शेरबहादुर देउवा सत्ता भनेपछि हदै गर्छन्
शम्भु थापा, वरिष्ठ अधिवक्ता० प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरणलाई कसरी लिनुभएको छ ?
– अहिलेका छापाहरू सबै हेर्दा विभिन्न खालका सेटिङ र बिचौलियाको प्रधानन्यायाधीश चाहिएको रहेछ उहाँहरूलाई । राजनीतिक बिचौलियाहरू प्रधानन्यायाधीशकहाँ जाँदा रहेछन् । अनि उहाँहरूलाई त्यो बिचौलियाको प्रभावमा चल्ने प्रधानन्यायाधीश चाहिँदो रहेछ । तर, सुशीला कार्की एउटा स्वतन्त्र न्यायापालिकाको एक रक्षकका रूपमा उभिनुभयो । राजनीतिक हस्तक्षेपलाई मुक्त गर्ने प्रधानन्यायाधीशका रूपमा आफूलाई राख्न खोज्नुभएकाले त्यही बिचौलियाहरूको प्रभावले यो महाअभियोग ल्याइएको हो ।
० तर, सुशीला कार्कीले पनि कार्यपालिकामाथि नांगो हस्तक्षेप गरेको आरोप लगाइएको छ नि ?
– यसमा कुरा प्रस्ट छ । यो अहिले डीआइजीको बढुवासम्बन्धी मुद्दासँग सम्बन्धित छ । यो मुद्दामा कसले बढुवा गर्ने भन्ने मामिलामा स्पष्ट शब्दमा गृह मन्त्रालयले गर्ने उल्लेख छ । तर, अगाडि पनि गृहमन्त्रीले बढुवा गरेनन् । अहिले पनि गृहमन्त्रीले बढुवा गर्न चाहेनन् । हिजो राजीनामा नै दिइसक्नुभयो । प्रहरी नियममा र ऐनमा महान्यायाधिवक्ताले बढुवा गर्ने व्यवस्था छैन । पहिले बढुवाका नामहरू लाने अधिकार प्रहरी नियमावलीको नियम ४१ र ४१ (क) मा गृह मन्त्रालयलाई छ । गृहमन्त्रीले त्यसको प्रतिरक्षा गर्नुपर्छ । उसले नलगीकन शेरबहादुर देउवाले लाने भन्ने छैन नियममा । अनि त्यो महान्यायाधिवक्ताले हेर्ने भन्ने पनि छैन ।
अर्को कुरा, महान्यायाधिवक्ताले अंकको मूल्यांकन गर्ने भन्ने पनि छैन । पहिला गृह मन्त्रालयले गर्नुप¥यो । गृह मन्त्रालय भनेको गृहमन्त्रीले गर्नुपर्छ । त्यसैले, यसमा फ्वाँफ्वाँ च्वाँच्वाँ गरेर कोही पनि नकराए हुन्छ । महान्यायधिवक्तालाई कहीँ अधिकार दिइएको छ भने देखाऊन् हामीलाई । सीधा गृहमन्त्रीको लिखित जवाफ हेर्ने अनि त्यसपछि प्रहरी नियम हेर्ने र महान्यायाधिवक्तालाई यहाँ अधिकार दिइएको छ भने देखाऊन् हामीलाई । गृहमन्त्रीले मैले गर्नै पाएको छैन भनेको छ ।
० अदालतले कार्यसम्पादन नै मूल्यांकन नै नक्कली बनाइदिएको आरोप छ नि ?
– त्यो सक्कल बोकेर हिँड्ने को हो त ? महान्यायाधिवक्ताले पाए कहाँबाट त ? सक्कल बोकेर हिँड्ने र अहिले सही गर्ने २ सय ४९ जनाले कहाँबाट पाए ? सुडान काण्डका प्रहरी जबर्जस्ती ल्याए नि प्रहरी प्रमुखमा, अहिले पनि लोलोपोतो गरेर जो ल्याँउदै छ । राजनीतिज्ञहरू त पानीविनाको ओभानो हुन्छन् । यिनीहरूले प्रहरी महानिरीक्षकबाट कुनकुन काण्ड गराउँछन् अनि मुद्दा लगाउँछन् । यो फेरि सकिँदैन तुरुन्त । एकछिन महानिरीक्षक हुनलाई सजिलो छ । एकछिनलाई हामीले ल्यायौं भन्लान्, तर महानिरीक्षकको पदका कारण न्यायिक स्वतन्त्रतालाई जसरी खान खोजिएको छ, उहाँहरूलाई सरकारसँग सेटी« गर्ने प्रधानन्यायाधीश चाहिएको छ ।
० यो समस्या आउनुको मुख्य कारण महान्यायाधिवक्ता पनि हुन् भनिन्छ नि ?
– म महान्यायाधिवक्ताजीको व्यक्तिगत जीवनमा जान चाहन्नँ । तर, उहाँलाई म कानुनी हैसियतमा सोध्ने अधिकार राख्दछु । उहाँको चरित्रमा जान चाहन्नँ, तर यी कार्यसम्पादनपहिले मूल्यांकन गर्ने, हेर्ने अधिकार महान्यायाधिवक्तालाई छ कि गृहमन्त्रीलाई छ ? कानुन जान्ने मान्छे हो भने पहिले गृह मन्त्रालयबाट हेरेर आउनुपर्छ कि पर्दैन । उहाँको काम त कानुनी सल्लाह दिने हो ।
० महान्यायाधिवक्ता आफैं महाअभियोग प्रस्ताव दर्ता गर्न गए, यसलाई कुन रूपमा लिनुभएको छ ।
– संसारमा जहीँ पनि महान्यायाधिवक्ता भनेको राज्यको, कानुनरक्षक हो । यहाँ त उहाँले नै कार्यसम्पादन गराएको देखिन्छ । कहिले पोखरामा भाषण गर्नुभएको छ, कहिले के गर्नुभएको छ । कार्यसम्पादल लिएर हिँड्ने र बोल्ने उहाँलाई के अधिकार ? एउटा पक्षले पेस गरेको कागजचाहिँ हेरीबुझी जँचाउनुहुन्छ, थुन्ने अधिकार छ भन्नुहुन्छ । यो त तपाईं हाम्रो अधिकारमा गम्भीर आघात हो । प्रहरी महानिरीक्षक हुने मानिसले पनि केही समयका लागि आफ्नो सम्पूर्ण संगठनलाई समाप्त पार्नुहँुदैन । अब बिस्तारै सेनाको वक्तव्य आउन सुरु भयो । यसले छाँटकाँट त राम्रो देखाएको छैन ।
० ती घटनाबाट अब राजनीतिबाट न्यायालय स्वतन्त्र छैन भन्ने पुष्टि भयो होइन ?
– न्यायपालिका त ध्वस्तै पारे नि । अलिकति बलियो हुँदै थियो, ध्वस्त पार्ने तवर्m भयो । डीआईजीको एउटा बढुवा हे¥या त, त्यसमै यिनीहरू कराएको चित्कार हेर्नुस् ।
० यस्तो बेला बारको भूमिका देखिएन नि ?
– यस्तो बेलामा नेपाल बार कता छ कता ! रोम जलिरहेको छ, हाम्रो नेपाल बारका अध्यक्षज्यूचाहिँ बाँसुरी बजाएर बसिराख्नुृभएको छ । अदालत जल्दा नबोल्ने बार के बार ? उहाँहरूलाई लागेको होला, हाम्रो अभीष्ट पूरा भयो भनेर । तर, यो मान्नुस्, रोम जलिरहेको बेला निरोले बाँसुरी बजाइराखेको जस्तै अहिलेका अध्यक्ष शेरबहादुर केसी पनि बाँसुरी बजाइराख्नुभएको छ ।
० यस्तो अभ्यासले मुलुकलाई कहाँ पु¥याउला ?
– मुलुकलाई त अब अदालतलाई लगेर संसद्को मुनी लगे । अब संसद्लाई लगेर सेनाको मुनि लान्छन् । यही त हो नि उनीहरूले गर्न खोजेको । जुन कुरा मैले धेरै अगाडी भनेको हुँ नि । सर्वोच्च अदालतले १७ जुलाईमा केरलाको प्रहरी प्रमुखलाई नियुक्ति गरेन, जो योग्य थिए र पनि । सर्वोच्चले अस्ति १७ अप्रिलमा बदर गरेर नियुक्ति ग¥यो । घरी यिनीहरू सबैभन्दा उत्तम चन्द भन्छन् । अहिले कार्यसम्पादन नै हेरेर भन्दा चन्द ठिकै हो भन्छन् ।
० यो सबै प्रकरणको सेफल्यान्डिङ कसरी होला ?
के ल्यान्डिङ हुनु ? शेरबहादुर देउवाले एकचोटि मध्यरातमा संसद्लाई विघटन गरेर कहाँ पु¥याए सत्ताका लागि । यिनले अहिले न्यायपालिकामा एउटा प्रस्ताव ल्याएर गम्भीर गल्ती गरे । कांग्रेसले त समीक्षा गर्नुपर्ने नि त । शेरबहादुरले सत्ता भनेपछि हदै गर्छन् । उनलाई सत्ता र शक्ति भएपछि पुग्यो । महलमा छन्, तपाईं हाम्रो अधिकार जाने हो । अनि यिनीहरूलाई बचाउन हामी
सडकमा आउनुपर्ने भयो । हिजो भ्रष्टाचारी हुँदा मुद्दा हामीले लडिदिनुपर्ने । उनीहरूलाई चाहिएको कस्तो भने शाही आयोग जस्तै निकाय हो ।
० बालकृष्ण ढुंगेललाई प्रक्राउ गर्न प्रतिशोधपूर्ण ढंगले आयो भन्ने सुनिएको छ नि ?
– भित्री पाटो जुन मलाई थाहा छैन, म त्यसबारे बोल्दिनँ । भित्र त यी सकुनीहरूले कुनकुन पासा फ्याँकेका छन्, त्यसतिर ध्यान दिनुप¥यो ।
० निर्वाचन धकेल्नका लागि पनि यी प्रपञ्च भइरहेका छन् भनिन्छ नि ?
– हामीलाई कानुनबमोजीम शासन चाहियो । नेपालमा संविधान नै चाहिएको छैन । अहिलेका यी नेताहरूबाट पार लाग्दैन । प्रधानन्यायाधीशलाई राजनीतिक तहको मान्छे भेट्न पठाउने, मुद्दा मिलाउन पठाउने भनेपछि कस्तो सेटिङ गर्न उनीहरू तयार छन् भन्ने त बुझिहालिन्छ नि ।
शान्तराम बिडारी
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply