कांग्रेसमा आकांक्षीहरूको लर्को
काठमाडौं । महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र नेतृत्वका लागि रस्साकस्सी प्रारम्भ भएको छ । आगामी फागुनमा हुने १४आंै महाधिवेशनमा अघिल्लोदेखि युवा पुस्तासम्मले नेतृत्वका लागि आकांक्षा देखाएपछि अहिले कांग्रेसभित्र नेतृत्व–बहस सुरु भएको छ । तर, कोभिड–१९ को जोखिम कायमै रह्यो भने महाधिवेशन पछि धकेलिन सक्ने सम्भावना भने रहेको छ ।
नेतृत्वको बहस सुरु भए पनि सभापति शेरबहादुर देउवाको पछिल्लो कदमप्रति भने टीकाटिप्पणी हुन थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको समूह देउवाको पछिल्लो क्रियाकलापप्रति असन्तुष्ट देखिएका छन् र महाधिवेशनमा एकलौटी गर्ने रणनीतिअनुरूप सभापति देउवाले कदम चालेको आरोप लगाउन थालेका छन् ।
कांग्रेसको लगाम हातमा लिएको पाँच वर्षसम्म पनि विभागहरूलाई पूर्णता दिन अरुचि देखाएका सभापति देउवाले पछिल्लो समय भने अढाइ दर्जनजति विभाग गठन गरेका छन् । महाधिवेशनको रस्साकस्सी सुरु भएपछि विभागहरू गठन हुनुलाई पौडेल पक्षधरहरूले सकारात्मक रूपमा लिएका छैनन् । देउवाको उक्त कदमलाई पौडेल पक्षधरले ‘महाधिवेशनलाई प्रभावित पार्ने कदम’ का रूपमा अथ्र्याएका छन् ।
तर, देउवा पक्षधर भने पौडेल समूहलाई आक्षेप लगाउन अग्रसर देखिएका छन् । विगतमा विभागहरू गठन गर्न खोज्दा भागबन्डाको बखेडा झिकेर विभाग नै गठन गर्न नदिएको देउवा पक्षधरको आरोप छ । पछिल्लो समय भने सभापति देउवाले आफूअनुकूल हुने गरी ३१ वटा विभागलाई पूर्णता दिएका थिए । पूर्णता पाएका विभागहरू महत्वपूर्ण मानिन्छन् । सभापति देउवाले आगामी महाधिवेशनमा आफू पुनः सभापतिमा उठ्ने योजनाअनुरूप नै पार्टीभित्र आफूअनुकूलका कार्यहरू गर्न थालेका छन् ।
देउवा समूहमा सभापतिका आकांक्षीहरू विमलेन्द्र निधिबाहेक अरू देखिएका छैनन् । तर, निधिले गरेको बार्गेनिङ पनि त्यति सशक्त देखिँदैन । निधिले सभापतिका लागि आकांक्षा देखाए पनि त्यसलाई देउवाले थामथुम पार्न सक्ने अवस्था रहेको हुँदा सो समूहबाट देउवा नै उम्मेदवार हुने प्रस्ट देखिन्छ । तर, पौडेल समूहमा भने सभापतिका आकांक्षीहरू बग्रेल्ती छन् । पौडेल त आकांक्षी भए नै । उनी १३आंै महाधिवेशनमा पराजित भएका हुँदा एकपटक मौका पाउनुपर्ने कुरा उठाउन सक्छन् । तर, सो समूहका अरू नेताहरूले डा. शेखर कोइराला र डा. शशांक कोइराला दुवैलाई सभापतिका लागि प्रस्ताव गरिरहेका हुँदा पौडेलको आकांक्षामा पूर्णविराम लाग्ने सम्भावना पनि बढ्दै गएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply