भाग्यमानी मेयर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य संसारकै भाग्ममानी मेयर कहलिएका छन् । कोरोना कहरका बेला महानगरवासीको जीउधनको व्यवस्थापन र आइसोलेसन वार्ड रातारात बनाएर होइन कि कोरोना संक्रमित भएपछि पाँचतारे सोल्टी होटेलमा आइसोलेसनमा बसेर उनी भाग्यमानी ठहर भएका हुन् । यो संसारका अन्य कुनै पनि सहरका मेयर कोरोना भएपछि यसरी पाँचतारे होटलमा बसेका छैनन् । तर, काठमाडौंका मेयर शाक्यलाई सोल्टी होटेलको बास, तीन अस्पतालको प्रबन्ध गरियो । सुरुदेखि नै कुनै काम गर्न जाँगर देखाउने स्वभाव नभएका उनले आफ्ना १ सय १ चुनावी घोषणपत्रमध्ये १५ वटा पनि काम गर्न नसकेको भन्दै पार्टीभित्रैबाट आलोचना हुँदै आएको छ । मेयर शाक्य सोल्टिमोडस्थित निकै महँगो पाँचतारे होटलको पाचौं तलामा रहेको स्विट रुममा बसेको र उनको बसाइको न्यूनतम रकम प्रतिदिन ७५ हजार रुपैयाँ रहेको बताइएको छ । जनता १०औं दिन धाउँदा पनि पिसिआर रिपोर्टसमेत हुन नसकी फर्किनुपर्दा र ज्वरो आएको बेला सिटामोलसमेत खान नपाइरहेको सन्दर्भमा उनलाई भने राजधानीका तीन अस्पतालले उपचार गर्ने गरेको खुलेको हो । राजधानीको नक्खुमा रहेको मेडिसिटी अस्पताल, धापासीको ग्रान्डी अस्पताल र सानेपास्थित स्टार अस्पतालले उपचार सेवा प्रदान गरेको पाइएको छ । काठमाडौंमा तीनभन्दा बढी घर भएका शाक्य सरकारी खर्चमा सोल्टीमा बसेका हुन् । त्यसो त यस्तै फजुल खर्चमा नै काठमाडौं महागरले अग्रणी हैसियत हासिल गरेको पाइन्छ । यसपटकको महालेखा प्रतिवेदनअनुसार काठमाडौं महानगरमा बेथिति बढेको र जलपानमा डेढ करोड, इन्धनमा १० करोड, गाडी मर्मतमा ४ करोड खर्च भएको देखिएको छ । आर्थिक वर्ष ०७५–७६ मा बेरुजु अचाक्ली निस्किएको पनि उक्त प्रतिवेदनमा उल्लेख छ । जनसंख्या, आम्दानी र बजेटका हिसाबले देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकामा आर्थिक बेथिति पनि डरलाग्दो रहेको देखिन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply