13th December 2018, Thursday

E-budhabar

बजेट कार्यन्वयनपछि मात्र सरकारको मुल्यांकन गर्नुपर्छ



बजेट कार्यन्वयनपछि मात्र सरकारको मुल्यांकन गर्नुपर्छ

० राजनीतिबाट संसदीय मोर्चामा पहिलो पटक आएर राष्ट्रिय सभामा प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहँदा कस्तो अनुभुती भइरहेको छ ?
संसदमा प्राप्त जिम्मेवारीलाई इमान्दारीपुर्वक अगाडि बढाइएको छ । खासगरी समग्रतामा राष्ट्रिय राजनीतिलाई विचारकेन्द्रीत गरेर अगाडि बढाउने कुरा हो । अहिले पनि हाम्रो केही महत्वपुर्ण राष्ट्रिय अभिभारा छ । त्यो भनेको नेपालको राजनीतिलाई हामीले विकासमा केन्द्रीत गरेर अगाडि बढाउने हो । यसमा राज्यका सबै अंग अर्थात संघीय संसद, कार्यपालिका र न्यायापालिका, राज्यका अन्य विभिन्न तहहरु अर्थात स्थानीय तह, प्रदेश र केन्द्र हामी सबैको एउटै ध्येय यो छ की विकास केन्द्रीत गरेर जनताको जीवनलाई सकारात्मक दिशामा अगाडि बढाउने गरी अघि बढ्नुपर्छ । यसैगरी राष्ट्रलाई समृद्धीको बाटोमा अगाडि बढाउने नै अहिलेको हाम्रँे मुख्य अभिभारा हो । यही अभिभारालाई पुरा गर्नका निम्ति सक्रिय भुमिका खेल्ने हो । त्यस अन्तर्गत अहिले राष्ट्रिय सभामा रहेर मैले भुमिका ख्ेल्न पाँउदाखेरी मैले आफुलाई गौरवान्वित नै ठानिरहेको छु । हामी सबैको एउटै उद्देश्य परिपुर्ती गर्नका निम्ती काम गरिरहेको नाताले र म आफु पनि यही अविभारा पुरा गर्ने काममा केन्द्रीत भएर लागिरहेको अवस्था छ ।
० संसदमा यति महत्वपुर्ण जिम्मेवारी पाउनुभएको छ, कस्तो ढंगले कामको संयोजन र समन्वय गरिरहनुभएको छ ?
राष्ट्रिय सभामा कार्यव्यवस्था परामर्श समिति छ । त्यसमा आवद्ध भएर पनि काममा सबै काममा सबैसंग समन्वय गरेर अघि बढेका छौं । मुख्य सचेतकको भुमिकामा पनि जिम्मेवारीहरु छन् । त्यसमा पनि समन्वयात्मक ढंगले लागिएको छ । नियमावलीले व्यवस्था गरेका काम कामवाही अगाडि बढाउने शिलशिलामा राष्ट्रिय सभाको अध्यक्षज्युसंग समन्वयात्मक ढंगले काम गरी हामी अगाडि बढिरहेका छौं ।
० राष्ट्रिय सभा अन्तर्गत गठन हुने समितिहरु अझै किन बन्न ढिलाई भइरहेको छ ?
समितिहरुको विषयमा हामीले नामहरु टुङ्गो लगाइसकेका छौं । राष्ट्रिय सभामा ति नामहरु घोषणा पनि भइसकेको पनि छ । समितिको सभापति चयन नभइसकेपनि बैठकहरु चल्दै आएको अवस्था छ । सभापति चयन नभएसम्म नियमावलीले व्यवस्था गरे अनुरुप जेष्ठ सदस्यको अध्यक्षतामा बैठक चलिरहेको छ । अब कसरी सभापतिहरुको जिम्मेवारी दिने भन्ने बारेमा पनि छलफल अघि बढिरहेको छ । तर टुङ्गीसकेको स्थिति छैन ।
० सभापतिमा के कस्तो आधारमा जिम्मेवारीमा ल्याउने सोच छ ?
राष्ट्रिय सभामा सभापति चयनमा कुनै समस्या छैन । त्यसको बारेमा पनि छलफल चलाइसकेका छौं । हामीले ४ वटा सभापतिमध्ये अलिकति भूगोललाई हेर्नुपर्ने, अलिकति विषयगत ज्ञान र दक्षतालाई हेर्नुपर्ने अनि समावेशीतालाई पनि हेर्नुपर्ने अवस्था छ । मिलेसम्म यि सबै कुरालाई सम्वोधन गरेर हामीले समितिको सभापतिज्युको टुङ्गो लगाउने प्रक्रियामा जान्छौं । त्यसै हिसावले अहिले छलफल चलिहेको छ । खास कुनै समस्या छैन ।
० प्रतिनिधीसभाको तुलनामा राष्ट्रिय सभाको बैठक सञ्चालनका सन्दर्भमा अलि परिपक्वता देखिएन भन्ने गुनासो छ, किन यस्तो भइरहेको छ ?
हामीले भन्दाखेरी राष्ट्रिय सभाले आफ्नो काम कारवाहीलाई एकदम छरितो ढंगले अगाडि बढाइरहेको छ । सोचे भन्दा बढी राम्रो ढंगले राष्ट्रिय सभाको काम अगाडि बढिरहेको छ । हामीले चाँही यस्ता भनाई र टिप्पणीहरु सुनिरहेका छौं । तपाँयसंग त्यस्तो कुरा आइपुगेछ । त्यो ठोस रुपमा र विषय केन्द्रीत भएर यहाँनेर कमजोरी भयो भन्दा त्यो विषयमा छलफल अथवा त्यसको बारेमा सच्याएर अगाडि बढ्ने स्थिति पनि बन्न सक्छ होला । तर अहिलेसम्म त राष्ट्रिय सभाको काम कारवाहीको बारेमा हामीले सुनेसम्म पोजेटिभ रेस्पोन्स नै हामीले सुनिरहेका छौं ।
० वर्तमान सरकारप्रति जुन खालको आशा र अपेक्षा थियो, त्यो आशा र अपेक्षा अनुसार किन काम हुन नसकेको होला ?
अहिले समग्रतामा सरकारको मुल्याङ्कन गर्ने बेला भइसकेको छैन भन्ने लाग्छ मलाई । जव कानुनहरु जब संसदमा प्रवेश गर्छ, विद्ययेकहरु जव संसदमा प्रवेश गर्छ, त्यसपछाडि त्यसको छलफलको प्रक्रियामा ति कुराहरु मुल्याङ्कन हुन सक्दछन् । अहिले भर्खरै विद्ययेकहरु प्रवेश गरिराखेको स्थिति छ । अब यि विद्येयकहरुमा हामी जव छलफलमा अगाडि बढाउँछौं, त्यसमा हामी कति दक्षतापुर्वक अगाडि बढ्छौं भन्ने कुरा हो । त्यसको छलफलको प्रक्रिया अथवा संशोधनको प्रक्रिया वा त्यसको पास गर्ने प्रक्रिया यि सबै कुरामा पनि हामी कति गहिरोगरी विषयवस्तुलाई समेटेर अगाडि बढ्छौं भन्नेकुराको आधारमा मात्रै मुल्याङ्कन हुन सक्ला । अहिलेसम्म भन्ने हो भने त्यसरी विद्येयकहरु आएको र त्यसमा गर्नुपर्ने छलफल गरेर कुनै ठाँउमा त्रुटी देखिएको वा त्रुटि भइरहेको स्थिति छैन । त्यो नभएको स्थितिमा त एक खालको मुल्याङकन हुनै सक्दैन नी । अब चाँही त्यो प्रक्रिया सुरु भएको छ, तसर्थ यसको आधारमा मुल्याङ्कन हुन सक्छ । हामी त्यस्तो कमि कमजोरी देखा प¥यो भने सच्याउँछौं । हामी आफैं सच्चिन पर्ने पनि हुनसक्छ । हाम्रो यतिबेलाको कोशिस भनेको अब्बल ढंगले हाम्रो काम कारवाहीलाइृ अगाडि बढाउने भन्ने नै छ ।
० विद्ययेक निर्माणको कुरा त संसदको नियमित बिजनेशको कुरा भयो, पाँच महिनाका बीचमा जनताले गरेका आशा र अपेक्षा जस्ताको तस्तै छ, पाँच महिनाको समिक्षामा सरकार त ‘जस्ट पास’ मात्र भयो भन्छन् नी ?
सरकारको बारेमा पनि सरकारको बजेटको कार्यान्वयनको हिसाले हेर्ने हो भने भर्खरै बजेट पास भएर अब बजेट कार्यान्वयनको चरणमा गइराखेको छ । त्यसो भएको हुनाले कार्यान्वयनको चरणमा गइराखेको स्थितिमा हामी बजेटलाई कसरी कार्यान्वयन गछौं, त्यसको प्रभाव के हुन्छ, त्यसैको आधारमा मुल्याङ्कन गर्नुपर्ने हुन्छ । अहिलेकै कुरा गर्ने हो भने बजेट आइरहँदा कतिपय विषयहरु छुट्न जाँदा केही गुनासो त छ । जस्तो हामीले वृद्ध भत्ता भनेका थियौं । वृद्ध भत्ता यो पटकलाई देशको अत्यन्त कमजोर आर्थिक अवस्था भएका कारण सकिएन । तर आगामी वर्षहरुमा यसबारे पुर्नविचार हुन्छ । यो सरकार आवधिक सरकार होइन । र, भर्खरै आयु सकिनेवाला पनि होइन । हामीले निश्चीत अवधी अर्थात पाँच वर्षभित्र निर्वाचनको बखतमा गरेका प्रतिवद्धताहरु पुरा गरिछाड्छौं । चाहे वृद्धभत्ताको कुरा होस्, चाहे सुकुम्वासीहरुलाई लालपुर्जा दिने कुरा होस् । वा विकास निर्माणसंग जोडिएका कुराहरु हुन् । यि सबै कुरा हामी जे बोलेका थियौं, त्यो पुरा गछौं भनेर प्रधानमन्त्रीले बोलिरहनु भएको छ । सरकारले बोलिरहेको छ । र, मुल्याङ्कन नै गर्ने हो भने अब बजेटको कार्यान्वयन भर्खरै सुरु भएको छ । यसको मुल्याङ्कन नै गर्ने भनेपनि केही महिना त कुर्नुप¥यो नी ।
० अहिले बाहिर सरकारका अधिकांश मन्त्रीहरु भाषण हल्लाखल्ला बढी गर्ने, मिडीया सेलीब्रेटी बन्ने तर ठोस काम देखाउन नसक्नेमा आलोचित भइरहेका छन् नी, तपाँइलाई के लाग्छ ?
अहिले कामहरुको सुरुवात भएको छ । केही असल र उदाहरणीय काम सुरुवात भएपनि ठोस परिणाम हात लागिसकेको छैन । त्यो सन्दर्भमा आलोचना गर्नुभन्दा केही समय धैर्यता गर्नु नै उपयुक्त हुन्छ होला । केही राम्रा कामहरु अगाडि बढेको छ । हामीले भन्नेवित्तिकै प्रतिफलको अपेक्षा ग¥यौं भने निश्चीत रुपमा सोचे जस्तो देखिदैन । टिप्पणी पनि गर्न सकिएला । अथवा निराश पनि हुन सकिएला । भन्दा भन्दै केही कुरा भएन भनेर । हामीले रेल आँउछ भनेका थियौं । खै रेल आएको छैन । पानी जहाज आँउछ भनेका थियौं, पानी जहाज पनि आइराखेको छैन । अरु बाटो घाटोको कुरा भनेका थियौं । ति पनि पुरा भएका छैनन् । यही बीचको अवधी अर्थात यही छ महिना भित्रमा यि सबै काम हुनुपर्ने तर कामै भएन भनेर भन्न पनि सकिएला । तर कुरा त्यसो होइन । ति सबै कामहरुको सुरुवात भएको छ ।कुनै कामहरु प्रक्रियामा लैजानुपर्ने सन्दभैमा ति कामहरु प्रक्रियामा अगाडि बढेका छन् । निर्माणकै कामहरु सुरुवात हुनुपथ्र्यो । ति पनि अगाडि बढ्दैछन् । भनेपछि काम भएकै छैन, भएकै छैन भनेर निराशा फैलाउने र सरकारको विरोध गर्ने अनि विरुद्धमा जाने कुरा केही छिनको कुरा मात्र हो भन्ने लाग्छ । जब काम सुरु हुन्छ र प्रतिफल आएन थाल्छ, तव स्वतः यस्ता अफवाह फैलाउनेहरु नै खुसीसाथ अगाडि बढ्ने स्थिति बन्छ । जनतामा फेरी आशा जाग्छ ।
० प्रधानमन्त्रीज्युले सरकार र मन्त्रीहरुको भुमिकाबाट आफैं सन्तुष्ट नभएको अभिव्यक्ति दिनुभएको छ, रथ गुडेन भने पाङ्ग्रा फेरेर भएपनि रथ चलाउनुपर्छ भन्नुको तात्पर्य मन्त्रीहरु हेरफेर गर्नुपर्छ भन्ने हो ?
अहिले प्रधानमन्त्रीले पनि बैठक राखेर मन्त्रीहरुलाई पनि निर्देशन दिने, कार्ययोजना पेश गर्न लगाउने लगायतका सबै काम गरिरहनु भएको छ । र निश्चीतै रुपमा यो समिक्षा त भइ नै हाल्छ । समिक्षा हुँदाका बखत अहिलेको राष्ट्रको अविभारालाई र पार्टी तथा सरकारले लिएका केही अभिष्टहरुलाई परिपुर्ती गर्ने ढंगले मनत्रीहरु अगाडि बढ्न नसकेको स्थितिमा मन्त्रीहरु स्वत बाहिरीने स्थिति बनि नै हाल्छ । यसमा कुनै मोलाहिजा हुने कुरै छैन । मुख्य कुरा के हो भने अहिलेको स्थितिमा प्रधानमन्त्रीको जुन स्पिीरट छ त्यस अनुसार समाए सबैजना हिँड्नुपर्छ । काममा गति ल्याउने कुरा र भ्रष्ट्राचारमुक्त, शुसाशनयुक्त भन्ने प्रधानमन्त्रीज्युको जुन अभिव्यक्ति छ, अभिष्ट छ त्यो कुरालाई पक्रिएर सबैजना हिँड्नुपर्छ ।
र, विकासको दिशामा राजनीतिलाई अगाडि बढाउने, समृद्ध नेपाली–सुखी नेपाली भन्ने जुन कुरा छ, त्यो कुरा परिपुर्ती गर्ने ढंगले मन्त्रीहरु पनि हिँड्नुपर्छ । अहिलेको सिङ्गो राजनीतिलाई त्यस ढंगले अगाडि बढाउनका लागि पार्टी, सरकार सबै लाग्नुपर्छ भन्ने कुरा हो । जहाँनेर कमी रहन्छ, समिक्षा गरेर तत्काल त्यो कमिलाई हटाउन लाग्ने कुरा त निश्चीत रुपमा भइ नै रहन्छ ।
० बजेटको सन्दर्भमा संघका नेकपाकै सांसदहरुबाट र अधिकांश प्रदेश सरकारबाट व्यापक आलोचना भएको छ, किन यस्तो धेरै आलोचना सिर्जना भएको होला ?
यो समग्रतामै हामी जानुपर्छ । कहाँनेर कमि कमजोरी भएको छ, त्यो कमिलाई हामीले हटाएर अगाडि बढ्नुपर्छ । अहिलेसम्म हामी एकदमै निराश भइहालनुपर्ने स्थिति छैन । काँही कमी कमजोरी भएको छ भने हामीले त्यो कमजोरी हटाएर अगाडि जाने हो । अपेक्षाकृत ढंगले जनताले यो बजेट आउनुपुर्व जुन खालको आशा र अपेक्षा पालेका थिए, त्यसमा अलिकति काँही न काँही केही कमजोरी रहेको स्थिति छ । अबका दिनमा हामीले ति सबै कुरा परिपुर्ती गर्ने ढंगले अगाडि बढ्नुपर्छ । जनतालाई निराह शुन दिनु हुँदैन । जनताको अपेक्षाहरुलाई पुरा गर्ने, राष्टको अभिभारालाई पुरा गर्ने ढंगले हामी अगाडि बढ्नुपर्छ । हामी सबैजना राष्ट निर्माणको बाटोमा अगाडि बढ्ने हो । हामीसबै जनताका समस्याहरुलाई समाधान गर्न गम्भिर बन्नैपर्छ । ति समस्याहरु समाधान गरेर देशलाई विकसीत बनाउने अभियानमा लाग्ने हो सबै लागौं ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा