पन्न
अध्यागमन विभागसंगको सहकार्यमा नेपालमा आउने विदेशी पर्यटकहरूको एकीकृत तथ्याङ्क राख्न एकीकृत कम्प्युटर एप्लिकेसन निर्माण सम्पन्न, नेपाल आउने विदेशी पर्यटकहरूको होटल, लज, रिसोर्टमा बसाइको विवरण प्राप्त गर्न अनलाईन ट्राकिङ सिस्टम विकास गरी सम्बन्धित व्यवसायलाई आवद्ध हुन सूचना गरिएको ।
४. होटलहरुलाई क्वारन्टाइनस्थलको रुपमा प्रयोगमा ल्याइएको —विदेशबाट उद्दार गरी हवाइ माध्यमबाट नेपाल ल्याइएका नेपाली नागरिकहरूलाई स्वास्थ्य सम्बन्धी प्रोटोकल बमोजिम होटल व्यवसायीहरूसँगको सहकार्यमा देशका विभिन्न स्थानका होटलहरूलाई क्वारन्टाइननस्थलको प्रयोगमा ल्याइएको ।
५.पर्यटन व्यवसाय पुनस्सञ्चालन सम्बन्धी प्रोटोकल निर्माण गरी कार्यान्वयनमा ल्याइएको —पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, रेष्टुरेन्ट, पदयात्रा, हवाइ सेवा, पर्यटन सवारी लगायतलाई कोभिड १९ को जोखिमबाट सुरक्षित पुनस्सञ्चालन गर्न अपनाउनुपर्ने मापदण्ड सम्बन्धी प्रोटोकल निर्माण गरी लागू गरिएको ।
६ व्यवसाय पुनरूत्थान सुझाब
पर्यटन तथा उड्डयन व्यवसायलाई राहत सहुलितय प्रदान गरी पुनरूत्थान गर्न नेपाल सरकारको वार्षिक बजेट (आ.व. २०७७÷७८) मा समावेश गर्ने गरी मातहत निकायका प्रमुख, सम्बन्धित व्यवसायी प्रतिनिधी र नेपाल पर्यटन वोर्डको समन्वयमा सुझाबहरू तयार गरी अर्थ मन्त्रालयमा पठाइएको ।
(ख) नागरिक उड्डयन क्षेत्र
७. हवाई सेवा पुनस्सञ्चालन सम्बन्धी प्रोटोकल निर्माण तथा समाजिक दुरी मार्किङ
० कोभिड १९ को जोखिम न्यूनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालन सम्बन्धी प्रोटोकल स्वीकृत भएको ।
० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशका प्रमुख विमानस्थलहरूमा निश्चित दूरी कायम गरी सञ्चालन तयारीको लागि मार्किङ सहितका सुरक्षात्मक उपायहरूको प्रबन्ध गरीएको ।
८. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यस अबधिमा थप ३ प्रतिशत भौतिक प्रगति भई जम्मा ९१ प्रतिशत प्रगति भएको ।
० धावनमार्ग र पार्किङ्ग क्षेत्र जोड्ने लिकं ट्याक्सी वे निर्माण सम्पन्न भएको ।
० टर्मिनल भवनमा एयर कन्डिस्निङ तथा अन्य उपकरण जडान सम्वन्धी कार्य जारी रहेको।
० मार्वल, टायल, अल्मुनियम तथा रंगरोगन कार्य जारी रहेको ।
० विमानस्थल निर्माण कार्यमा २९ चिनिया सहित २७५ जना कामदार निरन्तर परिचालित रहेको ।
९. निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा तटबन्ध कार्य
० विमानस्थलको परिमार्जित गुरूयोजनाको भ्इक्ष् मूल्यांकन सम्पन्न भई च्ँए मूल्यांकनको चरणमा रहेको ।
० पसाहा खोलाको ३९ प्रतिशत तटबन्ध (३६५ मीटर) निर्माण कार्य सम्पन्न ।
० बकैया खोलाको ४० प्रतिशत तटबन्ध निर्माण कार्य सम्पन्न ।
१०. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यस अबधिमा थप ९ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको ।
११. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति तथा विस्तार
० दक्षिण तर्फ थप २ वटा वाइडबडी जहाज पार्किङ गर्न मिल्नेगरी एप्रोन निर्माण सम्पन्न भएको । हाल छ वटा वाइडबडीस्तरको जहाज पार्किङ गर्न सकिने ।
(बन्दाबन्दी शुरु हुन अगाडी ८० प्रतिशत प्रगति रहेकोमा हाल सतप्रतिशतसम्पन्न)।
०दक्षिणतर्फ थप ३०० मिटर धावनमार्ग र ३०० मिटर रनवे इन्ड सेफ्टि एरिया निर्माण सम्पन्न भएको । ((बन्दाबन्दी शुरु हुन अगाडी ८२ प्रतिशत प्रगति रहेकोमा हाल शत प्रतिशत सम्पन्न)।
० अन्तर्राष्ट्रिय प्रस्थान तर्फ टर्मिनल भवन (स्टेरलाइज्ड हल) नयाँ निर्माण सम्पन्न भएको ।
० आन्तरिक विमानस्थलतर्फ पार्किङ्गस्थल तथा ट्याक्सीवे मा कालोपत्रे स्तरीकरणको कार्य सम्पन्न भएको ।
१२. आन्तरिक विमानस्थलहरुमा यस अबधिमा भएको भौतिक प्रगति
० भरतपुर, बैतडी, धनगढी, डोेटी विमानस्थल रन वे, ट्याक्सी वे, एप्रोन कालोपत्रे गर्ने कार्य सम्पन्न ।
० जनकपुर, लुक्ला, तुम्लिङ्गटार विमानस्थल टर्मिनल भवन निर्माण कार्य जारी रहेको ।
० बझाङ, मसिनेचौर रन वे, ट्याक्सी वे, एप्रोनमा कालोपत्रे गर्ने कार्य जारी रहेको ।
० अर्घाखाँची, बलेवा, ताप्लेजुङ्गमा माटो काट्ने कार्य सम्पन्न ।
० कालीकोट, गुल्मी र इलाम रनवे, ठ्याक्सी वे, एप्रोनमा सव वेस तयार गर्ने कार्य लाई निरन्तर्ता दिईएको ।
(ग) संस्कृति क्षेत्र
१३. सम्पदा पुननिर्माण
० मुस्ताङ्ग एक्लेभट्टीमा चट्टानका मूर्ति संरक्षण लगायत ३ वटा आयोजना सम्पन्न भएको।
० बुढासुब्बा मन्दिर संरक्षण, धनुषाको जानकी मन्दिर संरक्षण लगायत ३९ वटा आयोजनाको सम्पन्न भएको।
० भूकम्पबाट क्षतिग्रस्त अन्य ४० वटा सम्पदाहरूको पुननिर्माण तथा संरक्षणका आयोजना सम्पन्न भएको ।
० काष्ठमण्डपको पुनस्निर्माण कार्यमा १६ जना कालिगढबाट निरन्तर कार्य भइरहेको ।
१४. लुम्बिनी क्षेत्र
० पाँच हजार व्यक्ति क्षमताको अन्तर्राष्ट्रिय सभा तथा ध्यान केन्द्रको करिव १० हजार स्क्वायर मिटर क्षेत्रमा छाना लगाउने काम, भूईमा ःयकबष्अ लगाउने काम, शौचालय निर्माण कार्यको ९० प्रतिशत कार्य सम्पन्न भएको ।
० महिलावर चोकदेखि मायादेवी मन्दिर जाने करिव ८०० मीटर सडक स्तरोन्नको८० प्रतिशत कार्य सम्पन्न भएको ।
० गुरुयोजना अन्तर्गत नै ऋययिललबमभ, क्तबाा त्तगबचतभच द्ययिअप हरुको कार्यमा निरन्तरता रहेको ।
० संरक्षण तथा सरसफाईस् विश्व सम्पदा सूचिमा सूचिकृत मायादेवी मन्दिर परिसर भित्रको पवित्र पुष्करिणी पोखरी तथा प्राचीन पुरातात्विक संरचनाहरु पुरातात्विक मापदण्ड अनुसार संरक्षण तथा सरसफाईको कार्य सम्पन्न भएको ।
० गुरुयोजनाको मेरुदण्डको रुपमा रहेको केन्द्रिय नहरमा पानी सुकाएर गर्नुपर्ने सरसफाई तथा मर्मतको कार्य सम्पन्न भएको ।
० तारवार, पैदलमार्ग तथा सौन्दर्यीकरणस् प्राचीन कपिलवस्तुको तिलौराकोटमा तयार भएको पैदल मार्गको पश्चिमद्वार निर्माण, भग्नावशेषको संरक्षण, रामग्राममा तारवार तथा लुम्बिनीमा सरसफाई तथा सौन्दर्यीकरण गर्ने कार्य सम्पन्न भएको ।
० इलेक्ट्रिकल चार्जिङ्ग स्टेशनका सामग्री प्राप्ति स् इलेक्ट्रिकल चार्जिङ्ग स्टेशनका निम्ति चार्जरहरु जडान भएको ।
१५. वृहत्तर जनकपुर क्षेत्र
० वृहत्तर जनकपूर क्षेत्रमा रहेका हनुमान मन्दिर, महारानी मन्दिर र दुर्गा मन्दिरको अधुरो काम सम्पन्न गरेको ।
० घुम्ती वायो शौचालय संचालनमा ल्याएको ।
१६. पुरस्कारको निम्ति श्रष्टा तथा सर्जक छनौट
(राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, पुष्पलाल राष्ट्रिय पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार)
१७. चन्दननाथ, दन्तकाली र घरवास पर्यटनका कला, साहित्य, संस्कृति संरक्षण तथा प्रवर्द्धन सम्बन्धी ३ वटा वृत्तचित्र निर्माण प्रसारण गरिएको ।
(घ) उद्धार तथा सहजीकरण
० जुन १०, २०१९ देखि विदेशबाट नेपालीहरुलाई उद्वार गरी ल्याउने कार्य भएको । आगामी जुलाई १० सम्म उद्वार कार्य जारी रहने गरी नेपाल फिर्ता ल्याउने तालिका प्रकाशन गरी काम गरीएको ।
० मध्यपूर्व र यूरोपका अतिरिक्त विभिन्न १७ मुलुकहरूबाट नेपाल वायुसेवा निगम सहितका अन्य वायुसेवाका कुल २४७ उडानबाट १२,१३४ नेपालीलाई उद्दार गरी ल्याइएको र नेपामा अलपत्र परेका विदेशी सहित १३,३६० यात्रु विदेश प्रस्थान गरेका ।
० लकडाउन अबधिभर आन्तरिक उद्दार उडान तर्फ टज्ञ पटक हेलिकप्टरबाट, ६१ पटट फिक्स विङ जहाजबाट र ३०५ वटा कार्गो जहाज उडान गरी सेवा प्रवाह गरिएको ।
० ६११ जना विदेशी पर्यटक ((हेलीकप्टरबाट ३५ जना र फिक्स विङ जहाजबाट ५७६ जना) र ३३९ जना नेपाली (हेलीकप्टरबाट ५१ र फिक्स विङ जहाजबाट २८८) सहित जम्मा ९५० जना पर्यटकको उद्दार गरिएको ।
० स्वास्थ्य साम्रगी अभाव भएको तत्कालीन अवस्थामा विशेष हवाई ढुवानीको व्यवस्था मिलाई चीन लगायतका देशबाट तत्काल सामाग्री आयात गर्न सहयोग गरिएको ।
० लकडाउनको अबधिमा डठढ जना विदेशी नागरिकलाई सडक यातायातबाट उद्धार गरिएको ।
० होटल तालिममा इन्टर्नमा रहेका ११४ जना नेपाली विद्यार्थीलाई यू.ए.इ. बाट उद्वार गरिएको ।
० नेपाल पर्यटन बोर्डमा फागुन १९ गते कोभिड १९ संकट व्यवस्थापन इकाइ स्थापना गरी सो मार्फत नेपालमा अलपत्र रहेका पर्यटकलाइ सुचना र आवश्यक सहयोग गर्ने क्रममा ७५८ वटा इमेल तथा १५५९फोनकल प्राप्त गरी पर्यटकलाई सल्लाह, सुझाब तथा उद्धार गरिएको ।
(ङ) यस अबधिमा मन्त्रालयबाट भएका नीतिगत सुधारका कामहरु
१८. ऐन, कानून
० प्रतिलिपि अधिकार ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गरिएको ।
० अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गरिएको ।
० नयाँ पर्यटन विधेयक, २०७७ को मस्यौदामा मन्त्रालयगत सहमति लिई कानून मन्त्रालयमा परिमार्जन तथा रायरसहमतिका लागि पठाइएको ।
० नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७७ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ लाई मन्त्रिपरिषद्को स्वीकृति पश्चात संघीय संसदमा दर्ता गरीएको ।
० प्राचिन स्मारक संरक्षण ऐन, द्दण्ज्ञघ को संसोधन प्रस्तावमा कानून मन्त्रालयमा परिमार्जन तथा रायरसहमतिको लागि पठाइएको ।
१९. सन्धी, सम्झौता
दृष्टिविहीन, दृष्टि क्षमता न्यून भएका वा मुद्रित वस्तु हेर्न असमर्थहरुका लागि प्रकाशित रचनासम्मको पहुँचलाई सहजीकरण गर्ने माराकेश सन्धि, २०१३ अनुमोदनका लागि संघीय संसदमा पेश गरिएको ।
२०. नियमावली
विमानस्थलका कार्य तथा सेवाहरूको प्रभावकारी सञ्चालन सम्बन्धी सुविधादेय नियमावली, २०७७ कानून मन्त्रालयमा परिमार्जन तथा राय र सहमतिका लागि पठाइएको । विमानस्थल दस्तुर नियमावली, २०६७ लाई संशोधन गर्न अर्थ मन्त्रालयमा रायरसहमतिको लागि पठाइएको ।
२१. गुरूयोजना तथा एकिकृत व्यवस्थापन संरचना
० पशुपति क्षेत्रको दीर्घकालीन विकासको नयाँ गुरुयोजना तयार गरी विषयगत मन्त्रालयमा रायरसहमतिको लागि पठाईएको ।
० लुम्बिनीको एकीकृत व्यवस्थापन संरचना तयार गरी स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रिपरिषद) मा पेश गरिएको ।
(च) रोजगारी सिर्जना
तत्कालै रोजगारी सिर्जना गर्न सकिने क्षेत्रहरू पहिचान गरी घण् दिनको लागि करीब द्धण्ण्ण् रोजगारी सिर्जना हुने गरी लकडाउन अबधि तथा सो पश्चात तत्कालै कार्यान्वयन सकिने कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...