25th April 2018, Wednesday

E-budhabar

मुख्यमन्त्री बन्ने रहर जागेर म प्रदेशमा उठेको होइन



मुख्यमन्त्री बन्ने रहर जागेर म प्रदेशमा उठेको होइन

० पार्टीको आधिकारिक निकायले टुङ्गो नगर्दै प्रदेश नम्बर १ को मुख्यमन्त्री भन्दै पहिल्यैदेखि प्रचार गरिरहनुभएको छ नि ?

–पार्टीको जिम्मेवारीको हिसावले पनि र पटक पटक संसदमा निर्वाचित भएर भुमिका खेलिसकेको हिसावले पनि प्रतिनिधीसभामा आउनुपर्ने केही नेताहरु यस पटक प्रदेश सभामा चुनाव लडेका छौं । त्यसप्रकार प्रदेशसभामा चुनाव लड्ने वित्तिकै मतदाताले, जनताले, कार्यकर्ताले स्वभाविक अनुमान गरेका हुन्सक्छन् । केन्द्रमा पटक पटक मन्त्री भइसकेका, महत्वपूर्ण जिम्मेवारी सम्हालीसकेका नेताहरु चुनाव लड्नुको तात्पर्य भनेको भावी प्रदेश सरकारको नेतृत्व गर्नकै लागि हो भन्ने सबैले अनुमान गर्नु स्वभाविकै हो । प्रदेश नम्बर १ मा प्रदेश सभा सदस्यमा म आफु चुनाव लडिरहँदा सर्वत्र रुपमा भावी मुख्यमन्त्रीको रुपमा मलाई हेरियो । चर्चा गरियो । र, मैले आफुलाई सार्वजनिक रुपमा भावी मुख्यमन्त्रीका रुपमा आफ्नो दावेदारी प्रस्तुत गरें । त्यो अस्वभाविक थिएन ।
० मुख्यमन्त्रीका रुपा दावी प्रस्तुत गर्नु स्वभाविक नै होला तर मुख्यमन्त्री नभई विवाह नै गर्दन भन्नुलाई स्वभाविक मान्न सकिएला र ?
–अनौपचारिक रुपमा पत्रकारसाथीहरुसंग भेटघाट भएको एउटा सन्दर्भमा अनौपचारिक रुपमा सोधिएको प्रश्न थियो , खास गरेर विवाहको सन्दर्भ । किनभने अहिले हामी प्रदेश सरकार बनाउने एउटा महत्वपूर्ण घडीमा भएको हुनाले यही बीचमा विवाह सम्पन्न हुने कुरा त भएन । प्रदेश सरकार बनिसकेपछि नै मैले त्यो कोर्सलाई अगाडि बढाउनुपर्छ । त्यसो हुँदा साथीहरुले त्यस रुपमा उहाँहरुले त्यसलाई हाइलाइट गर्नुभयो ।
० तपाँइ नै हुनुपर्छ त्यो प्रदेशमा मुख्यमन्त्री भन्ने बलियो आधार के छ ?
–मैले आफ्नो दावेदारी प्रस्तुत गरिरहँदा त्यो दावेदारी अन्यथा जस्तो लाग्दैन । यद्यपि पार्टीमा त्यसको आधिकारीक निर्णय गर्ने, प्रक्रियाहरु तोक्ने कुराहरु छँदैछ । अब हामी संसदीय दलको बैठक बस्छौं, नेता चुन्छौं । दलको नेता नै मुख्यमन्त्रीको रुपमा नियुक्त हुन्छ । यो कुरा छँदैछ तर आफ्नो दावेदारी जो कसैले पनि प्रस्तुत गर्न सक्छ । प्रतिस्पर्धामा आफुलाई जसले पनि उभ्याउन सक्छ । र, औपचारिक रुपमा तय गरिने प्रत्रिया भित्र आफुलाई सामेल गराउनु पर्छ । सकेसम्म हामी सर्वसम्मत रुपमै दलको नेता चुन्ने काम पनि टुङ्ग्याउछौं । तर भएन भने हामी मतदानको माध्यमबाट नै दको नेता चुन्छौं । किनकी यो नयाँ कुरा होइन । विगतमा पनि संसदीय दलको नेता चुन्ने काम हाम्रो पार्टीले प्रक्रियाबाटै गर्दै आएको छ । यसमा वरिष्ठ र कनिष्ठ भन्ने कुरा पनि लागु हुँदैन ।
अहिले संसदीय दलमा विगतका नजिर हेर्दा पनि वरिष्ठताक्रम र पोर्टफोलीयोको आधारमा भन्दा पनि दलको नेता हुनका निम्ति योग्य, सक्षम लगायतका सबै कुराहरुलाई ख्याल गरेर नै दलका सदस्यले मतदान गर्नुहुन्छ र दलको नेता चुन्ने काम हुन्छ ।
० मुख्यमन्त्रीका रुपमा पार्टीका शिर्ष नेताहरुको आश्वासन पाएरै प्रदेशमा उठ्नु भएको हो त ?
–आश्वासन भन्दा पनि मैले नेतृत्वहरुसंग विभिन्न कोणबाट प्रसस्त रुपमा छलफल गरेर नै प्रदेश सभा सदस्यमा उठ्ने निधो गरेको हुँ । म आफैंमा पद प्रति त्यस्तो महत्वकाँक्षी छैन । ममा कुनै व्यक्तिगत लोभ वा स्वार्थ पनि छैन । मलाई कुनै मुख्यमन्त्री बन्नको निम्ति रहर जाग्यो, महत्वकाँक्षा जाग्यो, त्यसो भएर नितान्त होइन । म एउटा इमान्दार कार्यकर्ता हो । एउटा त्याग, निष्ठा र मुल्यको राजनीति गर्दै एउटा इमान्दार कार्यकर्ता र नेताको रुपमा काम गर्दै आइरहेको छु । मैले पाएको पाटीभित्रको जिम्मेवारीको कुरा गर्नुस्, चाहे संसदीय क्षेत्रको जिम्मेवारीको कुरा गर्नुस् वा कार्यकारी जिम्मेवारी र मन्त्री समेतको जिम्मेवारीको कुरा गर्नुस् मैले सम्पुर्ण रुपमा आफ्नो योग्यता पुरा गरेर यो जिम्मेवारी दिँदा यसले जिम्मेवारी पुरा गर्न सक्छ भन्ने विश्वास लिएर पार्टी र नेतृत्वले जिम्मेवारी दिँदै आएको छ । र, ति जिम्मेवारीहरु मैले योग्यतापूर्वक पुरा गर्दै आएको छु ।
० पार्टी अध्यक्षले नै चुनाव अघि नै तपाँइलाई बचन दिनु भएको रे भन्दै प्रचार गरिएको छ नि ?
–त्यस्तो पनि होइन , तर हाम्रो पार्टीको नेतृत्व, सिङ्गो हाम्रो पार्टी, अहिलेको संविधान, त्यसको मर्म र भावना एवं स्पिरीट प्रति गम्भिर छ । हामी संघियताको कार्यान्वयनमा गइरहेका छौं । संघीयता भनेको शव्दमा रट्ने विषयमात्र होइन । संघीयता भनेको नक्सा बनाएर जनतालाई देखाउने चिज मात्र पनि होइन । जनताले प्रत्यक्ष रुपमा अनुभुत गर्ने विषय हो । त्यसो हुनाले समग्रतामा संविधान, समावेसीता, समानुपातिक प्रतिनिधीत्व सहितको सहभागिताको कुरालाई आत्मसात गर्नुपर्छ । यि जम्मै कुराहरुलाई पार्टी नेतृत्वले ख्याल गर्नैपर्छ । यि सबै कुराहरुलाई ख्याल गरेर पाटीभित्र पार्टीले गर्ने मुल्याङ्कनका आधारमा योग्यता–क्षमताका कुरा, पृष्ठभुमिका कुरा, इमान्दारीताको कुरा, कार्यसम्पादन गर्ने क्षमताको कुरा लगायतलाइ हेक्का राखेर निक्र्यौल गर्ने कुरा हो । त्यसो भएर मैले कोही नेता विशेषले आश्वासन दिएको आधारमा भन्दा पनि समग्रमा मैले पार्टी नेताहरुसंग कुराकानी गरें । विचार विमर्श गरें । र। सबैबाट सकारात्मक संकेत प्राप्त गरेर नै मैले आफुलाई प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ भन्ने निधो भयो ।
० छोटो समयमा पाटीभित्र अरुले भन्दा धेरै पर्याप्त अवशर पाउनु भएको छ । यो सबै खास नेता विशेषको ‘कृपा’ कै कारण हो भन्छन् नि ? ?
–यो गलत कुरा हो । म आजसम्म जुन ठाँउमा आयपुगेको छु, पार्टीमा म जुन हैसियतमा छु, मैले जे जिम्मेवारीहरु प्राप्त गरेको छु, त्यो इमान्दारीपुर्वक, निष्ठापुर्वक, जुन खालको त्याग गर्दै आँए, जुन किसिमले मैले काम गर्दै आँए, जिम्मेवारी पुरा गर्दै आँए, म क्वालिफाइड भएर नै मैले जुनसुकै जिम्मेवारी प्राप्त गर्दै आएको छु । काँही हुक वा क्रेनबाट तानिएर मैले कुनैपनि जिम्मेवारी पाइराखेको छैन ।
मैले चार कार्यकाल पार्टीको जिल्ला प्रमुख सर्वसम्मत रुपमा सम्हालेको छु । जुन बेला पार्टी गुटको हिसावले चिरा चिरामा थियो, समानान्तर रुपमा कतिपय जिल्लाहरुमा २, ३ वटा सम्म जिल्ला कमिटीहरु थिए । तर म नै त्यस्तो पार्टीको जिल्ला प्रमुख थिँए जहाँ गुटवन्दीको गुन्जायस थिएन । जहाँ कुनैपनि कार्यकर्ताहरु विभाजित हुनुपर्ने स्थिति थिएन । त्यसप्रकार सम्पूर्ण पार्टी कार्यकर्ताहरुको सर्वसम्मत विश्वास जितेर चार कार्यकाल मैले पार्टी प्रमुख भएर जिल्लामा भुमिका निर्वाह गरें । हो, त्यही भुमिकाका कारणले मलाई पार्टीले मुल्याङ्कन गरे वैकल्पिक केन्द्रीय सदस्यका रुपमा २०७० सालमा मनोनयन ग¥यो । कार्यक्षेत्र तोक्यो । तोकिएको कार्यक्षेत्रमा मैले काम गरें । नवौं राष्ट्रिय महाधिवेशनमा मैले केन्द्रीय सदस्यमा उमेद्वारी दर्ता गरें । अत्याधिक मतले निर्वाचित भए । त्सपछि स्वभाविक रुपमा एक अवधि वैकल्पिक केन्द्रीय सदस्यका रुपमा काम गरिसकेको र महाधिवेशनबाट पूर्ण केन्द्रीय सदस्यका रुपमा निर्वाचित भइसकेको हुनाले म पार्टीको वैकल्पीक पोलिट्व्युरो सदस्यका रुपमा फेरी निर्वाचित भए । त्यसपछि मैले युवा फाँट हेर्ने इन्चार्जको जिम्मेवारी पाँए। १३–१४ महिनादेखि युवासंघ २ वटा चिरामा विभक्त थियो । नेताहरु दुइवटा किनारामा उभिएर एक प्रकारले दोहोरी खेलिरहनु भएको अवस्था थियो । त्यस्तो समस्याग्रस्त संगठनलाई मिलाएर अघि बढाए , एक ढिक्का पारें । युवा संघले वेग्लै गति लियो । त्यस पश्चात संविधान सभामा स्वभाविक रुपमा निर्वाचित भएर आइसके पश्चात मैले समितिको सभापति चाहेर होइन, खोजेर होइन पार्टीले पठाएर गएँ । हाम्रो संसदीय इतिहासमा शुसासन तथा अनुगमन समिति पहिलो पटक बन्यो, तयस्तो महत्वपूर्ण समितिको सभापतिको जिम्मेवारी लिनको निम्ति पार्टीले र संसदीय दलले आग्रह ग¥यो । मैले त्यो जिम्मेवारी ग्रहण गरें । म सभापतिको हैसियतमा जति दिन बसें राम्ररी आफ्नो योग्यता क्षमताले भ्याएसम्म मैले काम गरें । एउटा इमेज बनाँए । त्यसपश्चात संविधान जारी भइसकेपश्चात मलाई सरकारको सुचना तथा सञ्चारमन्त्रीको रुपमा र प्रवक्ताको रुपमा जिम्मेवारी दिइयो । त्यो पार्टीले पत्याएर र नेतृत्वले पत्याएर नै दिइएको हो । मैले पनि पत्यार अनुसार नै जिम्मेवारी पुरा गरें । मलायृ लाग्छ म जति महिना सञ्चारमन्त्री र प्रवक्ताको रुपमा रहें, कहीँ कतै अलिकति पनि नचुकीकन एउटा सफल मन्त्रीको रुपमा म उत्रिए । त्यसपश्चात यदी म कुनैपनि जिम्मेवारी प्राप्त गरेर मेरो योग्यताको परिक्षण नगरेको भए मेरो कार्यसम्पादन गर्ने क्षमताको मुल्याङ्कन नभएको भए शायद एकपछि अर्को जिम्मेवारी मैले प्राप्त गर्ने स्थिति बन्दैनथ्यो । यदी मैले सञ्चारमन्त्री वा सरकारको प्रवक्ताको रुपमा मैले राम्ररी जिम्मेवारी पुरा गर्न नसकेको भए आज सहज र स्वभाविक रुपमा मुख्यमन्त्रीको रुपमा मलाई बनाउन सकिन्छ भनेर कसैले भन्दैनथे होलान् ।
० प्रदेश १ बाट पार्टी सचिव भिम आचार्यले पनि मुख्यमन्त्रीको दावी गर्दै भेटघाट तिव्र पारिरहनु भएको छ नि ?
–पार्टी स्थायी कमिटीले कमिटीमा छलफल भएर निश्चीत मापदण्डहरु ताकेर यदी स्थायी कमिटीले नै मुख्यमन्त्रीहरु तोक्ने फेसला ग¥यो भने त्यहाँबाट हुने फैसला म मान्न तयार छु । किनभने म एमालेको इमान्दार कार्यकर्ता हो । चाहे त्यो मेरो पक्षमा निर्णय होस् वा विपक्षमा । मैले त्यो निर्णयको सम्मान गर्नै पर्छ ।
० एमाले र माओवादी पार्टी एकतामा दोस्रो पुस्ताका नेताहरु आफ्नो अस्थित्व संकटमा पर्ने भन्दै भित्रभित्रै एकता विरोधी गतिविधीमा लागेको भनिन्छ नी ?
–मलाई त्यस्तो लाग्दैन । हामी इमान्दारपुर्वक पार्टी एकता र एकिकरणको प्रक्रियालाई छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छौं । यो नेपाली जनताहरुको चाहना हो । आजको राष्ट्रिय आवश्यकता हो ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

वरिष्ठ नेता नेपाल आज फर्कने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पाँच दिनको चीन भ्रमणपछि आज स्वदेश फर्कंदै छन् । उनी गत शनिबार चीन प्रस्थान गरेका थिए । एमाले विदेश- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सञ्चालनमा ल्याऊ बन्द पुस्तकालयहरू

२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका झिल्काहरू नेपाली जनका मानसपटलबाट बिस्तारै बिलाउँदै छन् । भूकम्पले थोपरेका पीडा र मानसिक तनावहरू क्रमशः कम हुँदै गए पनि त्यसका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दुई देशका झझल्काहरू

नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा