27th April 2018, Friday

E-budhabar

सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तथा विकासमा तल्लिन छौं



सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तथा विकासमा तल्लिन छौं

० विभागको महानिर्देशक भएयता तपाईंलाई कस्तो अनुभूति भइरहेको छ ?
– म सूचना विभागमा आउँदा दुईवटा कुरालाई महŒवपूर्ण ठानेको थिएँ । पहिलो, सञ्चार क्षेत्रका साथै सूचना र प्रविधिको विकाससँग सम्बन्धित विषय रह्यो । अर्को, आमजनसमुदाय र राष्ट्र तथा यससँग सरोकार राख्ने जति पनि सञ्चार प्रयोग गरिरहेको समूह र पक्षहरू छन्, यसलाई नजिकबाट नियाल्दा केही कुराहरू सिक्ने र आफु पनि यसबारे जानकार रहन पाइने हिसाबले मैले यसलाई सकारात्मक रूपमा लिएको थिएँ ।
० कर्मचारीहरू प्रमुख भएर आउनै नमान्ने विभागमा सुरुमा आउँदा अत्यास लागेन ?
– निश्चय नै निजामती कर्मचारीहरूले आफूले रोजेर मात्र नभईकन सरकारले खटाएका विभिन्न ठाँउमा जानुपर्ने हुन्छ । जागिर खाने सिलसिलामा सेवाका सन्दर्भमा फरकफरक किसिमका विषयवस्तु र फरकफरक ठाँउमा जाँदाखेरि पक्कै पनि नौलो हुन सक्छ । त्यसरी नौलो हुँदा त्यसलाई कसरी सम्बोधन गर्ने वा व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा केही कुरा सामान्य रूपमा असान्दर्भिक पनि हुन सक्छ । असहज पनि हुन सक्छ । तर, असहज भयो भन्दैमा मैदान छोडेर भाग्नुहुँदैन । हामी जहाँ रहे पनि मुलुक र जनताका लागि काम गर्ने हो । सरोकारवालासँग मिलेर काम गर्ने हो । यो सन्दर्भमा केही कुरा सिक्दै र केही कुरा गर्दै जाँदा आफैं सहज हुन्छ र मैले त्यहीअनुसारले काम गर्दै पनि आएको छु ।
० विभाग आएर तपाईंले गर्न खोजेका सुधारहरू र भएका पहलहरू के–के छन् ?
– सुधार भन्नाले त्यस्तो ठुला सुधारहरू त गर्न सकिएको छैन । तर, केही कुरा पूरा गर्न सकियो भने सकारात्मक सन्देश जान्छ, किनभने हरेक निकाय र संगठनका कुनै न कुनै उद्देश्य हुन्छ । त्यही पूरा गर्न राज्यले त्यसलाई स्थापना गरेको हुन्छ । त्यही जिम्मेवारी र दायित्व पूरा गर्न मैले यहाँबाट भूमिका निर्वाह गरिरहेको छु । काम गर्दै जाँदा तोकिएको भुमिका र जिम्मेवारीमा कसरी व्यवस्थित सहजीकरण र सरलीकरण अनि सेवामैत्री बनाउने भन्नेमा म सधैं चिन्तनशील भएर काम गरिरहेको छु ।
सूचना विभागलाई दसौं योजनादेखि नै एउटा सूचना बैंकका रूपमा विकास गर्ने भनेर दसौं योजना त्यसपछिका त्रिवर्षीय योजना र चौधौं योजनाले पनि ती कुरालाई उठान गरेको थियो । पछिल्लो समय हामीसँग बजेट नभए पनि मन्त्रालयसँग समन्वय गरेर सूचना बैंक पनि सुरुवात गरेका छौं । यो विभागको मूल काम भनेको प्रेससँग सम्बन्धति कुराहरूमा सहजीकरण र समन्वय गर्ने नै हो । हामीले प्रेस कार्ड वितरण पनि अहिले लेमिनेसन नै गरेर दिन थालेका छौं । सम्बन्धित सञ्चारगृहबाट सम्बन्धित कर्मचारीहरूको दरबन्दी विवरण पनि अहिले इमेलमार्फत नै लिने व्यवस्था गरेका छौं । सूचना विभागले गरेका कामहरू र सम्पूर्ण आर्थिक विवरण तत्कालै वेबसाइटमा राख्ने व्यवस्था मिलाएका छौं । यहाँबाट जारी गरेका प्रेस पासका विवरण र नवीकरणका विवरणका साथै लोककल्याणकारी विज्ञापनबापतका भुक्तानी विवरण तत्काल वेबसाइटमा राख्दा सम्बन्धित बैंकमा पैसा गयो गएन भनेर बुझ्न धेरै सहज भएको भन्ने प्रतिक्रियाहरू प्राप्त भएको छ ।
विगतमा जस्तो बिल हरायो, छुट्यो भन्ने खालका समस्यालाई अलि व्यवस्थित पारिएको छ । अहिलेसम्मको सन्दर्भमा हेर्दा हामीले मुलुकका विभिन्न जिल्लामा कार्यरत रहेका सञ्चारकर्मी साथीहरूको प्रेसपास दुर्गम स्थानमै गएर पनि वितरण गर्ने गरेका छौं । अहिल् अनलाइनबाटै प्रेस पासको निवेदन लिने र सबै कागजात अनलाइनबाटै पेस गरिसकेपछि एकैचोटि प्रेस पास लिन मात्र आए हुने व्यवस्था गर्दै छौं । प्राविधिक रूपमा नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल र सूचना विभाग तथा सञ्चार मन्त्रालय तथा सम्बन्धित विज्ञहरूसमेत राखेर हामीले यसलाई जारी गर्न मन्त्रालयमा कार्यविधिसमेत पेस गरिसकेका छौं, यसले पनि केही हदसम्म सहज हुन्छ होला ।
० समग्र पत्रकारिता जगत्को विकास र विस्तारका लागि विभागले अन्य काम के गर्दै छ ?
– हामीले आमसञ्चारकर्मीको क्षमता अभिवृद्धि तथा विकास र विस्तारमा ध्यान दिइरेहका छौं । विगतमा सामान्य संख्याका तालिमहरू हुन्थे । यसपटक त्यसलाई वृद्धि गरिएको छ । हामीसँग आधारभुत तालिम, सेवाकालीन तालिम र दृष्टिविहीनसँग सम्बन्धित तालिम छ । त्यस्तै, पत्रकार क्षमता अभिवृद्धिका साथै दुर्गम क्षेत्रमा रहेर काम गर्ने साथीहरूका लागि छुट्टै कार्यक्रमहरू व्यवस्था गरिएको छ । यसका साथै स्थानीय तहमा हामलिे घुम्ती विविरहरू मार्फत पनि प्रेस पासहरू वितरण र नविकरण गर्ने काम गरिएको छ । यसमा पनि विगतमा भन्दा तिव्रता दिइएको छ ।
० सूचना विभागको महानिर्देशक प्रेस काउन्सिलले पत्रपत्रिका वर्गीकरण गर्दै आएको वितरण सम्परीक्षण समितिको प्रमुख हुने गर्छ, तर त्यो वर्गीकरणको काम सधैं विवादास्पद किन हुने गर्छ ?
– मसंग यसबारे विगतको अनुभव त छैन, किनकि यो वर्षको कम म भर्खर गर्दै छु । त्यही काममा हाम्रा विभिन्न टिम लागिरहेका छन् । टिम आफैंले जिम्मेवारी लिनुपर्छ बेग्लै कुरा हो, तथापि टिममा आइपुग्दाखेरि यसका विभिन्न चरण पार गरेर आइसकेको हुन्छ । निश्चित कागजात पेस गरेपछि प्राप्त गर्ने अंक पारदर्शी छ, दोस्रो यसका विविध पक्षबारे अंक दिन हामीले विज्ञहरू राखेका हुन्छौं र त्यो उहाँहरूले स्वायत्त ढंगले दिने नम्बर हो । तेस्रो प्रेस काउन्सिल आफैंले ‘वाच’ गरिराखेको हुन्छ र आचारसंहिताको नम्बर उहाँहरू आफैंले दिनुहुन्छ । तसर्थ, सबैतिरबाट आइसकेको नम्बरलाई ‘क्यालकुलेसन’ गरेर हामीले त वर्गीकरण मात्र गर्ने हो । कतिपय केही प्राविधिक कुराहरू हुन सक्छन् । विज्ञहरूले हेर्दा थोरै तलमाथि हुन सक्छ । नत्र भने मलाई लाग्छ, यसका निश्चित मापदण्डहरू छन् । यसले तोकेका अंकहरू छन् । त्यसका आधारमा गर्दा विवाद नहुनुपर्ने हो, तर यहाँले भनेजस्तै कुनै पनि आर्थिक वर्ष सम्भवत विवादरहित हुन सकेको अवस्था छैन । त्यसैले, अब केही नीतिगत कुराहरू, यसका संरचनाका कुराहरू र कानुनी प्रक्रियाका कुराहरूमा पनि केही हेरफेर गर्नुपर्ने हो कि भन्ने प्रश्न उठेको छ ।
० सञ्चारका क्षेत्रमा आएका बढोत्तरी र न्यु मिडियाको प्रभावसँगै तपाईंलाई काम गर्न परेको अप्ठ्यारो र नीतिगत उल्झन केही छन् कि ?
– अनलाइन पछिल्लो विद्युतीय सञ्चारमाध्यमका रूपमा जसरी आएको छ, सँगसँगै केही समस्याहरू पनि निश्चित रूपमा आएका छन् । विगतमा पनि यसको व्यवस्थापन, अभिलेखनलगायतका कुरामा केही समस्या आएका थिए । त्यही भएर नेपाल सरकारले एउटा निर्देशिका पनि जारी ग¥यो । त्यसैका आधारमा रहेर र मन्त्रालयको निर्देशनअनुसार सूचना विभागले अहिले अनलाइन सञ्चारमाध्यम दर्ता पनि गरिरहेको छ । मलाई लाग्छ, झन्डै ७ सय अनलाइन दर्ता भएका छन् । यसका केही आफ्ना समस्याहरू पनि छन् । जस्तै ः निर्देशिकाबाट जारी गरिसकेपछि यसका नवीकरणका विषय, थप दस्तुर लिएर गर्नुपर्ने विषयवस्तुहरू लगायतले पनि केही अफ्ठ्यारो परेको छ । तसर्थ, यसका लागि छुट्टै ऐन भए सजिलो हुन्थ्यो । आचारसंहितालगायततको पाटो त प्रेस काउन्सिलले हेरिहाल्छ ।
० सूचना विभागमा ३०औं वर्षदेखि पत्रकारितामा समर्पित गरीरहेका वरिष्ठ पत्रकारहरूसँग पनि यहाँका कर्मचारीहरूले राम्रो र प्रेसमैत्री व्वहार प्रदर्शन गरेनन् भन्ने छ नि ?
– नजानिँदो किसिमले केही छिटफुट घटना भएमा म जान्दिनँ । बेग्लै कुरो तर मैले अहिलेसम्म पत्रकार मात्र होइन, नेपाल सरकारका विभिन्न निकायमा जागिर खाएको छु । सेवाग्राहीसँग संगत गरेको छु । मैले सबैलाई सेवाग्राही भनेका भगवान् ठान्ने गरेको छु र सबैलाई त्यही स्कुलिङ गरेको छु । केही दिनअघि एकजना सेवाग्राही, जो विदेशी थिए, हाम्रो कार्यालयमा आए । उनले तीनवटा देश हेर्ने रहेछन् । त्यसमध्ये नेपाल तुलनात्मक रूपमा राम्रो रहेछ भनेर प्रशंसा पनि गरे । अझै पनि हामीले हाम्रा सम्पूर्ण मेसिनरीलाई काउन्सिलिङ गर्न नसकेको हुन सक्छ । हामीले समग्र वातावरण बनाउन सकेका छैनौं । यो केवल सूचना विभागको मात्र कुरा होइन, हामीले हाम्रा समग्र सेवा प्रवाहका तरिका र मान्यताहरूमा परिवर्तन गर्नैपर्छ ।
सूचना विभागले समग्र पत्रकारिता क्षेत्रको विकास र त्यसका लागि समग्र पत्रकारीता क्षेत्रसँग गरिने व्यवहार र छँदै छ त्यसका साथसाथै पत्रकारिता क्षेत्रका कतिपय नीतिगत विषयहरूमा सुधारका कुराहरू पनि सम्बन्धित निकायमा लाने गरेका छौं । त्यस्ता विषयवस्तुहरू सरकारक विभिन्न निकायले सहज पार्दै लगेको अवस्था छ । हरेक विषय हामी प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ, मन्त्रालय, सञ्चारगृहलगायतसँग मिलेर अन्तक्र्रिया गर्ने, कहीँ ग्याप छन् भने पत्ता लगाउने र हामी सबैले मुलुक र जनताका लागि काम गर्ने हो । यसका लागि हामी प्रतिबद्ध छौं ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

वरिष्ठ नेता नेपाल आज फर्कने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पाँच दिनको चीन भ्रमणपछि आज स्वदेश फर्कंदै छन् । उनी गत शनिबार चीन प्रस्थान गरेका थिए । एमाले विदेश- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सञ्चालनमा ल्याऊ बन्द पुस्तकालयहरू

२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका झिल्काहरू नेपाली जनका मानसपटलबाट बिस्तारै बिलाउँदै छन् । भूकम्पले थोपरेका पीडा र मानसिक तनावहरू क्रमशः कम हुँदै गए पनि त्यसका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दुई देशका झझल्काहरू

नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा