नेताहरुको ‘पावर’ वाडफाँट हुनैपर्छ
० निर्वाचन सम्पन्न भएको र परिणाम आएको पनि लामो समय भइसक्यो तर निर्वाचनले निकास दिनुपर्नेमा झनै राजनीतिक गाँठो परेको देखिन्छ नि ?
– महानिर्वाचनका जे परिणमहरु हुन् ति आइसकेका छन् । प्रतिनिनिसभाको परिणाम हामीले सुनिसकेका छौं । प्रत्यक्षको परिणाम आइसकेको छ । समानुपातिकको परिणाम पनि आएको छ । बाँकी के मात्रै रहेको छ भने निर्वाचन आगोयद्धारा यो सम्पूर्ण निर्वाचनको परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ । त्यो घोषणा हुने वित्तिकै राजनीतिक प्रक्रियाहरु नयाँ ढंगले अगाडि बढ्छ ।
० जितेर आएकाहरु पनि सपथ ग्रहण गर्न पाउनुभएको छैन, काम सुरु भएको छैन, यो विषय कहिले टुङ्गो लाग्छ ?
–निर्वाचन आयोगले निर्वाचन परिणमको घोषणा गरिसकेपछि संविधान बमोजिम नयाँ राजनीतिक प्रक्रिया सुरु हुन्छ । तनदुरुप नै हामीले सपथ लिने, नयाँ संसदको आव्हान हुने आदि प्रक्रियाहरु पनि सुरुवात हुन्छन् ।
० एमालेले राष्ट्रिय सभा सम्वन्धी अध्यादेशमामा वामगठवन्धनको अर्को सहयात्री माओवादी केन्द्र भन्दा बढी नै अनावश्यक ढंगले अड्डी लियो भन्ने छ नी ?
–हामी संविधान बमोजिम अगाडि बड्नुपर्छ । संविधानका मर्म र भावना अनुरुप अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौं । यो संविधानमा राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणिय पद्दतिका आधारमा हुनुपर्छ भनेर काँही पनि लेखिएको छैन । बरु पहिलेका संविधानमा यस्ता कुराहरु थिए । अहिलेका संविधानमा त्यो कुराहरु हटेका छन् । त्यसो हुनाले सरकारले प्रस्तुत गरेका जुन अध्यादेश छ, त्यो संविधानको मर्म र भावना अनुरुप छैन । त्यसलाई सच्याइनुपर्छ । र अध्यादेश नयाँ सरकारले ल्याउन सक्छ । नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि नयाँ सरकारले नै अध्यादेश पनि ल्याउन सक्छ । त्यो अध्यादेश ल्याएर राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुन सक्छ । प्रतिनिधी सभाको निर्वाचन भइसकेपछि सरकार निर्माणको प्रक्रिया अगाडि बढ्नुपर्छ ।
० भनेपछि कहिलेसम्म नयाँ सरकार गठन होला त ?
–यो महिनाभित्र सबै प्रक्रियाहरु अगाडि बढ्छन् । र मलाई लाग्छ नयाँ सरकार निर्माणको प्रक्रिया पनि अगाडि बढ्छ ।
० वाम एकतालाई लिएर पनि अहिलेबाटै आशंका सुरु हुन थाल्यो, यो प्रक्रिया कसरी अघि बढेको छ र किन ढिलो भइरहेको छ ?
–वाम एकता नेपालको ऐतिहासिक आवश्यकता हो । त्यो आवश्यकता परिपुर्ती गनै दुइवटै वामहरुले पहल गरिसकेका छन् । एकता प्रक्रिया अगाडि बढिरहेको छ । चुनावी तालमेलले, तालमेलमा भएका सफलताहरुले दुइवटा पार्टीहरुलाई झनै बढी निकटता ल्याएको छ । र, त्यो निकटता समेतलाई ध्यानमा राखेर हामी निकट भविश्यमा दुइवटा पार्टीलाई एकतावद्ध गछौं । यसमा भाँजो हाल्ने कुनै पनि शक्ति असफल हुनु अनिवार्य छ । अब यि दुइवटा वामपन्थीहरुको एकतालाई धर्तिका कुनै शक्तिले रोक्न सक्दैन ।
० पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्छ भनी एमालकै नेताले बोलेपछि माओवादीभित्र तरंग पैदा भएको छ, यस्ता कुराले पनि एकतामा असहज भएको भन्ने छ नी ?
–व्यक्तिहरुले कहाँ के बोले त्यो निर्णायक हुँदैन । हाम्रो पार्टीका कमिटीहरु बसेर, स्थायी समिति बसेर छलफल गरेर कुनै निर्णय अहिलेसम्म भएको छैन । हामी यसमा खुला छौं । नेकपा माओवादी केन्द्रसंग पनि हाम्रा छलफलहरु चलिरहेकै छन् । हामीले पार्टीभित्र पनि छलफल गरिरहेका छौं । खुला छलफल गरेर हामीले एउटा टुङ्गो गछौं । त्यसमा कुनै समस्या आँउछ भन्ने मलाई लाग्दैन ।
० एकै दलको एकै व्यक्ति प्रधानमन्त्री पनि र पार्टी अध्यक्ष पनि नहुँदा बहुकेन्द्र हुन्छ भन्ने तर्क कत्तिको जायज हो ?
–अहिलेको अवस्थामा दुइवटा ठुला ठुला वामपन्थी दल एकतावद्ध भएर अगाडि बढ्ने प्रक्रिया अघि बढ्दैछ । यस्तो अवस्थामा मेरो गोरुको बाह्रै टक्का कसैले पनि गर्नु हुँदैन । लचिलो भएर सबैलाई समेटेर एकतावद्ध भएर अगाडि बढ्नुपर्छ । कतिपय संक्रमणकालिन प्रक्रियाहरुलाई पनि हामीले अपनाउनुपर्ने हुन्छ । त्यो संक्रमणकालिन प्रक्रियामा अनेकताभित्र एकताका संगठनका रुपहरु हुनसक्छन् । ति रुपहरुलाई प्रयोग गर्दै हामीले पार्टीलाई एकताको महाधिवेशनतर्फ अगाडि बढाउनुपर्छ ।
० ठुला पार्टीको एकता भनेको पावर सेयरीङको कुरा पनि होला, कसरी दुई पार्टीबीच पावर सेयरीङ हुन्छ त ?
–दुबै पार्टीका बीचमा पावर सेयरीङ हुनै पर्छ र त्यो हुन्छ । त्यसो गर्नका लागि पनि दुबै पार्टीले कतिपय कुरामा आलोपालो गर्नुपर्ने हुन्छ । कतिपय कुराहरुमा नीति र सिद्धान्तको आधारमा अगाडि बढ्नुपर्ने हुन्छ । कतिपय कुराहरुमा प्रक्रिया मार्फत जानुपर्ने हुन्छ । हामीले त्यसमा उपायाहरु निकाल्छौं । तरिकाहरु निकाल्छौं । अहिले धेरै प्रेसमा बहश गरेर भन्दा पनि सम्वन्धीत दुईवटा पार्टीको नेतृत्व पंतिको बीचमा छलफल गरेर यसमा समाधानहरु निकाल्न सकिन्छ ।
० माओवादीलाई पार्टी अध्यक्ष छोड्न तयार हुनुहुन्छ त तपाँइहरु ?
–नेकपा एमाले दुईवटा पार्टीको एकतालाई अगाडि बढाउनका लागि कुनै पनि पक्षमा, कुनै पनि बिन्दुमा, कुनै पनि सवालमा हामी लचिलो भएर अगाडि बढ्न तयार छौं । तर यो दुइवटै पार्टी एकतावद्ध गर्ने कुराहरुमा हामी क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई भने हामी छोड्न सक्दैनौं ।
० प्रधानमन्त्रीको कार्यकाल दुइ पार्टीका अध्यक्षहरुले आधा आधा अवधी बाँड्ने भन्ने कुरा पनि वाहिर आएको छ, यसमा पनि केहि छलफल भएको छ ?
–प्रधानमन्त्रीको कार्यकाल हामीले उपयुक्त ढंगले बाँडफाँड गर्न सक्छौं । त्यो बाँडफाँट गरेर दुबैलाई सहमत हुने ढंगले एउटा समझदारी निर्माण गरेर अगाडि बढ्न सक्छौं ।
० शिर्ष नेताहरु धेरै रहेकाले एकतामा जाँदा नेता व्यवस्थापनको कुरा पनि आउला, तपाँइले पनि पक्कै आफ्नो पोजिशनको खोजि त गर्नुभएको होला ?
–मैले अहिलेसम्म जतिवटा पदहरु प्राप्त गरें, सिङ्गो जिन्दगीभरी मैले यो पद प्राप्त गर्छु भनेर आकाँक्षा लिएर हिँडीन । मैले यत्तिकै प्राप्त गर्दै आएको छु । अब पनि मलाई यो पद देउ भनेर म कतै काँही कसैसंग माग गर्दिन । तर पार्टीले दिने जिम्मेवारी जुनसुकै तहको र रुपको भएपनि पुरा गर्नको लागि म आफु सक्षम छु भन्ने लाग्छ ।
०अघिल्लोचोटी नै ताँयलाई राष्ट्रपतिको आकाँक्षीको रुपमा हेरिएको थियो । पछि परिस्थिति अर्को ढंगले विकास भयो, यो चोटी चाँही पुरा हुन्छ भन्ने आशा छ की ?
–अघिल्लो पटक पनि र अहिलेको पटक पनि मलार्य राष्ट्रपतिको रुपमा हेर्न चाहने साथीहरुले मलाई धेरै शुभकामना दिनुभएको छ । उहाँहरुलाई म धन्यवाद दिन चाहन्छु । उहाँहरुको जो इच्छा छ, त्यो इच्छालाई म कदर पनि गर्न चाहन्छु । तर म आफैं यो पद देउ भनेर म हिँड्दीन भन्ने कुरा मैले पटक पटक भनिसकेको छु । मलाई मुल्याङ्कन गरेर पार्टीले दिने जिम्मेवारी चाँही म स्विकार गर्न पनि तयार छु ।
० राष्ट्रपति भनेको त सक्रिय राजनीतबाट विश्राम लिने पद हो, फेरी एकफेर प्रधानमन्त्री हुने पार्टी अध्यक्ष हुने वा सक्रिय राजनीति गर्ने भन्ने योजना चााही छैन ?
–अब अहिलेको अवस्थामा जुन ठाँउमा म आइपुगेको छु, जुन उमेरमा म आइपुगेको छु, जुन अनुभवहरु प्राप्त गरेर आइसकेको छु, अवको अवस्थामा मैले जुनसुकै पद अब एकपटक चाँही म लिन तयार नै छु । एक पटक म लिन सक्छु पनि ।
० एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम अनपेक्षित रुपमा पराजित हुनुलाई कुन रुपमा लिनुभएको छ ?
–वामदेव कमरेडले चुनाव हार्नुभयो भन्ने सुन्दा म आफैं आश्चर्यचकित भएँ । जुन क्षेत्रमा ३०–४० हजार भन्दा बढी मतले हामी अगाडि छौं स्थानीय निकायको निर्वाचनमा, त्यो क्षेत्रमा उहाँले हानुभयो भनेर सुन्दा मैले त्यसलाई राम्रोसंग पचाउन सकिन । उहाँलायृ फोन गरें । फोन गरेर बुझ्दाखेरी उहाँले हारेकै हो रहेछ । त्यो सन्दर्भमा गभिर रुपले छानविन गर्नुपर्छ । के कारणले गर्दा उहाँले हार्नुभयो भन्ने कुराको बारेमा राम्रो जाँच पडताल गर्नुपर्छ । र, त्यसबारेमा जे भएको छ त्यसको यर्थाथ जानकारी लिएर आवश्यक कारवाही पनि पार्टीेले अगाडि बढाउनुपर्छ ।
० पुनः उहाँलाइ भुमिका दिएर सक्रिय गराउने केही सोच छ की ?
–कमरेड वामदेवलाई के गर्ने भन्ने बारेमा हामी सबै गम्भिरतापुर्वक सोचिरेहका छौं । उहाँ एउटा सक्रिय मान्छे । सक्रिय नेता हो । उहाँलाई कुनै न कुनै रुपमा सक्रियतापूर्वक अगाडि बढ्न सक्ने अवस्था सिर्जना गर्न हामी सबैले ध्यान दिनुपर्ने आवश्यकता छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply