हामीलाई केहि चाहिदैन, पार्टी सिस्टमले चल्नु प¥यो
डा. विजय पौडेल युवा नेता, नेपाल कम्युनिष्ट पार्टी० तपाइ लगायत नेकपाका युवा नेताको अगुवाईमा असन्तुष्टीहरु सुत्रवद्ध गरी नेताहरुलाई बुझाउनु भएपनि त्यसको सुनुवाई भएको छैन, के त्यो रद्दीको टोकरीमा फालिएकै हो ?
पहिलो कुरा त त्यो असन्तुष्टी होइन । त्यो ज्ञापन पत्र मात्र हो । असन्तुष्टी भनेको आफुले केही प्राप्त नगर्दा गरिने चिज हो । हामीले त्यसमा कुनै निजी वा सामुहिक प्राप्तीको माग राखेका छैनौं ।
० त्यती लामो ज्ञापन पत्रका के राख्नु भएको छ त माग नराखेर ?
माग छ तर के छ भन्दा पार्टी र सरकार विधी संम्वत चल्नुप¥यो भन्ने छ । सरकार पनि विधी अनुसार चलेन, गर्न पर्ने स्पीरीट अनुसार गरेन । नचाहिने नचाहिने काम गर्न थाल्यो ।
० के हो त्यस्तो नचाहिने काम ?
तपाँइ पत्रकार साथीहरुले लेख्नु भएकै छ । सरकार त्यस्तै छ, पार्टी पनि विधीले चलेन । यत्रो लामो समय भयो एकिकरण भएको, यसलाई दुइ तिन महिनामै तलसम्म पु¥याइहाल्नु पर्ने । त्यसपछि मान्छेलाई जिम्मेवारी दिने विषयमा पनि विधिको पालना भएको छैन । कमिटी सञ्चालन भएको छैन । सबै कुरा सचिवालयमा केन्द्रीत गरेर लगिएको छ । त्यसो भएर विधिबाट पार्टी चलाउनुप¥यो, अहिले इतिहासको गम्भिर मोडमा हामी छौं । अहिले हामीलाई लापरवाही गर्ने छुट छैन । हामी यो सरकार सफल होस् भन्ने चाहन्छौं । सफल हुनका लागि सरकारले पार्टीको आदेश मान्नुप¥यो । पार्टीलाई सोधेर गर्नुप¥यो । पार्टीमा छलफल हुनुप¥यो । पार्टीमा व्यक्तिले मात्र निर्णय गरेर जानु भएन भन्ने कुरा हामीले लेखेर दिएका हौं । त्यस बाहेक पार्टीको गाइडलाइन के हो भनेर कम्युनिष्ट पार्टीको एउटा राजनीतिक दश्तावेज आउनुप¥यो । त्यसपछि आफुले नै भ्रष्ट भनेर निकालेका व्यक्तिहरुलाई किन नियुक्ति गरेको ? त्यस्ता व्यक्तिहरुलाई खारेज गर्नुप¥यो । त्यसबाहेक भ्रष्ट व्यक्तिहरुलाई राष्ट्रपति मार्फत पदकहरु दिलाउने काम भयो । त्यो पनि गर्नुभएन । एकातिर आफुले महाअभियोग लगाउने तयारी गर्ने, एकातिर त्यही व्यक्तिलाई राष्ट्रपतिबाट पदक दिलाउने । यसको जवाफ चाँही ‘अघिल्यै सरकारले निर्णय गरेको रहेछ’ भनेर जवाफ दिने काम भएको छ । अघिल्लो सरकारले गरेका सबै निर्णय लागु गर्ने भए त यो सरकार किन चाहियो भन्ने प्रश्न उठ्ला । त्यसो हुनाले यो वेथितिबाट तपाँइहरु नहिँड्नुस्, सरकारले पनि थितिमा काम गरेन र पार्टीलाई पनि तपाँइहरुले थितिमा हिँडाल्नु भएन । एउटा प्राइभेट लिमिटेड भन्दा पनि साँघुरो बनाउनुभयो भन्ने कुरा हामीले राखेका हौं । यो असन्तुष्टी होइन । यसको सुनुवाई हुन्छ की हुन्न भन्ने टुङ्गो छैन । अहिले सम्म हामीले उठाएका विषय एजेन्डा बनेर छलफल भएको छैन । तर रद्दीको टोकरीमा फालिने त संभावना छैन किनकी त्यो विषय छलफल नगरी सुखै छैन ।
० नीतिगत मतभेद वा जे जे भनेर तपाँइहरुले विरोध गरे पनि बाहिर अथ्र्याउनेहरुले त यस कदमलाई गुटगत अभ्यास भनेका छन् नी ?
यो कदम गुटगत अभ्यास कसरी भयो र ? हामीले अनुचित माग राखेर केही व्यक्तिहरुलाई अगाडि बढाउनका लागि गरेको भए गुटगत हुन्थ्यो । हामीले त हामीलाई केही चाहिएन, पार्टी सिस्टमले चलाउ भने्का छौं । अर्को कुरा हाम्रो कदमले देशैभरीबाट सकारात्मक प्रतक्रिया प्राप्त गरेको छ । हामीले यसमा कुनै गुट विशेषको कुरा राखेकै छैन । हामीले फलानो गुटलाई पद पुगेन पनि भनेको छैन । हामीले पार्टी सिस्टम, मान्यता र विधीमा सञ्चालन गर्नुस् र सरकार पनि विधि र प्रणाली अन्तर्गत चलोस्, अहिले जनहितलाई ध्यानमा राखोस् र विवादित कामहरु नगरोस्, सादा जीवनशैलि अपनाउने काम होस्, भड्कीलो र गैरकम्युनिष्ट आचरण नहुन् भनेर लेख्ने कुरा कसरी गुटगत हुन्छ ?
० काम तोकिएको छैन, नेताहरु वेराजगार भइरहेका छन्, त्यसैले ‘काम देउ’ भन्ने अर्थमा पनि तपाँइहरु एकिकृत भएको हो ?
कामको भुमिका त एकदम सामान्य कुरा हो । विधिबाट चल्दा भुमिका त्यहाँबाट आँउछ । पाटी विधीबाट चलाइयो भने अवश्व कामको भुमिका आँउछ । विभिबाट चलाइएन भने कसैलाई काखा र कसैलाई पाखा पार्ने काम हुन्छ । प्रणालीबाट जाँदा त काँही न काम पाइहालिन्छ नी ।
० सामाजिक सञ्जालमा केही दिन अघि तिव्र असन्तुष्टी समेटेर केही व्यत्तिःहरु त खानकै लागि जन्मिएका रहेछन् भनेर लेख्नुभयो, त्यसको अघिल्लो दिनमात्र केही व्यक्तिले नियुक्ति पाएको सन्दर्भमा तपाँइको उक्त भनाईमा केही तादम्यता थियो की, यो कसप्रति लक्षित हो ?
तादम्यता थियो । केही व्यक्तिmहरु निरन्तर बहुदल आएदेखि यता लाभको पदमा गएको गएै छन् । तिनीहरुले मात्र दोहो¥याएर, तेहेर्याएर मौका पाइरहेका छन् । यो चाँही अति भयो । ति व्यक्तिहरु प्रोटोकलको ख्याल पनि नगर्ने । यो देखेर दिक्क लागेर लेखिएको हो । नियुक्ति दिने मान्छेले पनि सिमित घेराभन्दा बाहिर नजाने । त्यो कुरालाई संकेत गरेर भनिएको हो । त्यो भनिरहँदा तपाँइ हाम्रो लोकप्रिय पत्रिका बुधबार मार्फत के भन्न चाहन्छु भने अब सवा चार बर्ष बाँकी छ, यसबीचमा आवश्यकता परेर जिम्मा दिएमा पार्टी काम गरिन्छ । तर यो बीचमा मलाई कुनै पद चाहिएन । म घोषणा गर्छु । मैले कुनै पदको लागि काम गरेको होइन । कुनै सार्वजनिक नियुक्तका लागि पनि मैले काम गरेको होइन । तर पार्टी काम गर्न पाउनुप¥यो । भोलेन्टीयर्ली पार्टीको कुनै ठाँउमा बसेर काम गर्ने हो, त्यसका लागि कुनै लाभको पद चाहिएन । यसलाई कुण्ठाको रुपमा नबुझ्नुहोला । राजदुतका लागि कि त करिअर डिप्लोम्याट हुनुप¥यो । होइन भने पार्टीका लागि धेरै योगदान दिएर लामो अनुभवीको हैसियत बनाएको व्यक्ति हुनुप¥यो नी ।
० तपाँइलाई भित्र भित्र समुहगत भेलाहरु डाकिरहने तर व्यापार व्यावसायमा लागीरहने र सिनमा नदेखिएजस्तो गरी काम गर्ने नेता भन्दा रहेछन् , कुरा के हो ?
म त पोलिटिकल लिडर नै भऐ । मेयर, मन्त्री , सांसद वा वडा अध्यक्ष नै हुने कुरा पनि सेवाको नै क्षेत्र हो । म त्यहाँ पुग्नका लागि कहिले टिकट पाँउला र त्यहाँ गएर खाँउला भन्ने भावना हुनु भएन । जिम्मा पाँउदा लिन तयार हुनुप¥यो । तर त्यो सेवा गर्ने क्षेत्र हो, त्यहाँ गएर न्युनतम पारिश्रमिक लिएर काम गर्ने हो, त्यहाँ कमाउन जाने होइन भन्ने कुरा लागु गर्न खोजिरहेका छौं । त्यो गर्ने क्रममा भाषण मात्र गरेर भएन । एकदिन मेरो बुबा अर्थात पुरानो राजनीतिक नेता मोदनाथ प्रश्रितले माक्सवादी अर्थशास्त्र देशभरी पढाँउदै जाँदा ‘हेर विजय, यो कितावको माछाले पेट भरिदैन, खोलाकै माछा चाहिन्छ, गरेर देखाउनुप¥यो, आफैं कमाएर बाँच्ने कार्यकर्ता चाहिन्छ’ भन्नुभयो । आपफुलाई दिएको पार्टींगत जिम्मेवारी अलिकति पनि तलमाथी नगरीकन शतप्रतिशत पुरा गर्ने गरी तर आफैं कमाएर बाँच्नुप¥यो भनेपछि त्यो कसरी गर्न सकिन्छ भनेर सोच्न थालियो । त्यसपछि स्कुल, कलेज तथा अन्य विभिन्न संस्था चलाएर गर्न सकिन्छ भनेर देखाउनुपर्ने थियो । यो कुरा युवाहरुलाई दृष्टान्त होस् भनेर गरिएको हो । म अघिल्लो चोटी पेशागत महासंघको इन्चाजै थिँए । साना ठुला गरेर ६०–६५ वटा विवभन्न घटकहरु त्यसमा थिए । ति सबै घटक –उपघटकलाई राम्रोसंग चलाएर र महाधिवेशनमा पनि राम्रोसंग प्रतिनिधीत्व गराएर हुँदा त्यो मैले प्रामाणीत गरेको छु । त्यसो भएर व्यापार लुकेर गर्ने भन्ने होइन, म खुला छु । खुला नै काम गरिन्छ । नचाहिने कुरामा कसंसंग डर पनि लाग्दैन । त्यो हुँदा भित्रतिर घुसुर घुसुर मुसो जस्तै घुस्ने अनि नदेखिएर डिजाइन गर्ने भन्ने कुरा होइन ।
० दुई पार्टी एकता घोषणा भएको करिव सात महिना भइसक्यो तर सबै अस्तव्यस्त र अलपत्र छ, यसले कतै एकता नै धरापमा पर्दै जाने हो की भन्ने आशंका बढाउँदै लग्यो भन्छन् नी केही मान्छेहरु ?
एकता धरापमा किन पर्दैन भने दुबैतिरका कार्यकर्ताहरुमा यो एकताप्रति असाध्यै ठुलो आकर्षण छ र प्रतिवद्धता छ । त्यसो भएर यो धरापमा चाँही पर्दैन तर ढिलो किन भयो भयो भन्दा छिटो छिटो एउटा मापदण्ड बनाएर गर्ने हो र साँचोमा जो फीट हुन्छ त्यसलाई फिट गरिदिने हो भने पनि कुनै समस्या नै थिएन । आफ्नो मान्छेलाई कसरी घुसाउन सकिन्छ र इमान्दार कार्यकर्तालाई कसरी पर्गेल्न सकिन्छ भन्ने फोहोरी डिजाइन गर्दा ढिलो भएको हो । नत्र यो एकिकरण तल तल जिम्मा दिनुस् । प्रदेश स्तरमा केन्द्रीय नेता पनि समावेश गर्नुपर्ने हुँदा केन्द्रले टाउको दुखाँउदा ठिकै छ । तर ७७ जिल्ला र अरु प्रवास तथा जनसंगठनहरुमा यो यो मापदण्ड अनुसार आफैं मिलाउ भनेर छोडिदिने हो भने अवश्य मिल्छ । एकाधमा केही विवाद होला त्यसबाहेक सबै मिल्छ । पाँच दिनमा मिलाउँछन् । तर उनीहरुले किन त्यो गर्नुहुन्न भने मन नपरेको मान्छेलाई हटाउनका लागि एकाथरी मापदण्ड भनिएपनि अर्कोलाई तानेर ल्याउने र उसलाई हटाउने ढंगले स्वेच्छाचारी कदम गर्न खोज्दै हुनुहुन्छ । यस्तो खालको फोहोरी काम गर्न खाजेको कारणले गर्दा ढिलो भएको हो । नत्र ढिलो हुनुपर्ने कारण नै छैन । म दोहो¥याएर भन्नु यो एकता धरापमा पर्दैन किनकी कार्यकर्तामा यस्तो प्रतिवद्धता छ की नेताहरुले यो एकतालाई सकारात्मक ढंगले नटुङ्ग्याइकन सुखै छैन ।
० तपाँइहरुले नियमित रुपमा पार्टीको बैठक बोलाउन पनि माग गर्नुभएको छ, तर बैठक धकेलिदै लगिएको छ । अब त प्रधानमन्त्री अल्पमतमा पर्ने हुनाले यसो भएको भनेर लेख्न थालिसके, खास कुरा के हो ?
त्यस्तो त मलाई लाग्दैन । हाम्रो अध्यक्ष बहुमतमै हुनुहुनछ । त्यस्तो नचाहिने कुरा गर्नुहुन्न । हामीमाथी जतिसुकै अन्याय भएपनि अध्यक्षको अनादरमा मैले एक शव्द पनि बोल्न चाहन्न । उहाँ हाम्रो अविभावक हो, हामीलाई हेला गरे पनि, जे गरेपनि । तर सवाल प्राविधीक रुपमा बहुमत–अल्पमतको होइन । सवाल विधीबाट चलाउने कि नचलाउने भन्ने हो । उहाँहरुले विधीका प्रश्नका अगाडि सामना गर्न नसकेर बैठक नबोलाइको हो । संसदीय दलमा भाषण गरेर छोड्नुहुन्छ, कसैलाई बोल्न दिनुहुन्न । अघिल्लो पटक साविक एमालेमा पनि संसदीय दलमा आफु बोल्ने अनि छोडेर हिँड्ने, होइन हामीले बोल्नु छ भन्यो भने जिल्लामा गएर भाषण गर भन्नुहुन्थ्यो । पार्टीका कुरा गर्न पाँइदैन, संसदीय दलमा कुरा गर्न पाँइदैन । हामी तेस्रो पुस्ताको मान्छे पाटीमा लागेर पुर्णकालिन हुँदै आएको पनि ३५ वर्ष भयो । नीति कार्यक्रम कसले लेख्छ, थाहा छैन । घोषणा पत्र कसले लेख्छ,थाहा छैन । बजेट कसरी बन्छ, थाहा छैन । बजेट बनाउँदा केन्द्रीय कमिटीमा परामर्श गर्नु पर्दैन । समिक्षाबारे पनि छलफल छैन । त्यो सामना गर्न नसकेर बैठक सार्दै लाने काम गरिएको हो ।
० दोहोरो जिम्मेवारी नदिने भनियो तर प्रदेशका नेतृत्वका हकमा फेरी दोहोरो नै काम दिएर काम नै थालिसकेको अवस्था छ भनिएको छ, तपाँइहरुको यसमा असन्तुष्टी छँदैछ, अब के हुन्छ त ?
असन्तुष्टी होइन तर एक व्यक्ति एक पदको नारा दिएर हाम्रो अध्यक्षले जित्नुभएको हो । तर उहाँले आफैंले जिम्म दिँदाखेरी मुख्यमन्त्री भइसकेकालाई प्रदेश इन्चार्ज दिएर हुन्छ । आफैंले भनेको कुरा त लागु गर्नु प¥यो नी । अर्को कुरा सरकाी काम यति धेरै हुन्छ की पार्टी काम गर्न भ्याँउदा पनि भ्याँउदैन । मनको घमण्ड मात्र हो । उहाँ साथीहरु मेरा पुराना र असाध्यै नजिकको मित्र पनि हुनुहुन्छ पृथ्वी सुव्वा जी अनि शंकरजी । शंकरजीसंग त मेरो धेरै पुरानो अर्थात वनारशदेखिको दोस्ती हो । अहिले पनि राम्रो सम्वन्ध छ । व्यक्तिगत रुपमा मैले केही भनेको होइन । तर उहाँहरुले नै के घमण्ड र अहंका कारण स्किार्नु भएको छ ? भ्याँइदै भ्याइदैन । नभ्याउने काम जिम्मा लिएर हुन्छ । उहाँहरुको तर्क प्रधानमन्त्रीले माथी अध्यक्ष हुन हुन्छ भने हामी मुख्यमन्त्रीले प्रदेश इन्चार्ज हुन किन हुन्न भन्ने तर्क रहेछ । यो बेकारका कुरा हुन् । अहिले हामीलाई सुविधा आइलागेको दुइवटा अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्री अध्यक्षले सरकार चलाउने अनि अर्को अध्यक्षले पार्टी चलाउने गरे पनि त हुन्छ नी । आफ्नो हातबाट अधिकार छिरीक्कै जानै नहुने र आफ्ना गुटका मान्छेलाई जहाँतही भर्ने काम भएको छ । जहाँ जे मापदण्ड फिट हुन्छ, त्यहाँ त्यही मापदण्ड बनाएर भएन नी त । चुनाव जित्ने चाँही एक व्यक्ति एक पद भनेर । अनि आफुले पनि त्यो लागु नगर्ने तल पनि लागु हुन नदिने , यो त अनैतिकताको पराकाष्टा हो ।
० सरकारको ९ महिने कार्यकालको समिक्षा गर्दा के पाउनुभएको छ ?
सरकारले केही राम्रा काम पनि गरेको छ । तर नराम्रा काम यति धेरै भए की त्यसैले ढाकिए । नत्र भने कानुनको सुधार गर्दैछ । केही कुराहरु ल्याएको पनि छ । सुरुवात नै गलत भयो ।
० जस्तै ?
जस्तै बजेट भन्नुस् । जुन नौ महिने सरकारको भजन गाएर चुनाव जितेको छ, तर अहिलेको बजेटमा आफ्नो गाँउ आफैं बनाउँको अ पनि छैन । नौ स अभियानको न पनि छैन । पुरानो त्यो आफ्नो लिगेसीलाई बिसीएर हुन्छ । अहिले प्रधानमन्त्रीले हामीले ०५१ सालमै सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेका थियौं अहिले त्यसैको निरन्तरता दिएका हौं भन्नुभएको छ, तर उहाँको अर्थमन्त्रीले बजेटमा पुरानो कुराको कुनै क्रेडीट छैन । सुरुवातामा आफैंलाई पहिलो बनाउने, विगतको योगदानको कदर नै नगर्ने खालका घमण्डी मान्छेहरु वरिपरि राखेर प्रधानमन्त्रीले काम सुरु गर्नुभयो । मेरो विचारमा प्रधानमन्त्रीलाई केही गरेर देखाँउ नै भन्ने इच्छा छ । हरेकलाई नाम राख्ने इच्छा हुन्छ , तर सहयोगीहरु यस्तो गैरजिम्मेवारहरु राख्नुभएको छ की उहाँको सल्लाहकारहरु वक्तव्य, फेसबुक स्टाटस दिएर मान्छे भड्काउँदै हिँड्नुहुन्छ । सल्लाहकारले त भित्र बसेर सल्लाह मात्र दिने हो । वक्तव्य त सरकारको प्रवक्ताले दिने हो । अयोग्य मान्छेहरुको घेरामा प्रधानमन्त्री पर्नुभएको छ । त्यसले समस्या पार्छ । सबै नराम्रै भएको भन्न मिल्दैन, तर काम तिव्र हुन सकेन ?
० तिव्र पार्न के गर्नुपथ्यो ?
तिव्र ढंगले गति लिन के के गर्न सकिन्छ भनेर सल्लाह सुझाव गरिएको पनि छै । कहिल्यै बोलाएर भेट पनि गरिएको छैन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply