17th August 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

विकासको गफ मात्रै हाँकेर कसरी मोदीको जस्तो सफलता मिल्छ ?



विकासको गफ मात्रै हाँकेर कसरी मोदीको जस्तो सफलता मिल्छ ?

० भारतमा हालै सम्पन्न निर्वाचन परिणामलाई कसरी विश्लेषण गर्नुभएको छ ?
जसरी ट्रम्पले अमेरिका फस्ट भन्यो, सी जिन पिङले चाइनालाई मोर्डनाइजेसन गर्ने तर वेस्टनाइजेसन होइन भनेर कन्फ्युसियसले जसरी जगायो, जसरी रुसको राष्ट्रपति पुटिनले रुसलाई फेरि पुनर्जागृत ग¥यो, त्यसैगरी भारतले नरेन्द्र मोदीको नेतृत्वमा हिन्दू विशेषतासहित आफ्नो पहिचान कायम गरेर राष्ट्रवादी धारलाई बोक्ने र त्यसैका लागि उसले नयाँ म्यान्डेट पाएको छ । र, नेपालप्रतिको उसको नीति यथावत् निरन्तर हुन्छ ।
० यस परिणामपछि उनीहरूको नेपाल नीति अझ नरम वा कडा कुन ढंगले अघि बढ्ला त ?
त्यस्तो केही हुन्न । यथावत् रहन्छ । अलिकति यहाँका हिन्दुवादीहरू मोदीको जितले उत्साहित हुनेछन् । तर, नेपाल बहुजातीय, बहुधार्मिक देश भएकाले डलर खेती गरेर धर्म पविर्तन गर्ने कुरालाई रोक्ने कुरा होला तर धर्मनिरपेक्ष नै नेपाल रहन्छ । भारत आफैं त्यहाँको संविधानअनुसार धर्मनिरपेक्ष मुलुक हो । त्यसैले धर्मनिरपेक्ष देशको प्रधानमन्त्रीले अर्काको देशमा धर्म सापेक्ष बनाउने भन्ने नैतिक अधिकार पनि छैन । उत्साहित होलान् धर्मको आडमा राजनीति गर्नेहरू तर त्यसमा पनि ठूलो परिवर्तन आउनेछैन । नेपाल बेल्ट एन्ड रोडमा गइसकेको हुनाले, चीनसँगको पारवहन सन्धिमा पनि सही गरिसकेकाले चीन भएर सी पोर्ट र ल्यान्ड पोर्टमार्फत पनि विश्वमा जान पाउने अवस्था छ । त्यो अधिकार पाइसकेकाले अब फेरि नाकाबन्दी गर्न सक्ने अवस्थाको अन्त्य भइसकेको छ । नेपाल अब ल्यान्डलक कन्ट्रीभन्दा पनि ल्यान्ड लिंक कन्ट्री भइसकेको हुनाले मोदीले चाहेर पनि आफ्नो पोल्टाभित्र एकलौटी राख्न सक्ने अवस्थामा नेपाल छैन । किनकि, भुटानलाई जस्तो बेल्ट एन्ड रोड जान पनि रोक्न सकेनन् । नेपाल गइसक्यो । संयुक्त सैन्य अभ्यास चाइनासँग नगर भनेर भुटानलाई रोक्न सक्यो, नेपाललाई सकेन । यसैले भुटानीकरणको अवस्था छैन । एउटाको पोल्टाभित्र बस्ने अवस्था पनि छैन । यसैले नेपालमा अहिले प्रतिस्पर्धा छ । चाइनासित इन्डियाको, अमेरिकासित चाइनाको । यसैले धेरै प्रतिस्पर्धाहरू भएको भूराजनीतिक महŒवको क्षेत्र भएकाले हिजोजस्तो इन्डिया र चाइनाका बीचको दुई ढुंगाबीचको तरुल होइन, अहिले तीनखुट्टा भएको ओदानजस्तो छ । अहिले त इन्डिया, चाइना र पश्चिमा (पश्चिमा भन्नाले बेलायत, अमेरिका, युरोपियन युनियन) लगायत अधिकांश छन् । भूमण्डलीकरणको बेला भारत भनेकै सबथोक भनेर बस्ने, भारत र चाइना मात्र हो भन्नेलगायत त्यो दुवै अवस्थाबाट पार गरिकन हामीले बहुविश्वमा भूमण्डीकरणमा धेरै देशसित सम्बन्ध बढाएर नेपाललाई आर्थिक स्रोत पनि धेरै मुलुकबाट जुटाउने गरी लगानी जुटाइ पर्यटन पनि विकास गरेर समृद्धिका लागि सम्बन्धमा विविधीकरण गर्दै जानुपर्ने भएकाले भारतसँगको सांस्कृतिक सम्बन्धचाहिँ घनिष्ठ होला । यताबाट तपस्या र ध्यान गर्न आउने पशुपतिनाथ, जनकपुर र मुक्तिनाथ क्षेत्र होला । त्यसले धार्मिक पर्यटनलाई सघाउ पुग्ला तर भारतको पोल्टामा एकलौटी नेपाल जान सक्दैन । त्यसको अर्थ नेपालले भारतविरोधी गतिविधि गर्न दिनु पनि भएन । सँगसँगै चीनविरोधी गतिविधि पनि गर्न दिनु भएन । र, अमेरिका पनि सक्रिय हुन थालेकाले नेपालले सबै शक्तिहरूसँग सामञ्जस्य राख्ने, सन्तुलन राख्ने नयाँ कुटनीतिक भूमिकाको आवश्यकता छ ।
० मोदीको पहिलो कार्यकालको भन्दा पनि बढी मत ल्याएर दोस्रो कार्यकालमा निरन्तरता हुनेगरी मत ल्याउनुमा अन्य के कारण हुन सक्छ ?
यसमा जम्म तीनवटा कारण छन् । एउटा राष्ट्रवाद हो । दोस्रो संसदीय व्यवस्था भए पनि चुनावको तरिका राष्ट्रपतीयजस्तो भयो । मोदीलाई केन्द्रमा राखेर भोट मागेको अवस्था देखियो । प्रधानमन्त्रीय प्रणाली संसदीय प्रणालीको भएन । किनकि नेतालाई नै अघि सारेर भोट दिने हो । त्यसरी भोट लिँदा उसको करिज्मा, व्यक्तित्व र उसको आकर्षक भाषण तथा सक्रियता रह्यो र यही कारण प्रतिपक्ष कमजोर रह्यो । परिवारवादमा संकुचित भयो । यसैले करेस्मेटिक विकल्प गान्धी परिवारको प्रभावशाली रहेन । दोस्रो उसको जितको कारण पर्सनल छवि पनि हो । कमान्ड गर्ने नेताका रूपमा । तेस्रो कुरा भारतलाई आधुनिकीकरण गर्ने अभियान हो । त्यो आधुनिकीकरण भनेको पश्चिमीकरण होइन । उसले ध्यान गर्ने कुरादेखि लिएर आफ्नो सांस्कृतिक–धार्मिक पहिचान विश्वमा दिन खोजेको छ । त्यसैले अब ऊ क्षेत्रीय शक्ति त छँदै थियो, विश्वशक्तिका रूपमा थप भूमिकाका लागि त्यहाँको जनताले अगाडि बढ भनेर साथ दिएको देखियो ।
० चुनावमा कंग्रेस आई निकै बढारियो, कम्युनिस्टहरू त निलजस्तै भयो, यो अवस्था कसरी आइपरेको होला ?
त्यहाँका कम्युनिस्टहरू त राष्ट्रियताका सवाललाई कहिल्यै आफूसँग नगाँसेको हुनाले पतन हुनु स्वाभाविकै हो । भियतनाममा होची मिन्ह किन सफल भए भने फ्रान्स, जापान र अमेरिकाकाविरुद्ध राष्ट्रिय स्वाधीनताका लागि लडेकाले । चीन किन सफल भयो भन्दा जापानविरुद्ध राष्ट्रिय स्वाधीनताका लागि लड्यो । अमेरिकाविरुद्ध लडेर क्यास्ट्रो सफल भएका हुन् । हिटलरविरुद्ध लडेर स्टालिनले रुसलाई स्थापित गरे । तसर्थ भारतका कम्युनिस्टहरूले राष्ट्रिय मुक्तिलाई पनि विरोध गरेका थिए त्योबेला । किनकि, अंग्रेजलाई धपाएर हुँदैन भनेर बढी अन्तर्राष्ट्रियवाद र पुच्छरवादमा लिप्त भए । नेपालमा अलिअलि नाकाबन्दीको बेला विरोधमा स्ट्यान्ड लिएको हुनाले अहिले वामपन्थीको प्रभाव बढेको हो ।
० त्यो पुरानो कुरा भयो, तर पश्चिम बंगाल, केरला, त्रिपुराजस्ता ठाउँमा त सरकार थियो, त्यहाँ पनि बिलाउनुको कारणचाहिँ के होला ?
उनीहरूको संगठन गर्ने कुरामा पनि कमजोरी देखियो । करेस्मिेटिक ज्योति बसुजस्ता नेताहरू पनि नयाँ पुस्तामा देखापरेन । कांग्रेस आइका लागि चम्चा भएर काम गरिदिने नेताहरू मात्र भए । यसैले आफ्नो छवि बनाउन सकेन । साधारण किसानहरूमा नक्सलाइट बढे । त्यसैले यिनीहरू जनताबाट अलग्गिँदै गए । र, यसपालि एक सिटमा रहे ।
० कांग्रेस आईमा चाहिँ के समस्या भएर हो ?
त्यसमा परिवारवाद हाबी भयो । दोस्रो प्रियंकालाई उठाएको भए सायद सिट बढ्थ्यो की । त्यस हिसाबले उसका लागि पनि लज्जास्पद हार हो ।
० भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै प्रधनमन्त्री केपी ओलीले पनि सबैतिर पकड र प्रभुत्व पार्ने तथा अधिकार आफूमा केन्द्रीत गर्ने गरी शासनशैली अपनाएको चर्चा छ, तपाईंलाई के लाग्छ, के यो उताको सिको हो ?
अहिले पछिल्लो ट्रेन्ड शक्तिशाली प्रणाली, शक्तिशाली कानुन र शक्तिशाली कानुनको हो । तर यहाँ ओलीजी आफ्नो ठुलो पोस्टर छाप्ने, आफ्ना साथीभाइसँग पनि कुनै सल्लाह नगर्ने, गुटलाई बढी हेर्ने र आफू शक्तिशाली प्रधानमन्त्री हुन खोजेको देखियो । सञ्चार क्षेत्रलाई पनि तह लगाउन खोज्ने प्रयास छ । यसैले नेपालले खोजेको शक्तिशाली शासक होइन, प्रभावशाली प्रणाली हो । त्यस मानेमा केही कमजोरी देखिएकै छन् ।
० मोदीको यो खालको परिणामले प्रधानमन्त्री ओली उत्साही छन् भनिन्छ, तपाईंलाई के लाग्छ ?
भारतका मोदीले निजी काम, पारिवारिक फाइदाहरू, ससुरालीको फाइदाहरूका लागि यस्ता काम गरेको छैन । तर यस्ता कमजोरी यहाँ देखिएको छ । क्याडरलाई ठूलाठूला व्यापार र माफियाको ब्रोकर बनाउनेजस्ता खराब प्रवृत्ति यहाँ भइरहेको छ । जनसाधारणले यो कम्युनिस्ट होइन, कमाउनिस्ट सरकार भयो भन्ने कुराको आलोचना पनि आइरहेको छ । त्यस्तै विकासको परिणाम पनि नआउने अवस्था छ । यसैले अब गफभन्दा काम गर भन्ने आशा छ । ग¥यो भने राम्रै हुन्छ । यो अन्तिम मौका हो ।
० नेकपाको यो सरकारले पनि मोदीकै ढाँचाले अर्कोपटक पनि सरकार बनाउन सक्ने सम्भावना छ ?
मोदीले निजी फाइदा नलिईकन विकास गरेका छन् । डेडिकेटेड, डेभोटेड भएर लागेका छन् । यहाँ त्यस्तो छवि छैन । छवि बनाउन सक्यो भने हुन्छ । विकास गरेर देखाउन सक्यो भने बढ्छ । विकास नगरीकन विकासको गफ मात्र गरेर बर्बादीतर्फ गयो भने यो त अन्तिम मौका हो, बिग्रन्छ ।
० सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो ?
परम्परागत शैलीकै छ । मुख्य कुरा देशभक्तहरूको नेतृत्व चाहिन्छ । राजनीति र प्रशासन दुवैतर्फ त्यसो भयो भने मुलुक अघि बढ्छ । अर्काको निःशुल्क छात्रवृत्तिमा जानेहरू, अर्काको शुभलाभ लिनेहरू र यहाँ दोहोरो तलब खानेहरू बढी छन् । त्यसैले देशभक्त नभईकन प्रमोसन नै नपाउने व्यवस्था गर्नुपर्छ । त्यो प्रणाली नभएसम्म अर्काको दलालले स्वदेशको विकास गर्दैन । त्यसैले देशभक्ति पहिला आवश्यक छ । दोस्रो भ्रष्टाचारमुक्त गर्नुप¥यो । तेस्रो गतिका साथ काम गर्ने कर्मचारी संयन्त्र चाहियो नि विकासका लागि । चौथो देश विकासका लागि युवाशक्ति आवश्यक पर्छ । युवाशक्ति नै खाडी र कोरिया पठाएर देशको विकास हुन्छ ? हुँदैहुँदैन । यसैले विकास सेना चाहियो । लाहुरे र भाडाका सेना हुन अर्काको देशमा जाने होइन, देश बनाउने प्लम्बर, इन्जिनियर, डाक्टर, नर्स, सिकर्मी, डकर्मीदेखि लिएर २० वटा सीप सिकाएर देशविकासमा लगाउने नीति ल्याउनुप¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

कसले लग्यो गैंडाको खाग र बाघको जुँगा ?

ShareTweet काठमाडौं । सिंहदरबारस्थित पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेलायती बैठकमा सजाइएको अखेटपहारहरू हराएपछि त्यसको चोरी गर्ने चोरको खोजी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नगुन्जिएको एउटा जिन्दगी

ShareTweet ‘वैरीहरू आफ्नै कुकृत्यहरूले उदांगियून् आफ्नै मुर्खतापूर्ण प्रयासले पराजित होऊन् हास्यास्पद तर्कहरू न्यायले शान्तिले समानताका गुञ्जले गुञ्जित होऊन्- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

जातीय विभेदविरुद्ध अडिग

ShareTweet नेपाली समाजलाई परिवर्तनको लहरले स्पर्श गरे पनि जातीय विभेद र छुवाछुतका प्रकरणमा भने अझै पनि संकुचित र निर्मम नै प्रतीत हुन्छ । आधुनिक विकास र परिवर्तनका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा