28th March 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

कोरोनासँग सावाधानी अपानाऔं, आत्तिनु पर्दैन

कोरोनासँग सावाधानी अपानाऔं, आत्तिनु पर्दैन

० छिमेकी मुलुक भारत, चिन, अमेरिका लगायत सबैतिर कोरोना भाइरसको प्रभाव देखिँदा नेपालमा भने अहिलेसम्म त्यसको संक्रमण देखिएको छैन भनिएको छ, नेपालको भूअवस्थिति वा के कारणले हो हामी अहिलेसम्म जोगिएको ?
यो कुरा अहिले भन्न असाध्यै गाह्रो छ । नोवेल कोरोना भाइरसको सन्दर्भमा संसारको अध्ययनबाट पहिले आएका दुइथरी कोरोना भाइरस सार्स र मर्ज मध्ये अहिलेको कारोनाको लक्षण त्यो बेलाको सार्ससंग मिलेको भनेको छ । नेपालमा स्वभाविक रुपमा भित्रिन त भित्रिसकेको छ, कुनै शंका नै छैन ।
० तर सरकारले अहिलेसम्म कसैमा नदेखिएको र देखिएका एक जना पनि निको भइसकेको जनाएको छ नि ?
त्यो अमेरिका पुग्छ भने यहाँ पनि आँउछ । अर्को कुरा चिनियाँहरुको आवत जावत हामीकहा अन्त भन्दा अलि बढ्ता नै छ । त्यसैले यहाँ भित्रीसकेको छ, तर त्यसले रुप देखाईसकेको छैन । गुप्तचरहरुले काम गरेर परिणाम ल्याइसकेका हुन्छन् तर तिनले आफ्नो रुप नदेखाए जस्तै कोरोनाको पनि त्यही हालत छ ।
० त्यसो भए नेपालमा अझ सम्म त्यसको रिर्पोट पोजेटिभ किन नदेखिएको त ?
एउटा कुरा त खाली रुघा खोकी र सामान्य ज्वरो आँउदैमा कोही पनि परिक्षण गर्न आँउदैनन् । किनकी जाडोमा त्यो मौसमी समस्या हो । अचम्म के छ भने यो भाइरसको पहिलेको भन्दा रुप फरक देखियो । पहिलो कुरा यत्ति मामुली ज्वरो आइदिन्छ र त्यहीँबाट निको भएर जाइदिन्छ । दोस्रो कुरा ज्वरो नै नआइकन पनि उ भित्रिन सक्छ । हाम्रो शास्त्रमा व्याख्या गरेको जस्तो देविसंगको लडाइमा महिषासुरुले रुप लिए जस्तै यो भाइरसले रुप लिन सक्छ । कडा हुँदै गाये भने ज्यान खतरामा हुने हो । नत्र अधिकांशलाई केही नदेखिकनै पास हुने हुनेले समान्य ज्वरो खोकी लागेकोमा यसलाई पत्ता लगाउन कठिन हुन्छ । यसो हुँदा यसको फैलावट दर घट्छ । यो भयंकरसंग फैलिन सक्छ तर मान्छे मार्न भने कम सक्छ ।
० त्यसो भए मरीहाल्ने भनेर डर मान्नु पर्दैन ?
पर्दैन । तपाँइलाई लागिहल्यो भने तपाँइ मरिहाल्ने चान्स हुँदैन । कडा हुने पनि एकदमै चान्स कम छ । तर तपाँइले आफैंले त्यसलाई फैलाउनुहुन्छ । यो संसारभरी यसरी छिटो फैलनुको कारण श्वास प्रश्वास र मान्छेहरुको जमघट नै हो । एकबाट तिन, तिनबाट नौ र नौबाट २७ जनाको रेसियोमा यो फैलँदै जान्छ । मृत्यु कुल बिरामीको एक डेढ प्रतिशत मात्र भएको छ । त्यो सामान्य कुरा हो, तर यस्तो गतिका साथ फैलिरहेको छ कि त्यो फैलावट रोक्न सकिएन भने मान्छे मर्ने क्रम पनि स्वत बढ्दै जान्छ ।
० तर नेपालमा सचेत चाँही हुने तर आत्तिहाल्नुपर्ने अवस्था छैन भन्छन् त ?
नेपालमा देखिएको छैन भन्दैमा चुप लागेर बस्न हुँदैन । सामान्य रुखाखोकी लाग्दैमा परिक्षण गर्न कोहेी आँउदैन । अरुले छिटो मार्थे तर फैलन पाँउदैनथे तर यसले मार्दैन तर फैलिन पाँउछ छिटोछिटो । यसपालीको भाइरस पनि चलाख भएर आएको छ ।
० हाम्रो मुख्य कमजोरी के हो त यसमा ?
हाम्रो मुख्य कमजोरी भनेकै लोभ लालच हो । संसारभरी फैलिएको यत्ति लामो अवधी भइसक्यो तर हाम्रो अन्तराष्ट्रिय उडान अझै निर्वाध रुपमा चलिरहेको छ । प्लने ट्राभलकै कारण नै संसारभरी यो छिटो छिटो फैलिएको हो । गर्मि बढेपछि शायद यसको प्रकोप नै कम हुन्छ । नेपालमा अवश्य पसेको छ, तर धेरै फैलिन पाएको छैन । यसले रोगको रुप लिन सकेको छैन ।
साायद चीनको एउटा ८३ वर्षको डक्टर हुनुहुँदो रहेछ, उहाँले अस्तिमात्र एउटा वक्तव्य दिनु भएको छ । उहाँले विगतमा सार्सको बेलामा पनि यो रोगको अवधी यत्ति सम्म भनेर तोक्नु भएको रहेछ । अमेरिकी एक डाक्टरसंग भिडीयो कन्फरेन्स गरेर उहाँले शायद यो गर्मि बढेपछि यो कम हुन्छ भन्नुभाछ । मेरो पनि त्यही धारणा हो । रुखा खोकी लाग्ने अरु भाइरसहरु पनि गर्मी लागेपछि कम हुन्छ, सेम त्यस्तै हो । भित्रिसकेको अस्थामा जाडोमा त नेपालमा त्यत्ती देखिएन भने अब गर्मी लागेपछि मत्थर भएर जाला की भन्ने आशा हो । चीनमा विगतमा अत्यन्तै खराब रुप लिएपनि आजको अवस्थामा चीनले धेरै हदसम्म नियन्त्रण गरिसक्यो । त्यस्तै सिङ्गापुर, थाइल्याण्ड र हंकङले पनि रोकिसकेका छन् । उनीहरुले रोकथामका उपाय कडाइका साथ गर्न सके । भारतले पनि पुरै मुलुकलाई नै क्वारेन्टइनमा राखेको छ, तर यहाँ चाँही हामीले त्यो गरेनौं ।
० यसको अर्थ हाम्रो सरकारका तर्फबाट सवाधानी अपनाउने सन्दर्भमा कमजोरी छन् ?
अवश्य । हाम्रो सरकारको सबैभन्दा ठुलो गल्ती के छ भने हरेक देशबाट प्लेन हरेक दिनमा हाम्रो देशमा आउन दिइराखेको छ । यतिसम्म की यत्रो संक्रमण हुँदा चाइनीज एयरलाइन्स ३–३ वटा भित्रीराखेको छ । कोरीयाबाट सिधा उडानका फ्लाइट आएका छन् । हाम्रो नेपाल वायुसेवाको विमान उडेर जापान गइराखेको थियो । त्यसैले यहाँ हाम्रो सरकारले भयंकर गल्ती गरिरखेको छ । अमेरीकी एयरलाइन्स भनेको संसारभरीको ठुलो एयरलाइन्स हो । उसको ३ भन्दा बढी वाइडबडी छ । हिजो मात्र उसले ७५ प्रतिशत प्लेन बन्द गरिसक्यो । एक महिनाका लागि ग्राउन्डेड नै गरिदियो । २५ प्रतिशत मात्र प्लेन चलेको छ, त्यो पनि आन्तरिक मात्र । कतारले आफैंले नेपालीहरु जान दिएको छैन । तर हामीले कोरीया–चाइनाबाट आउने प्लेन कहिल्यै रोकेनौं । यो सरकार डलरको पछि लाग्यो । बुझेन की मुर्दाबाट डलर कमाइँदैन । बाँच्यो भने मात्र डलर कमाइन्छ । नेपालमा एकचोटी फैलियो भने त यसले विकराल रुप लिन्छ । हामीले नियन्त्रण गर्न सकिन्न, किनकी यस्तो बाक्लो बस्ति भएको ठाँउमा यसले समस्या ल्याँउछ । फैलियो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता हामीसंग छँदैछैन, त्यसैले यसमा पहिल्यै सावधान हुनु, ध्यान पु¥याउनुको विकल्प छैन । चाइनाको छिमेकी र सबैभन्दा बढी प्रभाव पर्ने हामीलाई भए पनि यिनीहरुले बेवास्ता गरिदिए ।
० अब के गर्ने त हाम्रो तर्फबाट ?
आएपछि आइहाल्छ । अहिले पनि फैलन नपाएको मात्र हो । फैलिहाल्यो भने हामीसंग परिक्षण गर्ने किट नै छैन । यसको नतिजा तत्काल देखिएको छैन, देखिन थाल्यो भने वा विरामी म¥यो भने एक पछि अर्को बढेको बढ्यै हुन्छ । किनकी हामीकहाँ टोलहरु एकदमै घना छ । मुख्यत हाम्रँे सरकारले चाँहिदो सर्तकर्ता पटक्कै अपनाएन । भोली रोग देखियो र सरकारले नियन्त्रण गर्न सकेन भने सरकारविरुद्ध जनता उर्लिएर सडकमा व्यापक ढंगले आउन सक्ने स्थिति हुन्छ ।
० सरकारले सेल्फ क्वारेन्टाइनको कुरा पनि गरेकोे छ नी ?
सेल्फ क्वारेन्टाइन कतिजनाले गर्छ नेपालमा ? मलाई रोग लाग्यो भने मैले कसरी थाहा पाउने ? मेरै एकजना विरामीको लक्षण बुझ्दा कोरोनाको लक्षण होकी भनेर टेकु पठाइदिए, उनीहरुले सोधपुछ गरेर शंका लागेमा मात्र जाच्न पठाउने भने रे । शायद शंका लागेर गइसकेपछि त सबैको जाँच गरिदिनुपर्छ नी । तर यिनीहरुको क्षमता पुग्दैन । ज्वरो नदेखिए पनि भाइसर हुँने रहेछ भन्ने त चाइनाको उदाहरणले देखिसकियो । गनबाट ज्वरो हेरेर मात्र केही थाहा हुँदैन । त्यसको भर प¥यो भने रोग अन्यलाई पनि फैलिन सक्छ । खतरा हामीलाई भयंकर भइसक्यो । सुरुबाटै चाइनाबाट आउने सबै नाका बन्द गर्नुपथ्र्यो ।प्लेन ट्रावल बन्द गर्नुपथ्र्यो । चाइना रिसाउँछ भनेर त्सो गर्न नसक्नु हाम्रो सरकारको लाचारीपन हो ।
० सर्वसाधारणले यो बेला के केमा ध्यान पु¥याउनुपर्छ ?
भीडभाडमा जानुहुन्न । सिनेमाघरहरुमा जानुहुन्न । सरकारले बिहृे कटौती गर, भिडभाड नगर भन्ने । तर लागु नहुने । भोज भतेरहरु नगर्ने, सहभागी नहुने । खुला ठाँउमा भने त्यती डर छैन । रोगी जो छ, अर्थात जसलाई रुखा लागेको छ उसले माक्स लाएर अरुलाई बचाउने मात्र हो । तर माक्स लाँउदैमा आफु बच्छु भन्ने त छैन । रोगीसंग संगत हुँदा मात्र माक्स लाउने हो, सर्व साधारणले खुलमखुला हिँड्दा त्यहाँ ामक्स लाउने काम नै छैन । माक्र्सको अभाव मात्र हुने हो । कृतिम व्यापारलाई बढावा दिने हो । त्यस्तै खोक्दा वा हाच्छीउ गर्दा हातमा नभई रुमालमा वा बाहुलामा गर्नुपर्छ । तर अर्काको मुखको अघिल्तीर गएर ख्वाङ–ख्वाङ नगर्दिनु । ह्यान्डचेक त गर्नै हुँदैन । पुरानो संस्कार नै हो, हामीले नमस्कार नै गर्नुपर्छ । हात राम्रोसंग साबुुन पानीले धुनुपर्छ । सार्जमा र यसमा दुबैमा दिसा,पिसाव, ¥याल, नाकको सिंङ्गान इत्यादीबाट यो रोग फैलन सक्ने देखियो । खाली हाच्छीँउ र खोकीबाट मात्र होइन । तसर्थ त्यहाँ पनि हामीले बचाउ गर्नुपर्छ । घरमा कसैलाई रुखा खोकी लागेको छ भने भाँडाकुँडा पनि अलग गर्ने, खानपिन पनि अलग गर्ने र संभव भए कोठा पनि अलग्गै गर्ने गर्नुपर्छ ।
० यसको औषधी पत्ता लगाउन नसक्ला र ?
अचम्म के देखिएको छ भने एचआइभी एड्समा हुने औषधी यसमा प्रयोग गरेका छन् । चाइनीजहरुले त धेरै अनुसन्धान गरिसके । त्यो पनि कही काम लागेको देखिएको छ । मलेरियामा लाउने पनि परिक्षणको रुपमा प्रयोगमा ल्याइएको छ । रोगलाई नियन्त्रण गर्ने सम्मको औषधी त अलि छिटो आउला । तर भ्याक्सीन आउन अहिले सुने अनुसार १२ देखि १८ महिना लाग्छ ।
० यो रोगीहरुले खानपानमा के ध्यान दिनुपर्छ ?
यसमा केही ध्यान दिनु पर्दैन । सामान्य रुचेको खाने हो । क्लोज सराउन्डीङमा नजाने, जमघट नगर्ने र विरामीहरुबीच नपुग्ने नै मुख्य उपाय हो । शंका लागेको मान्छेसंग ३–४ फुट परै बसीदिनोस् ।
० अलिक फरक प्रसंग, प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो विरामी अवस्था कसरी हेरीरहनु भएको छ ?
मलाई सबैभन्दा दुख लागेको, चिन्ता लागेको र रिस उठेको उहाँको स्वास्थ्यमा खेलाँची गरेको विषयमा हो । जब प्रधानमन्त्रीलाई डिस्चार्ज गरियो नी, त्यो बेला त्यस्तो जटिल प्रत्यारोपण गरेर आएको व्यक्तिलाई साह्रै रिस्क कन्डीसनमा शो गराइयो । आफ्नै शरिर राम्रर िथेगेर हिँड्न सक्ने शक्ति नै त्यती कमजोर भएको बेलामा हेनुस् त मान्छेले घेरेका । त्यस्तो घेरावन्दीमा उहाँले हात उठाउनुभएको छ । त्यस्तो गर्न दिन अवस्य हुँदैनथ्यो । डाक्टरहरुको कत्रो लापरवाही । सल्लाहकार तथा सचिवालयको कस्तो रहर ? त्यो बेला उहाँलाई त बन्द एम्बुलेन्समा राखेर अझ ड्राइवर सम्मलाई पनि शिसाले छेकेर हाइकेयरमा लानुपर्ने । माक्स सम्म खोलिदिएका छन् । यो हदसम्मको बेकुवी गर्नु हुँदैनथ्यो । बालुवाटारमा एकदम हाइ केयरमा राख्ने तयारी गरेपनि त्यती बीचमा उहाँलाई सानो लापरवाहीले गर्दा संक्रमण हुन सक्दैन र ? उहाँलाई त यो कोरोना मात्र हो र मामुली एन्फ्लुएन्जाले पनि अँठ्याउँछ यतिबेला । त्यत्ति जमघटबाट टिवी, निमोनिया जेको पनि संक्रमण फैलिन सक्छ । यसमा ध्यान दिनुपथ्र्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...