संख्याको समानतामा ईतिहासमा कुनै पार्टीवीच एकता भएको छैन
बेदुराम भुषाल० केही दिन यता एमाले र माओवादी केन्द्रका एकताका बीचमा केही शंसयहरु पैदा भइरहेको छ, के एकता अब टरेको हो र ?
–टरेको छैन ।
० तर राजनीतिक बजारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति पछाडि केही संशयहरु पैदा भएको छ, किन यस्तो भयो ?
–उहाँले समानताका आधारमा सम्मानजनक ढंगले एकता हुन्छ भन्नुभएछ । उहाँले के अर्थमा त्यो भन्नुभएको हो भन्ने प्रष्ट छैन । यद्यपि पछि एक् पत्रिकासँगको अन्तरवार्तामा कमिटीको संख्या पनि बराबरी नै हो भन्ने ढंगले उहाँको अभिव्यक्ति आएको छ । त्यसले नै एकता नहुने दिशातिर गएर यो अभिव्यक्ति आयो की भन्ने संशय पैदा भएको होला ।
० तपाँइ त संगठन तथा अन्तरिम विधान मस्यौदा कार्यदलको सदस्य भएर पनि काम गरिरहनुभएको छ, एकताको गृहकार्य कहाँ पुगेको छ ?
–विधान तयार भएको छ । जनसंगठनहरुको एकताका निम्ति प्रस्ताव पनि तयार भएको छ । विधानका सबै कुरामा हामीले सहमति जुटाएका छौं तर दुईवटा बुँदामा हाम्रा बीचमा असहमतिहरु कायम छन् ।
० त्यो दुईवटा बुँदा के के हो ?
–त्यसमध्ये एउटा त चुनाव चिन्हका विषय हो । चुनाव चिन्ह के राख्ने भन्ने विषयमा एकमत भएको छैन । अर्को विधानको प्रस्तावनामा जनयुद्ध भन्ने शव्द लेख्ने की नलेख्ने भन्नेमा हामीबीच दुईवटा मत छन् । यि दुइवटा विषय बाहेक सहमतिमा हामीले विधान तयार गरेका छौं । र, जनसंगठनहरुको एकता सम्वन्धी प्रस्ताव पनि हामीले सहमतिका साथ नै तयार गरेका छौं । बाँकी नमिलेका विषयहरुलाई संयोजन समितिमै पठाउनेगरी प्रतिवेदन तयार भएको छ ।
० जनयुद्धलाई कम्युनिष्ट आन्दोलनको आयामका रुपमा स्विकार्न मिल्दैन एमालेले ?
–जनयुद्ध भन्ने शव्द समकालिन नेपाली राजनीतिमा विवादित शव्द हो । जतिबेला उहाँहरुले त्यो युद्ध सञ्चालन गर्नुभएको थियो, त्यतीबेला पनि विवादमै थियो । युद्ध पनि विवादमै थियो । अहिले पनि सिङ्गो संविधान निर्माणको प्रक्रियामा त्यो शव्द विवादमै रह्यो । अहिले पनि विवादमै छ । हामीले त्यहाँ जनक्रान्ति भन्ने शव्द राखेका छौं । जनक्रान्तिले जनयुद्धलाई पनि समेट्छ । जनआन्दोलनलाई पनि समेट्छ र जनसंघर्षलाई पनि समेट्छ । किनभने क्रान्ति फराकिलो शव्द हो युद्ध भन्दा । यो नै बढी उपयुक्त हुन्छ र यो बव्द त्यति विवादीत पनि छैन ।
०चुनाव चिन्ह एउटा संकेत न हो आखिर, एकता नै हुन्छ भने सुर्य चिन्ह छोड्नै नसक्ने कस्तो अडान हो ?
–चुनाव चिन्ह सजिलो चाहिन्छ । बनाउनका लागि सजिलो, बताउन सजिलो, जनतालाई बुझाउन सजिलो खालको चुनाव चिन्ह हुनुपर्छ । चुनाब चिन्ह अफ्ठ्यारो खालको बनाइयो भने प्रचार गर्नै अफ्ठ्यारो हुन्छ, प्रचार अफ्ठ्यारो प्रचार भयो भने चुनावलाई गाह्रो हुन्छ । त्यस हिसावले हामीले सजिलो चुनाव चिन्ह सुर्य नै हो भन्ने तर्क राखेका हौं । यो बनाउन पनि साह्रै सजिलो छ । गोलो पा¥यो, वरिपरि धर्का कोरिदियो, सुर्य बन्छ । ‘सुर्य चिन्हमा मत दिनुहोस्’ भनेर भन्न पनि सजिलो छ ।
०प्रधानमन्त्रीको भारत भ्रमण भन्दा पहिला नै पार्टी एकता गर्ने भन्ने कुरा आइरहेको थियो, ऋब् त्यो सम्भावना टरेको हो ?
–सबैभन्दा पहिलो कुरा त प्रधानमन्त्रीले हामीलाई आजका दिनसम्म ‘पार्टी एकता भारत जानुभन्दा पहिले गर्ने भएकाले चाँडै प्रतिवेदन तयार गर्नुस् भन्नुभएकै छैन ।’ उहाँले नभन्नुभएको मात्र होइन उहाँको आशय यो छ रे भनेपछि हामीले सोधेका पनि थियौं । मैले आफैंले पहिले नै गर्नुपर्ने हो र ? भनेर सोधेको पनि थिँए । उहाँले त्यस बेला ‘होइन, काम भ्याइयो भने गर्ने हो, त्यसका निम्ति हतार गर्न पर्दैन’ भन्नुभएको थियो । बाहिर प्रचारमा आए जसरी कुरा तय भएकै होइन । दोस्रो कुरा, त्यो कारणले काममा ढिलासुस्ती भएको छैन । हामीले त प्रतिवेदन तयार गरेकै तिन चार दिन भइसक्यो । संयोजन समितिलाई बुझाउनका निम्ति खासगरी दुबै पार्टी अध्यक्षहरुको समय आवश्यक भयो । हामी त्यो समय माग गरिरहेका थियौं ।
०यो हिसावकितावले काम अघि बढ्दा हामी कहिलेसम्म पार्टी एक होला भनेर आशा गर्न सक्छौं ?
–हाम्रो प्रस्ताव त बैशाख ९ गतेको लागि छ । त्यही मितिमा एकता गर्नका निम्ति हाम्रो जोड हुन्छ । हामीले काम सिध्याएका छौं । हाम्रा प्रतिवेदनहरु शिर्ष नेतृत्वलाइृ बुझाइसककेपछि फेरी प्रक्रिया अघि बढ्ला ।
० माओवादी अध्यक्षका तर्फबाट ५० –५० प्रतिशतको समान हैसियत चाहिन्छ भन्ेर माग गरेपछि पार्टी एकता अलि पेचिलो भएको हो ?
पेचिलो भयो कि खुकुलो भयो भन्ने कुरा भन्दा पनि यदी साँच्चै उहाँहरुको त्यो अडान हो भने त्यो उपयुक्त अडान होइन ।
किन ?
–संख्याको समानतामा आजसम्मको यतिहासमा कहिल्यै पनि पार्टी एकता भएको छैन । अहिले कतिपय साथीहरुले ०४७ सालमा माले र माक्र्सवादीको एकता समानताको आधारमा भएको थियो भनेर । त्यो इतिहासलाई बिर्सिएका साथीहरुले भन्ने गरेका छन् । मलाई राम्रो गरी संझना छ, त्यतीबेला कार्यकारी कमिटीको रुपमा राष्ट्रिय परिषद रहेको थियो । त्यो परिषद ७० जनाको थियो । ७० जना मध्ये ४२ जना मालेतर्फका साथीहरु हुनुहुन्थ्यो । २८ जना माक्र्सवादी तर्फका साथीहरु हुनुहुन्थ्यो । यसकारणले संख्यामा बराबरी हुँदैन । भावनामा बराबरी होला, विचार र दृष्टिकोणमा समानता होला, नीतिमा एकरुपता होला तर संख्यामा भने बराबरी हुन सक्दैन । सम्मानजनक हुनुपर्छ भन्ने कुरा पनि आइरहेको छ, सम्मानजनक कसलाई ? के को सम्मान ? सबैभन्दा पहिले त जनताको सम्मान गर्नुपर्छ । जनमताको सम्मान गर्नुपर्छ । हामी जनताका पार्टीहरुका निम्ति जनमत नै सबैभन्दा ठुलो सम्मान गर्नुपर्ने विषय हो । त्यसकारणले जनमतको सम्मान गरेर एकता गर्ने कुरा नै सबैभन्दा उपयुक्त एकता हो । त्यो भन्दा अन्यथा कुरा हो भने चाँही त्यो अलि अफ्ठ्यारो कुरा हो ।
० माओवादीले चाँही वडा तहसम्म्ौ दुई अध्यक्ष राख्ने प्रस्ताव ल्यायो भन्ने कुरा के हो ?
प्रस्ताव नै चाँही होइन । हाम्रो मिडीया कस्तो भयो भने कुरा उठ्यो कि ठ्याक्कै दुईृ ध्रुवमा बाँडीइ हाल्यो कि भन्ने ढंगले विषय उजागर गरिदिने । छलफलमा कुरा त आँउछ नी । छलफल गर्दा मत र विचारहरु विभिन्न हिसावले आँउछन् नी । कतिओटा पद राखौं भन्ने छलफल भयो । कुन पद राखौं भन्ने छलफल भयो । त्यही क्रममा केन्द्रमा दुइवटै अध्यक्ष भएपछि तलपनि दुइवटै अध्यक्ष राख्ने हो की भन्ने खालको मत आयो । त्यसलाई दुइतिरैबाट प्रस्तावै आयो भन्ने गरी बाहिर कुरा उठे । हामीले कतैबाट प्रस्ताव लिएर गएर छलफल गरेकै छैन । तपाँइसंग एकदम खुला खुलस्त ढंगले भन्छु की एमालेबाट पनि हामीले प्रस्ताव बनाएर लिएर गएनौं, माओवादीतर्फबाट पनि साथीहरुले प्रस्ताव लिएर चाँही आउनु भएन । हामीले सुरुमा नाङ्गो हात र नाङ्गो दिमाग लिएर बस्यौं ।
पहिलो बैठक हामीले पेरीश डाँडामा गरेका थियौं । पहिलो दिन हाम्रा दश्तावेजहरु आदानप्रदान ग¥यौं । आफ्ना आफ्ना क्षेत्रमा कस्ता कस्ता संगठनात्मक संरचना छन् भन्ने कुरा जानकारी लिनेदिने काम ग¥यौं । त्यसरी सुरु गरेपछि दोस्रो बैठकमा कार्यविधीको प्रस्ताव बनाएर संयोजकले ल्याउने भन्ने सहमति भयो । पार्टीतर्फबाट कुनै प्रस्ताव ल्याउने भनेनौं । कार्यदलको संयोजकको हैसियतले कसरी काम गर्ने भन्ने कुराहरु तय गर्ने कुरा थियो । जुन कुराको संयोजकले प्रस्ताव ल्याउने भनिएको थियो । अर्को बैठकमा आँउदा संयोजकले २–२ जना साथीहरुलाई २ वटा चिज मस्यौदा गर्ने जिम्मा दिँउ भन्ने प्रस्ताव ल्याउनुभयो । विधानको कस्यौदा गर्नका लागि २ जनालाई र जनसंगठनको एकता प्रस्ताव तयार पार्नका लागि अर्को २ जनालार्य जिम्मा दिँउ भन्ने कुरा भएपछि कार्यदलले विधानका निम्ति मलाई र वर्षमान पुनजीलाई तथा जनसंगठनको प्रस्तावका निम्ति गोकर्ण विष्ट र गिरीराजमणी पोखरेललाई जिम्मा दिदने तय ग¥यो । त्यसरी हामी अगाडि बढेका हौं । हामीहरुले प्रारम्भीक मस्यौदा तयार ग¥यौं, जस जसले जिम्मा पाएका थियौं । त्यसपछि ति प्रारम्भीक मस्यौदामा आधारीत भएर छलफल चलायौं । तर कुनै प्रस्ताव कतैबाट लिएर गएर छलफल भएको छैन ।
० जनसंगगठनहरु पनि तपाँयहरुको बिशााल नै छ, त्यसलाई समायोज गर्ने चाँही कस्तो रुपरेखा तय गर्दै हुनुहुन्छ ?
–जनसंगठनको हकमा चाँही रुपरेखा भन्दा पनि हामीले एउटा प्रस्ताव बनाएका छौं, पार्टी एकता भइसकेपछि पार्टीको संगठन विभाग जुन बन्छ, त्यो विभागको नेतृत्वमा सम्वन्धीत जनसंगठनका प्रतिनिधहरु रहेको कार्यदल बन्नेछ । त्यो कार्यदलले पार्टीको नीतिगत दस्तावेज र विधानसंग नबाझिनेगरी आफ्नो दस्तावेज र विधान बनाउने छ र आफ्नो संगठनको एकताको प्रस्ताव पनि आफैं तयार गर्नेछ । यदी त्यहाँ विवादीत भयो भने त्यसको टुङ्गो संगठन विभागले लगाउनेछ भन्ने प्रस्ताव बनाइएको छ ।
०अब दुई पार्टी एक भएपछिको भविश्य कस्तो छ ?
–भविश्य सुन्दर नै छ । संभावनायुक्त छ । एकताप्रक्रियालाई जनमतलाइृ आधार बनाएर अगाडि बढाउनुपछृ । किनभने भोली पनि हामी जनतामा जाने हो । जनताको मुल्याङ्कन नै सबैभन्दा ठुलो कुरा हो । हामीले गएको चुनावमा ६०–४० को उमेद्वारी भाग लगायौं। तर जनताको मतले त्यो पोजिशन दिएन । त्यसो भएकाले हामीले माथी के कति भाग लगाउँछौं भन्ने कुराको कुनै अर्थ हुँदो रहेनछ । जनताले राखिदिने ठाँउ हुँदो रहेछ । त्यसकारण जनमत नै सबैभन्दा ठुलो कुरा हो । जनमतमा आधारीत भएर नै एकता प्रक्रियालाई अघि बढाउनुपर्छ । त्यसरी हामी अगाडि जान सक्यौं भने जनता, कार्यकर्ता सबैले चित्त बुझाँउछन् । र, एकमना एकताका साथ अगाडि बढ्न सकिन्छ । पार्टी एकमना एकताका साथ अगाडि बढ्यो भने नै सरकारबाट गरिने काम मुलुकको समृद्धिको अभियान सञ्चालन गर्ने जिम्मेवारीलाई पुरा गर्न सकिन्छ । अन्यथा हामी फेरी पछाडि पर्ने खतरा पनि उत्पन्न हुन सक्छ । त्यसकारणले यो चिजलाई ध्यानमा राखेर हामी अगाडि बढ्नुपर्ने अवस्था छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply