अबका कमिटी आदेशका भरमा चल्दैनन्
रघुजी पन्त , स्थायी समिति सदस्य, नेकपा० नेकपाको हालै सम्पन्न स्थायी समितिको बैठकवाट तपाँइहरुबीच मन माझामाझ भएको हो ?
मन माझामाझ भयो की भएन, त्यो त कसरी पत्ता लगाउनु । गाह्रै कुरा छ । तर केही असरल्ल भएर बसेका विषयहरुलाई अब संग्रालिएर जाने एक खालको परस्थिति बनेको छ ।
० अब पार्टी एकतामा भएको गत्यावरोध पनि तोडिन्छ त ?
स्थायी समितिको बैठकले एउटा कार्यदल बनाएको छ । त्यो कार्यदलले विधानमा उठेका विवादहरु, एकिकरणसंग सम्वन्धीत समस्याहरु समाधान गर्छ ।
० ति समस्या भन्नाले ?
ति समस्या भन्नाले प्रदेश कमिटीमा उठेका विवादहरु, मापदण्ड मिचिएका कुराहरु त्यसपछि जिल्ला तहका कमिटी गठनसंग सम्वन्धीत मापदण्डहरु, केन्द्रीय आयोग, के्न्द्रीय विभागहरु गठन सम्वन्धमा र पोलिट्व्युरो सम्वन्धमा सुझावहरु दिन सक्ने कुरा छ । ति कुराहरु समग्र ढंगले केलाएर सचिवालयमा गइसकेपछि सबै कुराहरु स्थायी कमिटीको बैठक बसेर सबै विषयहरुलाई टुङ्ग्याउने भन्ने कुरा भएको छ । त्यसो हुँदा अनिश्चीत जस्तो भएर बसेका विषयहरु विस्तारै टुङ्गो लाग्दै जाने ढोका यो स्थायी कमिटी बैठकले खोलेको छ । मुख्य गरी यो पालीको स्थायी कमिटीको बैठकको निर्णयक कुरा भनेको यही हो ।
० बैठकले सरकारको समग्र कामको मुल्याङन बारे ठोस के धारणा बनायो त ?
सरकारको काम जति प्रभावकारी हुनुपर्ने थियो त्यो हुन सकेन त्यसैले त्यसलाई प्रभावकारी बनाउनुपर्छ भन्ने कुरा अधिकांश स्थायी कमिटी सदस्यहरुले राख्नुभयो । मैले त सरकारका काममा कतिपय मन्त्रीहरुको मुल्याङ्कन गरेर क्याबीनेट नै पुनर्गठन गर्नुपर्छ भने पनि गरे हुन्छ । प्रधानमन्त्रीले कस से कम आफ्ना मन्त्रीहरुको सहि ढंगले मुल्याङकन गर्नुपर्छ र आफ्नै कामको पनि मुल्याङकन गर्नुप¥यो र कामहरुलाई प्रभावकारी बनाउनछुपर्छ भन्ने कुरा प्रश्टै राखें ।
० केही विवादस्पद मन्त्रीहरुको नामै लिएर तपाँइले हटाउनुपर्छ भन्नुभएको हो ?
मैले राजिनामाको माग चाँही गरेको छैन । कुरा कसरी बाहिर आयो त्यो म जान्दिन । उनीहरु नै जानुन् । मैले के मात्र भनेको थिँए भने जो मन्त्रीहरुले कार्यक्षमता देखाउन सकेका छैनन्, जसले ९–९ महिनासम्ममा पनि कार्यक्षमता देखाउन सकेका छैनन्, तिनिीहरुलाई राख्न जरुरी छैन । उनीहरुका ठाँउमा योग्य साथीहरु राख्नुहोस् । कार्यक्षमता देखियो कि देखिएन भन्ने कुराको मुल्याङ्कन त हामीले भन्दा राम्रोसंग प्रधानमन्त्रीले गर्ने हो । किनभने कार्यक्षमता सबै मन्त्रीहरुले देखाएको भए त सरकार लोकप्रिय हुन्थ्यो । सरकार अलोकप्रिय भैरहेको छ भन्ने कुरा त प्रधानमन्त्रीज्युलाई पनि अलि अलि महशुस भइरहेकै होला । त्यसो हुँदा कामहरुको मुल्याङ्कन गर्ने र यसमा अरुले दवाव दिने कुरा भएन । प्रधानमन्त्री आफैंले आफ्नो कामका, आफ्ना मन्त्रीहरुको कामको आफैंले मुल्याङ्कन गरेर हेर्दा के देख्नुहुन्छ त्यही गर्नुहोला । मलाई चाँही व्यक्तिगत रुपमा हेर्दा मन्त्रीहरुको काम प्रभावकारी लागेन । त्यसलाई प्रधानमन्त्रीले प्रभावकारी बनाउने भनेको क्यावीनेट पुर्नगठन गरेर हो । त्यो बेला अब आयो जस्तो लाग्छ भनेर बैठकमा आफ्नो राय राखिदिएको हो । मैले कुनै विषयमा कसैको नामै तोकेर राजिनामा दिनुपर्छ भनेको छैन ।
० समग्र सरकारले गरेका राजनीतिक नियुक्तिहरु संस्थागत भएन भन्ने कुरा पनि उठ्दै आएको थियो, त्यो कुराहरु कसरी छलफल भयो ?
त्यसमा केही नियुक्तिलाई लिएर त अलि कडा आलोचना भयो । त्यस्तो आलोचना भएको एक व्यक्तिले त राजिनामा नै दिइसकेका छन् । अरु सन्दर्भमा पनि हामीले यो नियुक्ति गर्नुस् वा उ नियुक्ति गर्नुस् भनेर दवाव दिएका छैनौं तर जुनसुकै नियुक्ति गर्नुभन्दा अगाडि पार्टीको कुन संयन्त्रसंग सल्लाह गर्नुपर्ने हो सल्लाह गरेर योग्य मान्छेले पाओस्, क्षमतावान्ले पाओस्, हाम्रँले होइन,राम्राले पाउन् त्यसमा ध्यान जाओस् भन्ने कुरा कतिपय उदाहरण सहित स्थायी कमिटीका सदस्यहरुले उठायौं । त्यस्तो कुरामा सरकार सचेत बन्नुपर्छ । किनभने सरकारले गरेका नियुक्तिहरुले पनि एक खालको सन्देश दिन्छ । राम्रा मान्छे नियुक्त ग¥यो कि नराम्रो ग¥यो भन्ने कुरा त सञ्चार माध्यममा र जनताको बीचमा वहश भैरहेकै कुरा हो । त्यसैले राम्रो गरेको सन्देश जानुप¥यो, राम्रो मान्छेलाई नियुक्त गर्दा पार्टी र सरकारको समेत शाख बच्छ भन्ने कुरा राखियो ।
० अब पार्टी एकता प्रक्रियामा रहेको गत्यावरोध हटेर कामहरु फटाफट अघि बढ्छ त ?
अब गति लेला, किनभने पार्टी एकता प्रक्रिया राम्ररी अगाडि बढ्न सकेन भन्ने कुरा त उहाँहरुले पनि स्वीकार गर्नुभयो । हामीले समयमै बैठक डाक्न सकेनौं, विधानत बैठक गरिएको छैन पनि । सकिन्छ एक महिनामा नभए पनि प्रत्येक दुई महिनामा बैठक डाक्नुपर्छ भनेर हामीले भन्यौं । विधानले ३ महिना भनेर उहाँहरुले नै लेखेर ल्याउनु भएके हो । अधिकांश स्थायी कमिटीका सदस्यहरुले स्थायी कमिटीको बैठक महिनामा एक चोटी राख्नुपर्छ भन्ने सुझाव दिएका थिए । त्यो सुझाव विपरीत ३ महिनाम गर्ने भन्ने कुरा ल्याउने अन ३ महिनामा पनि बैठक नराखेर सबैतिरबाट चर्को माग भएपछि पाँच महिनापछि बैठक राख्नु त पार्टीको काम व्यवस्थित नभएको कुराको प्रमाण हुँदै हो । यो कुरा दुइवटै अध्यक्षले बैठकमै स्विकार्नु भएको छ । हाम्रो यसमा कमजोरी भएकै हो भन्ने उहाँहरुको पनि मत छ । हामी स्थायी कमिटी सदस्यहरुले त सरकार बलियो होस्, पार्टीका बैठकहरु नियमित र सौहार्दपुर्ण ढंगले अघि बढोस् भन्ने हिसावले सकारात्मक हिसावमा हाम्रा आलोचनाहरु स्पष्ट रुपमा राखेका हौं ।
० अहिले नेकपा मा व्यक्ति व्यक्तिका फरक मत र अलग अलग प्रश्तावहरु आए, यो परिस्थितिलाई हामी कसरी आाकलन गर्न सक्छौं ?
यो त अस्वभाविक होइन, बडो स्वभाविक र सान्दर्भिक छ । विगतमा हाम्रो बैठक जस्तो हुँदै आएको थियो, अहिले पनि बल्ल मात्र त्यस्तो बैठक भयो । हाम्रो बैठकमा नेतृत्वहरुको राम्रो कामको प्रशंसा पनि हुन्थ्यो, नराम्रो कामको आलोचना पनि हुन्थ्यो । समिक्षा हुन्थ्यो । खुलेर सदस्यहरुले आफ्ना विचार राख्थे । चाहे केन्द्रीक कमिटी, पोलिट्रव्युरो र स्थायी कमिटीको बैठक नै किन नहोस् । त्यसरी छलफल गर्ने एमालेको जुन हिजोको कल्चर थियो अहिले नेकपा बनेपछि त्यो हुन सकेको थिएन । बल्ल पहिलोचोटी त्यो कल्चर आयो । स्थायी कमिटीको राय त सुन्नुपर्छ नी । अहिलेका स्थायी कमिटीका सदस्यहरुलाई खाली पित्रृवत ढंगले सञ्चालन गर्छु भनेर अब नेताहरुले सोच्ने कुरा होइन । मित्रवत् ढंगले सञ्चालन गर्ने हो । साथी ठानेर सररल्लाह गरेर अघि बढ्ने हो । आदेश दिएर अबको स्थायी कमिटी चल्दैन । अबका केन्द्रीय कमिटी वा अन्य कमिटीहरु चल्दैनन् । अबका कार्यकर्ता र नेताहरु चल्दैनन् । उनीहरुलाई चित्त बुझाउनुपर्छ । उनीहरुको कुरा सुन्नुपर्छ भन्ने कुरा त नेताहरुले बुझ्नुप¥यो नी अब । पार्टीमा सबैका विचार सुनेपछि एउटा निष्कर्षकमा पुग्नुप¥यो । स्थायी कमिटीको बैठक निर्णय सुनाइदिने ठाँउ होइन नी । स्थायी कमिटीको बैठक त छलफल गरेर निर्णय गर्ने ठाँउ हो ।
० दुइ पार्टीका सबै संयन्त्र गतिका साथ एकिकृत हुन अझmै नसकेको कुरा समिक्षा भयो कि भएन र यसको दोषी कसलाई ठानियो ?
विल्कुल समिक्षा भयो । पाटी एकता प्रभावकारी ढंगले भएन, यसमा तपाँइले ध्यान दिन सक्नुभएन भनेर प्रधानमन्त्रीको नि आलोचना भयो । एक हदसम्म प्रचण्डजीको पनि आलोचना भयो । उहाँहरु दुबै जनाले त्यसलाई रियलाइज पनि गर्नुभयो । बैठक समअप गर्नेबेलामा अन्तिममा हामीले विभिन्न कारणले गर्दा समय दिन सकेनौं स्थायी कमिटीको बैठक विधानमा लेखिएभन्दा पनि ढिलो भयो, अब यस्तो हुँदैन भनेर उहाँहरुले भन्नुभएको छ । अर्को कुरा, सरकारको कामको त मजाले आलोचना भयो । प्रभावकारी ढंगले हुन सकेको छैन भन्ने कुरा भयो । त्यसैको जवाफमा प्रधानमन्त्रीले वाहिर वाहवाही भएको छ, यहाँ चाहि आलोचना भयो भनेर भन्नुभयो भन्ने जवाफ आयो नी । यस्तै बुझाइले त प्रधानमन्त्रीजीलाई पनि गाह्रो हुन्छ । सरकारको वाहवाही बाहिर पनि भएको छैन, भित्र पनि भएको छैन । हाम्रो आग्रह वाहवाही हुने काम गर्नुहोस् भन्ने हो । त्यसमा हामीले के सहयोग गर्नुपर्छ स्थायी कमिटीका सदस्यहरु सिङ्गो पार्टीका अगुवा भएको हैसियतमा हामी त्यो गराउन तयार छौं । सरकारको वाहवाही हुने काम प्रधानमन्त्रीले गर्नुप¥यो, त्यो काम बोकेर जनतामा जान हामी कार्यकर्ता र नेताहरु तयार छौं । मुखले मात्र त्यस्तो भनेर भएन, कामबाटै देखिनुप¥यो । अहिले यो सरकारले वाहवाही हुने काम गरिरहेको छ भनेर कसले पत्याउँछ । पत्याउने कुरा गर्नुप¥यो ।
० एसिया प्यासिफिक सम्मेलनको कुरा र त्यसबारेमा आएकोे फरकमत कसरी सम्वोधन गरियो ?
एसिया प्यासीफिक सम्मेलनको सन्दर्भमा पार्टी एउटा साझा धारणा र निर्णयमा पुगेको छ । त्यो भनेको प्रष्ट कुरा के हो भने यो एसिया प्यासिफिकमा भाग लिने क्रममा सरकार र पार्टीको तर्फबाट केही कमिहरु हुन गएको छ । त्यो कमिले नेपाली जनतामा नेकपाको विरुद्धमा भ्रम छर्ने मौका विरोधीहरुलाई मिल्यो । नेकपा जहिले पनि धर्म निरपेक्षताको पक्षमा उभिएको र नेपालमा प्रचलित सबै भाषभाषी, जातजाती र धर्मका जनताको सम्मान गर्ने पार्टी हो । यो कुनै धर्म विशेषलाई बोकेर हिँड्ने पार्टी होइन ।
त्यो पनि एउटा राजनीतिक सम्मेलन हो, कहाँबाट असावधानीवश त्यो धार्मिक कुरा घुस्न गयो, त्यो संग हाम्रो सम्वन्ध पनि छैन, अलिकति त्यसमा ध्यान चाँही नपुगेकै हो, रियलाइज गर्ने कुरा त नेताहरुले भन्नु नै भएको हो । रुलिङ नै भएको हो । प्रचण्डजीले रुलिङ नै गरेर यो कुरा सम्वोधन गरेर वक्रव्यमा पनि आँउछ भन्नुभएको हो । र, यसलाई हामी सबैले स्विकारेको हो । हामी सबैले यो कुरामा सहमती दिएको हो । हो, त्यस्तो कुरा आएन भने चाँही भिम रावलजीले अझ अगाडि बढेर म नोट अफ डिसेन्ट लेख्छु भन्नुभएको हो ।
० नेताहरुले माफी माग्नुभयो त ?
कमि कमजोरी भएको हो । ध्यान नपुगेको हो । सजग हुन नसकेको भन्ने कुरा रियलाइज गरिसक्नुभएको छ । अध्यक्षको क्लोजिङमा त प्रचण्डजीले रुलिङ नै गर्नुभएको हो की यसलाई यसरी लेख्ने भनेर । मैले, रावलजी र सुवासजीले अलग अलग भाषमा लेखेका थियौं । यो ३ वटैलाई मिलाएर लेख्ने कुरा भएको छ । रावलजीलाई तपाँइ आफै भाषा मिलाउनुस् भनेर मैले नै भनेको हुँ । तसर्थ यो कुरा औपचारिक रुपमा सम्वोधन हुँदैन भने त आश्चर्यजनक हुन्छ । आइसकेपछि रावलजीले नोट अफ डिसेन्ट लेख्ने कुरा पनि रहँदैन । तर यो कुरा प्रक्ष्ट रुपमा आएन भने म नोट अफ डिसेन्ट लेख्छु भनेर उहाँले नै भन्नुभएको छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply