हो, म गुमनाम नै छु तर निस्क्रिय छैन
हृदयस त्रिपाठी, स्वतन्त्र सांसद० निर्वाचन पछि गुमनाम नै हुनुभयो नी ?
ठ्याक्कै त्यस्तो पनि होइन । तर म व्यक्ति भन्दा पनि एउटा राजनीतिक समुहसंग आवद्ध छु । असोज १६ गते चुनाव भन्दा अगाडि हामीले तत्कालिन नेकपा एमालेसंग दुईबुँदे सहमति गरेका थियौं । त्यस अनुसार निर्वाचनमा विशेषगरी नारायणी पश्चिमका ४ वटा संसदीय सिटहरुमा हाम्रा उमेद्वारहरु हुनुहुन्थ्यो । अरुमा हामीले सघाएका थियौं । चार मध्ये हामी २ जना निर्वाचित हुन सकियो । त्यसपछि यो स्वतन्त्र राजनीतिक समुहमा विषेशगरी एक नम्बर प्रदेश र दुई नम्बर प्रदेशबाट आवद्ध हुने साथीहरुको संख्या अलिकति बढ्न थाल्यो । हामी पछिल्लो चरणमा अलि बढी गृहकार्यमा नै संलग्न रहेको हुनाले अन्य चर्चा परिचर्चामा त्यती आउन नसकेको हो । झट्ट हेदौ चर्चा विहिन भइयो, गुमनाम भइयो भन्न मिल्ने अवस्था छ । तर हामी निश्क्रीय भन्ने अर्थ लाग्दैन । सक्रिय नै छौं । भेटघाट तिव्र भइरहेको छ । संसदमा पनि मुलभुत केह्ी विषयहरुरमा आफ्ना आवाजहरु राखिँदैछ ।
० सुर्य चिन्ह लिएर चुनाव लड्दा त फाइदै भयो नी होइन, त्यस्तो कठिनताका बावजुद जित्नुभयो ?
म यो भन्दा अगाडि ४ पटक पनि जितेको हो । र, सुर्य चिन्ह मेरो विरुद्धमै हुँदा पनि जितेको हो । त्यतातिर सुर्यचिन्हले जितेको रेकर्ड नै छैन ।
० आफैं पनि पुर्वकम्युनिष्ट भएको नाताले पछिल्लो पटक भएको दुई कम्युनिष्ट पाटीबीचको एकतालाई कसरी लिनुभएको छ ?
यो हुनुपर्ने एकता थियो । भयो, राम्रो भयो । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । हुनुभन्दा अघि पनि हाम्रो पहल एकिकरण नै हो । अब यसले चुनौति पनि थप्छ । देशलाई यसले एउटा नयाँ ध्रुवीकरणमा लैजान्छ र नजाँनिदो किसिमले लगिरहेको पनि छ । दुइवटै कम्युनिष्ट पार्टी एकिकृत भएपछि तिनले लिने नीति र कार्यक्रमका साथै बहुमतको सरकार भएको बेलामा जनतालाई कसरी लेलिभरी दिन्छ भन्ने आधारमा पार्टीको लोकप्रियता र औचित्य प्रमाणित हुन्छ ।
० सुर्यचिन्हसंग चुनावी एकता हुँदा चुनावपछि एकिकरणको कुराहरु भएको थिएन ?
पहिले केही कुराहरु भएका थिए कि हामी सहकार्य गर्दै जाने । जुन कुरा हाम्रो दुई बुँदेमा पनि उल्लेख भएको हो । तर पछिल्लो दिनमा संवादहरु त्यती घनिभुत ढंगले अगाडि बढ्न सकेको छैन ।
० बाहिर त तपाँइहरु नयाँ पाटी खोलेर जाने भन्ने पनि हल्ला छ के हो ?
दुइवटै संभावना छ । एक नम्बर र दुई नम्बर प्रदेशका नयाँ साथीहरु जो चुनावपछि हामीसंग जोडिनुभयो, उहाँहरुको जोडबल नयाँ पार्टी नै बनाएर जानुपर्छ भन्ने छ । समग्र पूर्वदेखि पश्चीमसम्म मधेसको छुट्टै पार्टी बन्न यस मानेमा जरुरी भइसक्यो की राजपा र फोरम दुइवटा दल दुइ नम्बर प्रदेशमा मात्र केन्द्रीत भए । निर्वाचनमा पनि चुनावी तालमेल त्यही प्रदेशमा मात्र गरे । अरु ठाँउमा छोडिदिए । त्यसकारण यो दुई नम्बरको पार्टी मात्र भएको हुनाले समग्र तराई मधेसको एउटा पार्टी बनाउनुपर्छ भनेर विशेषगरी एक नम्बर र दुई नम्बर प्रदेशका साथीहरुको भनाई देखियो । अरु साथीहरुको भनाई चाँही यसमा हतार नगरौं, हामी निरन्तर संगठन निर्माण गर्दै जाऔं, अर्कोविकल्प भनेको हामी कुनै पार्टी विशेषगरी नेकपासंग एकिकरणमा जान परिहालेछ भने त्यसको लागि पनि हामीले हिच्किचाउनु हुन्न,तर त्यसमा तराई मधेसको आन्दोलनका क्रममा देखि अहिलेसम्म कै यस्ता मुद्दाहरु छन् जो जनताले आफ्नो मुद्दा बनाइसकेको अवस्था छ, त्यस विषयमा नयाँ गठित भएको पार्टी नेकपाको के दृष्टिकोण रहन्छ, त्यो दृष्टिकोण आइसकेपछि मात्र अन्य कुरा सोचौं भन्ने छ ।
अर्को कुरा अझैपनि मधेसमा कम्युनिष्टहरु प्रति र विशेषगरी एमालेप्रति दृष्टिकोण त्यती सकारात्मक देखिएन । दुई नम्बरको चुनावी नतिजालाई यसको उदाहरणको रुपमा लिए हुन्छ । त्यहाँको जनताको मनोविज्ञान के छ भन्ने कुरा त्यो परिणमले पनि बताउँछ । हामीतिर पनि यदी सहकार्य नभएको भए मलाई लाग्छ नेकपा एमालेलाई दक्षिणभुभागमा प्रवेश गर्न गाह्रै थियो । त्यो कुरा नेताहरुले पनि बुझ्नुभएको छ । तसर्थ मुद्दामा उदारतापुर्वक नेकपा आयो भने एकिकरणको प्रक्रियालाई हामीले अगाडि बढाउन हिच्किचाउनुहुन्न भन्ने अन्य साथीहरुको पनि राय छ ।
० मुद्दासंगैं नेतृत्व समायोजनको कुरा पनि आउला, त्यसमा चाँही के माग छ नी ?
मेरो त्यस्तो कुनै व्यक्तिगत माग र अपेक्षा छैन । नयाँ सरकारसंग निर्वाचनको बेलादेखि नै जनताको ठुलो अपेक्षा थियो । ठुलो उत्साहका साथ जनताले तत्कालिन वाम गठवन्धनलाई मतदान गरेका हुन् । अब सरकार बनिसकेर सरकारको क्रियाकलाप हेरिसकेपछि मलाई लाग्छ त्यसमा कही न कही धेरै प्रश्नहरु उठाउने ठाँउ आइसक्यो ।
० नयाँ पाटी खोल्नका लागि उकास्ने टिम चाँही तपाँइसंग कस्तो छ ?
अहिले यो विषय मेटेरलाइज भइसकेको अवस्था छैन । अहिले एउटा राय सल्लाहका रुपमा मात्र आइरहेको छ । बढी जोड चाँही एक नम्बर र दुई नम्बर प्रदेशका राजनीतिक नेता र कार्यकर्ताहरुको छ, जो निर्वाचनअघिदेखि हामीसंग आवद्ध हुनुभएको छ । अहिले यसमा केही पुर्वसांसदहरु नै हुनुहुन्छ । एक दुइ जना पुर्वमन्त्रीहरु नै हुनुहुन्छ । उहाँहरु सबैलाई समेटेर मैले नेतृत्व गरिदेओस् भन्ने उहाँहरुको सोच छ ।
० फेरी पनि टुक्राटाक्री पार्टी बनाएर पुरानो हैसियतमा जान सकिएला भन्ने लाग्छ तपाँइलाई ?
त्यो मेरो राय होइन । मेरो राय त के हो भने नेकपाले मधेसका मुद्दाहरुलाई कति उदारतापुर्वक स्विकार गर्दछ र अगाडि बढाँउछ, त्यो हेर्न बाँकी छ । अहिलेसम्म त्यसरी बढाएको देखिन्न ।
० २ नम्बर प्रदेशको बजेट र नीति कार्यक्रम कस्तो लाग्दैछ ?
यहाँका जनताले दुइवटा पार्टी फोरम र राजपाको गठवन्धनलाई अति उत्साहकासाथ साथ दिए । र दुबै पार्टी मिलेको र सहकार्य गरेको हुनाले नै त्यो जनमत त्यहाँ देखापरेको हो । उहाँहरुको आफ्नो जे सिमितता छ, त्यस अनुसार २ नम्बरका सरकार या मुख्यमन्त्रीहरुले जे जति सक्नुहुन्छ, त्यो ढंगले अगाडि बढाइरहनुभएको छ । अहिले नै आलोचना गर्ने या प्रतिक्रिया दिने अवस्था भएको छैन । किनभने समग्रमा हामीले यो बुझौं कि संघीयतालाई हामीले कमजोर बनाएकै हो । यो संविधानले बलियो संघीयताको कल्पना गरेकै छैन ।
० तर बाहिर भने दुइ नम्बर प्रदेशमा जनताको आधारभुत आवश्यकता अनुरुपको नीति, कार्यक्रम र बजेट ल्याउनुको सट्टा सरकारले तलव भत्तामै अधिक रकम खर्च गरेको छ भन्ने आलोचना छ ?
० अलि बढी प्रचार दुई नम्बरको भयो होला । यो धन्दा त केन्द्रदेखि तलसम्म सबै प्रदेशमै छ नी । अरु ठाँउमा अझ बढी पनि नभनौं ।म अन्य ठाँउको बढी नभनौं । किनकी कसैलाई चोट लाग्ला । सबैतिर योे धन्दा भएकै हो तर बढी प्रचार चाँही विचरा २ नम्बर सरकारलाई भइरहेको छ ।
० यो वाम सरकारको अहिलेसम्मको कायशैलिको कसरी मुल्याङ्कन गर्नुभएको छ ?
धेरै आशाको साथ यो सरकार बनेको हो । अहिले नै यसको समग्र मुल्याङ्कन गर्न अलि हतार होला । तर एउटा कुरा के देखिन्छ भने बजेट आएपछि एक किसिमको जनतामा पनि जुन अपेक्षा थियो, त्यसमा कमी आएको देखिन्छ ।
० पहिलेदेखि नै संसदमा अलग्गै भुमिका निर्वाह गर्न सक्ने मान्छे हो, यो पटक विगतमा जस्तो प्रस्तुती देखिएन भन्ने छ नी ?
मेरो त्यस्तो भुमिकाहरुमा कमी हुँदैन । हिजो मात्र पनि मैले संविधान मै उल्लेख भएका विशेष क्षेत्र, स्वायत्त क्षेत्रको प्रावधानबारे बोलें । संविधान कार्यान्वयन गर्नेभए त्यो पनि कार्यान्वयन गर्नुपर्छ । अब त्यो कार्यान्वयन गर्ने संवैधानिक बाटो के त ? मैले विशेष समयमा यो बोलें की संविधानमा लेखिएपछि त्यसलाई पालना त गर्नुप¥यो । स्थानीय तहको सिमा र संख्या तोक्न जुन आयोग बनेको थियो, त्यसले गर्नुपर्ने काम थियो तर त्यसले गरेन । अब संविधान बाँकी ठाँउमा मौन छ । अब त्यसलाई नगर्ने हो भने संविधान कार्यान्वयन गरेको देखिन्न । गर्ने हो भने संविधानमा कुन बाटो खोज्ने ? यतातफै हामी सचेत हुनुपर्छ । संविधान जुनदिनदेखि जारी हुन्छ, त्यही दिनदेखि लागु हुन्छ । कार्यान्वयन भनेको कुनै ठग्ने विद्या होइन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply