संसदीय समितिले अन्तरिम आदेश जारी गरेजस्तो निर्देशन दिइहाल्ने ?
रामनारायण बिडारी, नेकपा नेता एवं सभापति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासान समिति० अचेल सामाजिक सञ्जाल, युटुब र मिडीयाहरु सबैतिर भाइरल नै हुनुभएको छ, त्यो देख्दा–पढ्दा कस्तो अनुभुती हुन्छ ?
एक त ति सबै कुरा मैले देख्दै देख्दिन, किनकी ति हेरीरहन मसंग समय हुँदैन । तर फेसबुक, ट्वीटर लगायत भने हल्काफुल्का चलाउँछु । ति विषयहरु विभिन्न्न अनलाइनहरु मार्फत फेसबुकमा आयो भने मात्र मैले देख्छु । त्यसमा पनि मैले भनेका गहनतम कुराहरुलाई गहनतम र सुक्ष्म ढंगले कतिपयले बुझेको जस्तो अझ पनि मलाई लागेको छैन । अझ पनि उनीहरु आकर्षक शैली र परिमार्जित भाषामा कुरा गरेको मात्र पो हो की भन्ने ठम्याइमा पुगेको देखिन्छ । तर अहिले कतिपय व्यक्तिहरु र मिडीयाका साथीहरुले ‘यसले मार्मिक कुराहरु पनि उठाएको छ’ भनेर त्यही ढंगले परिचर्चा गर्न थालेका छन् । त्यसबाट भने अलि–अलि खुसी लाग्न थालेको छ ।
० तर त्यो शैलीलाई पनि कतिपय पक्ष र आलोचकहरुले भने कमेडियन शैली, नाटकीयपन भयो भन्ने लगायतका आरोपहरु पनि लगाउने गरेका छन् नी ?
कतिपयले कमेडी जस्तो भनेर आलोचना गरेपनि मलाई त्यती चित्त दुख्दैन । किनभने आफ्नो बोल्ने, भाषण गर्ने शैलीहरु मान्छेका आ–आफ्नै हुन्छ । कमरेड प्रचण्डको शैली र कमरेड ओलीको भाषण गर्ने शैली मिल्छ ? उहाँहरुको पनि आ –आफ्नै शैली छ नी । त्यसकारण त्यसरी बोल्ने शैली मेरो अहिले देखिको होइन, बच्चै देखिको हो । अझ स्पष्ट भनौं यौ शैली मेरो मौलिकता हो । त्यसैले मैले त्यसलाई अन्यथा ठानेका छैन । साथीहरुले त्यसलाई बरु सुक्ष्म ढंगले बुझिदिउन् भन्ने मेरो आग्रह छ ।
० केही दिन अघि बन्यजन्तु र मानवबीचको कुरा गर्नुभयो पछिल्लो समय किन यस्ता रोचक विषयतिर तानिनु भएको नि ?
हो, मैले राष्ट्रिय सभामा विशेष समय लिएर यो कुरा गरें । नेपालमा वन्यजन्तु आरक्ष वा पार्कहरु अधिकांश विदेशी अन्तराष्ट्रिय संस्थाहरु, डब्लुडब्लुएफ, वल्र्ड कन्जरभेसन सम्मेलनहरुका आधारमा त्यहाँबाट बजेट समेत आएर प्रशस्त पैसा प्राप्त भएर यहाँ यो विषयको वकालत गरेको देखिन्छ । तर हामीले अबको सन्दर्भमा यो विषय पुनरावलोक पनि त गर्न सक्छौं नी । शोषक सामन्तले शिकार गर्ने थलो, रमाइलो गर्न जाने ठाँउ पनि त्यही भएको थियो । अहिले चाँही त्यहाँका सर्वसाधारण जनता, गरिव, किसान, मजदुरहरु छाप्रोमा पनि बस्न पाएनन् । आतंकित हुन थाले । हात्तिले आक्रमण गर्न थाल्यो, बाहिर निस्कीँदा वाघले आक्रमण गर्न थाल्यो । गाई, बाख्रा, बस्तु भाउ चराउन पाएनन्, चितुवाले आक्रमण गर्न थाल्यो । मान्छे मारियो । बेहाल भयो । तिनीहरुलाई राहत र क्षतिपुर्ती समेत दिँइदैन । हो, मैले त यि कुराहरु पो भनेको हो । यसभित्र सिम्पल कुरा छै, नी, गम्भिर कुरा छ । मैले त्यसरी यो क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय संस्थाहरुलाई इंगित गरेर भनेको हो कि उता गएर तक्मा थाप्ने एकाथरी, डलर ल्याउने एकाथरी अनि दुख पाइरहने यहाँका श्रमिकहरु चाँही ? भन्ने मेरो प्रश्न हो । त्यसकरण मेरो भनाइलाई मार्मिक रुपमा बुझिदिनुप¥यो ।
० यि विषयवस्तुहरु बोल्ने कुरा छनोट गर्दा, छनोट गरिसकेपछि प्रस्तुत गर्दा पुर्व तयारी, अध्ययन कत्तिको गर्ने गर्नुहुन्छ ?
खास तयारी चाहिँदैन । सामान्य नै विषय हुन्छन् । मैले आफुले नबुझेको विषयमा कुरा नै राख्दीन । धेरै लामो समय राजनीति गरियो । झलक्क एउटा विषय सम्झिएपछि त्यसलाई भाष, शैली, तथ्य, तथ्याङ्क, विष्लेषण सबै कुरा स्वत आइहाल्छ । मैले जे विषयमा बोल्छु भनेर सोच्यो र बोल्न थाल्यो, त्यो विषयमा मलाई खरर्र कुरा आइहाल्छ । अलि अलि तयारी त गर्नैप¥यो तर अनुभव, अनुभुती र अहिलेसम्मको साक्षात्कारले विषयलाई उत्पात तयारी गर्न परेको छैन ।
० पछिल्लो समय संसदीय समितिहरु सक्रिय हुने निर्देशन दिने तर त्यो निर्देशन कार्यपालिका अर्थात सरकारले पालना नगर्ने आवस्था देखिएको छ नि, यो के समस्याका कारण हो ?
समिति व्यवस्थापिका हो । सरकार कार्यपालिका हो । कायैपालिका व्यवस्थापिकाप्रति जवाफदेही हुनुपर्छ भनेर संविधानमै उल्लेख गरिएको छ । त्यस आधारमा केही निर्देशनहरु दिन्छन् तर कार्यपालिकाका मन्त्रीहरु भने हाम्रो काममा व्यवस्थापिकाले हस्तक्षेप ग¥यो भन्ने बुझ्दा रहेछन् । व्यवस्थापिकाले पनि आफुहरु मन्त्रीको क्यान्डीडेट हो नि भन्ने अर्थमा बुझ्दा रहेछन् । यसो हेर्दा त उही सरहको न हो । धेरैजसो समितिहरुले भने मैले पनि कार्यपालिकाको काम गर्न पाउनुपर्छ भन्ने मानसिकता राखेर निर्देशन दिएको जस्तो देखिन्छ संसदीय समितिहरुले । त्यसकारण यसमा तालमेल मिल्न वा मिलाउन नसकिएको हो । संसदीय समितिले कस्तो विषयमा निर्देशन दिने र सरकारले त्यस्ता निर्देशनहरु कसरी पालना गर्ने भन्ने विषयमा कहिल्यै पनि हाम्रो संसदमा छलफल हुँदैन । हाम्रो पार्टीले छलफल गराउँदैन । संसदीय दलमा भएको बैठकमा मैले त जहिले पनि यो कुरा जोडदार ढंगले राख्दै आएको छु । यस विषयमा अलि गहिरो छलफल गरेर एउटा कार्यपत्र प्रस्तुत गरौं न, निर्देशन दिने विषय कस्तो हो, छलफल गर्ने विषय कस्तो हो, सरकारले कार्यान्वयन गरेर भने के सम्म गर्ने ठाँउ छ भनेर ।
० सरकारले ति निर्देशन पालना गरेन भने के हुन्छ त ?
संसद र संसदीय समितिले दिएको निर्देशन कुनै मन्त्रीे पालना गरेन भने त्यो फुल हाउसमा जान्छ । फुल हाउसले त्यो प्रतिवेदन पास गरेपछि पनि पालना गरेन भन्ने कुरा पुष्टी भयो भने त्यस्तो मन्त्री एक मिनेट पनि मन्त्री पदमा बस्न पाँउदैन । त्यो प्रधानमन्त्रीले बुझ्ने कुरा हो । दलले बुझ्ने कुरा हो । बुझेन भने त्यो दलको र प्रधानमन्त्रीको सक्षमतामा प्रश्न उठ्न सक्छ । यसकारण यस्ता विषयहरुमा गम्भिरतापुर्वक दलले विचार गर्नुप¥यो ।
० कमजोरी त समितिहरुको पनि छ भन्छन् नी ?
संसदीय समितिका सभापतिहरुले पनि यस विषयमा विचार गर्नुपर्छ कि कस्तो विषयमा निर्देशन दिने भनेर । यस विषय बडा गम्भिर ढंगले सोची विचारी कुन कानुन अन्तर्गत दिने, कुन नियम अन्तर्गत दिने, के कुरा सरकारले बर्खिलाप ग¥यो ? र किन निर्देशन दिने पहिला प्रष्ट हुनुपर्छ । दैनिकी कार्यमा यो गर वा नगर भनेर निर्देशन दिन मिल्दैन । अन्तरिक आदेश जारी गरेजस्तो गरी निर्देशन दिन मिल्दैन । उदाहरणको लागि सरकारले भारतीय फिल्म फेस्टीवल आइफा अवार्ड आयोजना गर्छु भन्यो । तर उसले तयारी गरेको पनि छैन । सम्झौता गरेको पनि छैन । पत्रपत्रिकाले त्यसलाई प्रचारमा ल्यायो । संसदीय समिति हतार हतारमा बस्यो र भन्यो कि त्यो आयोजना नगर्नु । त्यो त कार्यपालिकाको काममा हस्तक्षेप भयो नी । त्यो विषय परिपक्व नै भएको थिएन । त्यसैले परिपक्व नभई र विषय वस्तु नबुझि दिने निर्देशनमा पनि सुधार गर्नुपर्छ भने सरकारले समिति मार्फत पाएका राम्रा निर्देशनहरु पनि कार्यावयन नगर्ने, अटेर गर्ने चलन छ, त्यसलाई पनि सुधार गर्नुपर्छ ।
० यसलाई न्युनीकरण गर्न के उपाय छ त ?
सरकार, पार्टी, संसदीय दल, समिति सभापति, संसदबीच अलि बढी तालमेल र प्रभावकारी समन्वय हुन जरुरी छ । प्रधानमन्त्रीले महिनामा एक पटक संसदीय समितिका सभापतिहरुसंग कुरा गर्न अनिवार्य छ । प्रधानमन्त्रीले प्रत्येक हप्तामा दुइपटक क्यावीनेट बैठकको नाममा मन्त्रीहरुसंग दोहोरो कुराकानी हुन्छ नी । त्यस्तै समन्वय यता पनि भइदियो भने सहज हुन्छ ।
० तपाईले नेतत्व गर्नुभएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासान समितिले चाही के गर्दैछ ?
हाम्रो काम संविधानसंग नमिलेका कानुनहरु अध्ययन गर्ने, सरकारले दिएका आश्वासनहरु पुरा नभएको खण्डमा त्यसलाई अध्ययन गरी निर्देशन दिने, पुरातात्वीक महत्वका दस्तावेज र महत्वपुर्ण चिज वस्तुहरुको संरक्षण र अध्ययन अनुसन्धान गर्ने हो । सो अनुसार हामीले आफ्नो काम गरिरहेका नै छौं । विभिन्न दरवार, संग्राहलय, पुस्तकालयमा पुगेर सबै निरिक्षण पनि गयौं । महत्वपुर्ण दश्तावेजको वारेमा बडो विरक्तलाग्दो कुरा छ । पुस्तकालय व्यवस्थित छैन, परिमार्जित छैन, आधुनिकीकरण गरिएको छैन, देशको इतिहास, कानुन, नेपाल उत्तपतीदेखि अहिलेसम्मका शिलसिलेवार कुनै प्रकारको डकुमेन्टलाई राम्रोसंग राखिएको पाइएन । अन्तराष्ट्रिय रुपका गरिएका सन्धी, महासन्धीहरु राम्रोसंग राखिएको पाइएन । नेपालमा पहिलो पल्ट यो खोजी हुँदैछ । यस्तो समिति आजसम्म संसदमा थिएन । यो पटक संसदीय समितिलाई यो अधिकार दिइएको रहेछ, त्यसकारण अब यो काम अगाडि बढेको छ । यसले सरकारलाई पनि सहयोग पुग्छ । राष्ट्रलाई पनि दश्तावेजहरुबारे छानवीन गर्ने, अध्ययन गर्ने मेलो खुलेको छ । अहिलेसम्म हामीले अध्ययन गर्दा सुगौली सन्धीको ओर्जीनल कपी हामीले पाउन सकेनौं । गोरखा भर्ती केन्द्र सम्वन्धी कागजात पनि ओर्जिनल पाउन सकेनौं । सरकारी कार्यालय र मन्त्रालयबीच नै यस्तो खोजविनका सवालमा हामीले पत्राचार गर्दा फरक फरक जवाफ आएको छ । केही दिन अघि परराष्ट्रमन्त्रालयलाई पन समितिमा बोलाएर यसबारे छलफल ग¥यौं । उहाँले केही कागजात कलकत्ताको लाइबेरीमा, केही बेलायतको लाइबेरीमा हुनसक्ने भन्दै त्यतातर्फ समेत खोजविनाका लागि पहल गरिरहेको जानकारी दिनुभएको छ । जे होस् सरकारले अहिले यो विषयलाई गम्भिरतापुर्वक लिएको छ ।
सरकारी आश्वासनका सन्दर्भमा पनि राष्ट्रिय महत्वका, प्राथमिकतामा परेका ठुला ठुला आयोजनाहरुमा के के काम भइरहेका छन् भनेर खोज्ने काम गरिरहेका छौं । अध्ययन भइरहेको छ । प्रत्योयोजित व्यवस्थापनका सम्वन्धमा पनि अहिलेसम्म नभएका काम गरिएको छ । सबै कानुन अनुगमन र निरीक्षण गर्दै कार्यपालिकाले बनाउने कानुन मुल संविधानको मर्म अनुरुप नभएको सन्दर्भमा राय सुझाव दिइएको छ । एकरुपतामा ल्याउने प्रयास गरिएको छ ।
० केही दिन अघि समाचारमा आए अनुसार सिंहदरवार भित्रैको महत्पुर्ण सामग्री अनुगमनको क्रममा चोरिएको भेटियो रे, के हो त्यो ?
सिंहदरवारमा बेलायती बैठक भन्ने जुन थियो त्यसमा राज्यको केन्द्रीय भोज भतेर हुने ठाँउ । विदेशी पाहुना आँउदा, राष्ट्रिय स्तरको ठुलो भोज भत्तेर हुँदा प्रयोगमा आउने रहेछ । तत्कालिन राजाले राष्ट्रिय पञ्चायतको अधिवेशन सकिएपछि त्यहाँ पार्टी दिने रहेछन् । त्यहाँ विभिन्न अखेटोपहार सजाएर राखिएकोमा अहिले भद्रगोल ताल रहेछ । विभिन्न जनावरका ति अंग जो सजावटका लागि राखिएको थियो, कति कुहिए, सडे कति चोरी निकासी पनि भएको देखियो । गैंडाको खाग काटिएको छ । वाद्दको दाह्रा, नग्रा र जुघाँ उखेलिएको छ । जरायोको सिङ काटिएको देखियो । यो कहिले चोरी भयो, कसले चोरी ग¥यो ? यसको जिम्मा कोसंग थियो ? बेलायती बैठक हेर्ने अधिकारी को हो ? यो बारेमा छानविन गर्नुपर्ने देखिन्छ । यही कुरा मिडीयामा आयो । हाम्रो प्रतिवेदन भने बन्ने क्रममै छ ।
० नेकपामा अध्यक्ष दुइजना छन्, नेताहरु धेरै छन्, पार्टी दुइवटा बाट एक भएको छ, तर किन पार्टी काम भने सुस्त छ, गति पक्डन सकेको छैन ?
हाम्रो पार्टीले दुइवटा अध्यक्ष किन बनाएको ? दुइवटा अध्यक्ष समान हैसीयतका हुन् । जुन कुरा दश्तावेजमा छ । दश्तावेजमा समान हैसीयत भनेपछि दुइजनाबीच पनि कायैविभाजन हुनुप¥यो नी । एउटा अध्यक्ष काम नपाएर भाषण गर्दै हिँड्ने , एउटा अध्यक्ष सरकार चलाउँदैमा व्यस्त हुने । अनि पार्टी बेवारीसे बन्यो । जो सरकारको नेतृत्व गर्छ उसले सरकार चलाउने, जसले सरकारको नेतृत्व गर्दैन, उसले पार्टी चलाउने गरी हाम अघि बढीयो भने सबै समस्या समाधान हुन्छ । पार्टीले पनि गति पक्डन्छ । अहिले त व्यक्ति ओली र प्रचण्डको कुरा गरेको जस्तो लाग्ला तर भोली फेरी पुर्व सहमति अनुसार पर्लक्क पल्टदाँ त्यो बेला पनि लागु हुने हो यो कुरा । पार्टीमा कार्यविभाजन हुनासाथ यो कुराहरु मिलेर जान्छ ।
० पछिल्लो पटक पुर्वराजाले आफ्नो गतिविधी बढाएको, पुर्व राजावादीहरु टाउको उठाउन थालेको भनेर नेकपा अध्यक्ष सार्वजनिक रुपमै आत्तिएको देखियो नि, के यो संभव छ ?
वुद्धिजीवीहरु केही अपवाद र प्रगतिशील बाहेक भाडामा बिक्ने देखियो । अहिले पनि सडकमा हेर्दा त्यस्तै देखिन्छ । माइतीघर मण्डलामा वुद्धिजीवीको नाममा भाषण गर्न आउने मान्छे हेर्दा पनि ति वुद्धिजीवी हुन् की अरु कोही हुन् जस्तो लाग्ने । हिजो सम्म गणतन्त्रका कुरा गर्नेहरु आज राजालाई भेटेर आँए भनेर गर्व गर्दैछन् । त्यसैले यहाँ ठुलो योजनावद्धताका साथ केही खिचडी पाक्ने खतरा हुनुक्छ । जहाँ पनि क्रान्तीपछि प्रतिक्रान्तीको कोशिश हुन्छ । रुस, चिन जहाँ पनि भएको थियो । नेपालमा पनि केही तत्वले त्यसको लागि आधार तयार पार्ने प्रयास गरेका छन् । यो कुरा अध्यक्ष प्रचण्डले भेउ पाउनुभयो । त्यसकारण यिनीहरुको बोट नबन्दै विरुवामै सिध्याउनुपर्छ, नत्र फेरी यो हुर्केर विषवृक्ष बन्छ भन्ने कुरा अन्दाज गरेर यो व्याख्या गर्नुभएको हो । नेपालमा राजतनत्रको भुत फेरी सवार भएको छ । त्यो भुत फेरी व्युतेर आँउन सक्दैन । नेपालीले खप्तैनन् । नेपालीले दलका नेताहरुलाई सच्याउनका लागि गरेको विरोधको अर्थ राजतन्त्र चाहियो भनेका अवश्य होइन । उनीहरुले गरेको काम मिलेन, तिमी राम्रो काम गर पो भनेको हो ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply