पार्टी संचालनमा शेरबहादुर देउवा पूर्ण असफल हुनुभयो
चन्द्र भण्डारी, नेता नेपाली कांग्रेस० कांग्रेसभित्र युवाहरूको आशा र भरोसा तपाईंहरु युवा नेतातर्फ सोझिएको बेला आगामी महाधिवेशनमा के–कसरी अगाडि बढ्ने सोच बनाउनुभएको छ ?
विगतमा नैतिककतासहितको निश्चित दृष्टिकोण लिएर हिँडेका नेताहरू नेपालमा थिए । त्यही कारणले नेपाली जनता पञ्चायतविरुद्ध सशक्त ढंगले आन्दोलनमा लागे । तर जब हामी सत्तामा पुग्यौं, तब बिग्रन थाल्यौं । सत्ता राजनीतिमा नेपालका नेताहरू मेरो देश कस्तो बनाउने ? मेरो जनताको अवस्था कस्तो छ ? मेरो देशको इतिहास के हो ? त्यसको गम्भीर्यता के हो ? जस्ता कुराहरूलाई कुनै मतलव नगरी धेरै नेता पार्टीगत बन्धन, गुटगत बन्धन, स्वार्थको बन्धनमा बाँधिए । जसले गर्दा नेपालले प्रगति पनि गर्न सकेन र देश अगाडि बढ्न पनि सकेन । यही परिवेशमा नेपालमा ठूलो हिंसा भयो । हिंसालाई समाधान गरेर विश्व परिवेशमा अत्यन्त उच्च स्तरीय काम पनि हामीले ग¥यौं । त्यसका आधारमा संविधान निर्माण गर्दा हामीले समानुपातिक प्रणालीलाई हामीले अपनायौं । यो प्रणाली अपनाउँदा त्यसको सम्पूर्ण पार्टीभित्रबाट नियुक्ति गर्ने, ल्याउने अधिकार पाटीलाई र पार्टीको सभापतिलाई दिइयो । जसले गर्दा अत्यन्तै कमजोर नेता पनि शक्तिशाी हुन थाल्यो । उसले आफ्नै तजबिजले प्रतिनिधि छान्ने भयो । त्यसैलाई व्यापार गराइदियो । सही मान्छेले सही ठाउँमा अवसर पाउन सकेन । जसले गर्दा नयाँ पुस्ता आउन पनि राजनीतिक पार्टीहरूमा समस्या भयो । पुरानो कमजोर नेताहरू स्वयं आफैंले सबै नियुक्ति गर्दा बलियो हुँदै गए । त्यसकारण हामी यो संविधानका कारणले हामीलाई बहुत अप्ठ्यारो परेको छ । तथापि हामीले नयाँ नेतृत्व अगाडि बढाउनुपर्छ भनेर भाषणमा जो भन्छौं, तर त्यो ठाँउमा आउनका निम्ति तिनै नेताहरूको पकड हुने अवस्था छ । त्यसकारण नेपालको राजनीतिमा नयाँ नेतृत्व आएर तिनले नेपाल बनाउने सम्भावना अत्यन्त कम छ । तर यसको मतलब हामी निराश भैहाल्नुपर्ने भने होइन । तथापि, अत्यन्तै कमजोर अवस्था छ ।
० पार्टीभित्र र बाहिर आफ्ना कुरा प्रस्ट राख्ने क्रममा केही समय अगाडि पार्टी सभापति शेरबहादुर देउवालाई इंगित गर्दै दूध नदिने थारो भैंसी हो भनेर सार्वजनिक रूपमै आलोचना गर्नुभयो, नेतृत्वप्रति के कारण यसरी बोल्नुभयो ?
मैले उहाँलाई भनेको होइन । अहिले कम्युनिस्टको सरकार छ । उसलाई नेपाली जनताले दिएको दुई तिहाइको मत छ, यो बेला उसले केही गरेर पक्कै देखाउनुप¥यो । संविधान निर्माण गर्दा हामीले अब नेपालमा दुई तिहाइको त कुरै छोडौं कुनै पनि राजनीतिक दलको बहुमतसमेत आउन गाह्रो छ भन्ने विश्लेषण गरेका थियौं । त्यो भएन, दुई तिहाइको कम्युनिस्ट सरकार र प्रतिपक्षमा नेपाली कांग्रेस भएको अवस्थामा देशमा यति धेरै भ्रष्टाचार छ । देशभरि यति ठुलो डुबान छ । यत्रो धेरै नेपाली जनता विषादीयुक्त तरकारी खान बाध्य छन् । यो अवस्थामा नेपाली जनतालाई परेका बाध्यताबारे कांग्रेसले ती जनताका एजेन्डा बोक्नुपर्ने होइन ?
केही पनि काम गर्न नसक्ने, कुरा मात्र गर्ने गरेपछि नेपालको समष्टिगत नेता दूध नदिने भैंसीजस्ता भए । यिनलाई सधैं यस्तो हो भने छुट्टै ठाउँमा राखेर स्याहारसुसार गरे भइगयो नि । कार्यकारी अधिकार किन दिनुप¥यो त कामै नगर्ने भए ? भन्ने आशयले मैले भनेको हुँ । बुझ्नेहरूले आफ्नो नेतालाई औंल्याएर भन्यो भन्ने अर्थमा बुझेछन् । जहाँ जे–जस्तो जिम्मेवारी दिए पनि कामै गर्दैनन्, परिणाम नै ल्याउँदैनन् भने थारा भैंसी पालेर के फाइदा भयो र भन्ने प्रश्न मेरो हो ।
० पार्टी सभापति शेरबहादर देउवा कार्यकालको अन्तिम वर्षमा छन्, उनको कामको कस्तो समीक्षा गर्नुहुन्छ ?
विगतमा पञ्चायतविरुद्ध लड्दाखेरि हाम्रा नेताहरूले जवानी पनि दिए । जेल पनि गए । यो अत्यन्त आदरणीय कुरा छ । कांग्रेसको मात्र होइन, सबै पार्टीका नेताहरूको यो योगदानलाई हामीले भुल्नुहुँदैन । तर परिवर्तन पछि सत्ता र पार्टी सञ्चालनका कुराहरूमा उहाँहरू सफल हुनुभएन । पूर्ण असफल हुनुभयो । जसरी जनताले उहाँहरूलाई विश्वास गरेर उहाँहरूले भने जनताको मन जित्न सक्नुभएन । त्यसबाट हाम्रो पार्टी पनि बाहिर छैन । त्यसबाट हाम्रा नेताहरू पनि बाहिर छैनन् ।
० अवधि सकिएपछि पनि एक वर्ष फेरि कार्यकाल लम्ब्याउन तपाईंको पार्टी सभापति चलखेलमा लाग्नुभएको हो ?
नेपाली कांग्रेसको विधानमा चार वर्ष यसको कार्यकाल हुन्छ । एक वर्ष विभिन्न कारणले बढाउन पाइन्छ । यसरी विगतमा पनि बढाइएको हो । तर मेरो भनाइ छ, बढाउन किन प¥यो त ? के समस्या प¥यो ? चित्तबुझ्दो कारण बिनागुटगत स्वार्थ र चलखेलका आधारमा आफ्ना कुराहरू कसैको पुच्छर बनेर राख्न हुन्न । के कारणले बढाउनुप¥यो, तर्क दिनुप¥यो । तर्क विना किन लम्ब्याउनुप¥यो ?
० कार्यकालको अन्तिम वर्षमा आएर पनि केन्द्रीय विभागहरूको गठन हुन सकेको छैन, भ्रातृ संस्थाहरूको उस्तै हालत छ, यसको जिम्मा कसले लिनुपर्छ ?
हाम्रो नेतृत्व विगतमा पञ्चायतविरुद्ध लड्न सफल भयो । तर सरकार आफ्ना पार्टीहरू सञ्चालन गर्न, विधानको पालना गर्दै संगठनलाई कम्युनिस्ट पार्टीसित प्रतिस्पर्धा गरेर अगाडि बढाउन पर्याप्त कार्ययोजना चाहिन्छ । त्यो कार्ययोजना सफल पार्न चुस्तदुरुस्त संगठन चाहिन्छ । त्यो गर्न पक्कै नसकेको हो ।
० संसदीय मोर्चामा कांग्रेस प्रतिपक्षी दलको हैसियतामा पनि प्रभावकारी भूमिकामा प्रस्तुत हुन सकेन, फितलो भइरहेको छ भन्ने गुनासो छ नि ?
नेपालमा हामीले वेस्ट पार्लियामेन्ट सिस्टम लागू ग¥यौं । यो सिस्टमलाई अँगाल्ने भनेको अत्यन्तै सक्षम, जुझारु र नैतिकवान् मान्छेहरूले मात्र हो । यो व्यवस्था जसले पायो उसले चलाउन सक्ने होइन । हाउस अफ कमन र हाउस अफलर्डको मान्यता बिर्सन थालियो । अहिले देशमा एकातिर भ्रष्टाचार बढिरहेको छ भने अर्कोतिर बेथिति र अराजकता उस्तै छ । विराटनगर जुटमिलको सेयर नेताहरूले नै लिएर तहसनहस पारिरहेको कुरा त सञ्चारमाध्यमहरूमा आइरहेकै छ । अर्कोतिर बाढीले तराई डुबेको छ, यसरी डुबेको छ कि ३९ ठाउँमा भारतले बनाइदिएका ड्यामहरूका कारणले हाम्रो पानी प्राकृतिक रूपमा बगेर जान नपाएर समस्या आएको छ । त्यस्तै हामीले भारतबाट ल्याउने तरकारी जो अत्यधिक मात्रामा विषादी मिश्रीत छ, त्यसलाई परिक्षण गर्न पनि नसकेर हामीले लाचारी प्रस्तुत ग¥यौं । दुई देशको सम्बन्ध राम्रो बनाउन नेपाल यस मामिलामा पछि हट्नुपरेको छ । यो कुरा संसद्मा जोडदार ढंगले उठ्नुपथ्र्यो । यो कुरा संसद्मा उठ्ने समयमा संसद बन्द हुन्छ । डुबान, विषादी मात्र होइन, विगतमा संविधान बनाउने क्रममा पछि भारतले नाकाबन्दी गरेको बेलामा पनि पार्लियामेन्टमा भारतले गरेको नाकाबन्दीको सवाल उठाउन सकेनौैं ।
यी तीनवटा कुरालाई हामीले गम्भीरतापूर्वक उठाएको भए भारतलाई पनि केही न केही प्रभाव पथ्र्यो । नेपाली संसदमा पनि कुरा उठ्यो भनेर उनीहरू केही चनाखो हुन्थे । त्यति मात्र होइन भ्रष्टाचारको कुरा जसरी बढिरहेको छ, त्यसलाई पनि हामीले कसरी समाधान गर्ने, कसरी निकास दिने र कसरी न्यूनीकरण गर्ने भन्न कुरामा हामीले बहस नै गरेनौं । विगतमा यही संसदीय समितिअन्तर्गत लेखा समितिले गरेको निर्णयअनुसार डार्फरको यूएन मिसनलाई सामान किन्ने कुरामा तीनवटा आइजीपी जेल गए । तर अहिले त्यही वाइड बडी काण्डमा समितिले गरेको निर्णयलाई प्रधानमन्त्रीले थन्क्याइदिनुभयो । त्यसलाई अगाडि बढाउनै दिनुभएन ।
यो प्रक्रियाले सिंहदरबारमा बस्नेले प्लेन किन्ने र गाउँमा बस्नेले डोजर किन्ने र खाने हो भने मुलुक उँभो कसरी लाग्छ ? त्यसकारण संसदमा यी विषय जनताका विषयवस्तु बन्न सकेनन् । त्यसकारणले संसदीय प्रणाली हामीले चलाउन सकेनौं । न सत्ता पक्ष, न प्रतिपक्ष दुबैको यसमा कमजोरी छ । सत्तापक्षले आफ्नो कार्यकारी अधिकार राष्ट्र जनताका लागि लगाउन सक्यो न प्रतिपक्षले हाउस अफ कमन र लर्डको पर्याप्त उपयोग गर्न सक्यो । यसको कारणले गर्दा प्रजातन्त्रमाथि नै मन्दी आएको छ । जुन लेख मैले नेपालमा पहिलोपटक लेखेको छु । हुन त अन्य देशमा अन्य लेखकहरूले प्रजातन्त्र मरिसक्यो पनि भनेका छन्, तर नेपालको सन्दर्भमा यो संसदीय प्रणालीमा व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका तिनवटाले एकअर्काको काममा सन्तुलन र चेक गर्नका निम्ति पर्याप्त फङ्सन हुन सकेनन् । त्यसैले अहिले नेपालको संसदमा पनि अत्यन्त कमजोर भएको अवस्था देखिन्छ । मैले यसलाई नेपालमा प्रजातन्त्रमाथि मन्दी छाएको अर्थमा दिएको छु ।
० नेताहरू साँँच्च थारो भंैसी भएको हो भने त अब तपाईंहरू कांग्रेसभित्रैबाट त्यसको विकल्प खडा गर्न सक्नुहुन्छ त ?
नेपाली कांग्रेसभित्र विकल्प छ । तर वर्तमान रुलिङ कम्युनिष्ट पार्टीहरूमा माधव नेपालजी र केपी ओलीको विकल्प देखिएको छैन । त्यहाँका युवाहरूले विकल्प दिने आँट गर्न सकेका छैनन् । कँग्रेस मात्र बनेर नेपाल बन्दैन । कम्युनिस्ट पार्टीमा पनि त्यो किल्प तयार हुनुप¥यो । संसदीय प्रणालीमा त क्रसचेक हुनुप¥यो नी । नियन्त्रण गर्नुप¥यो नि । त्यसकारण, कांग्रेसभित्र नेतृत्वको विकल्प छ ।
० तपाईंहरू जस्तो युवापुस्ता र पंतिको हस्तक्षेपकारी भूमिका कसरी हुनसक्छ ?
नेपालको संसददीय प्रणाली नेताहरूकै कारण अत्यन्त कमजोर भएको छ । यसका कारण नेपालको प्रजातान्त्रिक प्रणाली पनि कमजोर भएकोश हो । सही मान्छे सही ठाँउमा आउने अवस्था छैन । हामी पछि पर्नुको कारण हाम्रोमा सही मान्छे सही ठाँउमा आउन दिएनन् ल्याइएन वा अवरोध भयो । एक त कम चित्त भएका, कम दिल भएका र अत्यन्त अदूरदर्शी नेता भए भयो अर्कोतिर वरिपरि गरिब राखेर बीचमा ठूलो घर बनाउन खोज्ने नेताहरूको बाहुल्यता भयो ।
बाहुल्यतासँगै पैसा पनि तिनै तानसँग भयो, संविधानले पनि तिनैलाई अधिकार दियो । नेतृत्वको बोलवाला भयो र समाजका कुनै अंगमा सही नेतृत्व आएन । सबैभन्दा राम्रो ठाउँ विश्वविद्यालय हो, त्यहाँ पनि सर्टिफिकेट बेचेर खाने, नम्बर थपिदिने काम गरेर आज त्यसका पदाधिकारी जेलमा पो गइरहेका छन् । त्यसकारण यसलाई निकास दिन, कांग्रेस पार्टीलाई बनाउन कांग्रेसले आफुले सोच्नुपर्ने के छ भने आफू विजय हुँदै आइरहेको छ । मदन भण्डारीले कम्युनिष्टमा धारणा ल्याए, ठूलो मेहनत गरे, त्यसपछि माओवादीको हिंसा जसरी टुङग्याइयो , यो त समग्र कांग्रेसको विचारको विजय हो । त्यस्तो जितेको अनुभूति आज उसले गराउन सकेको छैन । त्यसकाण, हाम्रो पिढीले त्यसलाई सैद्धान्तिक रूपले अनुबन्धित गराउने नेतृत्व कांग्रेसलार्य पनि अहिले आवश्यकता छ ।
० वर्तमान सरकारको समिक्षा कसरी गर्नुभएको छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही नगरौं भन्ने पक्कै भावना छैन होला । तर उहाँको पखेटामा खिया लागिसक्यो । उहाँले सुरुदेखि नै आफ्नो टिममा जो–जस्ता पात्रहरू छान्नुभएको तिनीहरूले गर्न नसकेका हुन् । विवादमा ल्याएका हुन् ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply