उहाँ जनताबाट पुरै तिरस्कृत, कामै नलाग्ने व्यक्तित्व होइन
शेरबहादुर तामाङ, पूर्वमन्त्री एवं नेता, नेकपा० नेकपामा चुनावमा पराजित व्यक्तित्वहरूलाई छानीछानी पछिल्लोपटक महत्वपुर्ण जिम्मेवारी दिन थालिएको छ, यसलाई कसरी हेर्नुभएको छ रु
संविधानतः बन्नै नपाउने भन्ने कुनै प्रावधान छैन । अहिलेको जुन सिस्टममा हामी निर्वाचन लडिरहेका छौं, यो भनेको केही भोटको मात्र तलमाथि हुने प्रणाली हो । पहिलो हुने निर्वाचित हुने प्रणाली अनुसरा एकै भोटले पहिलो भएपनि निर्वाचित हुने भयो । एक भोट मात्र कम आएर कोही पराजित हुँदैमा के त्यो जनताबाट तिरस्कृत हो त भन्ने प्रश्न पनि उठ्छ । निर्वाचित मान्छे अर्थात् पहिलो भएको पनि पराजित नै हो । यो प्रणालीमा किनकि उसका विपक्षी अर्थात दोस्रो हुनेदेखि तलको सबैको मत जोड्ने हो भने त्यो व्यक्तिको मत अरुको भन्दा कम हुन जान्छ । यसलाई बहुमत जनताले उसलाई नरुचाएको भन्ने अर्थमा पनि लिन सकिन्छ ।
० भनेपछि अहिले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय गरेर ठिकै गरेको हो रु
होइन, मैले सैद्धान्तिक कुरा गरेको हो । व्यक्तिको कुरामा म जान्न । मूलत मैले सिस्टमको कुरा गरेको हुँ । तसर्थ, यसरी सैद्धान्तिक रूपमा हेर्दाखेरि मान्छे आउनै नहुने, भोट केही कम आउनासाथ जनताले पुरै परास्त गरेको हो, समाप्तै भएको हो भन्ने कोणबाट बुझिदिनुहुँदैन । तर पनि पार्टीगत हिसाबले र संवैधानिक हिसाबले के गर्ने भन्ने कुरा त तपसिलका कुरा हुन् । संविधानमा कि त त्यस्तो व्यक्ति कुनै हालतमा कुनै ठाउँमा ल्याउनैहुँदैन भन्ने कोणबाट व्याख्या गरिएको हुनुप¥यो । अर्को कुरा, पार्टीले आफूलाई कुन धरातलमा उभ्याएर हेर्ने र जनताको बीचमा कसरी जाने भन्ने कुरा त पार्टीको निर्णयको कुरा हो ।
० पछिल्लो समय त्यसो भए वामदेव गौतमको सवालमा ठिकै निर्णय भएको छ रु
पार्टीको हिसाबले हेर्दा यी व्यक्तित्वहरू एकदमै अहिलेको समकालीन राजनीतिमा जनताबाट पूर्ण रूपमा तिरस्कृत व्यक्तित्व र कामै नलाग्ने व्यक्तित्वका रूपमा स्थापित हुनुभएको त होइन । कुनै न कुनै रूपमा यो मुलुकको परिवर्तनका लागि लागिरहनुभएकै व्यक्तित्व हुनुहुन्छ । त्यसो भएकाले उहाँहरूलाई कुनै ठाँउमा जिम्मेवारी दिँदाखेरि पार्टीको पक्षमा, राष्ट्रको पक्षमा र जनताको पक्षमा उहाँहरूको भूमिका महत्वपुर्ण हुन सक्छ भनेर नै पार्टीले निर्णय गरेको हो ।
० कार्यदलले दिएको प्रतिवेदनको आधारमा अब मन्त्रिमण्डल हेरफेरको पनि चर्चा चलेको छ, यसबारे तपाईं के भन्नुहुन्छ रु
मूलतः पार्टीभित्र सैद्धान्तिक र सांगठनिक संरचना निर्माणका बहसहरू स्वाभाविक हुन् । कुनै पनि पार्टीका लागि मूल कुरा उसको सैद्धान्तिक दृष्टिकोण हो । त्यही दृष्टिकोणलाई उसको सांगठनिक संरचनाका आधारमा अघि बढाउने हो । यी दुई चीजले नै पार्टी अगाडि बढ्छ । यी दुई चीजलाई सही ढंगले अघि बढाए जनतामा सकारात्मक सन्देश जान्छ । हाम्रो मूल बहसको विषय भनको अब नेकपाले के सैद्धान्तिक धार बोकेर अघि बढ्छ र यसको सांगठानिक संरचना के हुन्छ र त्यो सांगठनिक संरचना निर्माणका लागि गरिने विधिहरू के–के हुन् भनेर यो विषयको बहस हो । देखिँदाखेरि यो बहस कुनै सरकार परिवर्तन अथवा मन्त्रिमण्डल परिवर्तन वा पार्टीभित्र कुनै पदीय जिम्मेवारी हेरफेरसँग दाँजेर बुझ्नुहुँदैन । यो रूपमा जसरी बाहिर हामी देखिरहेका छौं, यो हुँदै होइन । पार्टीलाई जनता र देशको पक्षमा उभ्याउन यसले कुन सैद्धान्तिक दृष्टिकोण लिन्छ भन्ने कुरा महŒवपुर्ण कुरा हो । यो बहस अहिले त्यत्तिकै सकिहाल्यो भन्ने होइन । महाधिवेशन हुन्छ, त्यसपछि पनि यस्ता बहसहरू बाँकी रहन्छन् । त्यसैले अहिले कोही व्यक्तिलाई जिम्मेवारी दिएर वा नदिएर कुनै मन्त्री कायम गरेर वा हटाएर यस्ता बहसहरू सिद्धिने होइनन् । यो निरन्तर चलिरहन्छ । त्यसैले यसलाई एउटा सैद्धान्तिक अवधारणका साथ अघि बढाउनुपर्छ । यसले आन्तरिक रूपमा पार्टी संगठनलाई बलियो बनाउने काम गर्छ । यत्रो ठूलो पार्टी कुन सिद्धान्त लिएर अघि बढ्छ भन्ने मूल प्रश्न हो । हामी अहिलेसम्म सिद्धान्तका विषयमा अन्योलमै छौं । दुई सिद्धान्तलाई एकै ठाउँमा मिसाएर एउटा नाम त दिइएको छ तर त्यसको जग के हो र त्यो कसरी अगाडि बढ्छ र त्यसले जनताको पक्षमा के काम गर्छ, यो राष्ट्रको पक्षमा कसरी नेतृत्व गर्छ भन्ने कुराको कुनै व्याख्या नआइसकेपछि केही अलमल भएको हो । महाधिवेशमा यि सबै विषयलाई हामीले छिनोफाने गछौं । त्यही छिनोफाने गर्ने सन्दर्भमा अहिले कार्यदलहरू बनेको हो । पटकपटक बैठकहरू बसेर छलफल चलिरहेको हो । त्यस्ता छलफलमा कसरी कसलाई सेटल गर्ने भन्ने प्राविधिक कुराहरू पनि उठ्छन् तर ती प्राविधिक कुराहरू मेजर होइनन् ।
० भनेपछि दुईचारजना मन्त्री हेरफेर गर्नुको खासै अर्थ छैन रु
त्यसले केही अर्थ राख्दैन । काम गरिरहनुभएका साथीहरू छन् भने अहिले गरिरहनुभएका साथीहरू बसिरहँदा पनि केही फरक पर्दैन । कोही एउटा मन्त्री फेर्दा मुलुकले के पाउँछ, कार्यकर्ताले के महसुस गर्छ भन्ने कुराको लेखाजोखा हुँदैन भने यस्तो फेरबदलको के अर्थ हुन्छ र रु
विवाद र वहस सैद्धान्तिक धरातलबाट उठ्ने तर टुंगिँदा खाईपाई आएको सेवासुविधासँग केन्द्रित हुने त पक्कै राम्रो होइन । यो पार्टीको समस्याको दीर्घकालिन समाधान पनि होइन । अल्पकालीन समाधान हो ।
० चुनावी घोषणापत्रअनुसार सरकारले किन लय पक्रिन सकेन होला, के समस्या परेको छ सरकारलाई, तपाईंको विश्लेषणमा के छ रु
मेरो समग्र विश्लेषणमा सरकारलाई पास मार्क नै दिन्छु । डिस्टिङ्टन छैन । फर्ट डिभिजन पनि छैन । जुन रूपमा हिजो निर्वाचनको बेला जनताको अपेक्षा थियो, त्यो अनुसारको रफ्तार जसरी गेन गर्नुपथ्र्यो, विविध कारणहरूले त्यो रफ्तार पक्रिन नसकेकै हो । तर गर्न खोजिएका कतिपय कुराहरू विविध कारणले चाहँदाचाहँदै अड्किरहेको देखिन्छ । यस्तो बेला पनि काम गर्न सकेन भने के कारणले हो त भन्ने कुराको खोजी गरेर काम गर्न हेल्पिङ हेन्डहरू गतिलो, दरिलो राख्न पनि सकिन्छ । यस्ता कुरामा गम्भीर समीक्षा जरुरी छ ।
० तपाईंको हकम पहिला नैतिकताका आधारमा मन्त्री पद छोडिदिनुभयो, अबको पुनर्गठनमा जाने तयारी छ कि रु
कुनै व्यक्तिको परिवर्तनले यसमा एकदमै ताŒिवक फरक पर्दैन । यस्ता कदमले के–के न भइहाल्ने भन्ने पनि होइन । एउटा व्यक्तिको जीवनमा त फरक पर्ला, एउटा जिम्मेवारी नपाइरहेको व्यक्तिले जिम्मेवारी पाउला । मन्त्री हुन पाए के के न हुन्छ भन्ने कोणबाट त म बुझ्दै बुझ्दिनँ । समग्रमा काम गर्ने कुरा हो । काम गर्दा एउटा जिम्मेवारी वोधका साथ इमान र निष्ठाका साथ जसले काम गर्छ, उसले पर्फमेन्स पनि दिन्छ र परिणाम पनि निकाल्छ । देश र जनताको पक्षमा उसले केही न केही गरेर पनि देखाउँछ । यत्ति कुरा भयो भने जो काही व्यत्तिः भएपनि केही फरक पर्दैन । यि कुराहरूमा कसैले सम्झैता गर्छ र च्यूत भएर अगाडि बढ्छ भने त्यसले परिणाम दिन सक्दैन । अहिले हामीले व्यक्तिलाई केन्द्रित गरेर कोही जाने र नजाने भन्ने कुराको जुन बहस भइरहेको छ, यो बहस नै निरर्थक छ । त्यसैले पार्टीले सक्षम, काम गर्न सक्ने अझ भनौं रफ्तार ल्याउन सक्ने मान्छेहरूको छनोट गर्दा पार्टीले जोकोहीलाई छनोट गर्न सक्छ । यसबारे व्यक्ति केन्द्रीत भएर हामीले बहस गर्नुहुँदैन ।
० डा। युवराज खतिवडालाई मिश्रित प्रतिक्रिया छ, केही कार्यकर्ताले उनको बहिर्गनलाई लिएर खुसी व्यक्त गरेको पाइन्छ, तपाईं यसमा के भन्नुहुन्छ रु
यो समग्र टिमकै विषय हो । एउटा टिममा काम गरिरहँदा सकारात्मक परिणाम दिएको, देशको समग्र अर्थतन्त्र एकदमै राम्रो भएको, सकारात्मक ढंगले अघि बढेको हो भने त उहाँलाई पुनः बनाए पनि केही फरक पर्दैनथ्यो । हामी एकदमै सानो अर्थतन्त्रमा काम गरिरहेका छौं । त्यसको बाँडफाँड हो । जहिले पन स्रोतको बाँडफाँडमा द्धन्द हो । अहिले विश्वमा राज्यहरूबीचको द्वन्द्व पनि त्यसैमा हो । कमी भएको स्रोतलाई बाँडफाँड गर्ने सन्दर्भमा कतिपय ठाउँमा छेउमा पुगियो वा पुगिएन भनेर यस्तो विषयलाई लिएर भएका बहसहरू हुन् अहिले । यसैले कमि स्रोतलाई कसरी बढाउने भन्ने मा ध्यान पु¥याउनुपर्छ । यो आर्थिक वर्षमा जम्माजम्मी पूर्वअर्थमन्त्रीज्यूले बजेट भनेको साढे ८ खर्बको राजस्वको अनुमान गर्नुभएको छ । ५ खर्ब २५ अर्बको ऋण हो । त्यति जोडेर राष्ट्रको बजेट बनाउनुभएको छ, त्यो बजेटभित्र झन्डै ९ खर्ब चानचुन साधारण खर्च छ । विकास खर्च त झट्ट हेर्दा ऋण वा वैदेशिक अनुदानबाहेक हामीले यहाँ त केही पनि विकास गर्न सक्ने अवस्था देखिन्न । त्यतिमा पनि पार्टीका नेता र सांसदहरूमा आफ्नो क्षेत्रमा केही गर्न पाए हुन्थ्यो, विकास निर्माण गरी जनतालाई अलिकति भएपनि राहत दिन पाए हुन्थ्यो भन्ने चाहना छ । त्यो विषयलाई सोचेर केही पनि काम गर्न नसक्दा, स्रोत पु¥याउन नसक्दा निस्किएका यो सबै आलोचना हुन् । त्यसैले बजेटको आकार बढाउने र राष्ट्रको ढुकुटी भर्ने सन्दर्भमा त केही पनि गरेको होइन । यद्यपि, केही मिश्रित प्रतिक्रिया आएका हुन्, स्रोतको बाँडफाँड अलिकति जनमुखी भएन कि, जनताकेन्द्रित भएर गरिएन कि रु आधारभूत तहको तल्लो वर्गलाई ध्यान दिइएन कि रु भन्ने कोणबाट विश्लेषण भएको छ । भएको स्रोतलाई पनि समन्यायिक ढंगले वितरण गर्ने सन्दर्भमा हामीले ध्यान पु¥याउनुपर्ने हुन्छ । उहाँले केही बजेट प्रस्तुत गरेका कार्यकाल हेर्दा विगतमा नेकपा एमाले हुँदाका कतिपय राम्रा पक्षलाई त्यसमा अनुशरण गर्न सकेको पाइएन । कतिपय बजेटका शिर्षकहरू बिच बिचमै हराउने खालको पनि रहेकाले यसको बारेमा धेरै आलोचना बढेको हो । यस्तो कुरामा आगामी दिनमा सच्याएर जानुपर्छ । उहाँ पनि नेकपा भित्रकै केन्द्रीय सदस्य हो । अब उहाँले अर्थ मन्त्रालयबाट निस्किसकेपछि आफूले पनि समीक्षा गर्नुप¥यो । मुलुकको समृद्धिका लागि मैले के गरें त भनेर ।
० तपाईंहरूले समृद्धिको अभियान भनेर गाँजा खुलाउने, लोकल रक्सीलाई ब्रान्ड बनाउने कुरा गर्नुभएको छ, त्यो अभियान कहाँ पुग्यो रु
हामीले खासगरी गाँजाको वैधानिक खेतीको कुरालाई संसद्मा छलफलको विषय बनाइरहेका छौं । आन्तरिक रूपमा पनि यसको छलफलको प्रारम्भ गरेका छौं । माननीय सदस्यहरूको बीचमा धेरै कोणबाट छलफल भएको छ । नकारात्मक ढंगले कोही पनि उभिनुभएको छैन । नेपाली जनतालाई समृद्ध बनाउने हो भने यो एउटा खुड्किलो हुन सक्छ । आधारभूत तहको जनतालाई समृद्धि दिन विदेशको मरुभूमिमा पसिना चुहाइरहेका युवालाई आफ्नै देशमा फर्काएर रोजगारी दिएर अगाडि बढाउन सके उनीहरूलाई आर्थिक सम्पन्नता दिन सके एउटा प्रथम खुड्किलो हुन सक्छ भनेर हामीले यो अभियान अघि बढाएका हौं । प्रचारको हिसाबले, आम नागरिकको समर्थनको हिसाबले कसैले पनि यो हुनुहुँदैन भनेर कतै भन्नुभएको छैन । हामी अब केवल कार्यकारी ठाउँबाट अगाडि बढ्नुस् भन्ने कुराको पर्खाइमा छौं । मन्त्रिपरिषद् वा प्रधानमन्त्रीज्यूले यो कानुन अगाडि बढ्दा हुन्छ भनेर वचन आउने कुराको हामी पर्खाइमा छौं । हामीले धेरै कोणबाट छलफल पनि सुरु गरिसकेका छौं । पार्टीको प्रधानमन्त्रीबाहेक सबैजसो नेतृत्वसँग छलफल भइसक्यो । अन्य दलका नेतासँग पनि हाम्रो छलफल भएको छ । यो हुँदैन र गर्नुहुँदैन भनेर कसैले पनि तर्क राख्नुभएको छैन । विदेशका सबैलाई नेपाल फर्काएर स्वदेशमै बसी बसी पैसा कमाउन सकिने उपाय यो । आर्थिक समृद्धि ल्याउन सकिन्छ । गाँजा अभियानसंगै हामीले नेपाली लोकल रक्सीको विषय अघि ल्याएका छौं । यसलाई हामीले ब्रान्डीङ गर्न जरुरी छ । खबौंको रक्सी नेपालले विदेशीको खाइदिनुपर्ने तर हाम्रो लोकल रक्सी माटोमा घोप्ट्याइरहेका छौं । विदेशीहरूकै इसारामा बनेको कानुनका आधारमा त्यस्तो भएको छ । तसर्थ, नेपालको समृद्धिलाई प्रतिबन्ध लगाउने गरी विदेशीका इसारामा जति पनि ऐन, कानुन, सन्धि, नियम बनेका छन्, ती खारेज गर्नुपर्छ भन्ने पक्षमा छौं । मुलुकको समृद्धका लागि यहीको उत्पादन, ज्ञान र सीपलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply