राप्रपाको समस्या भनेकै व्यक्तिगत प्रतिष्ठाको लडाइइ हो
जयन्त चन्द पूर्वमन्त्री० पछिल्लोपटक पार्टीबाट अलग्गै समुहको अगुवाइ गर्दै पार्टी छोड्नुपर्ने अवस्था किन आइप¥यो ?
राष्ट्रवादी धारका तीनवटै पार्टी मिल्नुपर्छ र मिलेपछि पार्टी संस्थागत तथा सामूहिक नेतृत्वको अवधारणाअनुसार अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको थियो । त्यही मान्यताअनुसार हामीले पहल पनि जारी राखेका थियौं । यो क्रम जारी राख्दै जाँदा पार्टीभित्र विभिन्न कारणले दूरी बढ्दै गयो । र, करिव आठ–नौ महिनासम्म यो क्रम चल्यो । हामी तीनवटै र समान विचारधारा भएका अरू पनि समूह, व्यक्ति र पार्टीहरू छन् भने ती सबैलाई एउटै थलोमा ल्याउने हाम्रो उद्देश्य हो । तर, यो बीचमा तीनवटा पार्टी नभए पनि कमसेकम तत्कालीन राप्रपा प्रजातान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी मिलिसकेपछि हामीले यसलाई सकारात्मक रूपले लियौं । कमसेकम एकता वा एकीकरण प्रक्रियाको सुरुवात त भयो भन्ने अर्थमा हामीले बुझेर यस अभियानलाई सहयोग गर्नुपर्छ, बल पु¥याउनुपर्छ भन्ने किसिमले हामीले अहिले राप्रपा संयुक्तमा एकीकरणको निर्णय लिएका हौं । यो बीचमा पार्टी एकीकरण गर्ने जो प्रयास थियो, त्यो अभियानको रूपमा रूपान्तरित भइसकेको थियो । राप्रपा एकीकरण अभियानमा बल पु¥याउन नै हाम्रो ध्येय हो ।
० पहिले पनि यस्ता एकताहरू हुन्थे, लामो समय नटिकी फेरि आ–आफ्नै तालमा विभाजन हुन्थे, अहिले बृहत् एकताको कुरा गर्दै गरे पनि कमल थापाको धार त नसमेटिने भयो, यसरी मिल्न नसक्नुको कारण सैद्धान्तिक समस्या हो कि व्यक्तित्वको टकराव ?
अब हामीबीच सैद्धान्तिक मतभेद रहेन । राप्रपा र राप्रपा संयुक्त नामका दुई पार्टीबीच अब वैचारिक रूपमा अन्तर रहेन । दुईवटैले एउटै एजेन्डा, एकै किसिमको नीति, सिद्धान्त र विचार स्विकारेको अवस्था छ । त्यसकारण नीतिगत समस्या होइन । तर व्यक्तिगत इगो र स्वार्थप्रेरित प्रवृत्तिले केही समस्या पारेको हो । सिधै भन्नुपर्दा यस्ता व्यक्तिगत स्वार्थहरूलाई व्यवस्थापन गर्न नसकेको परिणाम हो । र, अलिकति व्यक्तिवादी चरित्र हावी भएका कारण एकतामा अवरोध पुग्ने, एकता भइहाले पनि फुटी हाल्ने अवस्था आएको हो जस्तो लाग्छ मलाई । तर आगामी दिनमा एकता त हुन्छ नै । गर्नु नै पर्छ । कार्यकर्ताहरूको दबाबले पनि गराउँछ । यसको विकल्प छैन । तर अब एकता भएपछि भने पार्टी पक्कै फुट्दैन । कार्यकर्ता र नेताहरू अब धेरै सजग भइसकेको अवस्था छ ।
० एकल नेतृत्व प्रणालीले पनि समस्या पारेको हो कि ?
हो, विगतमा हामीले सामूहिक नेतृत्व प्रणाली स्थापित गर्न सकेनौं । हाम्रो ०७३ सालमा एकता महाधिवेशन भयो । त्यो महाधिवेशनले पनि एकल नेतृत्व बनाएको हो । कमल थापाजीकै अध्यक्षतामा पार्टी नेतृत्व बनाइएको हो । राप्रपाको एउटा अनुभवले के देखायो भने एकल नेतृत्व प्रणाली अहिलेलाई त्यती सफल प्रणाली होइन । पार्टी टुटफुट र विभाजित हुने अवस्था आउन नदिन पनि आगामी दिनमा पनि कलेक्टिभ लिडरसिपको मोडलमा जानुपर्छ भन्ने देखियो । अहिले त सामूहिकताको जमाना हो । एक व्यक्तिले हाँकेर उसको मात्र नियन्त्रणमा बस्ने अवस्था अहिले परिवर्तन भइसकेको छ ।
० कमल थापाजीसँग के कारणले सहकार्य हुन नसक्ने अवस्था आयो ?
त्यस्तो खासै केही होइन । हामी पार्टी एकीकरण अभियानमा सामेल हुन खोज्ने क्रममा अलिकति दूरी बढेको हो । मेरो विचारमा त्यो च्याप्टर अब क्लोज भइसक्यो । पार्टी बृहत् रूपमा एक बनाउने अभियानमा हामी स्थापित हुँदै गयौं, त्यसले गर्दा उहाँसँग केही सन्दर्भमा एकरूपता देखिएन ?
० बृहत् एकता गर्दा उहाँलाई समेत समेटेर एउटै पार्टी तत्काल बन्ने सम्भावना छ कि छैन ?
उहाँ नसमेटीकन, त्यत्रो राप्रपा नसमेटिइकन कसरी बृहत हुन्छ ? अब तीनबाट दुई भइसक्यो । बाँकी दुइटै पार्टी मिल्नुपर्छ । यसको सम्भावना अब म देखिरहेको छु, किनभने अब सबैमा यो कुरा महसुस भइरहेको छ कि एक्लाएक्लै गएर हुँदैन । पार्टी एकता नहुँदा जनताले अनुमोदन गर्दैन भन्ने कुरा निर्वाचन परिणामहरूले पनि देखाइसकेको छ । अर्को कुरा, एकल नेतृत्वबाट लिडरसिपमा अघि बढ्न सकिन्छ भन्ने जुन परम्परागत धारणा थियो त्यसमा पनि गाह्रो रहेछ, सामूहिक नेतृत्व नै उपयुक्त विधि हो भन्ने कुरा प्रमाणित भएको छ । मधेसवादी दलमा त्यही छ, यत्रो ठूलो पार्टी एमाले र माओवादीमा पनि सामूहिक नेतृत्वको अभ्यास भइरहेको छ । कलेक्टिभ लिडरसिपका लागि नेताहरूले बिस्तारै आफूलाई अभ्यस्त पार्दै लानुपर्ने अवस्था छ । यस्ता कुराहरूले एकतालाई बल पु¥याउँछ । अर्को कुरा अब यो दुईवटा राप्रपामा वैचारिक र नीतिगत कुनै भिन्नता छैन । त्यसकारण पनि यो मिल्ने प्रबल सम्भावना छ । म यसमा आशावादी छु ।
० अन्त्य भइसकेको राजतन्त्रलाई पुनःस्थापित गर्नुपर्ने कुरा वकालत गरेकै कारण तपाईंहरूको हालत गत निर्वाचनहरूबाट जनताले प्रमाणित गरिदिएको भन्ने आरोप छ नि ?
हो, विभिन्न किसिमको आरोपहरू त लाग्छ नै । त्यसमध्ये एउटा आरोप त्यो छ कि गइसकेको राजसंस्थालाई हामीले एजेन्डा बनाएर हिँड्यौं । अर्कोथरीको के आरोप छ भने आफ्नो एजेन्डाप्रति यिनीहरू इमान्दार भएनन् भन्ने पनि छ । हामीले गत निर्वाचनाहरूमा राम्रो परिणाम ल्याउन नसकेको यथार्थ हो । यसका पनि विभिन्न कारण छन् । एउटा त हामी त्यो बेला विभाजित भएका थियौं । दोस्रो कुरा हामीलाई राजसंस्था, हिन्दू अधिराज्यलगायत जुन एजेन्डाहरू छ, त्योप्रति इमानदार नभएको र त्यसलाई भोट र सत्ताभोग गर्ने भ¥याङका रूपमा मात्र प्रयोग गरेको भन्ने आरोप छ ।
हाम्रो पार्टी तीन टुक्रा हुनु र बोकेको एजेन्डाप्रति जनतामा आशंका हुनु नै हाम्रो पराजयका कारण हुन सक्छ । एउटा र संवैधानिक राजसंस्था र हिन्दू धर्मविरोधी रहेको जनमत त छँदै छ । ती मत हामीलाई आउने कुरा भएन । त्यसबाहेक हिन्दू राष्ट्र र राजसंस्था, हाम्रो धर्म–संस्कृति, मान्यता र नेपालीपनको पक्षमा छ, त्यो जनमतले पनि हामीलाई मत दिएन । यसकारणले हाम्रो अवस्था यस्तो हुन गएको हो ।
० धर्मनिरपेक्षताविरुद्ध हिन्दू राज्य, संघीय संरचनाविरुद्ध एकात्मक राज्य र गणतन्त्रविरुद्ध राजसंस्था पुनःस्थापनाका तपाईंहरूको नीति मुलुक एउटा नयाँ संरचनामा आइसक्दा पनि पुनः एन्टिकरेन्ट धारमा किन छ ? यो त उल्टो भएन र ?
यो हाम्रो राजनीतिक मान्यताको कुरा हो । यसलाई ग्रहण गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय गर्ने त जनता छँदै छन् । हामीले आफ्नो विचारलाई जनताकहाँ लैजाने मात्र हो । तत्कालीन अवस्थामा एउटा मात्र शक्ति राप्रपा नेपालले राजसंस्थाको एजेन्डा बोकेको थियो । ०६४ सालको निर्वाचनमा जाँदा चार सिट पाएको उसले ०७० मा जाँदा २४ सिट पायो । अहिले फेरि एक सिटमा झ¥यौं । यो भइरहन्छ । जहाँसम्म सनातन सर्वधर्म सापेक्ष हिन्दू राष्ट्र हुनुपर्छ भन्ने हामो मान्यता हो । अरू धर्मको पनि उत्तिकै कदर हुन्छ, तर निरपेक्ष हुनुभएन । धर्म त मानव सभ्यतासँग जोडिएको कुरा हो । संघीयताको मामिलामा केन्द्रमा रहेको राज्यको शक्ति, स्रोत र साधन विकेन्द्रित गरी जनताको घरदैलोमा पु¥याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यो संघीय व्यवस्थाबाट पनि हुन सक्छ, एकात्मक व्यवस्थाबाट पनि हुन सक्छ । एकात्मक व्यवस्थाबाट पनि धेरै राम्रोसँग अधिकारहरू बाँडफाँट भएका धेरै उदाहरण छन् । तर अहिले जुन किसिमको संघीयता अहिले हामीकहाँ छ, यसले समाजमा राष्ट्रिय एकतामा पनि विग्रह ल्याउने खतरा छ । अर्को कुरा हाम्रो आर्थिक धरातल, साधन स्रोतलगायत कुराले यो धान्नै गाह्रो छ । यति सानो देशमा सात–सात वटा प्रदेशहरू बनाइदिएर कति सम्भव छ । संघीयता भए पनि यो रूपमा हुनुहुन्न । ढाँचा बेठीक छ । नेपालले धान्न सक्ने किसिमको संघीयता भएमा हाम्रो त्यति आपत्ति छैन । तर त्यस संघीयताले राष्ट्रिय एकतालाई बलियो बनाओस् ।
० वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवस्थामा तपाईंहरूले कसरी मूल्यांकन गर्नुभएको छ ?
२०१५ सालपछिकै सायद पहिलो दुई तिहाइको सरकार हो । अरू केही नभए पनि वामपन्थीहरू अन्यभन्दा व्यवस्थित हुन्छन् । सांगठनिक संरचना बलियो हुन्छ र गतिका साथ काम गर्छन् भन्ने सुनेको थिएँ । तर यो एक वर्षको रेकर्ड ट्र्याक हेर्दा यो देखिएन । कमसेकम विकास निर्माणको गति बढ्ने, भ्रष्टाचार नियन्त्रण हुने, जनतालाई कानुनी राजको अनुभूति गराउने, सिन्डिकेटलगायत अन्य नामका संगठित बदमासीहरू गर्ने र कानुन उल्लंघन गर्ने जुन प्रवृत्ति छ, त्यो अन्त्य हुने आशा हामीले राखेका थियौं तर त्यो अवस्था आज छैन । यत्रो बहुमतको सरकार हुँदा पनि यो सरकारलाई केले रोकेको छ ? सरकार दुई तिहाइको छ, स्थिर छ । तर पनि राजनीतिक स्थिरता देखिएको छैन । जुन गतिका साथ काम हुनुपथ्र्यो त्यसरी हुन सकेको छैन, यसमा सरकारको अक्षमता हो वा उसको नियत खराब हो ? समयले बताउला ।
० प्रधानमन्त्री केपी ओलीसँग अघिल्लो क्याबिनेटमा सँगै काम गर्ने मौका पनि पाउनुभएको थियो, उहाँको नियत बारे जानकार नै हुनुहोला त ?
हो, उहाँको मन्त्रिमण्डलमा मैले पनि मन्त्री भएर काम गरें, देशसेवा गर्ने मौका पाएँ । उहाँबाट धेरै आशा थियो । छोटो अवधिमै मैले उहाँसंग धेरै कुरा सिक्ने अवसर पनि पाएँ । म उहाँलाई व्यक्तिगत रूपमा आदर गर्छु । त्योबेला त उहाँलाई काम गर्न दिइएन भन्ने थियो । उहाँ भिजन भएको र एक्सन आरेन्टेड व्यक्ति भएकाले केही गरौं भन्ने भावना छ भन्ने लाग्थ्यो । उहाँबाट त्ये बेला केही आशा हुँदाहुँदै सरकार नै गिराउने काम भयो । पछिको दुई तिहाइ बहुमतले त्यो आशा झनै आशालाग्दो बन्दै थियो तर एक वर्षको अवधि हेर्ने हो भने राम्रोसँग क्लिक हुन नसकेको अवस्था छ । उहाँले आफूले परिणम देखाउन बाधक के–के हुन् भन्ने कुरा गुट र गुटभन्दा माथि रहेको पार्टीभन्दा पनि माथि उठेर राष्ट्र र जनतालाई हृदयमा राखेर निष्पक्ष भएर केलाउनु जरुरी छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply